woodcraft Nepal

नेपाली सभ्यता र संस्कृतिको विकासको इतिहासमा नेपालको कलाको महत्वपूर्ण स्थान छ । नेपाली कलाको इतिहासमा काष्ठकला, खास गरी काष्ठ मूर्तिकलाको स्थान महत्वपूर्ण छ । अन्य माध्यमको अपेक्षा काठ नरम वस्तु भएकोले नेपाली कलाकारले मठ, मन्दिर, घर, सत्तल पाटी सबै स्थलनमा नेपाली काष्ठकलाको नमुना विभिन्न समयदेखि भवनहरुको अध्ययनबाट प्रस्ट हुन्छ ।

शताब्दीयौँदेखि हावा हुरी, घाम पानीजस्ता प्रकोपबाट बचेर रहेको नेपाली काष्ठकृति अन्य कलात्मक वस्तुझै काठमाडौ उपत्यकामा नै बढी मात्रामा छरिएर रहेको छ । प्राचीन वा लिच्छविपूर्व र लिच्छविकालको लामो समय व्यतित हुनका कारण अहिले उपलब्ध छैन । कलाका अन्य माध्यम सरह काष्कलाको विकास पनि लिच्ँछविकालमा भएको र नेपालव िसंस्कृति परम्परालाई कायम राखेर परिमार्जित हुँदै आएको सँस्कृति हो ।

काठमाडौँ उपत्यकामा हाल पनि मध्यकालसम्मका मूर्तिहरु प्रशस्त पाइन्छ । राष्ट्रिय काष्ठकला संग्रहालयमा सुरक्षित रुपमा प्रदर्शित गरिएका यस्ता कलाको अवलोकनबाट करिब चार पाँच सय वर्ष लामो नेपाली काष्ठकलाको इतिहास बुझ्न सकिन्छ । यी बाहेक व्यक्तिगत संग्रह, मन्दिर र मठमा भएका यस्ता कृतिको खोजी भएको छैन । काष्ठकलाको निर्माण गर्ने कलाकारले पनि प्रस्तर, धातु चित्र आदि माध्यमसरह शास्त्रीय परम्परालाई अङ्गालेको छ । शरीर अङ्गहरुको निर्माणमा अनुपातिक हिसाब, गहना र पोशाकमा पौराणिक सभ्यताको प्रभाव आदि विशेषता मूर्तिको अवलोकनबाट प्रस्ट हुन्छ । काठका मूर्तिहरुमा पनि प्रस्तर र धातुसरह पालिसको प्रयोग गरिएक्ो देखिन्छ । त्यसैले मूर्तिहरु चिलल र चम्किला हुन्छन् । काठ नरम वस्तु भएकले कलाकार ठूलो मूर्तिहरु पनि खण्ड खण्ड नगरी एउटै ठूलो फलकमा बनाउन सफल भएका छन् । नेपाली काष्ठकलामा मन्दिर र विहारका टुँडालहरुको स्थान सर्वोपरि छ । मध्यकालमा बनेका साना ठूला सबै मन्दिर र विहारमा तहतह परेको छानाको किनारालई थाम्ने हिसाबले प्रत्येक तलामा भित्रबाट निस्केको दलिनको सानो टुक्राबाट करिब ४५ को कोण पारी ठड्याएर राखिएको टुँडाल मन्दिरलाई बाहिरबाट हेर्दा निकै आकर्षक कलाले पूर्ण मूर्तिको रुपमा देखापर्दछन् । धेरै तला भएको भवनमा खास गरी मन्दिरहरुमा माथिल्लो तला क्रमश सानो हुँदै जाने जाने हुनाले र सो अन’पातमा छानो पनि सानो हुँदै जाने हुनााले थोरै बोझ थाम्नुपर्नेँ टुडाल पनि क्रमश साना बनाइन्छ । टुडालको अर्को विशेषता भनेको तिनमा कुँदिएका मूर्ति मन्दिरको मूलदेवतासित वा तत्सम्बन्धी उपाख्यान र सिद्धान्तबाट सोहदेव सम्प्रदायसित कुनै न कुनै रुपमा सम्बद्ध हुन्छन् ।

मन्दिरको मुख्य ढोकाबाट देवस्थलतिर प्रवेश गर्ने स्थानमा अद्र्धचन्द्राकार फलक लट्किरहेको हुन्छ । यसलाई द्धारतोरण भनिन्छ । यो फलक पनि काष्ठकलाको दृष्टिले महत्वपूर्ण मानिन्छ । भक्तजनले मन्दिरको देवस्जलमा प्रवेश गर्नुपूर्व द्धारतिर दृष्टि लागाउँछ । तसर्थ यस फलकमा भित्रको मुख्य देवतालई जनाउने देवताको मुर्ति केन्द्र भाग पारेर राखिएको हुन्छ । त्यसको वरिपरि अन्य सहायक देवताको मूर्तिहरु, बुट्टा, फूल तथा सजावट पनि पाइन्छ । नेपालका रहेका केही काष्ठकलाको नामूना सम्पदाहरुले नेपालमा मात्र नभई विश्वमा नै प्रसिद्धि पाएका छन् । यसरी प्रसिद्धि पाएका काष्ठ कृतिहरुमा भक्तपुरको पूजारी मठ, सोहौँ शताब्दीको मानिएको यस मठमा दुई फिट व्यासमा करीब सवा फिीटको एक आकर्षक मयूर कुँदिएको छ । यस क्षेत्रमा रहेको अन्य काष्ठकला भन्दा अत्यन्तै आकर्षक रहेको छ । सयौँ वर्ष खुला वातावरणमा रहेर पनि झ्यालमा रहेको मयूर त्यतिकै आकर्षक अवस्थामा नै रहेको छ ।

मयूर झ्याल जस्तै विश्वप्रसिद्ध रहेको देशेमरु झ्याः अर्थात देशमै नभएको झ्याल काठमाडौँको यटखामा रहेको छ । पहिले एक सत्तलमाथि अवस्थित यो झ्याल हाल समीपको नयाँ घरमा सारिएको छ । मध्यकालमा कुनै समय निर्मित यो झ्यालको विशेषता यसका दर्जनौँ तह र जटिलता नै हो । बाहिरी फ्रृेमबाट अनुपातमा घट्दै भित्र पसेको झ्याल सबभन्दा पुछारको फ्रेम करीब डेढ फीट वर्गाकारको मात्र छ ।यसमा लगाइएको श्रम र सतर्कताले काष्ठकलाको विकसित नमुना पेश गरेको छ ।
हाल नेपालमा काष्ठकला जस्तो ऐतिहासिक तथा प्राचीन महत्व बोकेका थुप्रै सम्पादहरु लोप हुने खतरा दिनदिनै बढ्दो छ । यस्ता सम्पादहरुको संरक्षणमा सम्बन्धित निकायको समयमा नै ध्यान जानु अत्यन्तै आवश्यक छ । नेपाली ऐतिहासिक प्राचिन सम्पदाको संरक्षण गर्न सकेमात्र हामीले आफ्नो अस्तित्व जोगाउँन सक्ने कुरामा सायद कसैको दुई मत नहोला ।

pc: ImagePasal.com

उपत्यकाका पर्यतकीय गन्तव्यमध्ये सबैभन्दा धेरै पर्यटकले अवलोकन गर्ने स्थान बन्दै नारायणहिटी

कालिञ्चोक