एडामदेखि मोसामसम्माको समय २ हजार ५ सय वर्षलाई क्रिश्चिय समाजमा पिता पुर्खाको युग र मोसाको समय १ वर्ष ५ सय वर्षलाई यहुदी युग भनिन्छ । पेन्टिकोसको दिनदेखि संचारको अन्त्यसम्म अर्थात् यशुको जन्मदेखि हालसम्म क्रिश्चियन युग भन्छन् क्राइष्टका अनुयायीहरु ।
उनै क्रिश्चियन युगका विश्वासीहरुद्धारा विश्वभर यशु जन्मोत्सव क्रिसमस धूमधामका साथ मनाइदै छ । डिसेम्बर २५, ३३६ ई.सं. पहिलोपटक क्रिमसम मनाइएको बताइन्छ । जुन सयमा पहिलो क्रिश्चियन रोमी शासक कन्स्टानटाइनले शासन गरेका थिए । त्यसको केहि वर्ष पछि मण्डठलीका पोप जुलियसले डिसेम्बर २५ लाई आधिकारिक रुपमा क्राइष्टको जन्मोत्सव मनाउने दिनका रुपमा प्रचलनमा ल्याएका थिए । हुन त डिसेम्बर २५ मा रोमीहरुले कबतबचबष्बि ाभकतष्खब ि(जुन धार्मिक चाड थियो । ) को रुपमा देशमा सार्वजनिक विदा दिने गरेक थिए । विस्तारै त्यहाँका मानिसहरु येसु क्राइष्टमा विश्वास गर्न थालेको कारण क्रिसमस लोकप्रिय उत्सव बन्न थाल्यो । त्यस समयको मण्डलीले डिसेम्बर २५ लाई क्रिसमस उत्सव मान्नको एउटा कारण सार्वजनिक बिदा त छँदै थियो, दोस्रो धेरै जाडो र अँध्यारो भएका कारण येसु संसारको ज्योति हुनुहुन्छ भनी क्रिसमस मनाउन थालेका थिए । गोठालाहरुले आगो तापेको कारण येसु पनि जाडो महिनामा जन्मनु भएको हुन सक्छ भनि धेरै क्रिश्चियनले विश्वास गर्छन् । हाल डिसेम्बर २५ को दिनलाई संसारभरि नै क्रिसमसका रुपमा मनाउन थालिएको छ ।
नेपालमा क्रिश्चियन संस्कृति कहिले देखि भित्रियो, यिकनका साथ भन्न सकिएको छैन । शान्तिपक्षीय राजनीतिज्ञ स्व. डिल्लीरमण रेग्मीका अनुसार ने.सं. ८३५ देखि ८८७ ताका मल्लकालमा उपत्यकामा टरी भाजुलगायतका ८० जना नेवार त्रिश्चियन थिए । ने.सं. ८८५ मा पृथ्वीनारायण शाहद्धारा नेपाल एकीकरणपछि बद्ध मतावलम्बीलाई हिन्दूको नवौं अवतार, मुस्लिमलाई आफ्नो धर्म मान्न पाइने तर चलमल गर्न नपाइने त्रिश्चियनहरुले आत्महत्या गर्ने उद्र्दी दिएपछि टुरी भाजुका वंशज भारतको बेद्रियामा भागेर जानु परेको थियो । हुन त नेपालमा त्रिश्चियन धर्मका प्रवर्तक यशु स्वयम् काश्मिरी पहिरमा १२ वर्षदेखि ३० वर्षको उमेरमा भार हुँदै तिब्बतको हिमोस गुम्बा पुग्दा नेपलाको बाटो हिँड्नुभएको बिश्वास गरिन्छ । तथ्यांक अनुसार ने.सं. ७४८ तिर राजा लक्ष्मीनरसिंह मल्लको पालमा पोर्चुगलका पादरी क्याथोलिक धर्मगुरु नेपाल आई धर्म प्रचार प्रसार गरेको र ने.सं. ७६० मा राजा प्रताप मल्ललाई ग्रोबर रडोरविल नामक दुई पादरी दुरबिन उपहार दिएका थिए । ने.सं. ८२० मा जगज्जय मल्लको पालामा जोगीको भेषमा इटालियन पादरी माइकन नेपाल पसेका थिए । नेपालमा संगठित त्रिश्चियनका अग्रणी नरशमशेर राणाले सर्वप्रथम सन् १९४७ मा प्रोटेक्टर पाश्चर केरलबाट झिकाई पुतलीसडक चर्च स्थापना गराएको बताइन्छ । ख्रिष्टियनहरु डिसेम्बर२५ लाई त्रिजस क्राइष्टको जन्मोत्सवको रुपमा मनाउँछन् । जिजसको जन्म इपू ४ जेरुसेलम नजिककै बेथलहेम गाउँको तबेलामा भएको बिश्वास गरिन्छ । कुमारी मातामरियम परमेश्वरलाई पितातुल्य मान्दै मस्त मानव जातिबीच भातृत्वको भावना जगाउन उद्यत् यस धर्ममा दाया, प्रेम, सत्यता, पवित्रतार समानताको पाठ पढ्न सकिन्छ । तर यसबाट धर्मभिरु इहुदी पुजारी र रोमन शासक दुबै तर्सिए । अन्ततः देशद्रोहको अभियोगमा उनलाई क्रुसमा झुन्ड्याई फाँसी दिइयो । यस दुःखदायी घटनालाई क्रुसिफिकेसन ३० एडी भनेर स्मरण गरिन्छ । जिजस मारिए तर उनको उपदेश अमर रहे । उनकै उपदेशहरुका आधारमा इसाई धर्मका स्थापना भएको मानिन्छ ।