yomari – Imagepasal.com

वर्ष भरीमा जम्मा १२ वटा पूर्णिमा हुन्छन् । ती सबै पूर्णिमा तिथिका आफ्नै भिन्न भिन्न प्रकारका धार्मिक, सामाजिक एवं सांस्कृतिक महत्व रहेका छन् । यःमरि पुन्हि हेमन्त ऋतु्को बखत नेपाल सम्बतको दोस्रो महिना थिंला पुन्हि अर्थात धान्य पूर्णिमाको दिन नेवार समुदायले मनाउने विशेष पर्व मानिन्छ । यो दिन विशेष प्रकारको परिकार(योमरी) बनाएर खाने चलन छ । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु, खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकारलाई नै योमरी भन्ने गरिन्छ । यस पूर्णिमाको साँझ तिहारमा देउसी, भैलो खेलेझै केटाकेटी युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण साँस्कृतिक पक्ष हो । यस दिन घरमा भि¥याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्हि मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भन्डारमा योमरी लगायत लक्ष्मी गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मानस, कछुवा आदि मूर्ति सहित चेप्तो सानो सानो पात आकारको ल्होमरी बनाई पूजा गरी चढाउने गरिन्छ । योमरीलाई घरको सबै भकारी, माटाोका तेप, एवं घैंताहरुमा अन्नपूर्ण, लक्ष्मी आदि देवी देवताहरु लगायतका अन्न भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविवश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेको चेलीबेटीलार्य पनि बोलाएर योमरी खुवाउने गरिन्छ । योमरी पुन्हिका दिनदेखि दिन लामो हुने र योमरी चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वास छ । यस दिन साँझमा टोलका केटाकेटीहरुको बथान आई घर घरमा योमरी माग्न आउँछन् । यसरी योमरी माग्न आउँदा बोल्ने भाका यस प्रकारका छन् ।

photo credit: ImagePasal.com

यःमह्रि च्वामु
उकी दुने हाकु
व्यूसा माकु
मव्यूसा फाकु
व्यूम्ह ल्यासे
मव्यूम्ह बुढीचा
त्योछीं त्यो
बकछीं त्यो
बकछीं त्यो
लातापाता कुलिचाँ
जुस्सें त्यो
छिमिनँ चिकु
जिमनँ चिकु
ननानँ वियाछो

योमरी बनाउने तरिका
योमरी बनाउँदा चामलको पिठोमा तातो पानी हालेर मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अन्डाकारको स्वरुपमा आइसकेपछि मिठोभित्र विशेष प्रकारका् चाकु र तिलको मिश्रण राखिन्छ । योमरी मास, खुवा आदि राखेर पनि बनाउन गरिन्छ । यसरी बनाएको योमरी बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकोले योमरी स्वादिलो र स्वस्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ ।


photo credit: ImagePasal.com

महत्व
नेवार संस्कृतिमा योमरीको विशेष महत्व छ । धनसम्पति वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनबिश्वासले नेवार समुदायमा योमरी पुन्हिको दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । बच्चाहरुको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाईदिने चलन छ । जन्मकदिनमा बच्चालाई दुई वर्षसम्म दुवटा, चार वर्षमा चारवटा यस्तै प्रकारले योमारीको माला लगाइदिने चलन छ । त्यस्तै छोरीको गर्भवस्थामा बच्चा जन्मिनु केहि समय अघि माइतीबाट दही च्यूरा खुवाउने जाने चलन छ । यसबेलमा पनि कुनै कुनै समुदायमा १ सय ८ वटा योमरी लैजाउनुपर्ने चलन रहेको छ । त्यस्तै नयँ घर वा मन्दिर बनाउँदा पनि मन्दिरमा नयाँ पाता चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन छ । नेवार समाजमा योमरीको साँस्कृतिक एवं धार्मिक महत्व रहेको पाइन्छ ।

लोककथा:
नेवार समुदायकमा योमरी पुन्हिसँग सम्बन्धित एउटा ऐतिहासिक लोककथा प्रचलित छ । पाञ्चल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापारकर्म गरी बस्दथे । धनधान्य र सम्मृद्धिका देवता कुबेरलाई ती दम्पपतिको परोपारका दानधर्म कत्तिको विश्वस रहेछ भन्ने कुरा बुझ्न मन लागेछ र उृनी दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परिक्षा लिन गएछन् । घरमा एउटा दिनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा मागेको देखेर सुचन्द्रकी पत्नीमा दायभाव पलाएछ र उनले त्यस भिखारीको स्वागत सत्कार गरी मिठा मिठा खानेकुरा दिइछन् र उचित आदर सत्कार र श्रद्धा गरिछन् । सुचन्द्रकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलई आफनो सक्कली रुपको दर्शन दिए र ज्ञान प्रदान गरी अन्तरध्र्यान भए । कुबेरले प्रदान गरको सदबुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले लितको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको(योमरी) रोटी बनाएर त्यही रोटठीको कुबेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् । अनि कुबेरले प्रदान गरकोको बिमिरोलार्य पनि त्यहींविधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । अनि अन्न, धन र योमरी दान गरिन् । यसरी कुबेरको आराधना र पूजा गरेकोले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पतिको वृद्धि हुनगई दैनिक आम्दानीमा बेढोत्तरी हुनगयो । त्यसैबेला देखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा री पर्व मनाउने चलन चलेको बिश्वास छ । योमरी पुन्हिको दिन विभिन्न मठमन्दिरहरुमा मेला लाग्ने गर्छ । यस दिन बनेपाको धनेश्व्र मन्दिरमा ठूलो मेला लाग्ने छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लागयतकका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ । त्यसतै ललितपुरको ठेचोमा पनि यस दिनबाट चार दिन नवदुर्गा देबगण जात्रा हन्छ ।

नेपाली संस्कृतिसित गाँसेको नेपालको आफ्नै प्रमुख मौलिक रोटीको नाम लिनुपर्दा पकै पनि तिल चाकु, वा खुवा भित्र हालेर चामलको मिठोबाट बनाइएको यःमह्रिलाई नै लिइन्छ । यो रोटीलाई कैले शंखाकार मानेका छन् भने कसैले स्तूपाकार त कसैले यो रोटीलाई कलश आकारको भएकोले देबी चन्नपूर्णाको प्रतीकरुपमा लिइन्छ । मन्दिरको गजूरलार्य यही नै कलश आकार दिई मन्दिरहरुको गजूर राख्ने चलन चलको देखिन्छ । मन्दिरका गजूरलाई कलशको संज्ञा दिएको छ ।

ललितपुरको श्रीकृष्ण मन्दिरको नेपाल संवत ७५७ को शिलाभिलेखका हर्षान्नेपालवर्षे स्व्र शरतुगैरङ्किते फाल्गुणीये पक्षे प्राप्ते वलक्षे, मरगुररुदिवसे शङ्करक्र्षे दशम्या चक्रे जाम्बूनदीयैग्र्गुरुतर कलबैव्र्भास्वरैरैकविशैन्र्नेपाल क्षोणिपालः प्रथितभुजबलो भूषणं तन्मठस्य। (१७) पंक्तिबाट स्पष्टरुपले मिल्छ ।

अर्को देवताहरुको पूजोपासनामा यःमह्रि को भित्रपटी तिल र चाकु राख्नुको बदला पच्चतत्वको प्रतीकरुपमा पाँच ओटा अक्षता राख्ने चलन छ । पञ्चत्वतका पाँच अधिष्ठातादेवताहरु यी हुन् । आकाशका विष्णु, अग्निका माहेश्वरी, वायुका सूर्य, जलका ईश, वायोः सूर्यः क्षितेरीशो जीवनस्य गणाधिपः ।।

यसरी प्रस्तुत यःमह्रि विश्व ब्रम्हाण्डको प्रतीक रहेर यसैका आस्वाद सबैको लागि रुचिकर लाग्ने हुन्छ, अनि बल ,स्फूर्ति औ ज्ञानप्रद हुने हुन्छ ।
उपर्युक्त विभिन्न आधारहरुबाट न केवल सामािजक, शैक्षिक, बल्कि धार्मिक, सांस्कृति रीति रिवाजमा पनि यःमह्रि को अतीव महत्व स्थापित भएको स्पष्टत: लाग्दछ । यहाँका नेवार समाजमा बच्चाहरुको जन्मोत्सव मनाउँदा बाह्र वर्ष सम्म बाल बालिकाहरुका जोर जन्मोत्सवहरुमा यःमह्रि बनाई यःमह्रिले ती बालबालीकाहरुको अधिषेक गर्नुपर्ने परम्परा प्रचलित छ । जुन परम्परा अहिलेसम्म पनि नेवार समाजमा कायमै छ। त्यस्तै गर्भिनी स्त्रीहरुलाई दही च्यूरा खुवााउँदा यःमह्रि पनि चाहिन्छ । स्वाँती चाडमा भाईटिका गर्न जाँदा अन्य मिठाईको साथमा यःमह्रि पनि बनाई लैजान्छन् ।

त्यसैगरी नयँ घरको निमार्ण गर्दा छाना हालेको दिन सो घरको छानादेखि यःमह्रि खसालेर पूर्णताको परिचयकहरुपमा उक्त नयाँ घरको अभिषेक गर्ने चलन पनि नेवार समाजमा प्रचलित छ । व्यक्तिगत घरहरुको निर्माण गर्दा मात्र होइन देव मन्दिरहरुका निमार्ण गर्दापनि मन्दिरको निमार्ण भएको मितिले प्रत्येक वर्ष सोही दिन पारेर त्यस मन्दिरको वर्षबन्धन(बुसाँध) गार्द पनि मन्दिरको माथि गजुरदेखि यःमह्रि खसाल्ने परम्परा पहिलेदेखि नै चलेर आइरहेको छ । पाँचौ शताब्दी ई. को चाङ्गुको एक खण्डित अभिलेखमा वर्ष बन्धन भनी उल्लेख आएको औ. वर्षवन्धन गार्द मन्दिरको माथि गजूदेखि यःमह«ी खसाल्ने परम्परा अहिले पनि विद्यमान रहेको पाइएबाट सम्भवतः यःमह्रि को प्रचलन त्इसबेलादेखि नै नेपालमा भइसकेको अनुमान गर्न सकिन्छ । त्यसैगरी ललितपुरको मत्स्येन्द्रनाथको जात्राको अवसरमा लगंखेलमा मत्स्येन्द्रनाथको गजूरदेखि यःमह्रि खसाली मत्स्येन्द्रनाथको अभिषेकगर्ने चलन यद्यापि प्रचलित नै छ । यी आधारबाट यःमह्रि लार्य नेपाली सांस्कृतिक रोटी भनेमा खास फरक नपर्ने संस्कृति शिरोमणि हरिराम जोशी बताउनु हुन्छ ।

बालाचतुर्दशीको पौराणिक कथा

क्रिश्चियनहरुको महान पर्व क्रिसमस