rameshwor

नेपालमा धार्मिक पर्यटनको लागि नयाँ गन्तव्यहरुको विषयमा चासो बढ्दै जानुका साथै धार्मिक पर्यटन क्षेत्रको नयाँ नयाँ पर्यटन प्रडक्ट विषयमा बहस चल्न थालेको छ । नेपालमा रहेका थुपै्र धार्मिक सम्पदाहरुको पहिचान गर्दै प्रवद्र्धन गर्न सके विस्तारै बुद्धिष्ट सर्किट जस्तै नेपालका विभिन्न स्थानहरुमा हिन्दू सर्किटको नयाँ पर्यटन प्रडक्टलाई हामीले पर्यटनको बजारमा लिएर जान सक्ने कुरामा सायद कसैको दुईमत नहोला यसै कुरालाई मध्यनजर गर्दै ललितपुर हिन्दू सर्किटको अवधारणामा नेपालको पावन भूमिमा रहेको ललितपुर क्षेत्रमा अवस्थित सिद्धज्योतिर्लिङ्गहरुको बारेमा उजागर गर्ने प्रयास हामीले गरिरहेका छौ । यसै सन्दर्भमा ललितपुर सर्किट भाग २ को लागि हामी भिजिट नेपाल टिभीका यूनिट ललितपुरको दक्षिण भेगतिर आइपुगेका छौं ।

श्रीरामेश्वर सिद्धज्योतिर्लिङ्ग

श्रीरामेश्वर सिद्धज्योतिर्लिङ्गको दक्षिणी मुखलाई लाई नै टिकाभैरव भनिन्छ ।
काठमाडौं बाट करिब १२ कि.मी दक्षिण सुनाकोठी, ठेचो, बज्रवाराही हुँदै लेले पुग्न सकिन्छ । करिब चार माइलको क्षेत्रफलमा फैलिएको लेले उपत्यका राम्रो हावापानी र चिसो वातावरण भएको रमणीयय क्षेत्र हो । लेले र टीकाभैरवका वजार क्षेत्रमा नेवार, गाउँका पहाडी टाकुरामा क्षेत्री ब्राम्हण र त्यसभन्दा मानिथ तामाङ्गको बस्ती रहेको छ । लेलेको बस्ती ने.संं. ६०० तिर राजा रत्न मल्ले काठमाडौंका नेवारहरुलाई बसोबास गराएपछि व्यापारिक केन्द्रका रुपमा विकास भएको इतिहास हामीले पढ्न सकिन्छ । साथै यस क्षेत्रका प्राचिन राजा किराँती रहेको पनि पाउँछौ । लेल नल्लु खोला र बुरुन्चुली खोलाको सङ्गममा रुपमा हिजोआजा बुझिने खोला बास्तवमा प्रभावतीतीर्थ र सरस्वती नदीको संगम हो । यो नदीको संङ्गममा स्नान गरेर भगवान् श्री रामेश्वरको दर्शन पूजन गरेमा यस अघि उसले जति पाप गरेको भए पनि यमलोक जान नपर्ने जनविश्वास रहेको छ । यस सिद्धज्योतिर्लिङ्गको बारेमा अनेकन कथाहरु रहेका छन् जस्मध्ये एक कथायहाँ प्रस्तुत छ ।

PC: imagepasal.com
राजा कार्तवीर्यले आफ्ना बुवालाई मारी दिएका कारण विरत्तः भएका जमदिग्नपुत्र वीर परशुराम तीर्थयात्रा गर्दै यस ठाउँमा आइपुगेर शत्रुनाशको सङ्कल्प पढेर यस तीर्थमा नुहाई वीरमनले रुद्र मन्त्र जप्न थाले । ६ महिनाभित्रै माघकृष्ण चतुर्दशीको आधा रातमा यो शिवलिङ्ग उत्पन्न भएको देखेर भक्तिपूर्वक परिक्रमा गरेर परशुरामले नमस्कार गरे । त्यसपछि ब्रम्हमुहूर्तमा भैरव जस्तो डररलाग्दो रुपमा लिएर महादेव प्रकट भएर भन्नु भयो ।

तपसा चैव ते भक्त्या वीरेण चरितेन वै।।१३।।
अदेयमपि दातव्यं तुष्टो रामयतो ह्यहम् ।
वरं वरयमत्रस्त्वं परशुराम हि साम्प्रतम् ।।१४।।
ददाम्यहं च तत्सर्व यत् ते मनसि विद्यते ।
अर्थात
हे राम तिम्रो तपस्या, भक्ति र वीरचत्रिले म खुशी भएको छु । दिन नहुने कुरा भए पनि तिमीलाई अवश्य दिन्छु वर माग । यो सुनी परशुरामले महादेवको स्तुतिगर्दै भन्दछन् । नमस्ते भगवन् रुद्रलोकवाञ्छाफलप्रद । ।।१५।।
भूतेश्वर नमस्तुभ्यं सर्वभूतदयाकर ।
व्यक्तायाव्यक्तदेवाय व्यक्ताव्यक्तविभूतिने ।।१६।।
सर्वस्वान्तविदेजाय सर्वज्ञाय नमो नमः ।
पशुरामनामाहं पितुर्निधनकर्षितः । ।।१७।।
अर्थात
लोकलाई इच्छा फल दिने भगवान् रुद्र । हजुरलाई नमस्कार छ । मेरो नाम परशुराम हा । पिताजीको निधनले मेरो मन दुःखित भएको छ । सबै प्राणी लाई दया गर्ने साकार निराकारस्वरुप हे भूतेश्वर सबैको अन्तः करण जान्ने सर्वज्ञ, अज। हजुरलाई मेरो नमस्कार छ । क्षत्रियहरुले मेरा पितालाई अपमान गरेर मारे । त्यसकारण म बदला लिन चाहन्छु । जो छोरा बाबुको वैरीनाश गर्न चाहँदैन, त्यो छोरा नरक जाने हो , त्यसको जीवन पनि धिक्कार छ । हजुरको अर्को कृपा पाएर वैरभावको बदला लिँदै पृथ्वीलाई क्षत्रियले रहित भएकी गर्ने छु ।यही वर मलाई दिनुहोस अरु चाहन्न । इत्यादि बोली परशुरामले स्तुति गरेको सुनी र्ईश्वर भन्नु हुन्छ ।
एवमस्तु च कामं ते यत् ते मनसि विद्यते
करिष्यसि ह्यवश्यं त्वं निःक्षत्रियामिमांरसाम् ।
प्राप्स्यसि त्वं महावीर पितृर्वैरिजयं ध्रुवम् ।।
तिम्रो मनमा जस्तौ इच्छा त त्यस्तै होस् । तिमीले अवश्य यस पृथ्वीलाइृ क्षत्रियरहि तगर्नेछौं। तिम्रो जय हुनेछ । ममा सदा भक्ति राख । यसो भनेर भैरवरुपी महादेव त्यसै लिङ्गमा अन्तंर्धान हुनु भयो । परशुरामले फर्की गएर २१ पटक निःक्षत्रिय पृथ्वी गराए । यहि शिवलिङ्गको दक्षिण मुखलाई टीकाभैरव भन्दछन् । परशुरामले पूजा गर्दा राम्रोसँग टीका लाई सिङ्गार गरेकोले डरलाग्दो भैरवमूर्ति पनि सौम्यसुन्दर देखिएकोले टीकाभैरव भनेको हो । यसकारण यस लिङ्गको पूजा गर्नेले टीकाको सुन्दरीपारी पूजा गरेमा शिवरामेश्वर एवं भैरवस्वरुप चाँडैखुशी हुनुहुन्छ । यस विषयमा अर्को कथा प्रसङ्ग यस्तो उल्लेख भएको पाइन्छ।

श्री चम्ककेश्वर ज्योतिर्लिङ्ग

यो शिवलिङ्ग लेले टिकाभैरव बाट लेले सरस्वती कुण्ड जाँदा बाटो किनारामा चम्पकेश्वरको मन्दिर छ । पूर्णिमाको दिन लेलेखोलामा नुहाएर यो शिवलिङ्गको चाँपको फुल चढाई पूजा गर्नाले पूर्वजन्मामा गरेको सबै पापबाट मुक्त भएर सबै किसिमको यज्ञ गरेको फल पाएर अन्त्यमा कैलास वास प्राप्त हुने जनविश्वास रहेको छ । यस सिद्धिज्योतिर्लिङ्ग उत्पत्तिको विषयमा यस्तो कथा पाइन्छ । सत्य युगमा मनुनाम गरेका ठूला तपस्वी ब्राम्हण थिए । तर उनी पूर्वन्मका कर्मविपाकले गर्दा विद्याहीन थिए । पूर्वजन्ममा झुक्किएर परेवाका दिन पढेका कारण उनले यस्तो भएको थियो । एक दिन बृहस्पतिका मुखबाट सरस्वती कुण्ड र तिलेश्वरको महिमा सुनेर यहाँ आई नुहाएर कुण्डको पानी एक अञ्जुलि पिए । तुरुन्तै पूर्वजन्ममा गुरुबाट पढेको र नपष्ेको समते ६४ कला सहितका विदाहरुको मनमा प्रस्फुरण भएर आयो । त्यसपछि अनेकौं उपचारका सामग्रीद्धारा भक्तिपूर्वक तिलेश्वर पूजा गरी प्रार्थना गरे । त्यसै बखत त्यस लिङ्गबाट शिवजी प्रकट भएर वरदन दिंदै भन्नुभयो, हेर मनु तिमी यहाँबाट केही पश्चिम दिशामा गएर यिनै सरस्वती नदीको किनारामा बसेर मेरो भक्तिले आराधना गर । त्यसपछि तिमीले मोक्ष प्राप्त गर्नेछौ भन्दै शिवजी त्यहीं अन्तर्धान हुनुभयो । त्यसपछि ती मनु खुशीले यस ठाउँमा आई शिव आज्ञाअनुसार यस सरस्वती नदीमा नुहाएर चाँपको रुखमुनी बसी भक्तिका साथ चाँपको फूल चढाइई मन्त्रपुर्वक दिव्य एक वर्ष आराधना गरेपछि वैशाख पूर्णिमाका दिन, दिनको १२ बजे चाँपको फूलको रासबाट लिङ्गप्रकट भएको देखेर हर्षले गदगद हुँदै मन्त्रस्तुतिद्धारा चाँपको फूल चढाउँदै परिक्रमा गरेर साष्टाङ्ग प्रणाम गरे । त्यसैबेला त्यो लिङ्गबाट त्रिशूल धारणा गरेको तीन नेत्र भएका महादेव प्रकट भएर वरदा दिंदै भन्नुभयो, यस जुनीमा तिमी चोहेको सुखभोग गर्दै धेरै युगसम्म बाँच र अर्को जन्म सूर्यको छोरा भएर जन्मेर स्वारोचिष मनु हुनेछौ । मलाइई तिमीले आँपको पूmल चढाएर पूजा गर्यो । यो लिङ्ग पनि यसै फूलबाट प्रकट भयो । यसकारण यो लिङ्ग चम्पकेश्वरको नामले प्रसिद्ध हुने छ । यति वर दिई शिवजी यही लिङ्गमा अन्तध्र्यान हुनुभयो । यस शिवलिङ्गको बारेमा पनि अनेकन कथाहरु रहेको छ। जस्मध्ये एक हो यहाँ प्रस्तुत छ । एक समाय विशङ्कु नाम भएको एक शिाकारी म्लेच्छ थियो । शिकार खेलदै यस ठाउँमा आएपछि एक मृगलाई देखेर त्इसले बाण प्रहार गर्यो । मृगले पनि त्यसलाई देखेर दौडँदै आई चाँपको फेदीमा हुनुभएको चम्पकेश्वरको लिङ्गमा मुख जोती झाड.मा आफ्नो शरीर लुकाउने प्रयास गरेको थियो । भाग्यवश त्यो म्लेच्छले हानेको बाण त्यस मृगलाई लाग्यो र शिवलिङ्गमा रगत चुहाउँदै त्यो मृगले प्राण छोडयो । तर एकै छिनमा त्यो मृग सुन्दर भयो र कैलासबाट विमान लिएर शिवगण आई त्यसलाई विमानमा राखी कैलासमा लगे । यो दृश्य देखेर त्यो शिकारी म्लेच्छ बहुला जस्तो भयो । जलले मार्जन र आचमनले पनि गर्यो । तुरुन्त ऊ ज्ञानी भयो । पश्चाताप गर्दै चम्पकेश्वर लाई ढोगेर अँगालो हाल्यो । जङ्गली फलफूल खोजी पूजा गर्यो । केही समय पछि शिवरााित्रका दिन यहीं मृत्यु भयो । त्यस पापीलाई पनि शिवगण आई विमानमा राखी कैलासमा लगे । यसरी पूतिर्णमा तिथिमा सरस्वती नदीमा नुहाएर यो चम्पकेश्वर महादेवको भक्तिपूर्वक पूजा गरेर चाँपको फूलका साथ अरु पनि फुलहरु चढाई रुद्री ॐनमः शिवाय मन्त्रजप गर्नेहरुको पूर्वजन्मको सबै पाप छुट्दछ र सबै प्रकारका यज्ञ गरेको फल पाएर त्यो शिवलोकमा पुग्दछ । भन्ने जनविश्वास हाल सम्म पनि कायम नै रहेको छ ।

PC: imagepasal.com

श्री तिलेश्वर महालिङ्ग

श्री तिलेश्वर महालिङ्ग मुकुन्द पर्वतको फेदीमा प्रभावती, प्रभावती, मनःश्री र सरस्वतीको सङ्गम त्रिवेणी मनः तश्रीतीर्थ नजिकै पर्दछ । यो सिद्धज्योतिर्लिङ्गको दर्शन पूजन गरेका सर्वयज्ञको फलप्राप्त हुन्छ । महापापबाट मुक्त भई वाक्य सिद्धि हुनुका साथै विद्या एवं ज्ञान प्राप्त हुन्छ र अन्त्यमा कैलास बास पनि हुने जन विश्वास रहेको छ । यस लिङ्गको उत्पत्तिको विषयमा यस्तो कथा पाइन्छ । यस शिवलिङ्गको उत्पतिको बारेमा पनि अनेकन कथाहरु पाइन्छ जस्मध्ये केही यहाँ प्रस्तुत गरिएको छ । अङ्गिरा ऋषिका छोरा बृहस्पति तीर्थ याात्रा गर्दै यस ठाउँमा आइपुगे । माघे संक्रान्तिका दिन मनःश्री तिर्थमा नुहाएर यसै ठाउँमा बसी तिलको शिवलिङ्ग बनएर विधिवत भक्तिले पूजा गरे सिद्धरसा नदीको ज चढाउँदा तिलको शिवलिङ्ग पत्थरको हुन गयो । यो घटनाले हर्षित भएका बृहस्पतिले यस्तो शिवशक्तिको रुप ध्यान गरेर अझ श्रद्धाभक्तिका साथ पूज गर्न थाले । एक मुख, चार हात, तीन आँखा, चर्माम्बर, सर्पको जनैका साथै सबै गहना लगाएका आकाशजसतो सफा तेज भएका,डर लाग्दो ठूलो मुण्डमाला लगाएका त्रिशूल, डमरु, खप्पर, शक्ति हातमा लिएका दक्षिणामूर्ति नाम भएका कल्याणकारी ईश्वर र गाढा कालो कान्तियुग स्वरुप सबै गहनाले सजिएकी, कालेश्वरी झाँक्रो फिजाएकी, मुण्डमाला लगाएकी, तीन आँखा, दुई हात भएकी यस्ती कालस्वरुपा शक्ति साथमा लिएका शिस्व्रुपको तीव्र ध्यान गरी दृढ भावले रातदिन मन्त्रजप गर्न लागे यसरी बसेको तेस्रो दिनमै यही शिवलिङ्गबाट महादेव प्रकट हुनुभयो र वृहस्पतिलाई वरदान दिँदै भन्नुभयो, तिमी यही ं बसी सरस्वतिको आवाहन गर अिन सरस्वती शुक्राचार्यलाई छाडेर तिम्रो कण्डमाबस्न आउनेछिन् । उनी पात लिएर पानीको रुपमा यहाँ आउनेछिन् त्यतिबेला तिमीले अञ्जुलिमा लिएर पिइदिनू । तिम्रो वाक्य सिद्ध हुने छ । शुक्राचार्य पनि तिम्रो र सरस्वतीको श्रापले पानी सरह पातलो हुनेछ । तापनि मेरो अनुग्रहले श्रापमुक्त हुने छ। इति भन्दै शिवजी त्यहीं शिवलिङ्गमा अन्तध्र्यान हुनुभयो । यसैले यसल लिङ्गलाई तिलेश्वर भनेको हो र यर्ही सरस्वती जलरुपमा आउनुभएको ले यो कुण्डलाई सरस्वती कुण्ड भनिएको हो ।

PC: imagepasal.com

त्यसपछि बृहस्पतिले मनावती नदीमा नुहाएर सरस्वतीको आवाहन गरेकाले शुक्राचार्यलाइ छाडेर सरस्वती यहाँ आउन लागेको देखेर शुक्राचार्यले श्राप दिदै भने सरस्वती तिमी स्थिरा नाम भएकी भएर पनि अहिले चञ्चल भयौ, त्यसकारण तिमी नदी भएर बग’ तिमी पनि पन्यालो हुनु परोस् भनी सरस्वतीले रिसाएर शुक्राचायलाई श्राप दिएर आफू कुण्डबाट निस्की जलरुप लिई नदी भएर बग्न थालिन् । शुक्राचार्य पनि पन्यालो भएर कुण्डबाट निस्की नदी भई बग्न लागे र काँप्दै भगवान् शिवजीलाई भक्तिपूर्वक स्मरण गरे । महादेवको अनुग्रहले एक अंश यहाँ छाडी स्वर्ग गए । यो घटनाक्रमले दुःखित भएका बृहस्पतिले सरस्वतीको स्तुति गरे ।
ॐ नमो जलरुपिग्यै सरस्वत्यै नमो नमः ।
द्रवीभूते नमो बाहै भारत्यै वाक्यप्रद् नमः । ।। ३९।।
देहि मे दहि वाग्भूतिं कण्ठमध्ये स्थिरा भव ।
आद्यादि त्वत्प्रसादाद्धै भवितास्मि च गीष्यति । ।।४०।।
अर्थात
जलरुप भएकी सरस्वतीलाई नमस्का छ । वाक्य प्रदान गर्ने रसरुप भएकी ब्राही, भारतीलाई नमस्कार छ । मेरो कण्ठमा आएर बसिदिनुहोस र मलाई वचनरुपी ऐशवर्य दिनहोस । आजदेखि तपाईको प्रसादले म वचनको मालिक हुने छु । यति प्रार्थना गरे । तत्काल उनी शास्त्रका ज्ञाता, कवि, विद्धान र स्मृतिशक्तिले युक्त भएका भए अनि आकाश तिर हेरेर शुक्राचार्यलाई सम्बोधन गर्दै रिसाएर श्राप दिंदै भने हे शुक्राचार्य तिम्रो कारणले मेरै अगाडि सरस्वती पातली भइन् । त्यसैगरी तिमी पनि आजदे िपातललिएर प्राणीका गर्भमा रहने शुक्रकीटाणु हुनुपरोस । यस्तो श्रापले गर्दा शुक्राचर्या महादेवको अङ्गबाट फेरि जन्मेर शुक्र नामले प्रसिद्ध भई दैत्यहरुबाट पूजित भए । यस पछि बृहस्पतिले फेरि नुहाएर तिलेश्वरको प्रार्थना गरे । शिवजी फेरी प्रकट भएर एक वर्ष पछि आफ्नो एक अंशले मनः श्री तीर्थमा रहेन भएर ती विष्णुका प्यारी हुनेछिन् । अब तिमी स्वर्ग जाऊ र देवताहरुको गुरु भई बस । त्यसैबेला देखि यो शिवलिङ्गको तिलेश्वर नाम भएको हो । यो तीर्थ पनि मनःश्री नामले प्रख्यात भएको हो । यहाँ नुहाउनाले दश गङ्गामा स्नान गरेको फल मिल्दछ र स्त्रीले सौभाग्य, रुप र लावण्य पनि प्राप्त हुने छ । जो सुकैले भक्तिले नुहाउँछ, तिलेश्वरको दर्शन, पूजन गादि गर्दर्छ भने सबै मनोकामना पूर्ण हुने विश्वासमा हजारौ भक्तजनहरु यस स्थानमा आइपुग्छन् । यहाँ माघ महिना, श्रावण महिनाको हरेक सोमबार, पूर्णिमा शिवरात्रि लगायतका समया मेला लाग्ने गर्दछ ।

Tileshwor-Mahadev-TemplePC: imagepasal.com

ललितपुर हिन्दूसर्किट - भाग १

नागपञ्चमी पर्व