Narayanhiti Palace Museam Kathmandu

कुनै समय राजारानीको जन्मदिन वा चाडपर्वको उत्सवको अवसर पारेर मात्र नारायणहिटी दरबार छिर्न पाउने सामान्य नागरिक गणतन्त्रको आगमनसँगै दरबार संग्रहालयमा परिणत भएपछि अवलोकनकर्ताको घुइँचो लाग्ने गरको छ । पछिल्लो समयमा काठमाडौँका पर्यटकीय गन्तव्यमध्ये सबैभन्दा धेरै पर्यटकले अवलोकन गर्ने स्थान नारायणहिटी भएको छ । विदेशीसँगै स्वदेशी पर्यटकको आकर्षणको केन्द्र नारायणहिटी बनेको छ ।
नेपालका शाहकालीन राजाको इतिहासि स्मरण गर्दै त्यहाँ पुग्ने सर्वसाधारण तथा विदेशी पर्यटकले न्युनतम २० रुपैयाँदेखि पाँंच सय रुपैयाँको टिकट काटेर अवलोकन गर्न सक्ने व्यवस्था संग्रहालयले मिलाएको छ । संग्रहालयका अनुसार विद्यार्थीलाई २० रुपैयाँ, सार्कका पर्यटकहका लागि दुई सय ५० रुपैयाँ र अन्य विदेशी पर्यटकलार्य पाँंच सय रुपैयाँ शुल्क लिइने गरेको छ । मंगलबार र बुधबार बाहेक सग्रहायलय सातामा पाँंच दिन खुल्ला रहन्छ । संग्रहालयले हालसम्म ४ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको संग्रहालय प्रमुख जयराम महर्जनले बताए । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्म ११ पुस्ताले राज्य गरेको राजाहरुको इतिहास जोडिएका दरबार ०६५ फागुन १६ देखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । जनअपेक्षित शासन व्यवस्थालाई स्वीकार गर्ने शर्तमा ०६३ वैशाख ११ गते जनताका नाममा सम्बोधन गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले आफूमा निहित शासकीय शक्ति जनतालाई हस्तारन्तरण गरेका थिए । त्यो सम्बोधन पनि तत्कालीन राजा ज्ञानेन्द्रले त्यही दरबारबाट नै गरेका थ्एि । कुनै बेला शक्तिको प्रतिकका रुपमा परिचित नारायणहिटी दरबार ०६२।०६३ को जन आन्दोलन सफलतासँगै शासकको निशानामा परेको हो । ०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि नारायणहिटी संग्रहालयमा परिणत भाएको हो । पटकपटक त्यही नारायणहिटीको शपथ कक्षमा शपथ खाएर प्रधानमन्त्री बनेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबारलाई गणतन्त्रको घोषणा र दरबारलाई संग्रहालयकामा परिणत गरेर वैधानिकता प्रदान गरेका हुन् ।
नारायणहिटी संग्रहालय पुग्दा शाहकालीन इतिहासिको स्मरण हुन्छ । त्यहाँ पुग्ने सर्वसाधारणले नारायणहिटीको पं्रागणसहित दरबारका १९ कार्यकक्ष अवलोकन गर्न सक्ने व्यवस्था संग्रहालय मिलाएको छ । १४ अञ्चल ७५ जिलालको नाम रहेका कार्यकक्ष सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आगन्तुकले दरबार पुगेर श्रीपेच हेर्ने चाहना राखे पनि नेपाली सेनाको कडा सुरक्षामा बन्द कोठामा राखिएको छ । नारायणहिटी र ७ सय ५५ रोपनी क्षेत्रफलमा फैलिएको भए पनि सर्वसधाराणले पश्चिम ढोकाबाट प्रवेश गरेर करिब १ घण्टाको समयमा अवलोनक गरेर करिब १ घण्टाको समयमा अवलोकन गरेर निस्कने गरेका छन् । खुल्ला गरिएको दरबारका कार्यत्रक्ष र फूलबारी घुम्न ३० मिनेटदेखि १ घण्टासम्म लाग्ने गरेको छ ।
भारत नयाँ दिल्लीस्थित टेरी विश्वविद्यालयमा एमबीए अध्ययन गरिरहेकी रञ्जना शर्माले पहिलो पटक नारायणहिटी अवलोकन गरेपछिको अनुभव व्यक्त गर्दै दरबारभित्रका कार्यकक्ष व्यवस्थित रहे पनि प्रांगण र फूलबारी भने अस्तव्यस्त रहको बताइन् । विद्युतीय आपूर्तिको व्यस्था चुस्त नरहेको लोडसेडिङको मार खेप्दै अँध्यारोमा संग्रहालयमा घुम्नुपर्ने अवस्था रहेको उनले बताइन् ।
शाहवंशीय इतिहासमा लोकप्रिय कहलिएका राजा वीरेन्द्रको ०५८ जेठ १९ गते शुक्रबार भएको नारायणहिटी हत्याकाण्डस्थल हेर्न दर्शक उत्सुक हुने गरेको संग्रहालयका कर्मचारी प्रकाश श्रेष्ठले बताए । दरबारभित्र खटिएका संग्रहालयका कर्मचारीले आगन्तुक दर्शकको जिज्ञासालाई कार्यकक्षमा लेखिएको सूचनालाई प्रस्ट पार्दै बुझाई रहेका हुन्छन् । संग्रहालयमा प्रवेश गर्नासाथ सर्वसाधारणले राजाहरुले मन्त्रीहरुलाई शपथ खुवाउने कक्ष देख्न सक्छन् । त्यसपछि घुम्ने क्रममा राजा त्रिभुवनको कार्यकक्षदेखि विदेशी राष्ट्र प्रमुख र राजारानीका शयन कक्षसमेत सर्वसाधारणलाई अवलोकन गर्न सक्ने व्यवस्था संग्रहालयले मिलाएको छ । साथै मानपदवी, अलंकालर, उपहार, पुस्तकालय, राजारानीका तस्बिर लगायतका सामग्री खुला गरिएका कक्षमा सजाइएका छन् । भव्य महल ऐतिहासिक लागे पनि भित्रिबनोट दरबारले प्रयोग गर्ने सामग्री भने सामान्य नै रहेको अनुभव आगन्तुकले गरेका छन् । आगन्तुक शर्माले भनिन्, मुलुकका शासकीय प्रमुख राजारानीको दरबार परम्पराग शैलीकै रहेछ । तत्कालीन समयमा दरबारको बनोटलाई भव्य मानिए पनि वर्तमान सयमा दबराको बनोटलाई भव्य मान्न नसकिने तर्क शर्माले गरिन् । शर्माले आफू दिल्लीमा अध्ययनरत रहेको स्पष्ट पार्दै सहपापाठी र त्यहाँ रहेका आफन्तजनले दरबारमा गरेको दरबार घुम्न आएको बताइन ।

pc: ImagePasal.com

गाईजात्राका अनेक कथाहरु

नेपाली कलाको इतिहासमा काष्ठकला