मृत्युलाई स्वभाविक र साश्वत सत्यका रुपमा आतमसात गर्दै जीवनमा राम्रो कार्य गरेमा हाँसोको पात्र बन्नपर्दैन है भन्ने सन्देशका साथ देशभर नेवार समुदायद्धारागाईजात्रे झाँकी प्रदर्शन गरिरहेका छन् । मृतात्मको स्मरण सुःखावती भूवनमा बास तथा निर्वाण कामना गर्दै गाईजात्रा निकाल्ने परम्परा रहेको छ। जुन परम्परागत मान्यता वर्तमानमा नेवार समुदायमा मात्र सीमित नरही व्यंग्यात्मक हास्यब्यङग्य प्रहसन, गाइजात्रे पत्रपत्रिका, नाटक तथा सञ्चारका माध्यमबाट राष्ट्रिय हास्यब्यङ्ग्य चाडको रुपधारणा गरिसकेको पाइन्छ। एक आख्यानअनुसार ने.सं. ५७५ कालीन राजा प्रताप मल्लका कान्छा सुपुत्र राजकुमार चक्रवतीन्द मल्लको शीतला रोगका कारण मृत्यु हुन पुग्दछ । राजकुमारको मृत्युमा भावविह्वल रानी रामतीलाई कसै गरे पनि शान्त राख्न नसकेपछि राजा प्रताप मलले जसको घरमा बर्षभरी आफ्न्तको मृत्यु भएको छ । उसको नाउँमा ख्याली झाँकीसहित गाईजात्रा निकाल्न उर्दी जारी गरेछन् ।देशवासीले मृतकको नाउँमा निकाले सापारु झाँकी हास्य प्रहसनदेखि रानीले अनित्य संसको सत्य ज्ञान भई मेरो छोरा मात्र होइन थुप्रै जनको मृत्यु भएको रहेछ भनी बुझिछन् र आत्मसन्तुष्टि मिलेको बताइन्छ ।
भनिन्छ यसै बेलादेखि राजादेखि रङ्कसम्मको विकृतजन्य कार्यको खुलेआम हास्यव्यङ्ग्य प्रस्तुत गर्न थालिएको हो । गाईजात्रा झाँकी प्रदर्शनको परम्परा राजा प्रताप मल्लको पालादेखि शुरु भएको जस्तो लागे तापनि मृतकको नाउँमा झाँकी निकाल्ने परम्परा गोपाल राजवंशावलीमा उल्लेख भएअनुरुप राजा जयस्थिति मल्ल मल्लको राज्यकालमा अर्थात ने.सं. ५०० तिर नै राजखानदानका व्यक्तिको मृत्युमा गीत गोविन्दावली भजन गाउँदै सो दिन देश परिक्रमा गर्ने परम्परा रहेको पाइन्छ । भने ललितपुरको मंगलबजारबाट निकालिने मतयाः दीपयात्रा नेकू वा श्रृङगभेरी जात्राको इतिहास केशर पुस्तकालयमा उल्लेख भएअनुसार राजा गुणकामदेवको राज्यकालमा नै पुनः उत्थान भइसकेको खुल्दछ । समस्ीटगत रुपमा सापारु गाईजात्रालाई स्थानीयविशेष ऐतिहासिक आधारमा काठमाडौंको सःया सापारु –गाइजात्रा), ललितपुरको पाटन लगायतका नेवारी बस्तीहरुमा मतया नेकूजात्रा, भक्तपुरमा घिन्ताकिसी जात्राका रुपमा मनाइन्छ । त्यसैगरी कीर्तिपुरमा वाःचाहिलेका नाउँमा त पागाः मच्छेगाउँ र ललितपुरको खोकना सिकाली अजिमास्थलअगाडिको पोखरीमा विभत्स ढंगले जिउँदो बाख्रीलाई टोकी, लुछाचुँडी गरी, हत्या गरेर गाइजात्रा मनाइन्छ ।धर्मको आधारमा श्रेष्ठ ज्यापू समुदायले निकाल्ने गाईजात्रा झन्डै एउटै प्रकारको हुन्छ भने शाक्य, बज्राचार्य, चित्रकार, तुलाधर, मानन्धरमा सापारु भनिए तापनि बुद्धस्त्रोत्र पाठ गर्दै मतया निकाल्ने गर्दछन् ।त्यसै गरी बैदिक नेवार राजोपाध्याय, शर्मा आदिमा सापारुका दिन नृसिंह झाँकी प्रदर्शन गरिने परम्परा छ ।
काठमाडौँ नगरवासीहरुले मृतकको नाउँमा मानवलाई सेतो जामा, छ्वालीको जनै, टाउकोमा अगाडि गाईको अनुहार अंकित चित्र र पछाडि गणेशको चित्र लेखिएको मुकुण्डो पहिराएर भव्य शृङगार गरी बाजागाजासहितको गाईजात्रा निकाल्छन् । साथै दोस्रो ब्यक्ति पहेँलो वस्त्र पहिरेर फेटा बाँधी चिम्टासहित कमण्डल लिई जोगीको भेष धारण गरेर श्रङ्गारमा रहन्छ । र तेस्रो गाईलाई नै सिँगारेर नगरका विभिन्न स्थानबाट निकाली राजाको उर्दीअनुरुप हुनमानढोका दरबार परिक्रमा गराइन्छ । मृतकका घर घरबाट मृतकका नाउँमा पुरी, जुलेवी, फलफूल, नगद, दूध आदि द्रव्य दान गर्दा १०८, प्याकेटदेखि १००८ प्याकेटसम्म पुर्याउनुपर्ने परम्परा छ। यसरी गाईजात्रा निकाले वा दान गरिए सिठी नःखःका दिन देखि बन्द रहेको यमलोकको ढोका खुल्छ र मृतक सजिलै स्वर्ग प्रवेश गर्छ भन्ने मान्यता पाइन्छ । गाईजात्रा नगर परिक्रमा पछि घर फर्किएकालाई घरको मूलढोकाअगाडि हातखुट्टा धुवाएर स्वागत गरी घर भित्र्याइन्छ । बौद्धमतअनुसार गाईजात्रा सायाः जानु भनेको बुद्धलाई मार (आपत विपत) आएको भन्ने मान्यताअनुरुप बौद्धमार्गी नेवार शाक्य, बज्राचार्य, मानन्धर, चित्रकार, तुलाधर आदिले मृतकको नाउँमा दाफा बाजाका साथ धूपदीपसहित थने कोने परिक्रमा गर्ने गर्दछन् ।
यहाँ गाईजात्राको एक दिन अगाडि गुँपून्हीका दिन राति बाःचाहिलेका नाउँमा मृतकका नाउँमा धूपदीप र दक्षिण बुद्ध चैत्य विहार परिक्रममा गर्दै चढाउने गर्दछन् । गाईजात्राका दिन झयाझयाँ पापाको नाउँमा रङ्गीविरङ्गी देवी देवता ख्यालो भैरवको मुकुण्डो पहिरेर देश परिक्रमा गराइन्छ । धा, पयँता बाजाको तालमा देश परिक्रमा गर्दै बाघभैरव मन्दिरअगाडि नारायण मन्दिरबाट पोखरीमा राँगाको खुट्टा सहभागीहरुले हानथाप गरी लुटेर रमाइलो गर्ने गर्दछन् ।
त्यसैगर गरी कीर्तिपुरको पाँगामा गाईजात्राका दिन घुँसी गणेशस्थान –पिगँद्य) मा मृतकको घर घारबाट जम्मा हुन्छन् र ९ देखि ११ जनासम्मको सामूहिक गाईजात्रा देश परिक्रमा गराउने चलन छ ।साँझ राजदरबाअगाडिको हयेँ पोखरीमा राँगाको टाउको खुट्टा फ्याकी लिन् प्रतियोगिता हुने गर्दछ ।त्यस्तै कीर्तिपुरको मच्छेगाउँमा ग्वाःटोल, सायमिटोल र नायःटोलबाट लाखेजाात्रा निकालिन्छ । भने गाईजात्राका दिन नारायण देवस्थलमा मृतकको नाउँमा निकालिने गाईजात्रा, ख्याली भेला भई देश परिक्रमा गराइन्छ । साँझ विष्णुदेवीको भव्य जात्रा हुन्छ भने यो क्रम कृष्णाष्टमीका दिनसम्म चल्छ ।
उपत्यकाका विभिन्न ठाउँबाट निकालिने साया गाईजात्रामध्ये भक्तपुरबाट निकालिने गाईजात्राको रौनकता विशिष्ट रहने गरेको पाइन्छ । यहाँको गाईजात्रलाई घिन्ताकीसी भनिन्छ ।मृतकको घर घरबाट छ्वाँली, लामो बाँस, काठ आदिको प्रयोग गरी तायमचा खट निर्माण गरिन्छ । मृतको फोटो राखेर पुरोहितद्धारा पूजाअजा गरी बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ । राजनीतिक घटनालाई प्रस्तुत गर्दै तायमचा खटको पछि पछि ख्याल प्याखँ, खिःद्या धिमे बासुरु आदि बाजाको तालमा कथि ख्याखँ(लट्ठी नृत्य) भव्य प्रदर्शन गरिन्छ। यस नृत्यको लागि उगःलुसी तकू, चिकू, अयलाः लुइम्ह र त्वनीमह बजि इनिम्ह आदि कलाकालहरुको भूमिकासहित देश परिक्रमा गरिन्छ । घिन्ताकिसी गाईजात्राको समापन देशका विभिन्न भागबाट न्यातपोल – पाँचतले मन्दिर ) र भैरवनाथ देगलमा पुगी समापन हुने परम्परा रहेको छ ।
ललितपुरको खोकनामा मृृतकको नाउँमा निकालीने गाईजात्रामा दुई जना मानिसले हलो जोत्ने बेलामा जस्तै बीचमा घण्टी झुन्ड्याएर बोक्छन् ।पुरानो भान्ता लुगा पहिरेका ती गाइजात्रेहरुले अनेक हाउभाउ कटाक्ष प्रयोग गरी हँसाउँदै देश परिक्रमा गर्दछन् । दिउँसो सिकाली अजिमा अगाडिको पोखरीमा जिउँदो बाख्री फ्याकेपछि युवाहरुको ठूलो जमातले लुछाचुँडी गर्दै बहादुर पुरुषको पद धारण गर्न त्यस्तो बबन्दर प्रदर्शन गर्ने गर्दछन् । वर्ष पुरुष घोषणा हुनुअघि बाख्रीको लुछाचुँडीमै मृत्यु भइसकेको हुन्छ ।
पशुपति क्षेत्रमा गाईजात्राको भोलिपल्ट रोपाइँजात्राका दिन –गुँलागा द्धितीया) नवदुर्गा जगाउन ९जानको पायो निकालिन्छ भने नेपालभाषामा ग्वल ८१ संयोजनयुक्त बस्तीलाई जगाउन वर्षभरी जलाएको आत्माको कामना गर्दै बाजागाजासाथ देश परिक्रमा गरिन्छ ।त्यसै गरी लिच्छविकालीन बस्ती नरदे हाँडीगाउँमा द्यःछेबाट यस दिन खड्गधारी पायो निकाली खिँ काँहा बाजा बजाएर रोपाइँ जात्रा प्रदर्शन गरिने परम्परा छ ।
चक्रवही, इखाछे बुबहाल, हौग, वकुवहा, इखालखु, कोवहा, सौगः, नःवही, मंगःप्याल, ललितपुरका यी १० टोलले पालैपालो प्रत्येक वर्ष गाईजत्राको भोलिपल्ट नेकुजात्रा मतयाः जात्रा आयोजना गर्दछन् । भदौ कृष्ण द्धितीयाको दिन ललितपुरको नगरीमा अवस्थित बुद्ध चैत्यस्थलमा मृतकको नाउँमा दीपदान गर्ने र राँको सिङ बजाउँदै नगरपरिक्रमा गर्ने हुँदा यस पर्वलाई मयता नेकुजात्रा भनिएको हो । पालोवाला टोटलमा जम्मा भई विहान ६ देखि सााझ ७ बजेसम्मा १२ घण्टा लगातार देवताको नाउँमा धूप, दीप, नैवेद्य, ैमरी, मतयामरी, हयुदिवा, कपुर दक्षिणा, अबिर, अक्षताहलः अमला आदि चढाउँदै मृतात्माको लागि शान्ति कामना गर्नु यस पर्वको विशेषता हो । कोही कोही रमाइलोको लागि पनि मतयाः यात्रामा भाग लिन्छन् भने यस पर्वप्रति आशक्त केही व्यक्तिहरु कठिन ब्रत नाउँमा चोखो गरी पानी एकथोपा पनि नखाई बस्छन् ।र प्रत्येक बुद्धचैत्यस्थलमा जीउ नापेर परिक्रमासमेत गर्दछन् । अझ कतिपयले कसै सँग नबोल्ने ब्रत लिन पनि गर्दछन् ।मतयाः जात्रामा उकातिर राँगाको सिङ नेकुबाजा र अर्कोतिर ज्यापू समुदायद्धारा बाँसुरी, ढोलक, मगःखि बजाई भजन गाउँदै देश परिक्रमा गर्नु कम रमाईलो हुदैन । बीच बीचमा युवायुवतीहरु अनेक प्रकारको मुकुण्डा पहिरेर हास्य झाँकी देखाउँछन् । इतिहास तथा संस्कृति विद हरेराम जोशीका अनुसार लिँच्छवि राजा बालार्चनदेवको पालादेखि सञ्चालन भएको मानिने मयता नेकुजात्रा राजा सिद्धिनरसिंह मल्लले पुन जाग्रित गरेको जनविश्वास गरिन्छ ।
नेपाल सम्वतको नवौं महिनामा आयोजित मतयाः जात्रामा बनाइने नेकुबाजामा नौ प्रकारका बाजा हुने गर्दछ ।नेकु भन्नाले सिङ यस बाजालाई श्रुङ्गेरी पनि भन्ने प्रचलन छ । ललितपुरको नगर परिक्रमा गरी मनाइने मतया नेकुजात्रामा बजाइने श्रृङ्गभेरी बाजालाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म प्रचलनमा रहेको सम्पूर्ण बाजाहरुको संयोजन संगीत भन्न सकिने जोशीले बताउनु भयो । नेकुजात्राको बारेमा प्रचलित आख्यानअनुसार सिंहकेतु राजाको कार्यकालमा शशिपहन नगरमा रानी सुलक्षणा अति धर्मकर्ममा विश्वास गर्ने स्वभावकी थिइन । राजा सिकार खेली निर्दोष पशुपन्छीकोहत्या गर्ने कारण रानीले धेरै सम्झाउँथिइन । तर नमानेपछि कालगतिको कारण एक दिन दुवैको मृत्यु हुन्छ । पशुहत्यको विपाकको कारण राजा एक ब्राम्हणको घरमा राँगाको रुपमा र रानी ब्राम्हाणकी छोरीको रुपमतीको रुपमा जन्मिन्छन् ।एक दिन राँगा भरबाट खसी मरेछ, पूर्वानुस्मृति शक्तिको कारण वर्तमान ब्राम्हणकी छोरी रुपमतीले मृतक राँगो आफ्नो पति भएको थाहा पाई राँगाको हाडखोर जम्मा गरी बुद्धचैत्य निमार्ण र राँगाको सिंङ तरिकासँग बनाई बाजा बनाएको विश्वास । यस सन्देशलाई आत्मसातगर्न र हिंसा हत्याकोसपािकबाट बच्ने सन्देश प्रवाह गर्न प्रत्येक वर्ष दिन ललितपुरमा श्रृङ्गभेरी नेकुजात्रा र दीपयाात्रा हुँदै आइरहेको छ ।