दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारबाट करिब १२ कि.मी जति उत्तर करिब बाह्र हजार फीटको उचाइमा रहेको पहाडी टाकुरामा कालिञ्चोक माईको मन्दिर रहेको छ ।

Kalinchowk, Nepal

यहाँ एउटा सानो जलकुण्ड छ, जहाँ शिव, गणेश र सरस्वतीका मूर्तिहरु पनि छन् यसै प्राकृतिक जलकुण्डलार्य नै कालिञ्चोक भगवती भन्दछन् । यहाँ भगवतीको कुनै साकार मूर्ति छैन । त्रिशूल र घण्टाहरु राखिएको देख्न सकिन्छ । यस पवित्र कुण्डको जल दोलखा बजारस्थित भीमेश्वर मन्दिरमा आउँछ भन्ने मान्यता रहेको छ । हिउँदका महिनामा हिउँ पर्ने र चिसो हावा चल्ने हुनाले अधिकांश तीर्थयात्रीहरु वैशाख महिना देखि कात्तिक महिनासम्म यहाँ देवीको दर्शन गर्न जाने गर्दछन् । विशेषत जनै पूर्णिमा – ऋर्षिदर्पणी ) र दशैको नवरात्रभर दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । छिनछिनमै कुहिरो बादल देखिने र तुरुन्तै घाम लाग्ने यस हिमाली थुम्काबाट गौरीशंकर हिमालयलगयात हिमाच्छदित पर्वत श्रङखलाहरुको दर्शन पाइने हुँदा प्रस्तुत कालिञ्चोक थुम्काको समस्त परिदृश्य नै निकै सुन्दर र रमाइलो देखिन्छ ।

 

अत्यन्त रमणीय एवं मनोहर यस पहाडी टाकुरामा जान निकै पार गर्दै जानुपर्ने हुन्छ । यहाँका असजिला साँगुरा गोरेटो बाटोलाई धर्मद्धार पनि भनिन्छ । यहाँ जान पूर्व र पश्चिम दुवैतर्फ बाटाहरु भए पनि डरलाग्दा भीरम ाबनेका खुट्किला पार गर्दै जानुपर्छ, कालिञ्चोक भगवती आद्याशक्ति हुन् ।यी भगवतीको वर्णको पुराणहरुमा पनि पाइन्छ । यिनलार्य कालिका देवी पनि भन्दछन् । यथार्थमा यी हिमालय पवर्तबाट प्रकट भएकी पार्वती हुन् तापनि पपछि यिनलाई कालीको रुप लिएर चण्ड र मुण्डको बध गरेकी हुन् भन्ने सपतशती चण्डीमा उल्लेख भएको छ । कालिञ्चोक गभवतीमा ठूलो जनआस्था रहेको छ । यस्तो दुर्गम ठाउँमा पनि दर्शनर्थीहरु निकै जाने गर्छन् । जलकुण्ड पुगिसकेपछि यो ठाउँ अत्यन्त मनोरम छ । धार्मिक पर्यटीयक दृष्टिकोणले निकै नै महत्वपूर्ण यस ठाउँ साहसिक खेल पर्यटनको लाग पनि प्रचुर सम्भावना बोकेको यस कालिञ्चोकमा आवश्यक पूर्वाधारहरुको निमार्णमा सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ ।

View Kalinchowk Photo Gallery

नेपाली कलाको इतिहासमा काष्ठकला

ललितपुरको विशंखु डाँडा पर्यटनको लागि नयाँ हाईकिड. रुट