Skydiving Nepal

मनोरञ्जन वा आनन्दका लागि मानिसहरु साहसिक कार्य गर्न मन पराउँदछन् । शाहसिक खेल मनपराउने ब्यक्तिले यस्तो शाहसिक कार्यबाट आफ्नो जीवनले पूर्णता पाएको अनुभूति गर्ने गर्दछन् ।

Skydiving NepalPhoto Credit: Explore Himalaya

नेपालमा अनेकौं शाहसिक खेल तथा पर्यटकीय गतिविधिको लागि उत्कृष्ट गन्तब्य बन्दै आइरहको छ । नेपाल गरिने विभिन्न शाहसिक गतिविधिहरुमा स्काई डाइभ पनि पर्यटकहरुको रुचाइमा पर्ने गर्दछ ।

Skydiving Nepal
Photo Credit: Explore Himalaya

नेपालमा शाहसिक हवाई खेलकुद पर्यटनको विकास गर्ने उद्देश्य अनुरुप सन् २००८ मा एभरेष्ट स्काई डाइभिड.को सुरुवात गरिएको हो । उक्त समयमा नेपाल सिंगल इञ्जिन जहाज नहुँदा स्विटजरल्याण्डबाट पिलाटस पोर्टर जहाज ल्याइएको थियो । स्काई डाइभको तयारीको लागि सन् २००८ को मे महिनामा ब्रिटिश नागरिकहरुद्धारा हेलिक्पटरको प्रयोग गरि स्याड.बोचेमा टेस्ट जम्प गरिएको थियो । स्याड.बोचे बिमानस्थलमा सञ्चालन गरिएको स्काई डाइभमा ४१ जनाले जम्प गरेका थिए । उक्त सयमा २२ हजारदेखि २९ हजार ५ सय फिटसम्मबाट स्काई डाइभ गरिएको थियो ।

Skydiving Nepal
Photo Credit: Explore Himalaya

सगरमाथाको उचाइ बराबरबाट जम्प गरिने यस खेलको समयमा आकाशबाट रड.गीचड.ची गुच्चा जस्ता पोका देखिएर विस्तारै साना छाता हुँदाहुदै ठूलो प्यारासुट फुकेर जमिनमा उत्रने साहसिक डाईभर्सहरुलाई तल बसेर हेर्ने दर्शक पनि कम हुँदैन् ।

Skydiving Nepal
Photo Credit: Explore Himalaya

पिलाटस पोर्ट जहाजबाट टेन्डम डाइभ गरेर अथवा हाम फालेपछि करिब १ मिनेट त फ्रि पल जम्प अर्थात हवाइ जहाजाबाट हाम फालेपछि प्यारासुट नखुलेसम्मको समय, कौतूहलमय हुन्छ । त्यसपछि कम्तीमा ५ मिनेट विमानस्थल झरिसक्न समय लाग्दछ । हवाई जहाज सगरमाथाको उचाईमा तथा अन्य कुनै हिमचुचुरालाई फन्को मारेपछि हाम फाल्दाको अनुभूतिले मान्छेलाई स्वर्गीय आन्नद पक्कै पनि दिलाउने नै छ । यो आन्नदको बयान गर्न सायद कुनै साहित्यकार या कलाकाररको लागि पनि शब्दको अभाव खड्कने छ । हिमालय क्षेत्रको बिचबाट उड्दाको आनन्दको अनुभव सायद अरुलाई बाड्न सक्दिैन । यस खेलमा प्रयोग हुने सानो जहाजलाई ३० हजार फिटमाथिसम्म उड्न अनुमति छ । डाइर्भसहरुले अक्सिजन र विशेष कपडा लगाउने पर्नेछन् ।अनि सानो जहाज वा हेलिकम्टरबाट आकाशमा पुग्दछन् । त्यसपपछि हाम फाल्ने प्रक्रिया सुरु हुन्छ । यो खेल हिमाल चढ्न चाहने तर विविध कारणले आरोहण गर्न नसकेका ब्यक्तिहरुको हिमालको मनोरम दृश्य र यहाँको सौन्दर्यता हराउनकको लागि र हिमालको तलतल मेटाउने माध्यम हुन्छ । नेपालको पदयात्रा र हिमाल माथि डाइभको अनुभूतिको लागि नेपाल एउटा उत्कृष्ट गन्तब्य बनेको छ । सन् २००८ मा स्विस जहाजबाट गराईएको एभरेष्ट स्काई डाइभिड. सन् २००९ देखि ११ सम्म आउँदा तारा एयरको पिलाटस र्पोटर जहाजबाट गराइएको थियो । सन् २०१२ देखि फिस्टेल एयरको हेलिकप्टरबाट स्याड.बोचे लगाएत आमाद्यब्लम बेस क्याम्प, गोरखशेप लगाएत स्थानहरुबाट स्काई डाइभ गराउन थालिएको हो । विश्वकै सबैभन्दा साहसिक खेलका रुपमा परिचित स्काई डाइभिड नेपालमा एक्स्पोलोर हिमालयले गर्दै आएको छ । वर्षको एक पटक सगरमाथा र अन्य स्थानहरुमा स्काई डाइभ गराउँदै आएको छ । मौसम सफा रहेको समयमा कुनैबेला पनि गर्न सकिने भएता पनि  मे महिना यो खेलको लागि उपयुक्त मौसम हो ।

Skydiving Nepal

Skydiving Nepal

Skydiving Nepal
Photo Credit: Explore Himalaya

 

 

अदित्य यात्रा कैलाश मानसरोवरको

अन्नपूर्ण संरक्षित क्षेत्र