नेपाली संस्कृतिमा निहीत भावनालाई अनुभुत गर्दा आजको पुस्ताले बेहोर्नु परिरहेको विविध वातावरणीय समस्या भोग्नु आफैमा आश्चर्यजनक देखिन्छ । जन्मेदेखि मृत्युसम्म नेपालीको जीवनको वरिपरि रहने नेपाली संस्कृति स्वयं निकै प्रकृतिमैत्री छ भने यसले दिएको संस्कारलाई आत्मसाथ गर्दै अगाडि बढेको अवस्थामा स्वस्थ वातावरणको प्रत्याभूति स्वत हुने देखिन्छ । प्रकृतिलाई नै जीवनको स्रोतको रुपमा सम्मान गर्दै आएको नेपाली संस्कृति प्रकृतिसँगको सोहार्दतामा आधारित छ र यसले व्यवस्थित गरेको विविध संस्कारको अनुसरण मात्रैबाट पनि प्राकृतिक सन्तुलन सृर्जना भई वातावरणीय स्थस्थता हासिल हुने कुरामा कुनै शंका छैन ।
जीवन शैलीमा पश्चिमप्रभाव तथा आफनो सांस्कृतिक परम्पराबाट विचलनका कारण नै नेपाली समाजले अहिले वातावरणीय विभीषीकाहरुको सामना नगर्न ुपरिरहेको छ । कुनैबेला पानीको संसारको रुपमा रहेको काठमाडौं अहिले पानी विनाको काकाकुलको स्थिति भोग्न बाध्य रहेको छ भने निर्माण शैलीमा आएको विकृतिका कारण यहाँको जीवन अप्ठयारोमा बाँचिरहेको छ । काठमाडौं उपत्यकाभित्रकै संस्कृतिलाई मात्र दृष्टिगत गर्दा पनि यहाँका चाडपर्वहरुको प्रत्यक्ष सम्बन्ध प्रकृति संरक्षणको भावनाबाट अभिप्रेरित रहेको पाइन्छ । वरपिपलको पूजा गर्नेदेखि लिएर कतिपय पूजाआजाहरु नदी वा पानी भएको स्थानमा गर्नुपर्ने नियममा वन संरक्षणको भावना निहित रहेको छ । यस्ता परम्पराले सन्तुलित वातावरणको लागि अनिवार्य सिमसार क्षेत्रहरुको संरक्षणलाई प्रत्याभूति गरेको छ । यसैगरी विभिन्न चाडपर्वमा विभिन्न खाद्यान्न खानुपर्ने नियम बाधिएको कारणले ती आनुवंशिक स्रोतहरुलाई निरन्तरता दिनुपर्ने अनिवार्यताबाट नेपाली समाज बाँधिएको पाइन्छ । साँस्कृतिक आवश्कताकै नाममा पनि विविध जैविक विविधताको संरक्षणप्रति उत्प्रेरित नेपाली समाज आजका ती संस्कृतिमा विकृति आएका कारण आफना आधारभूत आदर्शबाट विस्थापित भएका छन्, जसको फलस्वरुप वातावरणीय विकृतिको विस्तारले तीव्रता लिइरहेको छ ।
फोटो: रेखा शाक्य (राजमति)
नेपाली संस्कृति भित्रका थुप्रै वातावरण पक्षीय पर्वहरुमध्ये एउटा हो सिथि नखः ।
गृष्म ऋतुको समाप्तिसँगसँगै जेष्ठ षष्ठिका दिन काठमाडौं उपत्यकामा नेवार समुदायले मनाउँदै आएको यो पर्वलार्य कुमार षष्ठीको नामबाट पनि मनाइने गर्दछ । यस दिन कुमार कार्तिकेको जन्म दिन पनि हो । यस दिन गरिने पानीको मुहान, इनार, ढुङ्गेधारा, कुवाको सरसफाईका कारण यसको वातावरणीय मूल्य पनि उल्लेख्य रहेको पाइन्छ ।
यस पर्वले काठमाडौँ उपत्यकावासीमा पानीको मुहानप्रतिको आस्था र यसलाई दिएको महत्वलाई पनि प्रतिनिधित्व गर्दछ । पानीबिनको जीवन कल्पना गर्न नसकिने यथार्थको परिप्रेक्ष्यमा पानीको मुहान संरक्षण गर्ने संस्कृति नेपालीको नशानशामा उपस्थित रहेको तथ्यलाई यस पर्वले चित्रण गरेको छ । पानीको उपलब्धता मात्रै सम्पूर्ण नभई त्यसको सरसफाइलाई पनि त्यतिकै महत्व दिनुपर्ने मान्यतालार्य पनि यसले आफैसग बोकेको छ ।
फोटो: रेखा शाक्य (राजमति)
गृष्म ऋतु र वर्षा ऋतुको मध्यकालमा मनाइने यस पर्वले पानीप्रति अपनाएको नीति आफैमा निकै वैज्ञानिक तथा व्यावहारीक देखिन्छ । गृष्म ऋतुमा स्वाभाविक रुपमा पानी कम हुने तथा हावाहुरीको कारण पानीको मुहान तथा पानी सङ्कलन थालोहरु फोहोर हुन्छन् र त्यसको उपयोगितामा कमी आउछ । वर्षा ऋतुसँगसँगै पानीको प्रवाहमा पुनः जीवन्तता आउँछ र त्यसको जलभण्डारलाई पुन नवीकरण गरेको हुन्छ । यस्तो प्राकृतिक चक्रलाई अनुसरण गर्दै यस पर्वले पानीको मुहान तथा सञ्चय स्थ्ललार्य सफा गरी नयाँ पानीका लागि योग्य वातावरण सिर्जन ागर्ने काम गर्दछ ।
वर्ष ऋतुले दिने पानीलाई दीर्घकालसम्मका लागि स्वच्छ रुपमा सञ्चय गरी उपयोगयोग्य बनाईराख्नका लागि सिथि नख मनाउने क्रममा इनार, कुुवा, ढुङ्गेधारा निर्माण गर्दा नै त्यसको संरक्षणका लागि गुठीको व्यवस्था गर्ने चलन पनि रेको छ ।
Photo Credit: imagepasal.com
सिथि नखको दिन ती पानी सञ्चय थलोहरुको सरसफाइको जिम्मेवारी पनि सवोही गुठीले नै निर्वाह गर्ने गरेको छ । इनारको सफाइ आफैमा निकै जोखिमयुक्त कार्य हो । त्यसको निवारणका लागि अपनाइने परम्परागत प्रविधि पनि निकै वैज्ञानिक देखिन्छ । गृष्मकालमा सामान्यताया इनारमा पर्याप्त पानी नहुने भएकोले त्यसको प्रयोग खासै हुँदैन । त्यसले गर्दा त्यहाँ ग्यास जम्मा भएको हुन्छ । सरसफाइका लागि शुरुमै इनारभित्र पसेमा पस्नेहरु ती ग्यासको शिकार हुनसक्छन् भनेर पहिला इनारभित्र ठूलो खाली भाडो खसालिन्छ र खाली नै तानिन्छ । त्यसमा ग्यास रहेको हुन्छ । इनार ग्यासमुक्त भयो वा भएन भन्ने जाँच्नका लागि बत्ती बालेर इनारभित्र पसालिन्छ । बत्ती निभेन भने ग्यास छ भन्ने बुझिन्छ । पानी मुहानको सरसफाइपछि पनि चार दिनसम्म त्यहाँ केही गर्न पाइदैन । पानीको संरक्षण तथा सरसफाईमा मात्र सीमित नभएर सिथि नख विविध खाद्यानको संरक्षणप्रति पनि समर्पित रहेको छ । यसपर्वका दिन मास मुगीजस्ता विभिन्न ६ प्रकारका खाद्यान्नको बारा तथा परिकार बनाएर खाने चलन रेको छ । यसको सम्बन्ध पनि पानीमुहनको सरसफाइसग नै रहेको पाइन्छ । पानीको मुहानको सरसफाइमा संलग्न हुँदा चिसोसँग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने भएकोले चिसोले स्वास्थ्यमा आक्रमण नगरोस भन्ने उद्देक्श्यले मास, मुगी जस्ता गर्मी सिर्जनमा गर्ने खाद्यान्नहरु सेवन गरी शरीरलाई उर्जाशील बनाइन्छ । वातावरणीय समस्याबाट आक्रान्त सिङ्गो विश्वको एउटा सानो अंशका रुपमा रहेको नेपाल पनि विविध वातावरणीय विकृतीबाट ग्रसित रहेको वर्तमान सन्दर्भमा यिनीहरुको निराकरणका लागि तथाकथित आधुनिक वा बैदेशिक प्रविधिमा मात्र आश्रित रहने नवपरम्पराको स्थानमा नेपालको आफनै स्थानीय परम्परागत अभ्यासले पनि लिन सक्छन् भन्ने तथ्यको ज्वलन्त प्रमाण सिथि नख स्वयं रहेको छ ।
Photo Credit: imagepasal.com
साँस्कृतिक पर्यटनको उद्देश्य पनि पर्यावरणीय पर्यटनको जस्तै पर्यटकलाई खुशी पार्नु र स्थानीय समुदाय तथा पर्यटन उद्योगलायई फाइदा पु¥याउनु हो ।
यस्ता वाताववरणमैत्री साँस्कृतिक अभ्यासहरु नेपाली परम्परामा प्रशस्त पाउन सकिन्छ । यिनीहरुको खोजी, अध्ययन, अनुसन्धान गर्नुका साथै प्रचारप्रसार गरी व्यापक प्रचलनमा ल्याउनु नेपालको वातावरण संरक्षणका लागि उपलब्धिमूलक हुने विश्वास गर्न सकिन्छ ।