Visitnepaltv.com को पर्व पर्यटन अन्र्तगत यो समयमा हामिले आउँदै गरेको पुरुषोत्म महिना अर्थात मलमासको बारेमा उजागर गर्ने उद्देश्यका साथ संस्कृति शिरोमणी हरि राम जोशीसँगको कुराकानीमा यहाँ प्रस्तुत गरिएको छ ।
विशेष धन्यवाद
संस्कृति शिरोमणी हरिराम जोशीज्यूलाई
ज्योतिष विषयक ज्ञान वैदिककालमैं यहाँ भइसकेको थियो । अधिक अर्थात् मलमासबारे तिनीहरुमा निहित ज्ञान यस कुरोको पुष्टिस्वरुप छ । ऋग्वेद १.२५.८ अनुसार १२ चन्द्रमास वर्ष विभक्त गरिएको थियो । औं चन्द्र वर्षलाई सूर्यवर्षसित मिलाउनुको लागि एक १३ औं अर्थात् अधिक मासको व्यवस्था थियो ।
“वेद मासो धृताव्रतो द्धादश प्रजावतः।
वेदा य उपजायते ।।८।।”
ऋग्वेद १.२५.८
६२ चन्द्रमास लगभग ६० सूर्य मासहरुको बराबर हुन्छन् । यसरी लगभग प्रत्येक ३० मास पछि एक अधिक मास वर्षमा जोडिन्थ्यो । यस प्रकारको परम्परा वेबिलोनियन सभ्यतामा पनि विद्यमान थियो जसले अधिक मासको गणना गर्ने परम्पराको लागि वैदिक परम्परा बेबीलोनियम सभ्यताको ऋणी रहेको प्रतिक हुन्छ । ं
यद्यपि यो निश्चय छ कि वैदिककालमा प्रस्तुत मासको कुनै खास नाम थिएन औ यो अतिरित्त मासकै रुपमा मात्र लिइन्थ्यो । पछि यस मासको नामाकरण गर्नुपर्ने आवश्यकता महसूस गरियो । फलतः यसलाई पुरुषोत्तम मासको संज्ञा प्रदान गरियो । पुरुषोत्तम नाम भगवान् कृष्णको रहेका छ । पौराणिक आख्यान अनुसार यो मास(महिना) श्री कृष्णको साक्षात् स्वरुप मानिन्छ । यो महिना षोडशकलायूक्त ब्रह्म परमात्मा श्री कृष्ण एक महिनाको लागि यस भूमण्डलमा आई भक्तजनहरुको पूजालाई ग्रहण गर्दछन् । पुराणको यस कथनले भगवान् श्री कृष्णको लोकोत्तर स्वरुपतिर इङ्गित गर्दछ । जसले बुद्ध र महाबीरको रुपमा जुन किसिमसँग लोकोत्तर महापुरुषहरुको पंक्तिमा जनता सयौं वर्षदेखि अभ्यस्त हुँदै आइरहेको थिए त्यसैको अनुरुप श्री कृष्णको यो रुप हुँदा वासुदेव –भागवत) धर्मले व्यापक लोकप्रिय रहेको थियो । यवन राजदूत हेलियोदोरसको बेसनगर अभिलेख यस कुराको साक्षी स्वरुप छ ।
भाग १
“ृदे वेदवस वा ृसुदे वस गरुडध्वजे अयं
कारिते इ ृअे हलिओदोरेण भाग –
वतेन दियस पुत्रेण तख्वसिलाकेन
योन – दूतेन ृओ गतेन महाराजस
अंतलिकितस उप ृें ता सकास रञो
ृकोसी पु ृत्रे स ृभे ागभद्रस त्रातारस
वसेन च ृतुे देसेन राजेन वधमानस
भाग २
त्रिनि अमुत पदानि ृइअे ृसुे अनुठितानि
नेयांति ृस्वगें दम चाग अप्रमादृक्ष्क्ष्े
( बेसनगर गरुडस्तम्भ अभिलेख
द्धितीय शताब्दी ई.पू.
मालवंसत् ४६१ (४०४ई) को मन्दसोर शिलालेखबाट भगवान् वासुदेव श्री कृष्णले अन्इ सबै देवताहरुमा सर्वोच्चता प्राप्त गरकेो कुराको जानकारी मिल्छ जसबाट पनि उपर्युत्त कुराको जानकारी मिल्छ जसबाट पनि उपर्युक्त कुरोको पुष्टिमा सहायता पुगेको छ ।
पुरुषोत्तम मास नामाकरण गरिनुभन्दा पहिले सम्मन् यस अधिक मासमा कुनै पनि प्रकारको कर्म गरिनु वर्जित थियो । तीर्थ, आश्रम व्रत, जप, तप, गर्नु यस मासमा निषेध गरिएको थियो । तर पुरुषोत्तम नामले भूषित भएपछि यो महिना कल्याणदायी मानिन लाग्यो । यसको राम्रो अनुष्ठान गर्ने व्यक्तिलार्य कुनै प्रकारको दुःख नहुने करा पाण्डवहरुले वनमा पुरुषोत्तम मासको व्रतलिई सबै किसिमको दुःखबाट मुक्त भएको उपाख्यानबाट स्पष्टरुपले जानिन्छ । पाण्डवहरुको यस कष्ट निवारणको कथा सूतजीले ऋषिहरुलाई तथा भगवान् नारायणले देवर्षि नारदलार्य सुनाएका थिए अधिकमास विधिपूर्वक निद्र्दिष्ट व्रत,जप, तप, पूजा, पाठ गर्नुका साथै कथा सुनेमा त्यस ब्यक्तिका सवै कष्टहरुको निवारण भएर अन्ततः मोक्ष प्राप्त हुने कुरा वर्णित छ । शास्त्रानुसार यो महिनामा पिण्ड सहित द्धाद्धश श्राद्ध, सीमन्तोन्नयन, पुसंवन, जातकर्म, तीर्थहरुमा श्राद्ध, मन्वादि तिथिहरुमा दान, दैनिक तिलहोम, गो स्वर्ण दान, सन्ध्योपासना अािद कार्यहरु गरिनु जरुरी छ । त्यसका विपरीत यस समय नगरिनुपर्ने कार्यहरु मुख्यत ः निम्न छन् ( अपूर्व तीर्थयात्रा, देव, गडाग, आराम आदिको प्रतिष्ठा, मौञ्जीबन्धन, गो वृषभादिको उत्सर्जन, राज्याभिषेक, चूडाकरण, अन्नप्रासन, नयाँ गृह निर्माण र प्रवेश, प्रायश्चित व्रत, उपाकर्म, दुर्गादि देव प्रतिष्ठा, इन्द्रध्वजोत्थान आदि कार्य । यसरी मासको खास धार्मिक महत्व छ भन्न सकिन्छ ।
यस मालमासको धार्मिक महत्वको साथ साथ राजनैतिक महत्व पनि रहेको कुरा उत्तरप्राचीनकालीन नेपालको अभिलेखहरुको अध्ययनले स्पष्टरुपले दर्शाएको छ । तत्समयको संवत् १०३ को पशुपति बज्रघरको अभिलेखमा अधिकमास तुलादण्ड भनी वर्णन गरिएको छ । अधिकमास तुलादण्ड भनी वर्णन गरिएको छ । अधिकमास तुलादण्ड भन्ने कुराको उल्लेखले अधिक अर्थात पुरुषोत्तम मासमा व्यापारहरुले आफ्ना ढक, तराजूमा कुनै फरक पार्न नसकुन भन्न खातीर तिनीहरुका ढक, तराजूहरुको जाँच गरी फरक परेमा तिनीहरुलाई दण्ड गर्ने चलन त्यस समयमा प्रचलित रहेको कुरा जानिन्छ । तर अधिक मास तीस, बत्तीस महिनामा एक पटक मात्र आउने हुँदा त्यत्ति लामो अवधिमा एक पटकमात्र व्यापारीहरुको ढक, तराजूको जाँच गरिने कुरो सोच्न नसकिने छ । यहाँनेर मनुस्मृतिमा वर्णित एक कथनको या दगर्न सकिन्छ । जस अनुसार ६ ६ महिनामा व्यापारीहरुको ढक, तराजूको जाँच
गरिनु अनिवार्य छ ।
“तुलामानं प्रतीमानं सर्व च स्यात्सुलक्षितम्।।
षट्सु षट्सु च मासेषु पुनरेव परीक्षयेत् ।।३।।”
(मनुस्मृतिः ८।४०३
अर्थात् ढक, तराजु आदि नाप्ने, जोख्ने सबै पदार्थको ६ ६ महिनामा जाँच गरिनु आवश्यक छ । मनुस्मृतिमा वर्णित यस कुराको उल्लेखले आशयलाई बुझन सुगम गराएको छ । तत्समय अधिक मास पनि भनिने चलन त्इस समयको रहेको तिर उक्त अधिकमास तुलादण्ड शब्दको प्रयोगले इङ्गित हुन्छ । अनि ती दुई महिनाको बीच ६ महिनाको फरक भएकोले त्यस समय मनुस्मृतिमा वर्णित भए अनुसार ६ ६ महिनामा व्यापारीहरुका ढक, तराजूको जाँच गर्नु पर्ने नियमको पूर्ण परिपालन भएको लाग्दछ । यसरी अधिक मासको धार्मिकको साथै राजनैतिक प्रशासनिक महत्व पनि यथेष्ट मात्रामा रहेको छ भन्न सकिन्छ ।
व्यापारीहरुको ढक, तराजूको जाँच गर्ने महिनालाई अधिकमासको