bala-chaturdashi-pashupatinath-9

मंसिर महिनाको कृष्ण चतर्दशी अर्थात बालाचतुर्दशी सनातन हिन्दू धर्म अन्तर्गत थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुटै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुदर्शी शतबीज रोप्ने पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरुको उद्धारको निम्ति उनीहरुको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकोको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात चतर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्धीउ छर्ने भनिने शतबीरोपणले पितृहरुको उ द्धार हुन्छ भन्ने जनविश्वास रहि आएको छ ।

pc: Imagepasal.com

देवपट्टनस्थित श्लेपामान्तक नामको जुन वन छ त्यसलाई बालावन पनि भनिन्छ ।

श्री किरातेश्वर महादेव रुद्रसहस्रतीर्थ वालागुस स्नानदिन
चैत्रशुक्ल पूर्णमासि बैशाखशुक्ल अष्टमि कार्तिक कृष्ण चतुद्र्दशि
मृथस्थलि डु.यकुन्हु पूजा जपस्तोत्र फको फल मनन
भालपाकाय्र्य सिद्धि शत्रुनाश पंचमहापाप नाश जुयिओ
शिवलोकस बास

श्लेषमान्तक वन रावण, कुम्भकर्ण, विभीषण जस्ता प्रतापी राक्षसराजहरुको जन्मथलोको रुपमा लिइन्छ । यहाँ अत्यधिक मात्रामा लप्सीका रुपखरु भएको कारणले पनि सो वनलाई श्लेषमान्तक नाम रहन गएको मानिन्छ । कम्ब रामायाण, पूर्व काण्डमा वर्णित भए अनुसार रावण, कुम्भकर्ण, विभीषण र सूर्पणखाको जन्म श्लेषमातकम् वनमा भएको जनविश्वास रहेको छ ।
प्राचीनकालमा यस स्थानमा भगवान् श्री पशुपतिनाथको ज्योर्तिलिङ्ग उत्पति हुनुका साथै यहाँ शैव पाशुपत मनवलम्बीहरुको अत्यधिकता रहेको थियो । उत्तरप्राचीनकालीन नेपालको अभिलेखहरुमा विभिन्न शैव पाशुपत मतावलम्बीहरुको उल्लेख आएबाट उर्पुक्त तथ्यको यथार्थतामाथि टेवा मिल्छ । तिनीहरुमध्ये केहीका नाम हुन् पाशुपत, लाकुल, शिवभागवत, माहेश्वर लिंगायत(विर शैव), शैव शिद्धान्त, शिवाद्धैत, मुण्डशृड.खलिक, शृड.खलिक, दान पाशुपत, वश पाशुपत आदि आदि । तिनीहरुमा नरमुण्डमाला धारणगर्ने, नरमुण्डमै खाने जस्ता शैव पाशुपतहरु पनि थिए । जसबाट तत्समय शैव सम्प्रदायका अघोर पन्थीहरुको पनि यहाँ अस्तित्व रहेको चाल पाइन्छ । अघोर पन्थलाई कपालिक मत पनि भनिन्छ । यस पंथका तान्त्रिक साधुहरु मनुष्यका खोपडी ग्रहण गर्नुको साथै मद्य, मांसादि पनि खाने गर्दछन् । यिनीहरु भैरब या शक्ति देवीकहाँ बलि चढाउँछन् भवभूतिरचित मालतीमाधव नाटक यहाँ द्रष्टव्य छ । पहिले यिनीहरु नरबलि पनि दिन्थे । यिनीहरु श्मशानमा रही भीभत्स रीतिले उपासना गर्दछन् । यिनीहरुमा जातिपातिको कुनै भेद हुँदैन । सम्भवत अघोर पन्थीहरुको नायक बाला नामका ब्यक्ति थिए । यी बालाकै नामबाट पशुपतिस्थित श्लेषमान्तक वनलाई बाला वन नामले पुकारिन्छ । बाला अघोरिकै नामबाट उक्त वनको नाम बाला वन रहन गएबाट सो क्षेत्र पहिले पहिले अघोर पन्थीहरुको गढ भएको कुलाई उजागर गर्दछ । यी अघोर पन्थीहरु नरमांस समते कुनै पनि कुराको भक्षण गर्नमा हिच्किचाउँदैनथे जसको कारण यहाँका अन्य धार्मिक मतावलम्बीहरुको दृष्टिमाा यिनीहरु राक्षस हुँदा यिनीहरुको उपरोक्त क्रियाकलापबाट तिनीहरु रुष्ट हुन पुगे । तिनीहरले पनि अघोर सम्प्रदायका प्रमुख रहेका बालालाई मार्ने निश्चित गरी तिनका बाल्यकालका अभिन्न मित्र रहेका एक नाउलाई हातमा लिएर तिनको हातबाट तिनलाई घाँटी सेरेर मार्न लगाए ।

pc: Imagepasal.com

बाला अघोर मारिएपछि देवपट्टनस्थित अन्य अघोरपन्थी पाशुपतहरु षडयन्त्रकारीहरुमाथि बदला लिने कार्यमा उद्यत रहेका लाग्दछ । जसको कारणले त्यहाँ विभिन्न धर्मावलम्बीहरु बीच धार्मिक विद्धेष उत्पन्न भई धार्मिक संघर्षको वातावरण सिर्जिन लागेको थियो । यस यथार्थतालाई उत्तरप्राचीनकालिीन संवत् ४८७ को देवपट्टनस्थित सौरशंकरणको पादपीठको अभिलेखले स्पष्टरुपले इङ्गित गरेको लाग्दछ । त्यस लेखमा विभिन्न धर्महरुका बीच भेदभाव नहोस् भन्ना खातीर शंकर र केशवको आधा आधा शरीबाट बनेको अद्र्धशौरीश्वर मूर्ति निर्मित गरिएको कुरा उल्लिखित छ जसबाट माथि वर्णन गरिए अनुरुप त्यस समय धार्मिक विद्धेषको लहर चलेको स्पष्ट हुन्छ ।

भिन्ने पुंसां जगति च तथा देवता भक्तिभावे
पक्षग्राहभ्रमितमनसाम्पक्षविच्छित्ति हेतोः
इत्यद्र्धाभ्यां समुपरचितं यन्मुरारीश्वराभ्या
मेकं रुपं शरदिजघरश्यामगौरं तदव्यात् ।
सौरशंकरको पादपीठ लेख, संवत. ४८७ ( ५६५ई )

पछि सम्भवतः शैव अघोरपन्थीहरुको विरोधले उग्ररुप लिन लागेपछि षडयन्त्रकारी अन्य धर्मावलम्बीहरुले भगवान शिवको सम्मुख गई क्षमा याचना गरेका थिए जुन करोलाई यहाा व्यापकरुपले प्रचलित लोकोख्यानले पुष्टि गरेको छ ।

pc: imagepasal.com

भगवान् पशुपति शिव न केवल रुद्र थिए बल्कि शिव शंकर पनि थिए । जसको कारण तिनको कोप विरोधीहरुको क्षमा याचनाले तुरुन्तै साम्य पनि हुन्थ्यो । यसर्थ जसै उपर्युक्त षडयन्त्रकारी कातीलहरुले गई भगवानको सम्मुख गई क्षमाको भीख माग्न पुगेका थिए , शिव पशुपतिले तिनीहरुलाई एक शर्तमा तिनीहरुको गम्भीरतम अपराधलाई क्षमा प्रदान गरे । ती शर्त हुन् यहाँका जत्ति पनि मानिसहरु छन् तिनीहरुको घरमा कुनै व्यक्तिको मृत्यू भएका सो वर्ष तिनीहरुले उपर्युक्त बाला मारिएको मार्ग कृष्ण चतुर्दशीको दिन देवपट्टनस्थित बाला वनमा सतबीज छर्दै परिक्रमा गर्नुपर्ने अनिवार्य गरियो जुन परम्परा अहिले पनि यथावतै छ । सतबीज भन्नाले सप्त धान्यहरु बुझाउँछ, जुन यी हुन् ( धान, जौ, तिल, गहुँ, चना, मकै , कागुन । यसरी तत्समय विभिन्न धर्महरुबीच हुन लागेको जुन भयानक संघर्ष हो त्यसको अन्त्य भई सबै धर्मावलम्बीहरुले माथि वर्णन गरिए अनुरुप प्रत्येक वर्ष देवपट्टनस्थित बालावनमा परिक्रममा गरी षट्वीज छर्न जानुपर्ने अनिवार्य भयो । अर्को उपयुक्त दिनको अघिल्लो सातादेखि नै मानिसहरुले पशुपति कैलाशमा बाला अघोरको नाममा बत्ती बाली जाग्राम बस्नुका साथै भोलिपल्ट माथि भने अनुरुप एकाबिहानै बाला वनमा षटवीज छरी परिक्रमा गर्ने परम्परा स्थापित भएको जन बिश्वास रहेको छ ।

सन्दर्भ सामाग्रीको लागि विशेष धन्यवाद
संस्कृति शिरोमणि
हरिराम जोशी

परालको सामाग्रीको लागि प्रसिद्ध सिद्धिपुर

योमरीको धार्मिक एवं सांस्कृति महत्व