Tengboche Monastery

पूर्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८मि)मा विविध प्राकृतिक र सांस्कृतिक पक्षलाई संगालेर सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना भएको छ । यो निकुञ्ज दूधकोसी र भोटेकोसी नदीहरुले काटेर बनाएको अति नै विकट भौगोलिक बनावट यहाँको माथिल्लो जलाशय क्षेत्रसम्म फैलिएको छ । सर्वोच्च शिखर ८८४८ मि को सगरमाथा बाहेक ६००० मि. अग्ला ल्होत्से, चोयु, पुमरी, नुप्से, आमादब्लम, थामर्सेकु जस्ता हिमालहरुले यस निकुञ्जको शोभा अझै बढाएका छन् । यहाँको अतिनै मनोरम हिमाली दृश्यहरुले जोकोहीको पनि मन सजिलै मोहित पार्न सक्छ ।

यस निकुञ्जको तल्लो भूभागमा गोब्रे सल्ला, ठिंग्रे सल्ला, बाँझ र विभिन्न प्रजातिका गुराँसले ढाकेको छ भने माथिल्लो हिमाली भूभागमा धूपी, भोजपात्र र झाडी गुराँसका प्रजातिहरुले ढाकेको छ । वैशाख महिनामा फुल्ने लालगीगुराँसले यहाँको वन ढकमक्क गरी ढाक्ने हुनाले गुराँसको वन पर्यटकीय दृष्टिले एकदम महत्वपूर्ण मानिन्छ ।

Tengboche Monastery
Photo Credit: Kalpana Maharjan

यस निकुञ्जले २८ प्रजातिका स्तनधारी जनावरहरुलाई आश्रय दिएको छ । जसमध्ये हाब्रे, हिँउ चितुवा, कस्तुरी मृग, हिमाली थार प्रमुख हुन् । झन्डै १९३ प्रजातिका चराहरु जसमध्ये नेपालको राष्ट्रिय चरा डाँफे, हिउँ कुखुरा, चिलिमे, टुड्.गा (रातो ठुडे काग), अग्ला अग्ला हिउँ चुचुरा, उब्जाउ र साँगुर उपत्यका, हिमनदी, वनस्पति र वन्यजन्तुको विविधता र शेर्पाली संस्कृति र सभ्यताले यस निकुञ्जका आफ्नै मौलिकता र पहिचान बोकेका छन् । विशेषगरी कालापथ्थर, गोक्योताल, खुम्जुड. थामे र चुकुड. उपत्यका यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

Tengboche Monastery
शेर्पाहरु यहाँको विश्वप्रसिद्ध हिमाली पदयात्री र पथ प्रदर्शकहरुको बाहुल्यता भएका स्थानीय बासिन्दा हुन् । पर्वतारोहण पेशामा ख्याति प्राप्त शेर्पा जातिका मङ्गोल भनिने हिमाली क्षेत्रका मानिसहरु धर्मका हिसाबले “बौद्धमार्गी’’ हुन् । यिनीहरु समुदायमा मानी, ल्हाङ्ग, कानी, स्तुपमान र बाल भन्नेजस्ता सात किसिमका धार्मिक संरचनाहरु हुन्छन् । यिनमा पनि बेग्लै समुदाय र पृथक् मान्यता राख्नेहरु पनि देखिन्छन् । ल्होसार, छिरिम, ओन्सो, दुम्जी, यारचुङ्ग, मनिरिन्दु र निउड्.ने जस्ता चाडपर्व यिनीहरु वर्षभरि नै मनाउने गर्छन् । यसमा दुम्जी विशेष पर्व हो । यस पर्वमा तिब्बती संस्कृतिका धर्मगुरु लामाहरुले पाँच दिनसम्म बौद्ध गुम्बाहरुमा धार्मिक ग्रन्थहरु पाठ गर्नै गर्छन् । स्थानीय रुपमा बनाइएका गुम्बाहरुमा भेला भई खानपान गरी खुसियालीका साथ धार्मिक मेलापर्वहरु मनाउँछन् ।

Tengboche Monastery

यो क्षेत्रका करिब ७ वटा जति गुम्बाहरु रहेका छन् । स्याड्.बोचे, प्याड.बोचे, तेड्.बोचे, थामे र खुम्जुड.मा यहाँका प्रसिद्ध बौद्ध गुम्बाहरु छन् । जस्मध्ये तेड्.बोचे गुम्बा विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदीमा रहेको खुम्बु क्षेत्रको प्रसिद्ध गुम्बा हो ।ऐतिहासिक तेड.बोचे गुम्बा करिब ३८६७ मिटर उचाईमा रहेको छ। यो एउटा धार्मिक र सांस्कृतिक केन्द्र पनि हो ।

धेरै समय आडि एकजना लमासङ्ग डोर्जे भन्ने ठूलो धार्मिक लामा यहाँ तपस्याको लागि आउँदा ढुङ्गाबाट चिप्लेर तल जमिनमा पैतालाको डोब बस्न गएछ । शेर्पा भाषामा तिम्बको अर्थ पैताला हो । ठूलो नाम चलेको लामाको पैतालाको छाप बसेको ठाउँ तिम्बीजे भन्दा भन्दै अमभ्रंस भएर अहिले तेड.बोचे भन्न थालिएको स्थानीय सोनाम ग्यालजेन शेर्पाे बताउ छन् ।

Tengboche Monastery

Photo Credit: Kalpana Maharjan

अहिले भएको ठाउँमा गुम्बा बनाउन पनि धेरै नै बादविवाद परेको थियो । पछि लामा गुरुहरुले जोखना हेरेर यो ठाउँमा गुम्बा बनाउन राम्रो भन्ने भएपछि बल्ल स्थानीयहरुले यहाँ बनाएको हो ।

Tengboche Monastery

यस गुम्बा परिसरबाट रमणीय हिमाली दृश्यहरु हेर्न सकिन्छ । सगरमाथा, आमादबलम जस्ता हिमशृङ्खलाका मनोरम दृश्यहरु देखिने यो गुम्बा र यस परिसर पनि अति मनोरम र आकर्षक छ । प्रत्येक वर्ष यहाँ मरिन्दु पर्व विशेष उल्लास र उमङ्गका साथ मनाउने गरिन्छ । उत्तरी क्षेत्रका उच्च हिमाली भेगमा बस्ने समुदायका मानिसहरुका पवित्र गुम्बाहरु, धार्मिक स्थल र सांस्कृतिक केन्द्र हुन् । उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म नै यस्ता बौद्ध गुम्बाबहरु फैलिएर रहेका अनगिन्ती छन् । समष्टिमा सम्पूर्ण यी गुम्बाहरु पवन बौद्ध तीर्थस्थल हुन् ।


यहाँको प्राकृतिक र सांस्कृतिक महत्वका कारण नै युनेस्कोल यस निकुञ्जलाई इं.सं. १९७९ मा विश्वसम्पदा सूचीमा समावेश गरको छ । बर्सेनि यहाँ हजारौं संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु पदयात्रा र सगरमाथा आरोहण गर्नका लागि आउँछन् ।

Tengboche Monastery

इन्द्रजात्राको रौनक फरक शैलीमा

फर्पिड. क्षेत्रका घुम्ने ठाउँहरु