श्रावण महिनाको शुक्ल पक्षको पञ्चीका दिन नागपञ्चमी मनाइन्छ । यस दिन नागको पूजा गर्ने गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागको साथै नाग धारणा गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नाग पुजाको प्रचलन वैदिक काल अघिदेखि नै चल्दै आएहको जनविश्वास छ । नागको बासस्थानको आधार लिई बज्रयान बौद्ध परम्परा अनुसार १२ तीर्थ विकास भएका छन् ।
क्र.सं. नागराजाको नाम तीर्थको नाम तीर्थस्थल रहेको ठाउँ
१ तक्षक नाग पुण्य तीर्थ गोकर्ण
२. सोक्षिकी नाग शान्त तीर्थ गुह्येश्वरी
३. शड.पाल नाग शड.खर तीर्थ शड.खमूल
४. स्वरुप नाग राज तीर्थ कालोपुल रसानेपा
५. कुलिक नाग मनोरथ तीर्थ टोखादुवा
६. अपलाल नाग निर्मल तीर्थ भद्रमती (भचाखुसी )
७. नन्दउपनन्द नाग लखु र विधान तीर्थ कड.केश्वरीर कड.ग अजिमा
८. बासुकी नाग ज्ञान तीर्थ ं(बुड.मती)
९. बरुण नाग चिन्तामणि तीर्थ टेकुदोभान
१०. पद्यधवल नाग प्रमोद तीर्थ दानगा
११. महावद्यधवल नाग सुलक्षण तीर्थ भाजँ गाँ(कीर्तिपुर )
१२ कान्ति नाग जय तीर्थ नख्खु
नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल र दुबो राखी गोबरको सहयताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिन देखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको पनि मान्ने गरिन्छ । नागको अष्टकुल अर्थात अन्नत, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कत र शड.्ख नाग गरी अष्टनाको चित्र टाँस्नाले उक्त घरमा चट्याड. नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेका छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वाम िनाग देवता हुन् । पातलमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकोले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।
पौराणिक कथनअनुसार काठमाडौं उपत्यका पानीले भरिएको बेला स्वम्भू ज्योति दर्शनार्थ तिब्बतबाट आएका बोधिसत्व मञ्जुश्रीले चोभारको गल्छी काटेर बाहिर पानी पठाएका थिए । यस पछि बनेको प्राकृतिक ताल धापाखेलको नागदह र कीर्तिपुरको टौदह मानिन्छ ।
उपत्यकाको सबै पानी बाहिर पठाउँदा कर्कोट नागराज पनि पानी सँगै बाहिर जान लागे । कार्कोट नागराज रिसाएर अनिष्ट हुने भय सिर्जना गरिएछन् । तर बोधिसत्व मञ्जुश्रीले आह्वान गरी कर्कोट नागराजलाई टौदहमा विराजमान गराई शान्ति कायम गरिएको जन विश्वास हालसम्म कायम रहेको छ।
यो दह काठमाडौं रत्नपार्कबाट करिब ७ कि.मी टाढा दक्षिणकाली जाने बाटोमा पर्छ । यो उपत्यकाको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । ५ सय मिटर लम्बााई र ४ सय मि. चौडाई र सुख्खायाममा ६ मिटर राई रहेको टौदहले ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । यहाँ नाग पञ्चमीको दिन मेला लाग्दछ । यस टौदहमा ३८ जातका बोटविरुवा, ३६ जातका कीरा र एकसय १६ प्रकारका पक्षी रहेको हुँदा यो क्षेत्र जैविक अनुसन्धानका लागि अत्यन्तै उपयोगि हुँदा हुँदै पनि टौदह मानविय क्रियाकलापको चपेटामा परिरहेको छ । वर्तमान अवस्थामा टौदहको वरिपरि भौतिक संरचना र कटेजको झिलीमिलमा जैविक विविधता हराउँदै गएको छ। कुनै समयमा हजारौं संख्यामा साइबेरिया क्षेत्रबाट आउने पाहुना चरा टौदहमा देखिन छोडिसकेको अवस्था छ।
त्यसैगरी उपत्यकाको अर्को प्राकृतिक दह ललितपुर जिल्लाको दक्षिणतर्फ पर्छ । ललितपुर महानगरपालिकाको दक्षिणतर्फ पर्ने नाग दह अवलोकन गर्न आउने आगन्तुकहरुको लागि डुड.गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाइएको छ । मञ्जुश्रीले उपत्यकाको पानी चोभारमा गल्छी काटी बाही पानी पठाएपछि उपत्यकामा नागदह र टौदह बाकी रहको जनविश्वास रहिआएको छ । काठमाण्डौं उपत्यकाको सबै पानी सुकेपछि नागहरु यो दहमा आई बसकोकोले यसको नामम नागदह रहन गएको जनविश्वास रहि आएको छ । नागदह राणाकालसम्म १०५ रोपनी र २०२१ सालको नापनक्सापश्चात ५२ रोपनीमा सीमित बन्न पुगेको सनीयबासिन्दाहरु बताउँछन् ।यो दहमा नागपञ्चमी र ऋषिपञ्चमीमा ठूलो मेला लाग्ने गरेकोे छ ।
त्यसैगरी काठमाडौं नब्क्सालको नागपरोरीमा समेत आजको दिन मेला लग्ने गर्छ । यस दिन नक्साल नागपोरीमा ध्वजापताका सहित भजनकीजर्तन, डुड्.गासयर विभिन्न पनि पनि सञ्चालन गरिन्छ । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको नागपोखरी शीतलता र घाम ताप्ने आदिका लागि प्रयोग हुँदै आइरहेको छ । जहाँ नागको अलावा वि.सं. २०५२ सालमा सन्तोषीमाताको मन्दिर पनि निमार्ण भएको छ । नक्सालस्थित नागपोखरी बाहेक भक्तपुरको सिद्धपोखरीमा पनि नागपञ्चमीको दिन भव्य मेला लाग्ने गर्दछ । सल्लाघारीबाट भक्तपुरको दरबार प्रवेश गर्दा टुंडिखेलको दायाँबायाँ सिद्धपुखु र भाजुपुखु नामका दुई विशाल पोखरी छन् । सिद्धपोखरीको इतिहासका पानाहरुमाका अनुसार गोपाल वंशावलीले सिद्धपोरी ने.सं. २३९ वैशाखमा राजा इन्द्रदेवबाट निर्माण भएको पढ्न पाइन्छ । यो पोखरी ३७ रोपनी क्षेत्रलफलमा फैलिएको सिद्धिपोखरीको अनेकन लोकआख्यानहरु पाइन्छ । प्रचलित आख्यानअनुसार एकजना तान्त्रिक पोखरी छेउ बसी नागलाई जिस्काउन थालेछन् । नागको पालोृमा डिलमा बसेर जिस्काउने होइन पोखरीमा नै लडौं भनी हाँक दिएछन् । नागको धम्की स्वीकार्दै उक्त ब्यक्तिले आफ्नो व्यापारी साथीलाइई म नाग भएर पोखरीभित्र प्रवेश गर्छु र नागलाई मारेर बाहिर आएपछि यो मन्त्र फुकेर चामलले हान्नु भनी अह«ाएछन् । नागको हत्यापछि तान्त्रिक बाहिर आएको देख्नासाथ ठिमीले व्यापारी डराएर भाग्न थालेछन् । नागले मलाई चामले हानिदेओस् भन्दै पछि पछि लागेछन् । तर, ठिमीले साथी नागदेखि डराएर ठिमीतिरै भागेछन् । जति पिछा गर्दा पनि ठिमीले साथीले चामल नहानिदिएपछि फर्किएर तान्त्रिक नाग सिद्धपोखरीमा नै प्रवेश गरी बस्न थालेछन् । नागको डरले आजसम्म नि ठिमीलेहरु सिद्धपोखरी जादैनन् भन्ने गरिन्छ । यसरी नागपञ्चमीको दिन देशभरिका नागदह, कुण्ड र नागस्थान लगायत मुलुकभरका विभिन्न नागदहमा मेला लाग्ने गर्छ ।