Baitarnidham

काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु मध्ये ललितपुर धार्मिक, ऐतिहासिक तथा पुरातात्विक रुपले सम्पन्न जिल्ला हो । धार्मिक रुपले प्रसिद्ध कृष्ण मन्दिर, बंगलामुखी, अशोक स्तूपा, महाबौद्ध, पाटन दरबार क्षेत्र लगायतका मठमन्दिर, पाटि पौाव र स्तम्भहरुले विश्वमा नै ललितपुर जिल्ला प्रख्यात रहेका छ । यहाँ आउँने हजारौ पर्यटकहरुले यहाँ देखिने कला कौशल जीवनशैलको भिन्नै स्वाद लिएर फर्किने गरेको पाइन्छ । पाटन क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुको बसाई लम्ब्याउन र यस जिल्लाको पर्यटकीय गतिविधि बढाउन ललितपुरका अन्य ठाउँहरुमा पनि पर्यटकीय सम्भावनाको खोज गरी प्रवद्र्धन गर्नु जरुरी छ ।

यस जिल्लाको भैगोलिक बनावट, हावापानी, बन जङ्गलको विविधता, नदीनाला र ताल विभिन्न जनजातिहरुको रहन सहन, भेषभूषा आदिको विविधताले यस जिल्लाको आफ्नै ऐतिहासिक महत्व बोकेको छ । ललितपुर जिल्लाको पूर्वमा काभ्रेपलाञ्चोक, पश्चिममा काठमाडौँ , उत्तरमा भक्तपुर र दक्षिणमा मकवानपुर जिल्लासँ सिमाना जोडिएको छ ।

यस जिल्लाको क्षेत्रफल ३८५ वर्ग कि.मी. रहेको छ । यस जिल्लामा मुख्यतया हिन्दू, बौद्ध, इस्लाम र क्रिस्चियन धर्मावलम्बीहरु बसोबास गरेको पाइन्छ । धार्मिक कार्यको लागि मानिसहरु विभिन्न ठाउँहरुमा यात्रा गर्ने परम्पराको ईतिहास ज्यादै पुरानो मानिन्छ । खासगरी मध्यकाल ताकाका मानिसहरु बढी मात्रामा यस्तो भ्रमणमा निस्कने गरेको थिए । आज पनि तीर्थयात्राको लागि मानिसहरु एक देशबाट अर्को देशमा समेत यात्रा गरिरहेका हुन्छन् । यस्ता तीर्थयात्रीहरु कतिपय व्यक्तिगत रुपमा आएका छन् भने कतिपय सामुहिक रुपमा तीर्थयात्रा गर्ने पनि चलन चलेको छ ।

Baitarni dham

प्रत्येक धार्मिक ब्यक्तिहरु चाहे त्यो नेपाली होस या विदेशी तीर्थयात्राको लागि लालायित हुन्छन् र आफ्नो धार्मिक गन्तब्यहरुको यात्रामा गएकै हुन्छन् । नेपालको तीर्थहरुमा पशुपतिनाथ मुक्तिनाथ, देवघाट, स्वर्गद्धारी, जनकपुरधाम, बराहक्षेत्र, गोसाईकुण्ड, दामोदरकुण्ड र रुरुक्षेत्र प्रमुख मानिन्छ। यसरी ललितपुर जिल्ला स्थित धार्मिक तिर्थस्थलको रुपमा वैतर्णी धामलाई पनि लिन सकिन्छ ।

मृत्यु पश्चात स्वर्गको बाटो खुल्ला हुने विश्वास लिदै ललितपुरको महाँकाल गाउँपालिका ३ स्थित गोटीखेलमा रहेको वैतर्णीधाममा दर्शनार्थीहरु पुग्ने गरेको छ ।

वैतर्णीधाम कसरी पुग्ने सकिन्छ

ललितपुरको लगनखेलबाट करिब ५० कि.मी दक्षिण पूर्वि दिशामा पर्ने ललितपुरको महाँकाल गाउँपालिका ३ गोटीखेलस्थित घडघडा, वैतर्णी, कालमोचन दीपको त्रिवेण्ीमा रहेको वैतर्णीधाम रहेको छ ।

धार्मिक किम्वदन्ती अनुसार कालले भम्रण गर्ने क्रममा घडघडा, कालमोचन र वैतर्णी नदीको सगमस्थलमा स्नान गरी वैतर्णीको शिरमा रहेको कालेश्वर महादेव कालको तपस्याबाट प्रसन्न भई वरदान दिने क्रममा कालले आरधना गरेको ज्योर्तिङ्ग कालेश्वरको नामले पूजागर्न थालिएको हो ।

साथै महाभारत पर्वमा व्याख्या भएको युधिष्ठिरले जीवनमा एक पटक मात्र गरेको भूलको प्रायश्चित गर्न वैतर्णीमा नुहाएर कालेश्वर महादेवको तपस्या गरेको स्थानको वर्णन पाइन्छ ।

धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको देव देबीहरुको बासस्थान पृथ्वीको यही भूमण्डलमा रहेको बिश्वास गरिन्छ । जस्तै मानसरोवर, कैलाश पर्वत, गंगा आदि इत्यादि । यिनै आधारमा शास्त्र र धार्मिक ग्रन्थमा वर्णन गरिएको वैतर्णी नदी नै ललितपुरको गोटिखेलमा रहेका त्रिवेणी वैतर्णीधाम हो र यो नै वैतर्णी नदि हो भन्ने विश्वास यहाँका बासिन्दाहरुमा परापूर्व कालदेखि नै रहि आएको छ ।

Baitarni dham

 

हिन्दु धर्म अुनसार मृत्यु पश्चात प्राप्त हुने स्थानहरु यस भूलोकका कुनै न कुनै स्थानहरुमा रहेका हुन्छन् । ती स्थानहरुलाई चिन्ने र दर्शन, पूजापाठ गर्नाले मानिसको मृत्यु पश्चात आफ्ना कर्म अनुसार यथोचित स्थानहरुमा सहज प्रवेश पाउन सकिने विश्वास गरिन्छ ।
यसै सिलसिलामा यसै धर्मअनुसार मृत्यु पश्चात सबैले स्वर्गमा प्रवेश गर्न वतर्णि नदि तर्नै पर्दछ । जो व्यक्तिले मनुष्यस्वर्ग जान वैतर्णीधाम दर्शन जीवनमा पुण्य कर्म गर्दैन उसको निमित्त यो वैतर्णि नदि पार गर्न थुपै्र कठिनाईहरु झेल्नु पर्दछ । मानीसको जीवन कालमा वैतर्णि नदिमा स्ना गरेर कालेश्वर महादेवको पूजा र दर्शन गरे मात्र पनि मृत्यु पश्चात वैतर्णि नदि पार गर्ने बेलामा कुनै प्रकारको व्यवधान आउँदैन ।

यस वैतर्णी घाट, कालतिर्थ र कालमोचनघाट आदि नामले पनि प्रसिद्ध रहेको कुरा नेपाल माहात्म्यको हिमवत खण्डको १०३ अध्यायमा उल्लेख भएको पाइन्छ । यसरी वैतर्णीघाट केवल घाटको रुपमा मात्र रहि आएकोमा वि.सं.२०५६ सालमा वैतर्णीघाट सुधारसमिति गठन गरि यस क्षेत्रलाई धार्मिक धामको रुपमा विकास गर्दै लगेको छ।

वैतर्णीधाम घुम्नजाने उपयुक्त समय

वैतर्णीधाम परिसरमा तारकेश्वर महादेव, अर्धचन्द्राकार कुण्ड, २२ धारा, गौशाला र भजन स्थल लगायतका संचरना निर्माण भईसकेको छ । यस क्षेत्रमा हिजोआज धार्मिक तीर्थयात्रीहरुको भ्रमण दिनानुदिन बढ्ने क्रममा रहेको छ। हरेक हप्ताको सोमबार र शनिबार सधैजसो मेला लाग्ने भएता पनि बैशाख पूर्णिमाको दिन यस बैतर्णि नदिमा विशेष मेला लाग्दछ । ललितपुर जिल्लामा भ्रमण गर्ने पर्यटकहरुको बसाई लम्ब्याउन नयाँ पर्यटकीय गन्तब्यको रुपमा यस स्थनलाई प्रवद्र्धन गर्न सकिएमा यहाँको सामाजिक, धार्मिक एवं आर्थिक उन्नति हुने प्रचुर सम्भावना रहेको पाइन्छ ।

Baitarni dham

स्वर्गद्धारी: एउटा पवित्र पर्यटकिय स्थल

सम्राट अशोकको पदचाप