पहिले देशलाई चिनौ अनि मात्र विदेश भन्ने नाराका साथ भिजिट नेपाल टिभीको टिमले नेपालको विभिन्न गन्तब्यहरुलाई प्रवद्र्धन गरर्दै आइरहेका छौ । यस नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा भने हामी इलाम जिल्लाको जिउँदो इतिहास युद्ध प्रसाद बैद्यज्यूू सँगको कुराकानीमा इलाम नगरपालि भित्रको गन्तब्य उजागर गर्ने सिलसिलमा निशान पदमार्ग ( Nishan Trail) को निमार्ण र यस गन्तब्यको बारेमा जानकारी दिन प्रयास गर्दै छौं ।

Nishan pathway, Ilam

सवंत् १८७० १८७२( सन् १८१६मा भएको नेपाल अंग्रेज युद्ध सवंत १८७२ फागुन २० गते (सन् १८१६ मार्च ४ तारिकमा सुुगौलीमा सन्धी गरी समाप्त भयो । सन्धी अनुसार नेपालको पूर्वी सिमाना सिंहलीला पर्वत श्रृखलाको पानीढलो र मेची नदी कायम भयो । इलाम तमोरदेखि मेची नदी भित्र खुम्चियो । सन्धीको धारा ३ अनुसार पूर्व टिष्टासम्मका पहाड मधेस सबै भाग छोड्नुु पर्ने भयो । सन्धीमा हस्ताक्षर भएको चालिस दिनभित्र नागरी गढी र सम्पूूर्ण भाग खाली गर्नुु पर्ने भयो ।
सर्त बमोजिम नेपाली सेना (श्रीनाथ पल्टन) नागरी गढी खाली गरी करफोकको पूर्णे डाँडामा आई बस्यो । निशानसहित गढी करफोकमा रह्यो । सिमानाको नजिक भएको कारण त्यहाँ दुुई वर्ष बसी सन् १८७५ मा उपयुक्त स्थानको खोजीमा केहि दिन नामसालिड. बसी इलाम डाँडामा श्री नाथ पल्टन र निशान स्थायीरुपले स्थापित भएको हो । यो नै इलामको खलंगा (सदरमुकाम) भयो । इलामलाई खलंगा भनी सम्बोधन गरिएको धेरै पुरानो भएको छैन । माईस्थान मन्दिरको प्राड.गण अगाडिको ढुुंगालाई खलंगा ढुंगा भनिन्छ । जनश्रुुति अनुुसार त्यी ढुंगामाथि उभिएर सेना प्रमुखले आदेश उर्दि सुनाउने गर्दथे ।

यस माइस्थान धार्मिक क्षेत्र इलामको महत्वपूर्ण ऐतिहासिक, पुरातात्विक तथा धार्मिक क्षेत्र हो । माइस्थान मन्दिर नेपाल सरकार पुरातत्व विभागद्धारा पुरातात्विक क्षेत्रका रुपमा सूचीकृत भएको छ । यो मन्दिरमा प्रारम्भमा स्थापना भएको माइखोलाको शिलालाई मार्ई भगवतीका रुपमा सम्मानित गरिएको छ। यसले माइद्धारा सुरक्षित चारखोला इलामको माइ सभ्यतालई सम्मान गरेको छ । यसै परिसरमा पुर्नस्थापना भएको निशान नेपाली वीरता र शौर्यको प्रतीक हो । यो निशान नेपालको पूर्वी सिमाना टिष्टा पुुगेको साक्षी हो । यो निशानले प्रत्येक नेपालीलाई एकिकरणको कालको पूर्वी नेपालको इतिहासप्रति ज्ञात गराउँछ । यो निशान इलामको पर्यटन प्रवद्र्धन गर्नकालागि विशेष महत्व राख्द छ । त्यसैले यस निशानले जुन ठाउँहरुको यात्रा गरेर हाल इलाम सम्म आइपुुगेको छ । त्यही बाटोको यात्रा गरी नेपालीको बीर गाथालाई अन्तराष्ट्रिय जगत सम्म फैलाउनुुका साथै नेपालको पर्यटनको नयाँ पर्यटकीय गन्तब्यको रुपमा निशान पदमार्ग बनाउन सकियो भने यहाँको पर्यटनमा ठूलो टेवा पुुग्ने कुरामा कसैको दुुइमत नहोला । सिमाना टिष्टा भएक बखत गढीका रुपमा रहेको नागरी (भारत दार्जिलिड.) सँग समन्वय र सामञ्जस्य राखेर गढीदेवी मन्दिर क्षेत्र र करफोक, नामसालिङ्ग र माइस्थान क्षेत्रबीच एकीकरण मार्ग निर्माण गर्न सकिन्छ । यो मार्ग नागरीको गढीदेवि मन्दिर करफोक पुर्णेडाँडा नामसालिङ्गको गढीथुम्को माइस्थान निशान भगवती थानका बीच एकीकरण मार्ग निशान मार्ग निर्माण गरी पदमार्गको रुपमा प्रवद्र्धन गर्न सकिने विषयमा चर्चा सुरु भएको छ ।

निशासन भनेको के हो ?

नेपाली बृहत शब्दकोश अनुसार निशान शब्द फारसी भाषाबाट प्रविष्ट गरिएको हो । यसको अर्थ कुनै ब्यक्ति वा वस्तु चिनाउने लक्षण, चिनुु, वा चिन्ह भन्ने बुुझिन्छ । यसले कुनै वस्तुको पहिचानको लागि चिनोको रुपमा लगाउने छाप वा परिचायात्मक चिन्न भन्ने बुुझिन्छ । यो शब्दले पल्टनको परिचयात्मक झन्डा हुन्छन् । त्यही झन्डानै निशान हो । सेनाको निशान झन्डा हुने परम्परागत मान्यताछ । यो हिमवत्खण्डमा प्रचलित पुराण र महाकाब्यहरुमा (रामायण र महाभारत जस्ता ) घतिट युद्धहरुमा संलग्न सेनाहरुको आ आफ्नै विशिष्ट पहिचानका झन्डाहरु थिए । हाम्रो देशको सबै पल्ट, गुुल्म अथवा गणहरुको आ आफ्नै निशान छन् । निशान कुनै पनि गणको पहिचानको प्रतिक हो । शक्तिको श्रोत हो । प्रायः निशानलाई शक्ति स्वरुपा देवीको रुपमा पुजिन्छ । इष्ट देवीको रुपमा पनि ग्रहण गरिएको छ । ुुनिशान भगवतीुु सम्बोधन गरिन्छ । एकिकरणको अभियानमा पल्टनको निशान अघि लगाएर सेनाहरु लक्ष्य भेदका लाग बढ्दा संलग्न सबैमा देशभक्ति र समर्पण ओतप्रोत भएकैले नेपाल राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षण सम्भव भयो । त्यसैले त हामी सारा नेपालीले गाउँने गरेका हौ नि

रातो र चन्द्र सूूर्य जड्गी निशान हाम्रो,
जिउँदो रगत सरी यो बल्दो यो सान हाम्रो ।

आज यो स्थानमा निशान स्थापना भएको दुुई सय छ वर्ष भएको छ । नेपालीको वीरता र इतिहासलाई नजिकबाट बुुझ्नको लागि पनि इलाम भ्रमण आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यो स्थानका भ्रमण गर्न र गराउने अनुरोध गर्दछौं ।

 

हिन्दू पर्यटकहरुको लागि चार नारायणको गन्तब्य

आज सिथी नखःपर्व