Samrat Ashok Padachap – Lagankhel

जुन समयमा आधुनिक यातायात र अन्य सुविधाहरु थिएनन् त्यस समयमा पनि मानिसहरु धार्मिक आस्थाले विभिन्न धार्मिक क्षेत्र, पर्व र मेला आदि स्थलहरुमा पुग्ने गरेका थिए ।

सन् ई.संं ४७६ मा रोमन साम्राज्यको पतन भएपछि यूरोपमा आनन्दको लागि हुने यात्रामा ठूलो कमी आएको थियो । तर युद्ध, व्यापार र तिर्थका लागि निरन्तर यात्रा चलिनै रहेको थियो । यसरी पाँचौ शताब्दीमा शुरु भएको मध्ययुगबाट धार्मिक उद्देश्यलिई भ्रमणमा निस्कनेहरुको संख्यामा वृद्धि हुदै गएको पाइन्छ । नेपाली भूमीको प्रयोग प्राचीनकालदेखि नै तपस्या र एकाग्रताका लागि प्रयोग हुदै आएको थियो भने भारत र चीनकाृ व्यापारीक माध्यमको थलो पनि भएको थियो । पाँच पाण्डवको बनवास र रामसीताको प्रसंग पनि नेपालको भूमिसँग जोडिएको छ । चीनबाट मञ्जुश्री, भारत बाट श्रीकृष्ण पनि नेपाल पुगेको किम्वडंती रहेका छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतका सम्राट अशोक, चिनियाँ यात्री हुनयानसाड. हुएनचे आदिको भ्रमण, नेपाली कन्या भृकुटीको चीनका बाद्शाह श्रड.चड.गम्पोसँगको बिवहा र कलाकार अरनिको विदेशमा गएर कमाएको ख्याति आदिले नेपालको पर्यटनको पृष्ठभूमिसँग जोडिएको छ ।

भारतका सम्राट अशोकले बौद्ध धर्मको प्रचारका लागि विभिन्न मुलुकहरुको भ्रमण गरेका थिए । अशोकले भगवान बुद्धको जन्मदेखि मृत्युसम्मका घटनासँग सम्बन्धीत ठाउँहरु जस्तैः नेपालको लुम्बिनी बगैँचा, कपिलवस्तु, आदिमा पुगेका थिए । त्यसपछि उनी काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुको भ्रमण गरेर याहाँबाट भारतको सारनाथ र गयासम्म पुगेका थिए । अशोकले आफू पुगेको ठाउँहरुमा आस्था र स्मारिका स्वरुप स्तम्भ, स्तूपा बनाउनुका साथै यात्रीहरुलाई आवासस्थल समेत निमार्ण गरिदिएका थिए ।
यसरी ई.सं. २५० कालीन चौधौँ किराँती राजा स्थुङ्कोको राज्यकालमा मगध सम्राट अशोक नेपालको भ्रमण गरि पाटन नगरको चार दिशामा चारवटा र बीचमा एउटा गरी पाँचवटा अशोकचैत्य स्थापना गराएका थिए । बौद्ध मार्गीहरुले बुद्ध र बौद्ध महासिद्ध गुरुहरुका अवशिष्ट चिन्ह राख्नको लागि बनाउने स्मारक अथवा ढुङ्गा, माटो, इँट आदिले बनाएको चैत्यहरुलाई स्तूप भनिन्छ ।

सम्राट अशोकद्धारा स्थापित चार स्तूपमा पूर्व तर्फ तेताथूर ग्वार्को, पश्चिममा पुच्वथुर पुल्चोक, उत्तरमा इहवी स्तूप शंखमूल र दक्षिणमा लगंथुर लगनखेल र बिचमा रहेको पिमबहाःस्तूप स्थापना गरिएका थिए ।

ललितपुर किराँतकालीन बस्ति मानिए तापनि वंशावलीअनुसार कलिगत संवत् ३४०० अर्थात ई.सं. २९९ मा लिच्छवी राजा वरदेवले लगन स्तूपजस्तै विकसित भइसकेको सम्पदा चैत्य विहारलाई आधार मानी धर्मचक्र आकार आउने गरी पाटन वस्ती निमार्ण गरेको आख्यान पाइन्छ । जुन बस्तीको दक्षिण तर्फ पानी सुकेर बनेको ढिस्कोमाथि उंचो हुने सानो स्तूपले बौद्ध सम्पदाको पहिचान दिएको छ । यस चैत्यको वरिपरि हाल पनि पोखरीहरु रहेको छ । चैत्य चारैतिर वरिपरि माने र चार दिशामा चारवटा बुद्ध मूर्ति छन् । ई.सं. १८७८ मा राजा सुरेन्द्र बीर विक्रम शाहबाट स्तूपको खोपामा बुद्ध मूर्तिहरु राख्न लागाएका थिए । यहाँ साउन महिनाको कृष्णपक्षको पहिलो औँसी र आश्विन शुक्ल पूर्णिमाको दिन विशेष पूजा समारोहको आयोजना गरिन्छ ।

दोस्रो स्तूप भनेको पुल्चोकमा रहेको पुच्वस्तूप हो । मगध सम्राटको नेपाल भ्रमणको समयमा बनाएको यस स्तूपमा भगवाने बुद्धका मूर्तिहरु ने.संं. ५७५ मा प्रतिष्ठापित गराएको र ने.संं. ८७९ मा ब्यवस्थित तरिकाबाट जिर्णोद्धार गराएको नेपाल सम्पदा संघले जानकारी दिनुभएको छ ।

बंगलामुखीबाट शंखमुलतर्फ लाग्दा आकर्षक यंम्पीबिहार बाटोको दायाँतर्फ रहेको छ भने बायाँ तर्फ तेस्रो अशोककालीन स्तूपको रुपमा ईबहि स्तुपलाईइ लिइन्छ ।
ग्वार्को बाट लुभु जाने बाटोको छेउमा नै रहेको अशोक स्तूप भारतका म सम्राट अशोकले बनाएको स्तूपहरुमध्ये चौथो स्तूप हो । ईमाडोलमा रहेको यो स्तूप अन्य स्तूप भन्दा केही सानो मानिन्छ । नेपाल सम्पदा संघका अनुसार सादा माटोको ढिस्कोको चारैतिरको बुद्ध मूर्तिहरु लिच्छविकालमा स्थापना गरिएको मानिन्छ ।
त्यसैगरीे तेस्रो शताब्दी अर्थात ईशापूर्व २५० सम्राट अशोक को अन्तिम तथा पाँचौ स्थानमा रहेको स्तूप हो पिम्बहाः स्तूप ।

अन्य चार स्तूप भन्दा अलि पृथक आकर्षक नगरको बिचमा विशाल पोखरी सहित यो स्तूप स्थापना गरिएको छ । यस पिम्बहाः चैत्यको वरिपरि चार कुनामा चार साना अन्य चैत्य रहेका छन् । जुन चैत्यलाई स्वयम्भू, बौद्ध र नमो बुद्ध र वन्देगा चैत्यका रुपमा उल्लेख गरिएको कुरा यल बौद्ध विहार संक्षिप्त परिचयमा उल्लेख गरिएको छ ।

मुस्लिम सुल्तान समसुद्दिनले नेपालमा आक्रमण गरी मठ मन्दिर, बौद्धविहार र चैत्यहरु ध्वस्त बनाउँदा पिम्बहाः चैत्यसमेत पाताल बनेको थियो । ने.संं. ४७७ चैत्र शुक्ल नवमीको दिन मेघपालले उक्त चैत्य पूननिर्माण गराएको अभिलेखमा पाइन्छ । यो क्षेत्र करिब १० रोपनी क्षेत्रफलमा फैलिएको पोखरी चैत्यसहित मूलश्री गर्वमपिन्थ महाविहार मुबहाः चण्डेश्वरी देगल रहेका छन् । यसरी ललितपुरमा दृश्यावलोकनको लागि नया गन्तब्यको रुपमा यि ठाउँहरुको प्रवद्र्धन गर्न सके यहाँ आउने पर्यटकहरुले अझ धेरै आनन्दको अनुभूति गर्न सकिन्थ्यो ।

स्वर्ग जान वैतर्णीधाम दर्शन

सिथि नखः