siddhipur

ललितपुर काठमाडौं उपत्यकाको तीन जिल्लाहरु मध्ये ऐतिहासिक तथा पुरातात्विक रुपले सम्पन्न जिल्ला हो । नेपालको मानचित्रमा ७७ जिल्लाहरु मध्ये ललितपुर जिल्लाको आफनो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ । ललितपुर जिल्लाको महालक्ष्मि नगरपालिकाको वडा नंं. ६ सिद्धिपुर चक्रपथ ग्वार्कोबाट करिब ३.२ कि.मी पूर्व र काठमाडौंबाट करीब ७ कि.मी दूरीमा रहेको पुरानो मल्लकालीन बस्ती छ । समुद्री सतहबाट करिब १३७२ मी. उचाईमा अवस्थित छ सिद्धिपुर । सिद्धिपुरको पूर्वमा लुभु, पश्चिममा ईमाडोल, उत्तरमा टिकाथली र दक्षिणम हरसिद्धि, ठैब गोदामचौर रहेको छ । सिद्धिपुरमा आफ्नो गर्भमा अनेकौ प्राचीन अस्तित्व लुकेको छ । यहाँ पाएको विभिन्न प्राचीन सम्बन्धले यो कुराको प्रष्ट हुन्छ ।

सिद्धिपुर, ठसी, सानागाउँ

ठसीको इतिहास,
प्राचिन समयमा थसिमा (सल्लाको रुख) को जड.गलमा बस्ती बसालेको हुनालो सोही रुखको नामबाट थसी हुन गएको मानिन्छ । चिल्छबी र मल्लकालिन समयमा ठूल ठूला बस्तिहरु बनाइएको ठाउँमा देशको रक्षार्थ ूगढू (गण) बनाइएको हुन्थ्यो , गढ बनाउने बेला सम्भवतः वरिपरि रुख रोपेर हेर्दै डरलाग्दो जड.गल बनाइन्थ्यो, जसभित्र धेरै गहिरो खाद्यल खनेर डरलाग्दा र हींस्रक जनावरहरु पाल्ने गरिन्थ्यो । साथै गहिरो पोखरी र पर्खाल पनि बनाइन्थ्यो, जसभित्र धेरै गहिरो खाद्दल खनेर डरलाग्दा र हींस्रक जनावरहरु पाल्ने गरिन्थ्यो । साथै गहिरो पोखरी र पर्खाल पनि बनाइन्थ्यो । यसरी तीन चार तहभित्र मात्रा शहर बनाईएको हुन्थ्यो भने शहरमा पस्न ठाउँ ठाउँमा धेरै बलिया ढोकाहरु बनाईएको हुन्थ्यो, जुन ढोका थुनिएपछि शहर भित्र पस्न प्रायः असम्भव नै हुन्थ्यो । तर कहिलेकाही एकदम बलिया पहलमान शत्रुहरु आएका गुप्त समाचार थाहा पाउनसाथ भागनका निम्ती शहरभित्र पस्नु भन्दा पहिले शहरसँग घना जड.गल बनाइएको हुन्थ्यो । यस्ता ठाउँलाई ूगढू वा दुर्गा (गण) भनिन्थ्यो । जुन ठाउँमा गढ दुर्गा वा गण बनेको हुन्छ । सोही ठाउँको नाम विशेष प्रचलित हुन्थ्यो । यहा सल्लाको रुखको .(नेवारी भाषामा थसिमा)को जड.गलमा गढ वा दुर्गा (गण) बनाईएका कारण यस ठाउँको नाम नै थसी रहन गएको हो भन्ने किम्बन्तिहरुमा उल्लेख गरेको पाइन्छ । किरातकालमा पाटन शहरमा मोटा घाटा, डम्म परको देख्दै डर लाग्दा भोटेहरु छयास छयास्ती आएर जनजिबनमा अस्तब्यस्त हुने गरी बसोसब ागर्न आएका थिए । जस्ले गर्दा स्थानीयवासिलाई हमला गरेर बाल बच्चालाई मात्र छाडेर अन्य सबैको हात खुट्टा भाची, चोट पटक बनाई विभिन्न यातना र कष्टहरु दिई मार्न थाले । यस्तो नराम्रो व्यवसहार र दुःखदायी घटनाले गर्दा सहन नसकी अब यहाँ बसेर भएन भन्दै पाटनशहर बाट सल्लै सल्लाको रुखको जड.गल(थसिमा हे थसिमा दुःगु, गुं) मा आएर विस्थापित भए । वकसै कसैले त भनेका थिए तिमीहरु त्यस्तो डर लाग्दो, हिसं्रकजनावरहरु भएको जड.गलमा बस्न नजाउ भनेर । तर विस्थापित हुनेहरुले कसैको कुरा नसुनी यस्ता भोटेहरुको हातबाट बाट मर्नु भान्दा त बरु जड.जलमै गएर मर्नु बेस भन्दै सल्लाको (थसिमा या गुं) जड.गलमा आएर बसे । तिनीहरु ीबस्तारै जड.गल फडानी गरेर खेती गरेर त्यही बस्न थाले । त्यही समय देखी यस देशको (गाउको ) नाम थसी रहन गएको मानिन्छ । त्यसैले यो देश (गाउ) का पुर्खा भनेर पाटनवासिलाई भने गरिन्छ । पाटनको लुखुशी र दुपातका मानिसहरु नै सबै भन्दा पहिला यहाँ बसोबास गर्न आएका हुन भन्ने कुरा स्थानीय जेष्ठ नागपरिकहरुको भनाइ छ ।

थसिका वासिन्दाहरु भन्दा पर्दा घःवा खलक् यलमु खलक, धंगु खलक्, किसी खलक र नेम्कुल खलक भन्ने गरिन्छ । घःवा खलकहरुको पुर्खा पनि पाटन वासी नै हुन कि कि लुखुशी र दुपात वासिले हाल सम्म मनाउँदै आइरहेको धंः गुठी र यलमु गुठीमा यहाँका वासिन्दाहरु प्रत्यक्ष रुपमा हालसम्म पनि सहभागिता जनाउदै आउनु छ र कुलदेवताको पूज ागर्न त्यही घरमा हालसम्म पनि जाने गरेका छन् । बाकी अन्य खलकहरु पनि विभिन्न ठाउँहरुबाट आएका मानिन्छ । थसिको पुरानो बस्त भनेर हालको पंफुती ू( नयाँ पानी तयान्की) थसिक्वा फांटलाई भन्ने गरिन्छ । जसलाईू बैजु, बैध्य ख्यः ( जहा नाम चलेको बैध्यको घर थियो रे) जसलाई सिँपुर देशल भनेर चिनिने गरिन्थ्यो रे , उहाहरुका भनाइ अनुसार हाल सम्म पनि त्यहाँ खनेर हेर्दा पुराना घरका गराहरु, माटाका टुटेफुटेका भडाहरु, इनारका खल्दाहरु र जगमा राखिएका ढुड.गाहरु भेटाउन सकिन्छ । (ईटाका भटाहरु बनाउँदा याद रहोस थुप्रै पुराना ढुड.गाहरु निस्केको कुरा सिद्धिपुर वासिलाई थाहा भए कै कुरा हो । ) र हाल सम्म पनि ईनार रहेको ठाउँमा पानी आइरहेको छ जुन आज भोली सम्म पनि देख्न सकिन्छ । यस ठाउँमा पं फुती फांट(सिंपुर) मा बसोबास गरिरहेको समयमा दुई ठुल ठुला दैबी प्रकोपहरु भएका थिए रे भन्ने गरीन्छ । कुनै समयमा अजिमाको महामारी फैलिएर यस थसिका सबै बाल बालिकाको मृत्यु भयो र हाहाकार मच्चियो, जुन दुःखदपूर्ण घटनालाई थसिका बिस्तारै बिर्सदै जाने क्रममा फेरी अर्को प्रलय आउन शरु भयो रे । यसरी हरेक वर्ष यसरी असिनाको वर्षाको ठूलो धनको क्षति हुने गथ्र्यो र खानाको लागि हाहाकार मच्चिन थाल्यो । गाउँ भरी भोकमरी बढ्न थाल्यो । असिनाको वर्षा यही प्वं( प्वंः नेवारीमा, नेपालीमा असिना) द्धे असिनाको देबले गर्दा यस्तो प्रकोप भएको हो भनी ठानी रिसले चुर भएका स्थानीय वासिन्दाहरुले मिलेर प्वंद्धे (असिनाको देवता) लार्य नजीकैको गोदावरी खोलामा फाल्न लगेको थियो रे भन्ने जन श्रुती छ । त्यसपछि यस पं फुती फांतमा बसेर ठिक नहुने सोचेर मान्छेहरु अलि पर( हालको पुरानो) वस्ती सरेको भन्ने मान्यता रहिआएको छ । यसको प्रमाणको लागि चोभारको आदिनाथ लाई लिन सकिन्छ ।

चोभार र थसिका जेष्ठ नागरिक र जनश्रुती अनुसार धेरै वर्ष पहिले थसिका वासिन्दाहरुले असिनाका कारण गोदावरि खोलामा फ्याकेको श्रीआदिनाथ खोला सँग सँगै बग्दा बग्दै धेरै वर्ष पछि यो चोभारको नख्खु खोलाको दोभानमा अड्किएर बसेको थियो रे चोभारको चौरमा गाई चराउँदै गरेका चोभार वासी नन्द ग्वा ले चोभारको नख्खु खोलाको दोभानमा बगाउँदै गरेको बच्चलाई बचाउन खोालमा गए थिए । सो समयमा बचले मनाउई नछोेउ भनी कराउन थाले र सोही समयमा नन्द वालालाई श्री आदिनाथले आफनो रुप दर्शन गराउनु भयो । आदिनाथको दर्शन पाएपछि नन्द ग्वाले श्री आदिनाथलाई बिन्ती चढाए प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही समय देखी खाली भइरहेको हुँदा सो ठाउँमा प्रभु विराजमान भइदिनु पर्यो नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गर्नुभयो र नन्द ग्वा खुशीले पभुलाई लिन म बाजा गाजा लिएर आउछु भनी गाउँ पसे । नन्द ग्वाले सम्पूर्ण गाउँ वासिर्ला खबर गर्दा गर्दै उनी आउन ढिला भए । उता श्री आदिनाथ मलाई लिन आउछ भनेर नख्खु खोलाको दोभानबाट माथि चोभार डाडाको गाउँ तिर हेरिरहनुभयो । (त्यही भएर हाल सम्म पनि श्रीआदिनाको आँखा अलि माथि हेरिरहेको जस्तो देखिन्छ । ) नन्द ग्वा विभिन्न बाजागाजाका साथ पहिलेको ठाउँमा आइपुगे, तर पहिलाको ठाउँमा श्री आदिनाथले दर्शन दिनु भएन । यता उता चारैतिरसबैले आँखा लगाएर कही भेटिएन्न, नन्द ग्वा र पुरोहित बिच गन्थन भयो र नन्द ग्वाले मैले यही देखेको हो भनी जिद्धी गर्न थाले । त्यस पछि सोही ठाउँमा पुरोहित र नन्द ग्वालाईइ मात्रा आदिनाथले दर्शन दिनुभयो । पुरोहितले देख्ना साथ खोलामा कलश थाप्नु भयो र श्री आदिनाथ त्यस कलश भित्र विराजमान हुनुभयो । अहिले पनि कलश थाप्दा पानी बगेको पट्टी कलशको पछाडिको भाग पारी थापिन्छ र हाल सम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफा स्वां खन्याउने गरिन्छ रदेवताभएको दफा स्वां फ्न फनि घुमेर पछाडिबाट अगाडि आइ कलश भिज विाजमान हुनुहुन्छ जुन चैते दशैंमा चोभाराको मेलामा हाल सम्म पनि देख्न सकिन्छ । त्यस बेला श्री आदिनाथ स्वयम प्रकट भई भन्नु भएको थियो कि म सिद्धिपुरको देवता हुँ मलाई परापूर्वकालदेखि नै थसिका नेकु खलक्(नेम्कुल) द्धारा नित्य पूजा गरी आइरहेको हुनाले अबका दिनहरुमा पनि नित्य कर्म गर्दा नेम्कुल खलक द्धारा नै गरियोस भन्नु भयो । गाउँवासीहरु यस कुरामा सहमत भईसकेपछि विभिन्न बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खाली रहेका श्री बसुन्धारामाजुको मन्दिरमा श्री आदिनाथको स्थापना गरिएको भन्ने जनविश्वास रहिआएको छ । हाल सम्म पनि सिद्धिपुरका बासिन्दा मध्ये चार नेम्कुल खलकहरु बिना जुत्ता नाड.गो खुट्टा सेतो वस्त्र लगाएर कपाल मुन्डन गरी सिद्धिपुर देखि चोभार सम्म हिडेर पूज ागर्न जाने चलन हाल सम्म यथावत नै छ । यसबाट पनि यो कुराको स्पष्ट हुन आउँछ कि सिद्धिपुरको प्वं द्यो नै हालको श्री आदिनाथ देवता हुन ।

थसीको बारेमा पुरातत्व विभागको च.ला.न ५४९ ने. आ १४६ देवमाला वंशाली (ने.स. १०१७ प्रकाशित ) पृष्ठ १२५ मा थसिको बारेमा यस्तो लेखिएको पाइन्छ । ूनेपाल सम्बत ६६२ श्री रत्न मल्लको पालामा कुकुं भन्ने देवानहरुको रखवालको लागि ५०० घरको शहर बनाइदिएको हुन ।ू तर नेपाल सम्बत ६६३ बि.सं. १६०० मा कुकुं जातका भोटेहरु नेपालमा भित्रिएका कुरा गलत मानिएको छ । नेपालको मल्लकालिन ईतिहासमा, कान्तिपुरको ईतिहास, रत्न मल्ल .( पृष्ठे ४१ बि.सं. २०४१ आश्विन ३ गते प्रकाशित लेखक पेशल दाहाल र प्रकाशित कमला दाहाल) मा रत्न मल्ले ति जातका भोटेहरुलायई थसिमा ५०० घर दिएको होइनन भने उल्लेख गरिएको छ उता नेपालको ऐतिहासिक रुपरेखा बालचन्द्र शर्मा, २००८ पौषको वंशावलीमा उल्लेखि मिति सँग रत्न मल्लको राज्यकाल पनि मिल्दैन । राजा ने.सं. ६४० मा (बि.सं. १५७७ ) भाद्र तिर स्वर्गे भएको उल्लेख छ भने ने.सं. ६३३मा (बि.सं.१५९९( १६००) तिर कसरी भोटेहरुलाई थसिमा बस्न घर बनाइ दिए त्यो कुरा स्पस्त हुन सकेको छैन । बलम्बुको भेल्बु भन्ने ठाउँमा फेला परेको शिलालेख जिस्णु गुप्त र धुब देबको बलम्बु , भेल्मबुको अभिलेख (लिच्छबी सस्न्क््रmत, पृष्ठ ३८ लेखक जगदीश चन्द्र रेग्मि, प्रकाशक रत्न पुस्तक भन्डार) मा थंसम्प्रिन्देव क्षेत्रालय भनेर उल्लेख गरिएको छ । उक्त थंसम्प्रिन्देवक्षेत्रालयको अर्थ हालको सिद्धिपुर नै थसी हो भन्ने कुरामा सत्यता देखाएको छ । जसरी काठमाडौं, चम्बुक्रम, भक्तपुरलाई ख्रिपुम, माखोप्रऋन र पाटनलाई यूपग्राम, ललितब्रुम र हालको ठेचोलाई थेञ्चो भनिए झै थंसम्प्रिन्देवक्षेत्रालय पनि हाले थसी नै हो भन्ने अनुमान लगाउन सकिन्छ । थंसम्प्रिन्देवक्षेत्रालको अर्थ थसिमा रहेको देवतासँग सम्बन्धित जग्गाको बारेमा बल्म्बुवासिले थसिवासिलाई चार किल्ला छुत्याएर जग्गा राखिदिएको उल्लेख छ, तर कुन चाँही देवता हो नाम थाहा पाउन सकएिको छैन । थसिका नेम्कुल जातिका भनाइ अनुसार काठमाडौँं न्हुघः(जैसिदेवल) अवस्थित (सिठी द्योः) कुमार र चोभारमा अवस्थित आननदादिलोकेश्वरको (आदिनाथ)को पूजाआजा गर्न बलम्बु जग्गा प्रदना गरिएको मान्छि । त्यसै कारण सिद्धिकुमार जात्रा र आनान्दिलोकेश्वर जात्रा(कुमार सस्ठी र चैते दशै) दिन थसिका नेम्कुलहरु त्यहा गएर देवताको रेखदेख गर्ने, रंग रोगन गर्ने र पछि बलम्बुका वासिन्दाले विशेष पूजा गर्न आउने चलन हालसम्म पनि यथावत नै छ, त्यसैले थंसम्प्रिन्देवक्षेत्र नै हालको थसी हो भन्ने गरिन्छ । त्यस्तै थसिको देव ननि स्थित गणेशको मन्दिरमा राखिएको राजा योग नरेन्द्र मल्लको अप्रकाशित अभिलेखमा थसी पाटनमा नै पर्छ भनी उललेख गरिएको पाइन्छ । जुन यसरी लेखिएको छ ूसंवत ८१९ चैत्रमासे शुकल पक्ष अस्तम्या तिथी पुनवशुनक्षेत्र शुभ जोगे जथाकरणमुहुत्तरे अंगारवासी श्री सुबर्णचक्र सिंह तया । ूफेरी गोपालराज वंशावलीको ५१ ख पेजमा थसी र बलम्बु गाउँ पाटनमा नै पर्दछ भनी उल्लेख गरिएको छ । जसलाई ४६७ आस्विन शुद्धि ३ श्री देवलदेवसी वः अनखराम महाथस वो जगस्यं मनिगलाया राज कायामुन्हिया, कृतिपुर, बलम्बु, चेटकपाठ, थंसम्प्रिन्देवक्षेत्रालय, ख्वयंप । लेखिएको छ जसअनुसार थसिको अस्तित्व सं. ४६७ मा नै भईसकेको देखिन्छ ।

सानागाँ
यो गाउँ वरिपरि रहेका छिमेकी गाउँ भन्दा सानो र बस्ती धेरै पातलो भएको हुनालो सुरुमा सानो गाउँ र पछि हुँदै गएपछि सानागाउँ हुन गएको मानिन्छ । सानागाउँ भनेर २०१२ साल भन्दा पहिले देखि नै नामाकरण देखिन्छ, किन कि २०२१ सालमा नापी हुँदा नक्सामा सानोगाउँ लेखिएको छ ।

सिद्धिपुर
यस थसी गाउँको मध्य भागमा अवस्थित देव नःनि टोलमा रहको सिद्धेश्वर महादेवको नामबाट यस गाउँको नाम ूसिद्धिपुरू रहन गएको हो भन्ने जन धारणा पाईन्छ । यस्तै जर्मनका लेखक डा. कार्ल प्रश्चको ूकाठमाण्डौं भ्यालीू नामक पुस्तक अनुसार शिद्ध बाबाले तपस्या गरी सिद्धि प्राप्त गरेको पवित्र स्थल भएकोले सिद्धिपुर नाम रहन गएको भनेर उल्लेख गरेको छ । यद्यपी ूसिद्धिपुरू भनेर वि.सं. २०२१ साल भन्दा पहिला नै नामाकरण गरिएको भए पनि चलन चल्तिमा सनोगाउँ नै उल्लेख गरिने गरिएको छ । हालको थसिमा बसोबास गरिसकेपछि मन्दिर बनाउन निम्ती जड.गल फडानी गरेर जोत्दा पाच फिट लम्बाइनको कालो स्तम्भ फेला पर्यो । स्व्यम सिद्ध भएकोले त्यसलार्य सिद्धेश्वर महादेब भनेर नामाकरण गरिउको भनाइ छ । यस्तै यस गाउँैको अट्ख्व भन्ने ठाउँमा खेत खन्दा खन्दै एउटा पिठको उत्पत्ती भएको थियो जुन २०२२र२०२३ साल तिर यसै गाउँको बुद्धिमान महर्जले आफ्नो खेत अग्लो भर्य सिचाई गर्न गाह्रो भएकाले ज्यामी लगाउर माटो बोकाएका थिए । त्यस्तै एक रात सपनामा सो पिठको दर्सन गराए । तर बिश्वास नलागेर थुप्रै ज्योतिसहरु का गएर माटो देखाउन लगे । सबै ठाउँबाट त्यहाँ पिठ छ भने पठाइदिए । त्यस पछि सबै माटो हटाई पिठको उत्खनन गरेर विधिपूर्वक पूजा गरी बोका बलि दिई दुई दिन सम्म जाग्राम बसेको थियो । जुन मुर्तिहरुको ठिक समयमा उचित संरक्ष(ा गर्न नसकेकोले सबै मूर्तिहरु चोरि भईसकेका छन् ।

जसरी खोकना भन्ने वितिकै तेल र टोखा भन्ने वितिकै चाकु प्रसिद्ध छ त्यसरी नै सिद्धिपुरको पर्यावची बनेको छ पराल बाट बनाउने सामाग्रीहरु । के महिला के पुरुष के बच्चा हरेक ब्यक्तिहरु यहा समय पाउने वितिकै परालको मुठा समातेर बस्ने र आफ्नो इच्छा अनुसार गोलो चकटी, ठूलो बस्ने सुकुल, भोजको लागि लाइनै बसेर खाने ताः सुकू, मुडा, परालको जुटा जस्ता सामाग्री मात्र तयार हुन्थ्यो । यसैले सबैको लागि राम्रो आय आर्जन पनि हुने । यहाँ ८३ वर्ष कातिसकेको बाजे बजैहरु पनि समयको सदुपयोग गर्दै सुकुल बुनेर आत्मनिरभर त भइनै रहेको छ साथै आफ्नो समयको पनि सदुपयोग हुदै आइरहेको छ । साथै साना साना भाई बहिनीहरु पनि स्कुल विदासँगै परालको मुठामा आफ्नो सयम सदुपयोग गर्दै गरेको हुन्थ्यो । यसरी सिद्धिपुरमा तयार पारेका सामाग्रीहरु नेपाली गाउँ घरमा मात्र सिमित हुन्थ्यो आज यो ठाउँमा धेरै परिवर्तन आएको छ । परालको सुकुल हिजो आज कार्पेत जसरी नै नेपाली ठूला होटलहरुको रुचिमा परेको छ । यति मात्र होइन यहाँ बनाउने परालको सुकुल जर्मन, जापान जस्ता देशहरुमा समेत निर्यात भइरहेको छ । सदा झै बन्ने परालको सिमित सामाग्रीहरुले अब विविधता पाएको छ । बजारमा अब परालको जुटा, ओछ्याउने सुकुल, ताःसुकू, मुडा मात्र होइन यस सिद्धिपुरबाट अहिले परालको आकर्षक सोफा, परालको डोरम्याट, टेबुलम्याट, पेन, होल्डर, नेवारी वास्तुकला शैलीका झ्यालजस्ता परालको सजावटका सामाग्रीहरु, सोभिनियरहरु साथै मायाको चिनोको रुपमा प्रदान गरिने उपहारको सामाग्रीहरु पनि यहाँ उपलब्ध छ । परालको सामाग्रीहरुवातावरण मैत्री त छ दै छ । परालको सुकुलमा खाली खुटा हिड्ने गर्नाले स्वास्थ्यको लागि पनि उत्तिकै लाभ दायिक रहेको छ ।

लोपोन्मुख मुकुण्डोकला

बालाचतुर्दशीको पौराणिक कथा