लगनखेलबाट चापागाउँ तथा लेले जाने बाटो लाग्दा आउने प्रथम बस्ति सुनागुठी देखा पर्दछ । यो वस्ति ठूलो सम्म धरातलमा निर्मित छ जुन उत्तरतिर विस्तारै भिराले पर्दै गएको छ । उत्तर दक्षिण मूल सडकमा रेखीय आकारमा निर्मित यस बस्ति समानान्तर दुई सडक मूल सडकबाट गएको छ । पश्चिम तिर घरहरुको समूह चोक सहित रहेका छन् । पूर्वतिर भने बस्तिको प्रमुख भाग अवस्थित भएको छ । महर्जन, क्षेत्री, ब्राम्हण तथा मगर यहाँका प्रमुख जात हुन् ।
भृंगेश्वर महादेव तथा बालकुमारी यहाँका प्रमुख देवता रहेकोमा पछि नेपालकै ठूलो भिमसेनको मूर्ति स्थापना पश्चात भिमसेनको मन्दिरलाई पनि विशेष महत्वका साथ लिन थालेको छ । । चतुर्षष्ठी लिंग मध्ये एक मानिने भृंगेश्वर महादेवको निधारमा स्पर्श मणि रहेको विश्वास गरिन्छ । एकजना भक्तले आफ्नो फलामलाई यस मणिसँग स्पर्श गराउँदा सुन भएको र त्यही सुन गुठी राखी पुजाआजा तथा मर्मत सम्भारका लागि राखिदिए । तर एकजना लोभी मानिसले उक्त सुन आफ्नो ब्यत्तिगत प्रयोगका लागि लिंदा स्पर्श मणि नखु खोलामा विलुप्त भएको जनविश्वास रहेको छ ।यही कथामा आधारमा यो गाउँको नाम नै सुनागुठी रहेको मानिन्छ भने अर्को जनविश्वास अनुसार ऐतिहासिक प्रमाणहरुका आधारमा यो बस्ति ई.सं. १५१२ मा राजा रत्न मल्लले स्थापना गरेको पाइन्छ ।
काठमाडौं उपत्यकामा गथामुगः चह्रेदेखि येँया पुन्ही अर्थात इन्द्रजात्रा सम्म सम्पूर्ण नेवारी वस्तीमा लाखे नाच हेर्न सकिन्छ । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवी देवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिले देखि सुरुवात भयो भन्ने कुरालाई लिएर विभन्न मतभेद रहेको पाइन्छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यका ल्याएको भन्ने तर्क पनि राख्दछन् ।
नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएको हुन् भन्ने भनाइ पनि छ । भने कतिपयले अवस्थामा रातोमत्स्येन्द्रनाथ नेपाल ल्याउँदाको कथासँग जोडिएको छ । कतै उपत्यकाका एकजना तान्त्रिकले मनुस्यको मनबाट अकुसल भावलाई तन्त्रशक्तिबाट तानेर मातोको ध्यापेमा राखेको र अन्तमा तान्त्रिकले सृष्टिको विपपिरत कार्य गरेको कारण फेरी सृष्टिमा सन्तुन ल्याउन लाखेको जन्म भएको जस्ता अनेकन लोक कथाहरु पाउँछौ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइएको छ । लाखे नाच विशेष गरेर धाः र भूस्याःः बजा बजाएर नचाइनुका साथै खि, पछिमा, नायखिं, धिमे, मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । लाखे नाचकका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं ठाउँ विषेष अनुसार कतै रोपाइँ जात्रा, घोडेजात्रा,गाउँजत्रा, राउतेजात्रा, वैरागीजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि ब्यड।ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । उपत्यकाका सम्पूण नेवारी वस्तीहरुमा हुने लाखेको आ आफ्नै विशेष्ताहरु रहेका छन् । त्यसैगरी ललितपुर जिल्ला भित्रका हरेक ऐतिहासिक पौराणिक वस्तिहरुमा पनि आ आफ्नो विशेषताका साथ लाखे नाच निकाल्ने प्रचलन यथावत नै रहेको छ । पाटनको मिप्वाःखो होस यहा सिद्धिपुरको लाखे नाच होस् सबैको आ आफ्नो महत्व र विशेषता बोकेको छ ।
अहिलेको लागि भने हामीले ललितपुर महानगरपालिका वडा नं। २६ र २७ मा अवस्थित लाखे नाचको साथै लाखेलसिको याथै बनमा दाउरा खोज्न जाने क्रमामा जम्का भेट भएका दाउरेहरुको युद्ध कथामा आधारित लाखेलसिको प्रदर्शनीको बारेमा जानकारी दिने प्रयास गरेका छौ ।
ललितपुर जिल्ला भित्रका ऐतिहासिक पौराणिक बस्तीहरुमध्ये एक सुनागुठी पनि हो । लगनखेलबाट चापागाउँ तथा लेले जाने बाटो लाग्दा आउने प्रथम बस्ति सुनागुठी देखा पर्दछ । यो वस्ति ठूलो सम्म धरातलमा निर्मित छ जुन उत्तरतिर विस्तारै भिराले पर्दै गएको छ । उत्तर दक्षिण मूल सडकमा रेखीय आकारमा निर्मित यस बस्ति समानान्तर दुई सडक मूल सडकबाट गएको छ । पश्चिम तिर घरहरुको समूह चोक सहित रहेका छन् । पूर्वतिर भने बस्तिको प्रमुख भाग अवस्थित भएको छ । महर्जन, क्षेत्री, ब्राम्हण तथा मगर यहाँका प्रमुख जात हुन् ।
भृंगेश्वर महादेव तथा बालकुमारी यहाँका प्रमुख देवता रहेकोमा पछि नेपालकै ठूलो भिमसेनको मूर्ति स्थापना पश्चात भिमसेनको मन्दिरलाई पनि विशेष महत्वका साथ लिन थालेको छ । । चतुर्षष्ठी लिंग मध्ये एक मानिने भृंगेश्वर महादेवको निधारमा स्पर्श मणि रहेको विश्वास गरिन्छ । एकजना भक्तले आफ्नो फलामलाई यस मणिसँग स्पर्श गराउँदा सुन भएको र त्यही सुन गुठी राखी पुजाआजा तथा मर्मत सम्भारका लागि राखिदिए । तर एकजना लोभी मानिसले उक्त सुन आफ्नो ब्यत्तिगत प्रयोगका लागि लिंदा स्पर्श मणि नखु खोलामा विलुप्त भएको जनविश्वास रहेको छ ।यही कथामा आधारमा यो गाउँको नाम नै सुनागुठी रहेको मानिन्छ भने अर्को जनविश्वास अनुसार नेवार समाजमा सामाजिक व्यवसथा गर्ने अनेकन गुठी मध्ये मृत्यु संस्कार चलाउन गठित सनाःगुथि अन्य गाउँहरुमा भन्दा उदाहरण योग्य हुने गरी चलाएको थियो रे । यसबाट प्रभावित अन्य ठाउँका मान्छेले तारिफ गर्दै सनाःगुथि भन्दा भन्दै ठाउँको नाम नै सुनागुथि हुन गएको जनविश्वास रहेको छ ।
ऐतिहासिक प्रमाणहरुका आधारमा यो बस्ति नेपाल संवत ५३२ मा राजा रत्न मल्लले स्थापना गरेको मानिन्छ ।
नेपाल कयौं ऐतिहासिक स्मारकहरु, प्राचीन र मध्यकालीन कला, परम्परागत जीवनशैली, विभिन्न साँस्कृतिक गतिविधिहरु यहाँ निवास गर्ने विभिन्न जाति, सम्प्रदाय, उनीहरुले बोल्ने भाषा, पहिरन, गहना, संस्कार, विवाह, पद्धती, नृत्य, गीत, धामी झाँक्री र तन्त्र मन्त्र आदिको परम्परा भोजन आवास सबै सांस्कृतिक सम्पदाको अमुल्य निधिको रुपमा रहेका छन् । यिनै उपत्यका र नेपाल भित्रका विभिन्न स्थानहरु जहाँ जहाँ नेवार समुदायको उपस्थिति रहेको छ त्यहाँ विभिन्न जात्रापर्वहरु पनि पर्यायको रुपमा रहेका छन् । जसमध्ये एक पर्व । लाखे नाच पनि हो ।
मासु र अन्डा राक्षसका प्रिय भोजन हुन् । नेपाल भाषामा मासुलाई “ला” र अन्डालाई “खेँ” भनिन्छ । त्यही भएर खेतीपातीमा सघान आउने र एक महिनासम्म उपत्यकाका नगरहरुमा नचाइने ती राक्षहरुलाई स्थानीय आफ्नो बोलाीचलाीमा लाखेँ भन्दा भन्दै पछि कालान्तरमा गएर यो राक्षेसलाई राखेको रुपमा चिन्न थालेको लोककथा र जनविस्वास रहेको छ ।
सुनागुथिमा जम्मा १५ वडा बाजा खलकहरु रहेका छन् । जम्मा १२ वटा बाजाहरुले यो यहाँ भएको सम्पूर्ण बाजाखलकहरुले लाखे ल्याउने समयमा आ आफ्नो अनुकुल मिलाएर महिनाभरी लाखे नाच नचाउने गरिरहको छ । जस्मा सिकमी धाबाजा, सरकारी दाफा खलको साथै कुलाः दाफा मंकाको भने विशेष नाच नचाउने प्रचलन रहेको छ । यस स्थानमा रहेका सबै बाजाहरुको आ आफ्नो मौलिकता र विशेषता रहेको छ । सिकमी धा बाजाको परम्परा अनुसार यहाँ लसिंः ( महिला लाखे) नाच नचाउने गरिन्छ । यो लाखे निकाल्ने दिन विहान देखि भोजको तयारी गरिन्छ । बाजा खलकहरु सबै मिलेर सबै चाजोपाजो मिलाएर भोज खाइसकेपछि लाखे बन्ने ब्यक्तिले लुगालगाइसके पछि तन्त्र विधि जान्ने गुरुले लाखे जागाउने विशेष लसींको मन्त्र फुकेर तन्त्रशक्तिको माध्यमले लसिंको शक्ति जागाउने काम गरिन्छ । त्यस पश्चात बाजा गाजाको लस्कर सहित यो नृत्य आफ्नो नात्यश्वर भगवानको विशेष पाठ र पूजा पश्चात वरिष्ठ गुरुको आशिर्वाद लिएर गाउँ भरि नै नृत्य प्रस्तुत गरिन्छ । बुवा खुवाउने औंसीको दिन सिकमी धाः बाजाको बादर र लसिको विशेष नृत्य प्रस्तुत हुन्छ ।
पारुको दिन कुलाः दाफा राजकुरमा र लसिंको युद्ध नृत्य प्रस्तुत हुन्छ । यसै दिन सरकारी दाफा खल, ब्यक्तिहरुले छ्वालीमा आगो बालेर अघि अघि दौडिने र पछि पछि लाखे कुड्ने प्रस्तुती पनि निकै रोमाञ्चक हुन्छ । विगत सयौं वर्ष देखि नै निरन्तर यस्तो प्रस्तुती हुँदै आइरहेको यो ऐतिहासिक नृत्यको प्रवद्र्धन गर्न यो वर्ष ललितपुर महानगरपालिका वडा नं. २६ र २७बाट विशेष पहल भएको छ । यस वर्ष वडाको विशषे पहलमा सुनाकोथीमा रहेका धाः बाजा मंका खल, शान्त भजन मण्डल, श्री बालकुमारी भजन खल, सरकारी दाफा खल, श्री हरि भजन खल, धिमे मंका खल, कुलाः दाफा खल , सिकमी धा बाजा मंका खल, आर्यनामसंगति, श्री गनेश कनाथ धिमे मंका खल, श्री बालकुमारी नगडा भजन, श्री सिद्धि गणेश भजन गरी जम्मा १२ वटा बाजा खलको विशेष प्रस्तुती रहेको थियो ।
स्थानीय ब्यक्तिहरुको भनाइ अनुसार यो लोप हुने अवस्थामा पुगेको लाखे नृत्यको प्रदर्शनी यसरी बालकुमारी मन्दिरको प्रांगनमा पहिलो पटक यो प्रदर्शनी भएको हो । स्थानीय ब्यक्तिहरुका अनुसार हरेक वर्ष यो प्रदर्शनी कहिले कहाँ कुडेर हर्न जानुपर्ने कहिले कहाँ हैरान हुन्थ्यौं । यसपाली यो बालकुमारी मंन्दिरको प्रांगनमा भएको हुदा आन्नदले एकै ठाउँमा बसेर धित मरुन्जेल हेर्न पाइएकोमा । जन्ताहरु ज्यादै हर्षित र खुसि मनाउँदै थिए । यसरी लोप हुने अवस्था पुगेको लाखे प्रदर्शनीलाई यो वर्ष वडा नं। २६ र २७ को विषेश पहलमा पुर्नरजिवन दिएको छ । वडाले यहाँ भएको विभिन्न जात्रापर्वहरुलाई पर्यटकीय प्रडक्टको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य अनुरुप कार्य गरिरहेको छ । बाइट।।।।।।।।
ऐतिहासिक सम्पदाको साथै सांस्कृतिक सम्पदाले भरिपूर्ण सुनागुठी ललितपुर महानगरपालीकाको वडा भइसकेको अवस्थामा पनि यो नगरापलिका भित्रको पाटान दरबार क्षेत्रमा आउँने पर्यटकहरुलाई यहाँ सम्म ल्याउन नसेको अवस्थामा वडाले विशिेष कार्यक्रम र योजनासहित पर्यटकीय गन्तब्य बनाउने प्रयास भइरहेको छ ।
भूतप्रेत नलागोस र मृतकको आत्माले दुःख नदेओस भनेर लाखे नाच रातिमा देखाइने पुरानो कथन छ । टाउकोमा राक्षसको खप्पर लागएर कालिको फरिया, बलाउजमा सजिएका व्यक्तिलाई स्याउलाको लुगा, बाँदरले खप्पर र बोराको पुच्चर बनाएको केटाकेटीहरुले जिस्क्याउँदै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठो लाग्न सक्छ ।
तान्त्रिकले राक्षसलाई वाचामा बाध्न लगाएर वर्षको एक महिना मात्र नगरमा प्रवेश गर्ने र स्थानीयको मनोरञ्जनको लागि नाच्ने र कृषि कार्यमा सहयोग गर्ने र बाकि एघार महिना नगरको सिमामाा क्षेत्रपाल भएर बस्ने । बाहिरका नकारात्मक शक्तिहरुलाई नगरप्रवेश गर्नबाट राक्नुका साथै नगरको सुरक्षामा खट्नुपर्ने वाचा गराएर हरेक वर्ष गथामुगः देखि इन्द्रजात्रासम्म करिब एक महिना लाखे नाच नचाउने र इन्द्रजात्रासके लगतै लाखेलाई पनि विदा गरेर जंगलतिर पठाइन्छ । भन्ने जनविश्वास रहेको छ ।