indra-jatra

काठमाडौं उपत्यका लगायत नेपालभर मनाईने विभिन्न खालका जात्रा र पर्वहरु पनि विगत केहि समय देखि पूर्ण रुपमा मनाउन र सञ्चालनमा आउन सकेको छैन । यस्तैमा ईन्द्रजात्रामा पनि कोरोना भाइसको असर देखियो । प्रत्येक वर्ष भाद्रशुक्ल द्धादशीका दिन हनुमानढोका कालभैरव अगाडि यःसिं(इन्द्रध्वज) उठाएपछि आश्विनकृष्ण चर्तुदर्शीसम्म राजधानीमा इन्द्रजात्रा मनाइन्छ । उपत्येकावासी इन्द्रजात्रालाई यलम्बर जात्रा येंयाः अर्थात् काठमाडौ नगरको निमार्णको उद्घाटन भएको दिन मान्दछन् । कलिगत संवत् ३८२५(वि.सं.७८९) मा राजा गुणकामदेवले पचलीलाई विँड र म्हय्पीलाई मञ्जुश्री खड्को टुप्पो हुने गरी देशको चारैतिर अष्टमातृका पीठ विराजमान गराइई येंगा हिटीनेर उद्घाटन गरेको विश्वास गरिन्छ । अर्को आख्यान अनुसार किराँती राजा यलम्बर ५ हजार वर्षअघि भारतको कुरुक्षेत्रमा भएको महाभारत युद्ध हेर्न जाँदा कौरव र पाण्डवमध्इे जुन पक्ष हार्छ उसैको पक्षमा लड्ने बताएछन् । यस्तो भएमा युद्ध कहिले अन्त्य नहुने देखेर भगवान् कृष्णले छल गरी यलम्बरको टाउको दुई टुक्रा हुने गरी काटिदिए । यही दिनको स्मरणमा प्रत्येक वर्ष यहाँ आजुद्यो(आकाश भैरव) को शिर र अर्कोतर्फ बाकाद्यो आजु(आजुद्योको साथी) तान्त्रिक पूजासहित सार्वजनिक प्रदर्शनमा राख्ने परम्परा छ । इन्द्रध्वजोत्थानकै दिनदेखि काठमाडौं, ललितपुर र भक्तपुरलगायतका नेवार वस्तीहरुमा हाथुद्यो(भैरव) लगायत देवी देवता, दलुमत आदि सार्वजनिक रुपमा प्रदर्शनी गर्ने गरिन्छ । यसै दिनदेखि हल्चोक स्वयम्भूको सवःभक्कु किलगलबाट पुलुकिसी –तानाकिसी), मजिपातबाट पजिपाः लाखे, कुम्हाननीको कुम्हो प्याखँ, किलागलको दि प्याखँ(देवी नृत्य), भक्तपुरबाट महाकाली प्याखँ गणनृत्य र माकः प्याखँ र त्रिपुरेश्वरको दश अवतार झाँकी इन्द्रजात्रामा सार्वजनिक प्रदर्शन गरिन्छ ।

Indra Jatra

इन्द्रध्वजोत्थानकै दिन साँझ मृतकका नाउँमा बाटोभर धूपदिप(पाल्चा) बाल्दै देवी देवतालई धूप, अक्षता, नगद चढाउँदै उपाकू परिक्रमा गर्ने गरिन्छ।

लिच्छविकालीन अभिलेखको अनुसार इन्द्रजात्रामा मल्लकालमा चिकंमुगलस्थित अट्को नारायणअगाडि इन्द्रध्वज उठाएपछि शुरु हुने परम्परालाई राजा प्रतापसिंह शाहले ने.सं. ८९५ मा तिब्बतलाई हराएको खुसीयालीमा हनुमानढोका कालभैरव अगाडि ठड्याउन थालेको नेपाःयाः(जात्रा)मा सन सायमीले उल्लेख गरेको छ । तर इन्द्रजात्राको अर्को प्रचलित किम्वन्तिमा भने स्वर्गका राजा इन्द्रले आफ्नी आमा डागीँका लागि तीज व्रत बस्न मरु ख्योकेव(मरुटोलस्थित भगवतीबारी)मा पारिताजको फूल चोरिरहेको देखि ज्यापूले पक्री दुई हातखुट्टा बाँधी सार्वजनिक बेइज्जत गरे देखि इन्द्रजात्रा पर्व शुरुवात भएको उल्लेख गरिएको छ ।

जात्रामा जीवित देवि कुमारीको रथायात्रा
इन्द्रजात्राको दिन जीवित देवी कुमारी, भैरव, गणेशको रथारोहणलाई नै प्रमुख आकर्षण मानिन्छ भने अर्को आकार्षण भनेको समयद्घ्व प्रदर्शनी पनि हो । इन्द्रजात्रा स्थानीयहरु माझ येंयाःपून्हीका नाउँले पनि प्रख्यात छ । यस दिन नेवार समुदायका घर घरमा छ्वयला, अदुवा, कालोभट्मास, समयबजी(स्याबजी बाँड्ने र ला छकू वय्का समयबजी वल वल पुलुकिसी भन्दै माग्न जाने परम्परा रहेका छ भने बसन्तपुर गद्दी बैठकमा राष्ट्रप्रमुख, विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका व्यक्तिहरुको उपस्थितिमा श्री कुमारीको भव्य रथारोहण तथा पञ्चबुद्ध मजिपाः लाखे, सवः भक्कु आदिको झाँकी प्रदर्शनी गरिन्छ । यस पर्वको अर्को किम्वन्ति अनुसार राजा त्रैलोक्य मल्ल र तलेजु भवानीबीच पासा खेल्दै राज्यसम्बन्धी सञ्चालनका बारे कालो पर्दाले छेकी वार्ता भइरहेका बेलामा राजाको मनमा पाप चित्त उत्पन्न भएछ । उक्त कुरा थाहा पाएकी देवी तलेजु भवानीले अबदेखि शाक्य थरकी कन्याको जीउमा मात्र आफू प्रकट हुने र उनैसँग सल्लाह लिनू भनी उपदेश दिँदै अलप भइछन् । त्यसै बेलादेखि जीवित देवी कुमारीसँग राज्यप्रमुखले इन्द्रजात्राका बेला टीका लगाउन जाने परम्परा चलेको र यदि राज्यप्रमुख कुमारीघर वसन्तपुर नपुगी अपमान गरे राज्य स्थिर नरहने विश्वास गरिन्छ । अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई कुमारीले अब तिम्रो राज्य गर्ने शक्ति सकियो, राज्यसत्ता बचाई राख्न कुमारी रथारोहण गराउनू भन्ने उपदेश दिएमुताविक ने.सं. ८७६ देखि रथारोहण प्रारम्भ भएको मानिन्छ । नेपाल सम्वत् ८८८ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले यसै दिन कुमारी रथारोहणमा पस्त नेवारहरुमाथि सांघातिक हमरा गरी नेपालमण्डललाई आफ्नो अधीनम लिएका थिए । तर पृथ्वीनारायण शाहले नेवार अस्तित्वलाई आत्मसात् गर्ने भनी मौखि सहमति जनाएका थिए ।

Indra Jatra

कुमारी रथारोहणको प्रसिद्ध किम्वदन्ति
पचलीभैरव र डेत अजिमाँ(नरदेवि) को राज्य चलिरहेको बेला बलियो दैत्इले आक्रमण गरी अष्टमातृका गण र भैरवहरुलाई सबैलाई हराईर्दिछ तर दैत्यको कुमारीसँग प्रेम सम्बन्ध थियो । माता पिता र राष्ट्रलाई धरापमा पारी आफूसँग विवाह गर्न चाहने दैत्यसँग कुमारी सहमत हुन सकिनन् । अन्त्यमा छलफल गरी कुमारीद्धारा राष्ट्रघाती एवम् माता पिताका दुश्मनलाई वध गरी आफू आजीवन कुमारी नै रहने प्रतिज्ञा गरिन् । यही त्यागको सम्मान स्वरुप रथारोहण गरिएको दबू प्याँख( डबली नृत्य) गाणनृत्य जोशी देगलमा प्रत्येक वर्ष प्रदर्शनी गरिन्छ ।

दागीं वा बौमत
यँलाथ्व चतुर्दशीका दिन कुमारी रथारोहणसँग सँगै काष्ठमण्डप मरुबाट दागीं (भगवान इन्द्रकी आमाको स्वरुपमा) सेतो मुकुण्डो र जामासहितको भेषभूषामा धिमे–भुस्या (परम्पारगत नेवारी बाजा)को संतीमय तालमा नगरपरिक्रमा गराइन्छ । त्यसै गरी इन्द्रका पिताका रुपमा बौमत कुमारी बौमत कुमारी रथारोहणकै मार्गमा मृतकका नाउँमा दीपदान गर्दै घुमाइन्छ । यसरी नगरपरिक्रममा गर्दा मृतकका नाउँमा गुःता बिव(नौ थरी गेडागुडी) सँस्र्यू तोरी, कालो तिल, जौ, ज्वानो, केराउ, गेडामास, कालोभटमास बाटोभरी छर्दै हिँड्ने परम्परा छ । यसै दिन स्वर्गको बाटोको रुपम मान्दै काठडौँबाट १५ कि.मी पश्चिम थानकोटस्थित यंकीदह(इन्द्रदह) मा मेला भर्न श्रद्धालुहरु राति नै हिँडेर पुग्ने गर्दछन् ।

नानिचा याः (दथु याः)

यँलागा चतुर्दशी अर्थात् इन्द्रजात्राको अन्तिम दिन कुमारीसहितको रथकिलागलतर्फ लाने परम्परा छ । राजा जयप्रकाश मल्लले मथ्याम्ह(ल्याइते) रानीलाई देखाउन अन्तिम रथारोहण नानिचा याः(नानीको लागि यात्रा)को परम्परा थप गरिएको जनश्रृति रहेको छ । राज्य प्रमुखद्धारा कुमारी दर्शन, इन्द्रध्वज विसर्जन, हाथुद्यो(भैरव) र यःयहाद्यो(इन्द्र) प्रदर्शन आदि सबै कार्य यसै दिन सम्पन्न गरी इन्द्रजात्राको समापन गरिन्छ ।

इन्द्रजात्रामा पाटनको झ्यालचा
काठमाडौँमा इन्द्रजात्राको दिन राज्यप्रमुखको उपस्थितिमा कुमारी रथारोहण गरी मनाउने भए तापनि ललितपुरको च्यासलमा भने नेपालको प्रथम चलचित्र । झ्यालचा प्रदर्शनी गरी मनाइने परम्परा छ । येंयाः पून्ही भाद्रशुक्ल पूर्णिमाका दिन साँझ ७ः३० बजेदेखि एक घण्टा प्रदर्शन हुने झ्यालचा चलचित्र सेतो पर्दाभित्र चिरा दीप बाली यौनभावको क्रियाकलाप देखाउने गरिन्छ । यो चलचित्र हेर्नेको ठूलो भिड लाग्ने गर्दछन् । कुमाल प्रजापति गुथीको यो प्रस्तुति छाँया दर्शन पनि भन्ने गरिन्छ ।

भक्तपुरको पुलुकिसी जात्रा
यलाथ्व द्धादशीदेखि यँलागा चौथीसम्म हुने इन्द्रजात्राको अन्तिम दिन नानियााँयाँमा भक्तपुरमा पुलुकिसी जात्रा हुने गर्दछ । इन्द्रजात्राका बेलामा भक्तपुरमा यमाद्यः भनी इन्द्र मूर्ति प्रदर्शनी भए पनि काठमाडौँमा जस्तो ठूला ठूला जात्रा गरिदैन । इन्द्रकी आमा डागीँलाई तीजको लागि फूल चोर्न आउँदा ख्योकेवःवासी ज्यापुले पक्राउ गरी चोरलाई जस्तै दुई हात खुट्टा बाँधी सिल्यो सतः र काष्ठमण्डपबीच सार्वजनिक गरिँदा इन्द्र खोज्न आएको ऐरावत हात्तीको प्रतिकस्वरुप तानाकिसी जात्रा भए जस्तै । भक्तपुरमा अष्टमी व्रतकालागि खाइसी लिन इन्द्र ढिलो गरी आएका कारण आमा डागीँले ऐरावत हात्तीलाईइ खोज्न पठाएको नाउँमा यहाँ पुलुकिसी जात्रा गरिन्छ । इन्द्रजात्राको सम्मानस्वरुप द्धितीयाका दिन फालमाको त्रिशूलसहित सायमी, मानन्धर समुदायले ठूलो यामतः चिराख बोक्छन् । यामतः भैरवस्थान पु¥याएपछि माात्र पुलुकिसी जात्रा गर्दा मसान भैरवलाई बच्चा पाउन नसकी मरेको भैंसीको आन्द्राको माला पहिराउनुपर्ने अनौठो परम्परा छ । देशमा भूतप्रेत दुःख नदिइयोस् भन्ने कामनाका साथ गरिने पुलुकिसी जात्रा तानताना बाजाको तालमा इन्द्रायणी लगायतका ठाउँमा परिक्रमा गर्दा काठमाडौंमा जस्तो पूजा जात्रा गर्ने नभई हेर्न बसेकाहरुसँग जगात उठाउने परम्परा छ । गाईजात्रा परिक्रमाको मार्गमा पुलुकिसी परिक्रमा गरिंदा तौमद्यी हुँदै वंंशगोपाल पु¥याउँदा हात्तीलाई खेतर्फ फर्काएर खुवाएको अभिनय गरिन्छ । भने ब्रह्मायणी तर्फ फर्काएकर धान खुवाउने जात्रा गरिन्छ । यसरी पुलुकिसीले जात्रामा जसको खेततर्फ फर्किर धान खान्छ, त्यस खेतमा धान फैल्दैन भने जुन पोखरी पानी खान्छ त्यो पोखरी सुक्खा हुन्छ भन्ने अनौठा भनाइ रहेको छ ।

Indra Jatra Bhaktapur

नागचा प्याखँ
इन्द्रजात्रा येंया पून्हीकै अवधिमा पशुपति क्षेत्र जयबागेश्वरीमा नागचा प्पाखँ शिवपार्वती नृत्य हुने गर्दछ । प्रत्येक वर्ष आश्विन कृष्णपक्ष परेवाको रातिदेखि तीन दिन पूर्णिमासम्म मृदङ्ग आदि बाजाको तालमा प्रेमलीलामा आधारित नागचा प्याखँमा नेपाल भाषा, नेपाली हिन्दी मिश्रीत गीत भट्याउने गरिन्छ । इन्द्रराज आएर भने दुःख फूं हरण या कर्जा हुँ म भएँ । यसरी मनाइने नागचा प्याखँ बारे एक घतलाग्दो किम्वदन्ति रहेको छ । यस प्याँख म्व नाइके हिराकाजी गुर्जुका अनुसार सुन्दर नाम गरका एक राजकुमार शिकार खेल्दै घना जंगलमा पुग्दा त्यहाँ कृत्रिम तातो पानीको पोखरी देखे । पोखरी नजिकै एक जना वैद्य जप गरिरहेका थिए । शिकारको पछि कुड्दा कुदै प्यास लागेका राजकुमारले वैद्यलाइृ पोखरीको पानी खानयोग्य बनाइदिन अनुरोध गरे । मन्त्रसिद्धि वैद्यले पनि उनको कुरा मानेर बैद्यले पोखरीको पानी सामान्य चिसो पिउन योग्य बनाइदिए । तापको कारण छटपटाइरहेका जीवजन्तु लगायत नागराज एकाएक पानी सामान्य भएबाट खुसी हुदै बाहिर निस्कँदा शिकार खेल्दै त्यहाँ आइपुगेका राजकुमारलाई देखेर नागराजाले इच्छाएको कुरा दिने अमोघपास हतियार दिई पठाए । अमोघपास हतियारको माध्यमबाट राजकुमार दाजुभाईले एकैपल्ट भगवान् इन्द्रका छोरीलाई माग्दा एउटीसँग कसले विवहा गर्ने विवाद हुन पुग्यो । अन्त्यमा दाजुभाइले अमोघपास हतियार र राजकुमारको ज्मिा लगाई धन सम्पत्ति, गहना लाने विचार गरी राजदरबारमा जिम्मा लगाइदिए छन् । अन्त्यमा भगवान् शिवको सहयोग लिई देवराज इन्द्रले आफ्नी छोरी सुन्दर राजकुमारलाई फिर्ता लगेछन् । यही आख्यानका आधारमा नागचा प्याखँ नचाउन अमालकोट कचहरीमार्फत समयबजी ल्याई चढाउने परम्परा छ । जय बागेश्वरी नास चोकबाट द्यःल्हायगुपछि शुरु हुने नाग प्याखँ सिफल ताम्रोश्वर नवाली गणेश बासुकी भट्टको धरअगाडि, पशुपति मूल भट्टको घरमा, राममन्दिर, राजराजेश्वरी, गुह्येश्वरी आदि स्थानमा नचाउँदै इन्द्रजात्राको अन्तिम दिन नानिचा याःको दिन नागचा प्याखँ विधिवत् रुपमा सम्पन्न गर्ने परम्परा रहेको छ ।
pc: ImagePasal.com

गौरा र तीज पर्व

सगरमाथा क्षेत्रको तेड्.बोचे गुम्बा