aakash-deep

वैदिककालदेखि नै ज्योतिको आराधनालाई मानिसहरुले खास महत्व दिंदै आइरहेका छन् । यस कुराको बारेमा बैदिक ग्रन्थहरुको अध्ययनले स्पष्टत पारेको पाइन्छ । तमसो मा इजेतिर्गमय वैदिक मनीष्हिरुको मस्तिष्कप्रसूत महान् दार्शनिक अभिव्यक्ति थियो । त्यसमा ज्योति प्राप्तिलाई मानिसहरुको अन्तिम लक्ष्यको रुपमा लिइएको छ । किनभने ब्रह्मलाई ज्योतिहरुका पनि ज्योतिको रुपमा वर्णन गर्दै मुण्डकोपनिषद्ले ब्रहमज्ञानलाई मोक्षका महत्वपूर्ण सोपानको रुपमा लिएको छ । अनन्तता आकाश हुँदा त्यो सापेक्ष भएर शून्य छ, जुन शून्याकाशको ज्ञान ज्ञानको चरमोत्कर्ष भएर आकाशदीप ब्रह्म साक्षात्कारको प्रतीकको रुपमा लिइन्छ । यसरी आकाशीदपको दार्शनिक अभिव्यक्ति उपर्युक्त परिप्रेक्षमैं लिन सकिन्छ । हेमाद्रि आदि पुराणहरु अनुसार सन्ध्या समय घरको समीपमा मानिसको उँचाई बराबरको काठको लठ्ठी गाडेर त्यसमा आठओटा बत्ती जलाइन्छ । ती आठ बत्ती निम्न देवता, पितृतथा भूतप्रेतका लागि जलाइएका हुन् ।

  • १ धर्म
  • २ महादेव
  • ३ पृथ्वी
  • ४ श्री राधा दामोदर
  • ५ धर्मराज
  • ६ प्रजापतिगण
  • ७ पितृगण
  • ८ प्रेत

कार्तिक महात्म्यमा आकाशदीप बाल्नुको लागि २१ अथवा १४ हातका बाँसको आवश्इकता वर्णित छ । ती तीन प्रकारको बाँस मध्ये २१ हातको उत्तम, १४ हातको मध्इम औं ७ हातको चाहिं निकृष्ट मानिएकोछ । ब्रह्माण्डपुराण अनुसार भागवत् मन्दिरमा आकाशदीप बाल्ने व्यक्ति हजार अग्निष्टोम यज्ञ गरेको पुण्यको हकदार हुने छ। त्यस ग्रन्थमा यस कुरको पनि वर्णन पाइन्छ कि कार्तिकमा सन्ध्या समय कृष्णकोलागि आकाशीप बाल्ने व्यक्तिले लक्ष्मी तथा प्रचुर मात्रामा धनधान्य प्राप्त गर्दछ ।

आकाशदीपको परम्परा प्राचीनकालदेखि नै चल्दै आइरहेको छ तापनि पुरातात्विक आधारमा यसको प्रचलन पाँचौ शताब्दी ई. देखि भएको प्रमाणहरु पाइन्छ । नेपालमा आकाशदिपलाई आलोकदीप अर्थात नेपालभाषीहरुले आलुमता नामले पुर्काछन् । नेपालसंवत् ७९३ को धरःपौमा यो दीपलाई आमत भनिएको छ । भने नेपाल संवत् ८७२ को ऐतिहासिक घटनावली अलाख मत भनेर उल्लेख गरिएको छ । यहाँ प्रचलीत जनश्रुति अनुसार कात्र्तिकको पवित्र महिनामा आकाशचारी देव, गन्धर्व, किन्नर, सिद्ध ऋषि आदिहरुले अँध्यारो रातामा कतै बाटो नभुलोस् भन्ना खातीर आकाशदीप जलाइने परम्परा रहेको जनविश्वास यद्यपि कायम छ । आकाशदीप यस पृथ्वीमा नक्षत्रमण्डलको प्रतीक छ । या सम्भवतः यी आकाशदीप आकाचारी यद्याहरुको मार्ग सूचनको प्रतीक मानिन्छ । किनभने कात्र्तिकको महिनालाई यक्षहरुको महिना जसमा यक्षपूजा र दीपज्योतिको विशेष महत्वका साथ लिइन्छ ।

आकाशदीपबारे अनेकौं जनविश्वास तथा लोककथाहरु छन् । तिनीहरुमा मुख्य विश्वास भूतप्रेतहरुबाट रक्षा तथा पितृहरुको मार्गर्दशन हो । यस कुराको पत्तो चीन, जापान, दक्षिण अमेरिका आदि मुलुकहरुमा प्रचलित आकाशदीपको अध्ययनलाई पनि लिन सकिन्छ । चीनमा तेंग चीह पर्वमा हजारौं कंडीलहरुबनाइनुका साथै १०० फूट अग्लो एक चक्र निमार्ण गरी त्यसमा हजारौं बत्तीहरु बाल्दछन् । जापानमा तोराी नागाशी पर्वको अवसरमा उपर्युक्त किसिमका कंडीलहरु बलेर पानीमा प्रवाहित गर्दछन् । जापानीहरुको विश्वास अनुसार अन्गिणत आत्माहरु, जसका परिवारमा कोहि जीवित छैन, व्याकुल भएर भत्किराखेका हुन्छन् यस पर्वमा जलमा प्रवाहित कंडीलरुमा लेखिका प्रार्थनाहरुबाट तिनीहरुका आत्मालाई शान्ति मिल्दछ । यसरी आ आफ्नो देशमा आ आफ्नो जनविश्वसका साथ दीप प्रज्वलन गर्ने परम्परा रहेका छन् । यी विश्वासहरुको अतिरिक्त आकाशदीपबारे अर्को पनि विश्वास पाइन्छ । प्राचीन कालमा व्यापारी अथवा अन्य मानिसहरु गहिरा समुन्द्र पार गरेर देश विदेशमा व्यापार या अन्य प्रयोजनहरुकोलागि जान्थे ।

तिनीहरुः प्रायः कात्र्तिकमा फर्कन्थे । यसरी तिनीहरुको मंगल कामनाको लागि प्रतीकरुपमा नारीहरु आकाशदीप बाल्दथे । साँच्चै भन्ने हो भने आकाशदीप बाल्ने परम्पराको आश्विन मासमा सम्पन्न हुने दशहराको उत्सवसित घनिष्टतम सम्बन्ध रहेको छ । दशहराको उत्सव दानवी प्रवृत्तिमाथि दैवी या मानवी शक्तिको विजय अर्थात् अन्धकारमाथि प्रकाशको प्रभुत्व स्थापित भएको अवसरको स्मृतिको प्रतीकस्वरुप थियो । अनि सोही विजयको उल्लासमा कोजाग्रत पूर्णिमादेखि आरम्भ गरिएकोएक महिनासम्म नक्षत्रहरुको प्रतीकस्वरुप आकाशदीप बाली पृथ्वी समेत सम्पूर्ण ब्रम्हाण्डलाई नै ज्योतिर्मय पार्ने परम्परा चलेको अनुमान हुन्छ । तीन त्रिभुवनमै अन्धकारमाथि प्रकाशको विजय भएको हुँदा त्यसको उत्सवस्वरुप तिनैलोकमा दीप बालेर सोल्लाससाथ यो उत्सव मनाइन्छ । दीपावलीको अवसरमा बालिने दीपमालिका, नरक चतुर्दशीको दिन पृथ्वीमा बाल्ने दीप तथा कोजाग्रत पूर्णिमादेखि महिनाभर नै आकाशदीप बाल्ने परम्परा स्वर्ग, पृथ्वी तथा पातालमा उपरोक्त उत्सव सजधजकासाथ मनाइएको प्रतीकस्वरुप छन् । विजयको अवसरमा आकाशदीप बाल्ने परम्परा प्राचीनकालमा पनि चलेको हुँदा उक्त कुराको पुष्टि हुन्छ । उपर्युक्त अनुमानित पाँचौं शताब्दी ई. को मलेशियाको अभिलेखमा श्री मूलवर्मा राजाले विजयको उपलक्ष्यमा आकाशदीप बालेको कुरा वर्णित छ ।

PC: Rekha Shakya

अर्को दानवहरुको संहारपछि कोजाग्रत पूर्णिमाको दिन धनकी देवी लक्ष्मीको आगमन हुने औं सोहि दिनदेखि आकाशदीप बााल्ने परम्पराले आकाशीप आनन्लदे बिभोरित भई मनाउने उत्सव विशेष भएको कुरा निश्चयै जानिन्छ । यसै कात्र्तिक महिनामा दानवहरुका संहारक औ सत्वजनहरुका पालक भगवान् विष्णु पनि जागा हुने हुँदा यो महिनामा मानिसहरु अत्यन्त नै हर्षित भएका हुन्छन् । किनभने मानिसहरु अन्धकारको होइन, प्रकाशका पुजारी थिए । ज्योतिलाई नै तिनीहरुले आफ्नो अन्तिम लक्ष ठान्दथे । तमसो मा ज्योतिर्गमय तिनीहरुको मूलमन्त्र थिए । ज्योति खालि यो पृथ्वीमा होइन, सम्पूर्ण ब्रह्माण्डमा नै व्याप्त भएको तिनीहरु देख्न चाहन्थे । यसै तथ्यको परिप्रेक्ष्यमा यो कात्र्तिकी आकाशदीपको परम्परालाई लिन सकिन्छ।

बडादशै

लोपोन्मुख मुकुण्डोकला