Annapurna Base Camp Nepal

नेपालको मध्यभागमा कास्की, लमजुड., म्याग्दी, मुस्ताड. र मनाड.को पहाडी जिल्लाहरुको भूभागमा फैलिएको अन्नपूर्ण संरक्षित क्षेत्र हो । वि.सं. २०४९ सालमा स्थापना भएको यस अन्नपूर्ण संरक्षण क्षेत्रको क्षेत्रलफल ७६२९ वर्ग कि.मि. फैलिएको छ । यो नेपलाको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो । यहाँको जैविक विविधता, मनमोहक हिमाल र उपत्यकाहरुको सुन्दरताको समिश्रण साँस्कृतिक विविधता र जनजातिको जीवनशैलीले गर्दा नेपालको आकर्षक गन्तब्यहरुमध्ये प्रमुख गन्तब्यको रुपमा लिइन्छ । यो क्षेत्रको विशेषता भनेको अन्नपूर्ण हिमाल शृड.खला, मनाड., मुस्ताड. उपत्यकाहरु र यस क्षेत्रको स्थानीय गुरुड., थकाली र शेर्पा जातिहरुको संस्कृति विश्वप्रसिद्ध छन् । विविध भौगोलिक भू बनावट र मौसमी विविधताले गर्दा यहाँको प्राकृतिक, जैविक र सांस्कृतिक क्षेत्रमा पनि विविधता पाइन्छ । यहाँको उपोष्ण क्षेत्रबाट सुरु भएर उच्च लेकाली क्षेत्रसम्मको मौसमी विविधता रहेको छ । दक्षिणी तल्लो भूभागमा गर्मी हुने र तर जाडो महिनामा धेरै जाडो हुँदैन । उपत्यकाहरुमा दिउँसो न्यानो र गर्मी हुने तर राति चिसो हुन्छ भने लेकाली क्षेत्रमा वर्षभरी नै जाडो हुन्छ । वर्षायाममा यहाँको क्षेत्रमा दक्षिणी भूभागमा धेरै पानी पर्छ भने मनाड. र मुस्ताड. उपत्यकाहरु अन्नपूर्ण हिमालको वृष्टिछाया क्षेत्रमा पर्ने हुनाले एकदम कम मात्रामा पानी पर्छ जसले गर्दा यहाँको वनस्पति अन्य ठाउँको भन्दा फरक छ । यहाँको दक्षिण तल्लतो न्यानो क्षेत्रमा सल्लाको वन र त्यसको माथि खोटो सल्लोको वन र कटुस चिलानेको वनहरु पाइन्छन् । माथिल्लो चिसो भेगमा गुराँस, बाँझ, खुस्रु, गोब्रे सल्लो आदिका वनहरु पाइन्छन् । लेकाली भेगमा ठूला ठूला चरन क्षेत्रहरु पान्छन् । अरु संरक्षित क्षेत्रहरुमा जस्तै यहाँ पनि वन्यजन्तुको राम्रो विविधता पाइन्छ जसमध्इे हिउँ चितुवा, कस्तुरी, मृग, चिरु तिब्बती जंगली गधा, तिब्बती खरायो , नाउर जस्ता जनावर प्रमुख रुपले पाइन्छन् । यहाँ १२३३ प्रजातिका वनस्पति, १०२ प्रजातिका स्तनधारी जनावरहरु, लगभग ५०० प्रजातिका चराहरु, ४० घस्रिने जन्तुहरु पाइने हुनाले नेपालका सम्पूर्ण संरक्षित क्षेत्रहरुमध्ये यहाँको जैविक विविधता एकदम धेरै पाइन्छ । घान्द्रुक र घोरेपानीको बीचको क्षेत्रमा नेपालमा पाइने लालीगुराँसको ठूलो वनहरुमध्येको एक हो । यहाँका प्रमुख नदीहरु मस्र्याड्दी, कालीगण्डकी, सेती, मोदी र मार्दी नदीहरुको कटान गरेर गहिरा गल्छीहरु बनाएको छ । जसमध्ये कालीगण्डकीले बनाएको गल्छी विश्वकै गहिरो गल्छीहरु बनाएको छ । त्यस्तै अन्नपूर्ण प्रथम हिमाल यहाँको ८०९१ ीमटर उचाइ भएको सबैभन्दा अग्लो हिमाल हो । साथै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल (४९१९मिटर) यहाँको सबैभन्दा ठूलो ताल हो । मनाड. पारि जाने थोराड. भन्ज्याड. ५४१६ मिटरको उचाइमा रहेको यहाँको सबैभन्दा अग्लो भन्ज्याड. हो ।

Ghandruk
Photo Credit: Tendi Sherpa

नेपालको व्यस्त पदमार्गअन्र्गत पर्ने अन्नपूर्ण क्षेत्रका प्रायः गाउँ तथा बजार सिजनमा बिदेशी पर्यटकले भरिभराउ हुन्छन् । संसारकै अग्ला दश हिमाल मध्ये तीन धौलागिरी, मनास्लु र अन्नपूर्ण लगायत माछापुच्छ्रे, निलगिरी। बार शिखर हिमालहरुको मनमोहक दृश्य अवलोकन गर्नका साथै हिउँको आनन्द लिन सकिन्छ । पदयात्राको क्रममा विभिन्न प्रजातिका चराचुरुङ्गी, पहाड भरी रताम्मे फुलेको लाली गुराँस लगायतका फूलहरु यात्रा अवधि देखिने मनमोहक दृश्यहरुले बाटो भरी जीउ थाकेता पनि मन भने प्रसन्न रहने गर्छ ।
Annapurna Base Camp NepalPhoto Credit: Tendi Sherpa

अन्नपूर्ण संरक्षण क्षेत्र अन्र्गत पर्ने अन्नपूर्ण बेसक्याम्पको ७ दिने पदयात्राको लागि पोखराबाट नयाँ पुल हिले, तिखेढुङ्ग, उलेरसम्म साना गाडीमा पुग्न सकिन्छ । उलेरीको ३५ सय लामो ठाडो ढुङ्गको सिढीको पद यात्रा अघिबढ्छ । पुनहिलको भब्य मनमोहक दृश्यको आनन्द लिदै घोरेपानीबाट दोश्रो पुन हिल, देउराली, वनथाटी हुदै टाडापानीमा बास बस्न सकिन्छ ।टाडापानीबाट चुहिले, दुरबिव डाँडा छोम्ररुङ्गमा बास बस्ने । छोम्ररुङ्गबा सिनुवा, ब्यामबो, दोभानहुदै हिमालयमा बास बस्ने । हिमालयबाट देउराली, माछापुच्छे्र बेस क्याम्प हुदै अन्नपूर्ण बेस क्याम्प जान सकिन्छ । फर्किने क्रममा मान्छेहरु छोम्ररुङ्ग हुदै झिनो डाँडामा बास बस्ने र बेलुका तातो पानीको मज्जा लिने गरिन्छ । भोलिपल्ट झिनो डाँडाबाट मत्सयाँसम्म हिड्ने । मत्सयाँबाट सानो गाडीबाट पोखरा सम्म आउन सकिन्छ । यहाँको पदयात्राको लागि दशै तिहारको साथै चैब बैसाख उपयुक्त हुन्छ भने विदेशी पर्यटहरु भने अन्य सयमा पनि पदयात्राको लागि आउने गर्छन् ।

Annapurna Base Camp Nepal
Photo Credit: Tendi Sherpa

स्काई डाइभिड.

दसैं र खड्गसिद्धिको महत्व