Changunarayan Temple

हिन्दू पर्यटकहरुको लागि चार नारायणको गन्तब्य

नेपाली समाज परम्परागत रुपले धार्मिक मनोवृत्तिको भएको कारण हाम्रो दैनिक शास्त्रीय विधि, चाडपर्व, पारिवारिक उत्सव र धार्मिक सभा समारोह आदि सबैमा धर्मको स्पष्ट भाव अभिव्यक्त भएको पाइन्छ । प्रत्येक हिन्दू नेपाली होस् या भारतीय तीर्थयात्राका लागि लालायित हुन्छ र कम्तीमा पनि एक पटक विभिन्न धार्मिक स्थलहरुमा तीर्थयात्राको लागि अनिवार्य रुपमा गएकै हुन्छ । नेपालीहरुको दैनिक क्रियाकलाप मन्दिरहरुको तीर्थयात्रा र दर्शनबाट शुरु हुन्छ । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक मात्र नभएर छोटो दुरुको यात्रामा नै भिन्ना भिन्ने हावापानीको हनुभुती गर्न सकिन्छ । धार्मिक पर्यटनको लागि एउटा नयाँ पर्यटनको प्रडक्टको रुपमा उपत्यकाभित्रका चार नारायणको गन्तब्य पनि लिन सकिन्छ । विशेष गरी कार्तिक महिनामा पर्ने हरिबोधनी एकादशीको दिन आन्तरिक पर्यटकहरुले भरिभराउ हुने यस चार नारायणको गन्तब्य बनाई पर्यटकहरुलाई काठमाण्डौं उपत्यकाभित्रको दृष्यावलोकनको लागि प्रवद्र्धन गर्दै आन्तरिक पर्यटक मात्र नभए बाह्य पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिनेमा कसैको दुई मत नहोला । काठमाण्डौै उपत्यकाका चार नारायण मन्दिर हिन्दू धर्मावलम्बीका लागि धार्मिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । धार्मिक विश्वास अनुसार हरिबोधिनी एकादशीका दिन चार नारायणको दर्शन गरे पुण्यप्राप्त हुने जनविश्वास रहि आएको छ। विशंंंखुनारायण, शेषनारायण , इचंगुनारायण र चाँगुनारायण उपत्यकाभित्र रहेको चार प्रमुख नारायण मन्दिर हुन् ।
आजको यस हरिबोधनी एकादशीको दिन भिटिनेपाल टिभी डटकम युनिट तपाईहरुलाई चार नारायणको दर्शन गराउँदै यहाँको बारेमा जानकारी दिने प्रयासमा लागेका छौं आउनुहोस हामी संगै लागौं चारनारायणको दर्शन । यसको लागि हामीले उपत्यकाको पूर्वतिर रहेको गोदावरी नगरपालिका भित्र पर्ने विशंखुनारायण बाट हाम्रो यात्राको सुरुवात गर्दै छौं । विशंखुनारायण जादै गर्दा बाटोमा पर्ने पवित्र गोदावरी नदीको पवित्र जलमा आफूलाई पवित्र पार्दै हामीले हाम्रो यात्राको सुरुवात गर्यौ ।

विसड.खुनारायण:

ललितपुर जिल्लाको गोदावरी नगरपालिका भित्र पर्ने धार्मिक तिर्थस्थलहरुमध्ये प्राचिन ऐतिहासिक गन्तब्यको रुपमा विसड.खुनारायणलाई लिन सकिन्छ । काठमाण्डौं बाट १० कि.मि दक्षिण पूर्वी दिशामा रहेको विशंखुनारायण गोदावरी भन्दा माथि रहेको छ । नेपाल भाषामा विशं भन्नाले विष्णु र खु को अर्थ नदी हो । नदी छेउको विषणु नै कालान्तरमा विशंखु नारायण भनिन थालिएको बताइन्छ । विशंखुनारायण भएको स्थानमा शंखको आकृति भएकोले यहँ रहेको नारायणलाई विशंखुनारायण भनिएको हो । अन्य नारायणको मन्दिरमा जस्तै यहाँ चारहात भएको नारायणको मूर्ति छैन । यहाँ रहेको ढुंगाको अष्टदललाई नारायण मानेर पूजा गरिदै आएको छ । यहाँ अन्य नारायणको मन्दिरमा जस्तौ राजोपाध्याय तान्त्रिक पद्धतिमा आधारित नेवार ब्राम्हण बस्दैनन् । एउटा गुफा, पाप धर्म छुट्याउने खोंच र खुल्ला रमणीय फाँटसहित रहेको छ । माँैसम सफा भएको समयमा यहाँबाट काठमाणडौं उपत्यकाको मनोरमदृश्यको हिमाल पनि देख्न सकिन्छ । लोकआख्यान अनुसार तपस्याबाट सन्तुष्ट भएका भगवान् शिवले भस्मासुरलार्य उसको मागअनुसार जसको शिरमा हात राखे पनि त्यो भष्म (खरानी) भएर जाने वरदान दिनुभयो । वर पाएर उन्मत्त भएको भष्मासुरले महादेव शिवकै शिरमा हात राख्ने प्रयास गर्न लागेपछि भाग्नु भएक महादेव यही विसड.खु गुफामा आई लुकी बस्नु परेको थियाृे । पिछा गर्दै दगुर्दै आएको भष्मासुरलाई देखि छद्मरुपमा पहिलेदेखि त्यहाँ रहनुभएका भगवान् विष्णुले कता दौडिरहेको बाबू भनी प्रश्न गार्द म त महादेवको पिछा गरिआएको हुँ । भन्ने जावफ दिएपछि महादेवको बोलिको कुनै ठेगान छैन, नपत्याए तिमीले आफ्नै शिरमा हात राखि हेर त भन्ने विष्णु भगवानको मोहजालयुक्त वाणीमा विश्वास परेको भष्मासुरले आफ्नै शिरमा हात राख्दा ऊ खरानी भएको थियो । भनिन्छ विसड.खुपहाड भष्मासुरको खरानीबाट बनेको हो । यसरी भगवान् विष्णुले भष्मासुरलाई नाश गरी महादेवलाई सड.कटबाट बचाएको यस स्थललाई विसड.खुनारायणस्थान भनिन्छ । यहाँ कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म मेला लाग्दछ । यो महिनाभरि नै भक्तजनहरुको ठूलो भिडभाड लाग्ने गर्दछन् । यहाँ जानको लागि ललितपुरको ग्वार्को चोकबाट पूर्वतिर महालक्ष्मी नगरापििलकाको वडा नं. ६ प्राचीन मल्लकालीन बस्ती सिद्धिपुर हुदै विष्णडोलको बाटो हुदै जान सकिन्छ । भने अर्को बाटो ललितपुरको सातदोबाटो चोकबाट गोदावरी जाने मूल सडकबाट अगाडि बढ्दै जाँदा बाडेगाउँ पुगेपछि छुट्टिएर गोादामबारीतर्फ लाग्नु पर्छ यहाँबाट सिढिहरु चढ्दै उकालो लागेपछि विसड.खुनारायण(गुफा) पुगिन्छ ।

शेषनारायण:

फर्पिड.मा पर्ने शेषनारायण पनि उपत्यकाभित्रको अर्को चर्चित नारायण मन्दिर हो । काठमााडैंं शहरबाट २० कि.मि दक्षिणमा दक्षिणकाली जाने मूलबाटोको माथिपट्टि नजिकैबाट मन्दिर परिसर सुरु हुन्छ । यहाँको मन्दिर दुई भागमा विभाजित देखिन्छ । पहिलो बाटोका नजिकै पोखरीहरु र शिखर शैलीमा बनेको दुई शिवालयहरु छन् । यहाँ शिवलिङ्गहरु र अन्य देवी देवताका सुन्दर प्रस्तर मुर्तिहरु रहेका छन् । तिनमा लक्ष्मीनारायण, अर्धनारीश्वर भगवान र कामदेवका मूर्तिहरु मुख्य हुन् ।यहाँ तेह्रौ शताब्दीको मानिने सूर्यदेवको आधा पानीमा डुबेको मूर्ति पनि रहेको छ । माथिल्लो कुण्डमा शिवपार्वतीका मूर्ति पनि दृष्टिगोचर हुन्छ । शेषनारायणको मन्दिर भने लिच्छवी राजा विष्णुगुप्ताले निर्माण गरेको विश्वास गरिन्छ । दोस्रो भागतर्फ जानका लागि ढुङ्गाका सिँढीहरुबाट अलिकति माथि उक्लिएपछि नारायण गुफा आउँछ । यहाँ एकतले छाना सहितको मन्दिर छ । मन्दिरभित्र भगवान् विष्णुविक्रान्तको प्रस्तर मूर्ति विराजमान छ । सँगै विष्णुका वाहन गरुडको मूर्ति पनि देख्न सकिन्छ । मन्दिर पछाडि अलिकति माथि भित्तासित सटको एउटा देवलमा विष्णु, गौरी लक्ष्मी समेतका केहि मूर्ति रहेका छन् । मन्दिर वरिपरि सोह्रौ शताब्दीको मानिनै हनुमानको मन्दिर र मूर्तिहरुको अस्तित्व धेरै पुरानो भएको प्रतीत हुन्छ । बौद्ध धर्मावलम्बीबीच शिखर लोकेश्वरको नाउँबाट पुकार्ने शेषनारायण मन्दिर ने.सं. ८०३ मा बनेका अभिलेख पाइन्छ । अष्टमातृका पीठमध्ये चामुण्डा र बाँैद्धबीच फणिकेश्वर वेतराजका रुपमा पुजिने शेषनारायण देवस्थल लिच्छवीकालीन राजाले उपत्यका प्रवेश गर्ने चार मुख्य नाकामा स्थापनमा गरको चार नारायणमध्ये एक मानिन्छ । यहाँ पनि कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म मेला लाग्दछ । यो महिनाभरि नै भक्तजनहरुको ठूलो भिडभाड लाग्ने गर्दछन् ।

इचंगुनारायण:

उपत्यकाको अर्को चर्चित नारायणस्थानको कुरा गर्दा उपत्यकाको पश्चिम क्षेत्रमा अवस्थित इचंगुनारायण मन्दिर काठमाडौंं उपत्यकाबाट ८ कि.मि को दुरीमा रहेका छ । पुतुवार राजवाहकको नेतृत्वदायी बस्ती हलचोक डाँडा छिचोल्दै पुगिने इचंगु उपत्यकामा स्थापित चार प्रमुख नारायणमध्ये एक हो । प्यागोडा शैलीमा दुईतलले सुन्दर इचंगुनारायण मन्दिरमा शंख, चक्र, गदा र पद्य लिइरहेका नारायणको मूर्ति छ । धातुछाने तिनतल्ले इचंगु नारायण राजा हरिदत्त वर्माले छैटौं शताब्दी अर्थात लिच्छबीकालीन सवंत् ३२० मा निर्माण गराएको अभिलेख पाउन सकिन्छ । हालको यो मन्दिर १८ औं शताब्दीमा मानत्र निमार्ण भएको बताइन्छ । मन्दिरमा रहेको धातुको तोरणमा भगवान् नारायण र गरुडका सुन्दर चित्रहरु कुँदिएको देख्न सकिन्छ । पितलको छाना भएको यस मन्दिरको गजुरमा सुनको मोलम्वा लगाएकोले यसले मन्दिरको सुन्दरतामा थप सोभाएमान बनाएको छ । मन्दिरको गर्भगृहमा भगवान्को नारायणको शिलामूर्ति विराजमान गराइएको छ । मन्दिर अगाडि प्रस्तर स्तम्भमा देवी देवता र विष्णुका विशाल घण्ट झुण्डयाइएको छ । मन्दिर नजिकै रहेको ढुङ्गाको चौतारीमा ठूलो रुख छ । र यसकै छहारीमा विभिन्न देवी देवताका केही पाषाण मूर्तिहरु रहेको देखिन्छन् । विशेषत यहाँ देखिने मूर्तिहरुमा लक्ष्मीनारायण, बुद्ध भगवान, शिवमार्वती, भीसेन, गणेश र हनुमान्का हुन् । त्यस्तै यहाँ केही शिवलिङ्गहरु सहितको एक ढुङ्गेधारा पनि रहेका छ । मन्दिरको दक्षिण पश्चिमतर्फ महालक्ष्मीको मूर्ति सहितको एउटा सानो मन्दिर छ । यहाँ भगवानको नारायणको वैदिक विधिले नित्य पूजा हुन्छ । पूजाको लागि गुठीको व्यवस्था छ । देवस्थल निर्माणको प्रख्यात आख्यानअनुसार द्यो वर्मु शिवानन्द राजोपाध्याय एकपल्ट विष्णुमती नदी किनारै किनार घुम्न जाँदा भगवान विष्णुको मूर्ति भेटाएछन् । भनिन्छ हरिदत्त वर्माकालीन नारायण मन्दिरमा शिवानन्द राजोपाध्यायले विष्णुको मूर्ति प्रतिष्ठापित गराए । यहाँ पुरानो मन्दिर लामो समयको अन्तरालमा भूकम्प आदि प्राकृतिक कारणले प्रभावित भई हराएको र मूर्तिहरु पनि जमिनमुनि दबिएका थिए ।, पछि यहाँ उत्खन्न बाट प्राप्त छैठौं शताब्दीको मूर्ति र शिवानन्दले विष्णुमतीमा भेटाएको नारायण गरी दुबै नारायण भगवान्का मूर्तिहरु यहाँ प्रतिष्ठित गरिएका छन् । इचंगु नारायणलाई एक मन्दिर दुई मूर्ति भएको देवस्थल पनि भनिन्छ । उपत्यकाभित्र यो क्षेत्र धार्मिक ऐतिहासिक पुरातात्विक दृष्टिकोणबाट प्रसिद्ध बस्ती मानिन्छ । यो मन्दिरमा पनि ठूलो एकादशी, हरिसयनी एकादशी र हरिबोधिनी एकादशमिा विशेष भीड लाग्ने गर्छ । चार नारायणको मेलाबाहेक त्यहाँ इन्द्रजात्राको दिन हलचोक भैरव तथा अजिमां गणेश जात्रा छुट्टै अस्तित्वका रुपमा रहेका छन् । प्रत्येक वर्ष इन्द्रजात्राको दिन इचंगुका हल्चोकवासी पुतुवार हनुमानढोकामा हल्चोक भैरव गणनृत्य लैजान्छन् भने त्यहाका श्रेष्ठ अजिमां गणेश खटजात्राको व्यवस्था गर्दछन् । पहाडको खोंच कुनामा रहेको बस्ती भएर पनि यहाँका जात्रा , पर्व सांस्कृतिक तथा धार्मिक सम्पदाको कारण इचंगु नारायण क्षेत्रलाई रमणीय तुल्याएको छ ।

चाँगुनारयाण:

नेपाल भाषामा “चा” भन्नाले माटो र “गुं” को अर्थ जंगल हुन्छ । माटोको पहाडमाथिको जंगल नै चाँगु कहलिन गएको हो । चाँगुनारायण उपत्यकाको चार नारायणमध्ये प्रमुख र पहिलो नारायण पनि भन्ने गरिन्छ । चार नारायणको दर्शन गर्दा भक्तपुरमा रहेका चाँगुनारायणको दर्शन पहिलोपटक गर्ने परम्परा रहेको छ । जंगलस्थित बौद्धचैत्यमा लिच्छवीकालसम्म पनि सामुहिक संघ भोजनको आयोजन ागर्ने प्रचलन थियो । भनिन्छ, तत्कालीन राजा मानदेव प्रथमका पिताको राज्यकालसम्म पनि नेपालमा शैव र बौद्ध मनावलम्बी मात्र थिए । स्वयम् राजा मानदेव प्रथमलेका पिता वृषदेव बौद्धमार्गी थिए । उनै वृषदेवकालीन राज्यव्यस्थाको कथा हो यसरी संघ भोजन गर्दा जति भिक्षु रहेपनि जाँगु जंगलमा एक गेडा चामल पकाउँदा सबैलाई पुग्दथे रे । तर एक भिक्षुले लोभ गरी तीन गेडा चामल राखी पकाउँदा तीन गेडानै चामलको भात रहन गएछ । त्यसैबेलादेखि एकजनालाई पनि धेरै चामल राखी भात पकाउनुपर्ने गरी अनिकाल शुरु भएछ । चाँगु डाँडामा राजा मानदेवले वैष्णव सम्प्रदाय भित्र्याइनुबारे एक आख्या न प्रचलित छ । आख्यान अनुसार नेपाल मण्डल अर्थात काठमाण्डौं उपत्यकाको पानी महामञ्जुश्रीद्धारा आफ्नो चन्द्रहास खड्गले चोभारको कोटुवाल पर्वत छेदन गरी बाहिर पठाइदिएपछि नाग यत्रतत्र हिड्न थाले, चर उचित बासको व्यस्था नहुँदा तक्षक नागराजाको शरीमा कुष्ठरोगले आक्रमण गरेछ । रोगमुक्तिको कामना गर्दै अमोघमास लोकेश्व्रको व्रत बसिरहेको नाग राजा तक्षकलाई अचानक आकाश मार्गबाट गरुड आई समातेर आकाशतर्फ लान र खान खोजेछन् । त्यसै त रोगी त्यसमाथि पखेटाले प्रहार गरी घाइते नागराजको पालो भएभरको शक्ति प्रयोग गरी गरुडलाई पुच्छरले बेरी पानीमा डुबाउँदै विषवमन गरेपछि शक्तिविहीन गरुडले आफ्नो इष्टदेवता अमोघपास लोकेश्वरको आह्वान गार्द सबै एकआपसमा चिनेजानेको इष्टमित्र रहेको थाहा पाएछन् । र चाँगुनारायणलाई सबैभन्दा माथि लोकेश्वर अनि नाराणि, त्यसपछि गरुड र सिंह, सिंहमुनी नाग भएको हरिहरहरिवाहन लोकेश्वरको नाउँमा पुर्कान थालिएको हो । संघ भोजनमा प्रयोग गरिउको चामलको आधा गेडा भनी अजा पनि चाँगुनारयाणको मूलढोकामा झुन्ड्याइएको छ । चाँगुनारायण स्थापनाबारे विभिन्न लोकआख्यानहरु प्रचलित रहेको छ । जसभध्ये एक अनुसार परापूर्वकालमा चाँगुडाँडा चाँपका रुखैरुखले ढाकिएको थियो । डाँडामाथि सुर्दशन नामक ऋषि एउटा गाई पालेर ईश्वरको ध्यान गरी बस्दथे तर एकदिन राति गाईको कल्चौडामा मुख जोडेर दूध पिइरहेको एक युवकलाई देखेछन् । रिसको झोकमा ऋषिले अघिपछि केहि नसोची युवकलाई खड्गले काटिदिएछन् । टाउको काटिएका ती युवक चतुर्भुज विष्णुको रुपमा दर्शन गर्दै भनेछन् हे ऋषि डराउनुपर्दैन । परशुरामसँग धनुर्विद्या र शक्राचार्यसँग शास्त्रविद्याा सिकेका सुमति नामक ब्राम्हणलई चन्द्रसँगको युद्धमा मैले हत्या गरेको थिए । जुन पापको श्रापबाट आज म मुक्त भएको छु । त्यसपछि ब्राम्हणले चाँपको रुखमुनि विष्णुको मूर्ति स्थापना गराई चाँपा नारायणको मन्दिर स्थापना गराएको कुरा सोही ब्राम्हणका वंशज चाँगुका पूजारी चक्रधरानन्द राजोपाध्याय बताउनुहुन्छ । नेपालको प्रसिद्ध तिर्थस्थलको रुपमा रहेको चाँगुनारायण धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले पनि विशेष रहेको छ भक्तपुर नगरबाट करिब ६ कि.मि उत्तरमा रहेका चाँगुनारयण मन्दिर विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदा पनि हो । काठमाडौंं उपत्यकाका चार नारयाण मध्ये सर्वाधिक विशाल आकृतियुक्त चर्चित दुई तलल्ले पेगोडा शैलीको चाँगुनारायण मन्दिर समुद्र सतहबाट करिब ५००० फीटको उचाइ माथि डाँडामा अवस्थित छ । गोपालराज वंशावलीमा उल्लेख भएअनुसार ईस्वीको १४ औं शताब्दीमा चार नारायणका स्थापना भएका हुन् । ई.सं. १९७९ मा विश्वसम्पदामा सूचीमा सूचिकृत चाँगुनाराणि मानदेवकालीन संवत् ३८६ (इं.सं. ४६४) नै नेपालको सर्वप्रचलित शिलापत्र मानिन्छ । ईतिहासविद् धनवज्र बज्राचार्यले उक्त शिलापत्र ब्राम्ही लिपिमा आफ्नी आमालाई सति नजान गरेको आग्रह रहेको उल्लेख गर्नुभएको छ । संवत् ६०८ मा महासामन्त अंशुवर्माले जीणोद्धार गराएको चाँगुनारायणको गजुर सुनको र ढोका तोरण टुंडाल काष्ठ, सुन, चाँदीको कलाले युक्त छ । मन्दिर अगाडि शंख, चक्र, स्तम्भ, हात जोडेर बसेको गरुड मानव बसाहा र मन्दिरको चार कुनामा चार भेडा आकृतिका सिंह सजिएका छन् । जुन सिंह देशमा संकट आइपर्दा कराउँछन् भन्ने जन विश्वास रहेको छ ।

म्ह:पूजा र मण्डलाको महत्व

इलामको नयाँ पदमार्ग "निशान पदमार्ग"