गोर्खाजिल्लाको उत्तरी भेगमा अवस्थित गणेश हिमाल(७४०६मिटर) तथा श्रृड्.गी हिमाल(७१८६) मिटर)को बीचमा बग्ने स्यार खोलाले बनाएको उपत्यकालाई परम्परागत रुपमा चुम उपत्यकाको रुपमा चिनिन्छ । गोर्खाजिल्लाको ६६ गाविसमध्ये २ गाविस छेकम्पार र चुमचेतको संयुक्त नाम चुम उपत्यकाको रुपमा प्रचलित छ । चुमचेतलाई तल्लो चुम र छेकम्पारलाई माथिल्लो चम भनेर पनि चिनिन्छ । यो उपत्यकामा पर्ने अति प्राचीन ऐतिहासिक तथा पवित्र भूमि आजसम्म पनि बौद्ध धर्मको आस्था र उपासना स्थलको रुपमा रहिआएको छ । बौद्ध धर्मग्रन्थमा एल्लेख भएको बेयुल किमोलुड.को एक अभिन्न अड्.गको रुपमा पनि यस क्षेत्रलाई पुजिन्छ । आठौं शताब्दीमा बौद्धधर्म गुरु मिलारेपाले चुममा आई ध्यान गरेको भन्ने विश्वासअनुरुप गुरुपद्मसम्भव(गुरु रिम्पोछे)को पूजा गरिन्छ ।

चुमको अर्थ खा चुम, निग चुम हो । यो भनेको आँखा चिम, मुख चिम, अर्थात् धार्मिक रुपले काम गर्ने, शान्त र इमान्दार भन्ने हो । त्यस्तै चुम भनको धम चुम(शान्त र इमान्दार) धार्मिक व्यक्तिहरुको बसोबास गर्ने ठाउँ भन्ने बुझिन्छ । यसलाई अहिंसा क्षेत्रको रुपमा पनि चिनिन्छ । चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । यो क्षेत्रमा पशुहत्या निषेध गरिएको छ ।

RachenPhoto Credit: लोप्साड० छिरिड० लामा

यसको लागि विभिन्न गुम्बाहरु मुह गुम्बा देक्षेन ल्हुण्डुप, राछेन ज्याड्.क्षु छ्योलिड. गुम्बा एवं स्थानीय प्रमुख लामाहरुले निले लाब्राड., ड.ाग् लाब्राड., खाड.सार लाब्राड. आदि गुरु लामा र सम्बन्धित ब्यक्तिहरु एवं स्थानीय बासिन्दाले विक्रम संवत् १९७७ सालमा महागुरु करुणामय अवतारी पूज्य गुरु डुक्पा लामा सेराब दोर्जेको रोहबरमा यस क्षेत्रको अहिंसात्मक परम्परालाई पालना गर्ने गराउने प्रतिबद्धता गरेको हस्तलिखित कागजात अझै सुरक्षित पाइन्छ । जसअनुसार वि.सं. १९७७ सालमा सम्बोता लिपिमा लेखिएको त्इो प्रतिबद्धतथालाई वि.सं. २०२७ सालमा पनि सम्बोता लिपिमै र वि.सं. २०२९ सालमा देवनागरी (नेपाली) लिपिमा लेखेर त्यस क्षेत्रमा रहेको २२१ घरधुरीका मूलीले पूज्य अवतारी गुरु ड.वाड. खेन्रप( गुरु डुक्पा रिन्पोछे) समक्ष पुन ः सपथ गरी विभिन्न गाउँ र गुम्बामा सुम्पने काम भएको थियो । त्यसैगरी वि.सं. २०६६ सालमा आयोजित पहिलो चुम महोत्सवमा स्थानीय बासिन्दाले अहिंसा क्षेत्रलाई निरन्तरता दिन पुनः प्रतिवद्धता गरेका थिए । सोहि अनुरुप “चुम महोत्सव(अहिंसा र बौद्ध संस्कृतिको सन्देश” भन्ने मुख्य सन्देश सहित चुम उपत्यका सांस्कृतिक “स्याक्या महोत्सव” वि.सं.२०६९ आयोजना गरिएको थियो । चुमबासीसँग सुरक्षित रहेका उनीहरुका पूर्वजहरुले अवलम्बन गरको अहिंसा विषका छ वटा बुँदा यसप्रकार रहेका छन् ।
१) कुनै पनि जीव जनावर काटमार नगर्ने
२) शिकार नखेल्ने
३) मह नकाढ्ने
४) डढेलो नलगाउने
५) प्रवेश निषेध
६) पशुवध पूर्ण रुपमा निषेध

Tsum Sakya
फोटो सौजन्य चुम कल्याण समिति

चीनसँग सीमा जोडिएको यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरुले समेत काटमार गर्न पाउँदैनन् ।
यी वुँदालाइई स्थानीय बासिन्दा, गुम्बा व्यवस्थापन र गाउँ विकास समितिले परम्परागत रुपमा पालना गर्दै पर्यटन प्रवद्र्धनमा लागि परेका छन् । चिरकाल सम्म पनि चुम क्षेत्रलाई हिंसामुक्त क्षेत्र राख्नुका साथै धार्मिक सांस्कृति, परम्परार प्रकृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यका साथ छेकम्पार नमूना गाउँ विकास समितिको गाउँ परिसद्ले वि.सं. २०६५ फागुन २२ गने पूर्वमा डु.इला भञ्ज्याड., पश्चिममा थाप्ला भञ्ज्याड. , उत्तरमा यामडो, चीनको तिब्बतको सिमाना र दक्षिणमा चुम्चेत गाविसको गोग गाउँको मानी र केरौजा गाविसको सिमानको ४ किल्लाभित्रको क्षेत्रलाई अहिंसाक्षेत्र मानी काटमार निषेधित षेत्र कायम गरिने र यसको लागि कानुनी मान्यता प्राप्त गर्न पहल गर्ने निर्णय गरिएिको छ ।

Tsum valley
Photo Credit: लोप्साड० छिरिड० लामा

माथिल्लो चुम अर्थात छेकम्पार गाविस जिल्लाको उत्तरी सिमानाको चीनको तिब्बतसम्म फैलिएको छ । सबैभन्दा बढी उचाइमा ३,५१० मिटरमा म्हु गुम्बा रहेको छ । भने ३००८ मिटरमा अन्य गुम्बा रहेका पाइन्छ । सानाठूला गरेर यो गाविसमा २३ वटा गुम्बा छन् । अर्को गाविस चुम्चेत अर्थात तल्लो चुम छेकम्पार भन्दा भौगोलिक रुपले अलि कठिन देखिन्छ । उब्जाउ भूमि कम रहेको र भिरालो जमिन बढी रहेको पाइन्छ । धार्मिक हिसाबले दुवै गाविस प्रसिद्ध छन् । चुमचेत भने १० वटा गुम्बाहरु पर्छन् ।

Mu Gompa Monastery
Photo Credit: लोप्साड० छिरिड० लामा

गुम्बा निर्माणको कथा
एक पटक गुरु डुक्पा रिम्पोछे सारभु किमु लुड. भन्ने ठाउँमा गुफा बस्नु भएको थियो । त्यसबेला वहाँका २ जना सुरारे थिए । एकजना आनी डि.मा डोमा अर्को पेच्युड. लामा थियो । त्यो ठाउँमा अत्यन्त जाडो हुन्थ्यो । हिउँ पर्दै रोकिँदै गथ्र्यो । त्यस ठाउँबाट निकै तल मात्र गाउँबस्ती थियो । रिम्पोछेका लागि खाना चम्बा र घिउ तलको गाउँमा गएर पन्ध्र बीस दिसम्म पुग्ने गरेर ल्याउँथ्यो । तर एक पटक हिउँ धेरै परेर ६ महिनासम्म बाटो बन्द भयो । अघि ल्याएको थियो अलिअलि गरेर खाँदा पनि सकिने भयो । त्यही चम्बा पनि रिम्पोछेले विहान विहान तोरमा गर्नुहुन्थ्यो । यस्तो अवस्था हुँदा दुईजना सुसारेले रिम्पोछेलाई अब हामी मर्ने रहेछौं भने । रिम्पोछेले मर्न त मर्दैनौँ तर अलि दुःख चाहि हुनेछ भन्नुभयो ।एक दिन चम्बा सकिनु अघिल्लो दिन बिहान २ जना सुसारे(स्यााप्ची) ले रिम्पोछेको कोठामा धेरै मानिस बाचचित गर्दै गरेको सुने । मानिस आउने बाटो बन्द छ, यी मानिसहरु कहाँबाट आए भनेर छक्कै परेर रिम्पोछेको कोठामा ढकढक्याए अनि रिम्पोछेले ढाका खोलिदिनुहुँदा त भित्र अघि मानसिहरु भए जस्तो बातचित गर्ने कोही थिएनन् । कोठाभित्र एउटा चप्टो ढुंगामा चम्बा एकरास खन्याइएको थियो । छेउमा छुर्बी र घिउ पनि थियो । रिम्पोछेको टबलमा सुनको एक सय मुद्रा पनि थिए । यो देख्दा अचम्म भएर रिम्पोछे यी सामान कसले ल्याइदिएको हो भनी सोध्दा रिम्पोछे मुसुमुसु हाँस्नु मात्र भयो अनि घटनाको बारेमा कसैलाई पनि नभन्न आज्ञा दिनुभयो । त्यसपछि रिम्पोछेले “अब हामी भोलि यहाँबाट जानुपर्छ” भनेर सबै सामान तयार गरेर गुफाबाट निस्केर तलतिर लागे । बाटोमा हिउँ धेरै भएको कारणले गर्दा तल फर्कदा निकै दुःख पाएछ । त्यहाँबाट रिम्पोछेले त्इो एक सय सुनको पैसाले राजेन गुम्बा स्थापना गरेको थियो । यो ३,०७५ मिटर उचाइमा अवस्थित छ । अर्को गुम्बा म्हु गुम्बा स्थापना गरको विश्वास गरिन्छ । म्हुँ गुम्बा ३५१० मिटरको उचाईमा अवस्थित छ । यी गुम्बा बनाइसकेर सिन्धुपाल्चोक जिल्लाको भागाड. यल्मोमा एउटा गुम्बा बनाउनुका साथै दोलखा जिल्लाको भिखुड.(बिगु)मा पनि अर्को गुम्बा बनाएको कुरा लेखकम गेसे शेरब दोर्जे वा ड.वाड( पाल्साड. गुरु डुक्पा रिम्पोछेको निर्वाण सौन्दर्य मार्ग (कलसाड. थरलम डोवी थेमके) अनुवादक निमा रिञ्छेन यल्मोको पुस्तककमा उल्लेख छ। पछि सन् १९४७ मा अवतारी गुरु डुक्पा रिम्पोछे ड.वाड. खेनरावको छेकम्पार गाविसको राजेन वडा नम्बर ५ मा जन्म भयो । अहिले राजन गुम्बा, म्हु गुम्बा, बिगु, यल्मो गुम्बा सबैको हेरविचार उहाँकै अधिनमा भइरहेको छ । यसरी चुमलाई धार्मिक रुपले पवित्रस्थल मानिन्छ ।अहिलेसम्म गुरु डुक्पा रिम्पोछे शेरब गेसे दोर्जेले चलाउनुभएको नियमअनुसार अहिंसा क्षेत्रको रुपमा स्थापित छ ।

Drukpa Rinpochhe
Photo Credit: लोप्साड० छिरिड० लामा

चुम क्षेत्रमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल फ्या (स्थानीय भाषामा मुसा भनिन्छ), लंगुर बाँदर जस्ता जिवजन्तु प्रचुर मात्रामा पाइन्छ । खुल्ला चिडियाखानको रुपमा समेत चिनिएको सो क्षोक्रमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेका हुन्छन् । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन् । यहाँका स्थानीयल दुध, दही, ध्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन । आफुले पालेको पशु अन्य कसैलाइृ मारकाटको लागि विक्री गर्दैनन् ।

Tsum valley
Photo Credit: लोप्साड० छिरिड० लामा

सरकारले धेरै वर्षसम्म निषेधित क्षेत्र घोषणा गरेको चुम उपत्यकालाई स्थानीय बासिन्दाहरुले निरन्तर प्रयासका कारण वि.सं.२०६४ सालमा मात्र खुल्ला क्षेत्र घोषणा गरेको थियो । यस पछि मात्र विदेशीलाई भ्रमणको लागि यो ठाउँ खुल्ला भएको हो । चुम भ्याली घुम्न जाने सयौं विदेशी पर्यटकले पनि मासु खान पाउँदैनन् किनभने होटलहरु सबै शाकाहारी मात्रै छन् । मनास्लु पर्यटन पदमार्ग अन्तर्गत पर्ने यो उपत्यकामा विस्तारै आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दो छ ।

विशेष धन्यवाद
निमा लामा
अध्यक्ष
चुम कल्याण समिति

फर्पिड. क्षेत्रका घुम्ने ठाउँहरु

अदित्य यात्रा कैलाश मानसरोवरको