nepali-mask-making

नेपालको परम्परागत कलाकृति करिब १५०० वर्ष अघिदेखि प्रसिद्ध रहँदै आएको पाइन्छ । खासगरी तेह्रौ देखि अठारौं शताब्दीमा काठमाण्डौं उपत्यका भित्रका नेवारहरुले देखाएको कला कौशलले नेपाली कलाकारिता क्षेत्रलाई बिश्वसामू चर्चित र समृद्ध बनाउन मद्धत पुयाएको छ ।

नेपाली कलाको कुरा गर्नु पर्दा प्रस्तर, धातु, काष्ठकला, पौभा लगायतका अनगिन्ती कलाकृतिहरुको विषयलाई लिने गरिन्छ । यस्तै नेपालबाट लोपोन्मुख कलाको कुरा गर्नुपर्दा मुकुण्ड कला अग्रस्थानमा पर्ने गरिन्छ । यो पेशा विशेष गरी नेवार भित्र पनि चित्रकारहरुले गर्दै आइरहेको पेशा हो । विशेष गरी उपत्यकाभित्रका परम्परागत देवी नृत्य, देवगण नृत्यमा प्रयोग हुने मुकुण्डो बनाउने कालमा परम्परागत रुपमा मात्र सिमित राख्दा र समय अनुसार यस कलामा परिवर्तन ल्याउन नसक्दा धेरै कलाकारहरु यो कार्यबाट विश्राम लिदैं गए ।
यसै क्रम बढ्दै जाने क्रममा मुकुन्डो बनाउने कलाकारहरु भक्तपुर र मध्यपुर थिमिबाट करिब करिब लोप भइसकेको अवस्था छ । तर यसै लोप हुदै गएको नेवारी परम्परागत मुकुन्डो कलाक्षेत्रमा रमाउँदै नयाँ प्रविधिको प्रयोग र समय अनुसार आफ्नो कार्यशैलीलाई परिवर्तन गर्दै सोम तामाड.ले पर्यटनको बजारमा प्रवद्र्धन गर्दै आइरहेको छ ।

परम्परागत मुकुण्डो बनाउने त छदै छ त्यो बाहेक पनि सोम तामाड.ले विभिन्न कार्यक्रमहरुमा प्रयोग हुने मायाको चिनो रुपमा दिन सकिने, साथी भाईलाई जन्मदिनको उपहारामा दिने गरि सामानहरुको निमार्ण गरेर यो लोप हुदै गएको कला लाई जिवन्त राख्ने प्रयास गरिरहेको छ ।

यति मात्र होइन सोमम तामड.ले नया युवा पिडीलाई यो कलाको बारेमा जानकारी दिनुका साथै विभिन्न देशबाट आउने पर्यटकहरुलाई पनि यो कला सिकाउँदै आइरहेको छ । यसर नै यस पेशामा आवद्ध ब्यक्तिहरुले शिप र पेशालाई नयाँ पुस्तामा हस्तान्तरण नगर्नु, समय र परिस्थिति अनुसार आफ्नो पेशामा परिमार्जन गर्न नसक्नु जस्ता कारणले नै आज यो पेशाको साथै यो कला नै लोप हुने परिस्थितिमा पुगेको छ ।

सोमतामड. जस्तै अन्य युवाहरुलाई पनि यस पेशामा आकर्षित गर्न सम्बिन्धित निकायको ध्यानाकर्षण हुन सकेमा नेपाली परम्पराको जगेर्णा हुनुका साथै युवाहरुमा रोजगारीको पनि श्रृजना गर्न सकिने छ ।

कोजागत पूर्णिमा र आकाशदीप

परालको सामाग्रीको लागि प्रसिद्ध सिद्धिपुर