Bhringareshwor-Mahadev-sunakothi-lalitpur-1

गौतम बुद्धको जन्मस्थलको साथै बुद्ध कालीन सभ्यतासँग जोडिएको नेपालका विभिन्न स्थानहरुलाई समेटिएर बुद्धिष्ट सर्किटको रुपमा नेपालको पर्यटन क्षेत्रको नयाँ गन्तब्य प्रडक्टको रुपमा विकास गर्दै प्रवद्र्धन गर्ने कार्यहरु भइरहेको सन्दर्भमा हिन्दू धर्म सँग सम्बन्धित विभिन्न स्थानहरुलाई समेटिएर हिन्दू सर्किटको विकास गर्नुपर्ने चर्चा कहिले काहि सुनिन्छ । वेद पुराण आगम निगमादि हिन्दु, बौद्ध आदि शास्त्रहरुमा भगवान् सदाशिवको विभिन्न स्वरुपहरुको वर्णन प्राप्त हुन्छ । नेपालमा असंख्य शिवलिङ्गहरु छन् तापनि पशुपतनाथ र चतुःषष्टि ज्योतिर्लिङ्गको प्रधानता छ । नेपालमा रहेका ६४ वटा ज्योर्तिलिङ्गिहरुलाई समावेश गरेर हामीले शिव सर्किटको पर्यटन अवधारण अघि बढाउन सके पनि पर्यटन क्षेत्रको लागि नयाँ गन्तब्य प्रडक्ट हुने थियो । यहि कुरालाई मध्यनजर गर्दै भिजिटनेपाल टिभीको हाम्रो टिमले ललितपुरको दक्षिणी भेगमा अवस्थित शिवलिङ्गहरुलाई समेटिएर ललितपुर हिन्दु सर्किटको रुपमा यहाँ केहि गन्तब्यको उजागर गर्ने प्रयास गरेका छौं ।

Kumbeshwor Mahadev

PC: imagepasal.com

ललितपुर हिन्दु सर्किट भाग: १
यो हप्ताको लागि हामीले ललितपुर जिल्लाको मुटुमा अवस्थित बंगलामुखु प्रांगणमा रहेको श्री सर्वेश्वर महालिङ्गको बारेमा उजागर गर्दै यो स्थानबाट दक्षिणतर्फ रहेको शिवलिङ्गहरुको दर्शन गराउने जमर्को गरेका छौं । यो स्वयंभूज्योतिर्लिङ्ग ललितपुरको प्रसिद्ध स्थान बगलामुखी एवं कुम्भेश्वरमा पर्दछ । यहाँ नजिकै नाग दह र गौरी कुण्ड तीर्थ छ । यहाँ एउटै मन्दिरमा कुम्भेश्वर र सर्वेश्वरका दुई शिवलिङ्ग छन् । मध्य भागमा देखिने ठूलो सर्वेश्वरको लिङ्ग हो र सर्वेश्वरकै ईशानको सामु अर्को लिङ्ग छ, त्यो कुम्भेश्वरको लिङ्ग हो । सर्वप्रथम यो कुण्ड ब्रहाजीले निमार्ण गर्नु भएको हो । पछि कश्यप ऋषिले लोकसृष्टिको इच्छाले पन यहाँ तपस्या गरेका थिए । एक समय देवी पार्वतीले पनि यहाँ शिवजीकोे आराधना गरेकी थिइन् । त्यसैबेला कुण्डबाट यो लिङ्ग उत्पन्न भएको हो ।


PC: imagepasal.com

घटनाक्रम: किराताधिपतिकी छोरी विरुपा थिइन् कसैले पनि रुचाउँदैनथे । बल्लबल्ल विवाह भएर पनि विरुपको कारण आफ्ना पतिले पनि त्याग गरिदिए । विरक्त भई शरी त्याग गर्ने भनी वन प्रवेश गरेकी विरुपाले बीचमा शिवलिङ्ग भएको गहिलो शिव गङ्गाको निर्मल पानी भएका यो कुण्डलाई देखिन् । कार्तिक शुक्ल पूर्णिमाका दिन निराहार भएर प्राण त्याग गर्न शिवजीलाई नमस्कार गरेर त्यस कुण्डमा हाम फालिन् । तर त्यस कुण्डको छालले उनलाई निनारा लगाईदियो । किनारामा उभिँदा जलमा परेको आफ्नो छाँया देख्दा आफै छक्क परिन् । उनी विश्वासै गर्न नसकिने गरी सुन्दरी भइछन् । उनको रुपको चर्चा स्वर्गमा समेत पुग्यो । यसै सुन्दर रुपको कारण देवराज इन्द्रले आफ्नो अर्धासनको अघि अधिकारी बनाई स्वर्ग लगे ।

अर्को घटनाक्रम को अनुसार परापूर्वकालमा गङ्गादास नाम भएको एक ब्राम्हण थियो । त्यो घोर पापी थियो उसले आफ्नै श्रीमतीलाई पनि कुटीकुटी मारिदियो । उसको सबै व्यवहार पाप पूर्ण थियो । पूर्वजन्ममा गङ्गा किनारामा प्राण त्याग गरेको भारदार ब्राम्हणको कुलमा जन्मेको थियो । आफ्नो स्वास्नी मारेपछि आफू पनि घरबाट निस्केर अनेकौ देश चार्दै धन्दा गर्न थाल्यो । एक िदिन अब तँ छिटै मर्दछस, तेरो काल नजिकै आइपुग्यो तँ यो लिङ्गको नजिक जा भनी कुनै मुनीले भनिदिए । यस्तो वचन सुनेर त्यसलाई ज्ञान आयो र ऊ झट पट शिवलिङ्ग नजिकै गयो । त्यो दिन माघ कृष्ण चतुर्दशीको दिन थियो । चत्रगुप्ताको आज्ञाले हातमा यमपाश, दण्ड धारण गरेका यमदूतहरुले त्यसलाई देख्यो डराएर शिवलिङ्गलाई अँगालो हालेर हे शिव । हे सर्वेश्वर प्रभो मलाई रक्षा गर्नुहोस हजुरमा म आफूलाई अर्पण गर्दछु । यो दृष्यले अक्कमक्क परेका यमदुतले भने त जस्तो पापीलाई त्यो शिवलिङ्ग छुनु हुदैन । छिटै यहाँ आइज नत्र यो दण्डले हिर्काई पिट्न थाले तर शिवलिङ्ग छाडेर आएन र यमदूतले पाशो फ्याँके त्यो पाशो त्यस ब्राह्मणको घाँटीका साथ शिवलिङ्गमा पनि बेरियो । यमदूतले बल गरी तान्दा घस्रंन गएर यमपाशो नै चुडियो । यसै बखत अत्यन्त डराएको त्यस ब्राह्मणको कानमा हावारुपद्धारा शिवले आश्वासकन दिंदै भन्नुभयो । अब डराउनु पर्दैन । हे ब्राह्मण तिमी पापरहित भयौ । यसै बखत प्रथम गण आई यमदूत आई पिटेर लघारी दिए । यमलोक पुगेर सबै वृत्तान्त बताएर पश्चात यमराजले खाता पल्टाई हेर्दा उनले गरेको पाप कही पनि देखिएन । उसको खाता देखाउँदै आफ्ना दूतहरुलाई झपारेर यमराजले भन्नु भयो लो हेर उसको खाता । शिवजीले उसको पाप मेटाई दिनुभयो । तिमीहरुलाई कति भनिसके अघिपछि जस्तोसुकै पापी भए पनि हरिको र हरको शरण पर्नेहरु भएको ठाउँमा तिमीहरु क्हिले नजानू भनेको हैनं ? भनी सचते गराउनुभयो । शिवले ब्राह्मणलाई कैलासमा लगी शिवजीको पाश्र्वचरको नायक गराए । यसै कारण सर्वेश्वरलाई मृत्युञ्जय पनि मान्दछन् । जसले पूजनका साथै गौरी कुण्डको जल अभिषेक गर्ला रुद्री गराउला त्यसले शिवपद प्राप्त गर्ला । विशेष ग रेर गौलीकुण्डमा नुहाएर कम्भेश्वर, सर्वेश्वर(मृत्युञ्जय) को दर्शन गर्दछन् । भने बाँचुञ्जेल सौभाग्यवती भएर मृत्युपछि शिवलोक पुग्दछन् आदि ।
.( सर्वेश्वरको लिङ्गमा अहिले पनि यमपाशको डाम देखिन्छ । ) यहाँ महामृत्युञ्जयको जप आफै वा ब्राह्मणद्धारा गराएमा महाकाल शनिको दोष छिट्टै निवारण हुन सक्दछ ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र पर्ने पाटनको न्यातपोल अर्थात बंगलामुखीमा रहेको पाँचतल्ले शिव मन्दिर राजा जयस्थिति मल्लको पालामा ने.सं. ५१२ मा पेगोडाशैलीमा निमार्ण गरिएता पनि ने.सं. ७८७ मा राजा श्री निवास मल्लले पाँचतल्ले बनाएको ईतिहासको पानामा भेटाउन सक्छौं ।

यहाँ सर्वेशवर महादेवको दर्शन पश्चात यहाँबाट हामी दक्षिण तर्फ लाग्यौं भने ललितपुरको लगनखेलबाट करिब ६ कि.मी दक्षिणमा सातवटा दहले घेरिएको ऐतिहासिक ज्यापू बस्ती सुनाकोठी पुग्न सकिन्छ । दंगा, फिगा, पालिंगा, दुगा, यास्गा, धलंगा, जितगा नाउँका सात वटा दह पोखरीले घेरिएको यो वस्ती ने.सं. ५३२ मा राजा रत्न मल्ले दबसाएको बस्ती मानिन्छ । यहाँ क्षेत्री, ब्राम्हणर मगर जाति भएतापनि ज्यापू नेवारको नेतृत्वदा वस्ती हो । यस क्षेत्रको सर्वाधिक पूज्य देवस्थलमध्ये भृंगेश्वर महादेव विशाल ढुंगा छापेको चोकबीच गुम्बजशैली युक्त छ । यहाँ नजिकै बाटो मुनि रहेको सिद्धिरस कुण्डमा विधिवत् स्नान, तर्पण गरेर भृङ्गेश्वर ज्योर्तिलिङ्गको दर्शन पूजनादि गरेमा पूर्वजन्मको पापबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

Bhringareshwor Mahadev-sunakothi-lalitpur
PC: imagepasal.com

घट्नाक्रम
कैलासको परम्परा अनुसार द्धारपालकको पदमा नन्दी र भृङ्गी नामका दुई द्धारपाल सधैं हातमा डण्डा लिएर बस्दथे । तिनीहरुको आज्ञा विना त्यहाँ भित्र ब्रम्हादि गरेका देवताहरु प्नि पस्न पाउँदैनथे । एकदिन भगवान शङ्करले एकान्तमा पार्वतीलाई दिव्इ कथा सुनाउनुभयो । कथा सुनामउने क्रममा गोप्य कुरा पनि सुनाउँछु भनी आज्ञा भयो मेरो मायामा मोहित भएका प्राणीहरु सुरासुर को पनि यो रहस्य जान्न सक्दैनन्, त्यो रहस्य सुन । जो ज्ञानी महात्मा योगीहरु छन् र तिम्रो पाउँको सेवा गर्दछन् । तिनले मात्र यो रहस्य बुझ्दछन् । अरु कसैले पनि बुझ्न सक्देनन् । त्यो के भने हामी दुवैको शक्ति पाएर ब्रम्हाले पृथ्वी , बीज, पञ्च भूतवाला प्राणीहरु सृष्टि गर्दाभए । त्इस बीजको समूहबाट क्रमैसँग बल, बुद्धि, पुष्टि आदि पराक्रमहरु पाएर प्राणीहरु जीवन निर्वाह गर्दछन् । तर मायाले मोहित भएकाले मलाई कहिल्यै पनि जान्न सक्दैनन् । यसै बखतमा नन्दीलाई एकलै छाडी भृङ्गी भमराको रुपमा लिएर प्वालबाट भित्र पसी शिवशक्ति बीचको रहस्यमय सम्बाद सुनेर आई आफ्नी पत्नी जयालाई सुनाइदिए । यता शिवजीसँको कुराकानी सकेपछि भोलिपल्ट पार्वतीले मातृगणहरु बोलाई सभा गर्नुभयो र सोहि रहस्यमय कुराको जानकारी दिन लाग्नुभयो । अघिल्लो दिनमा आफूलाई मात्र महादेवले सुनाउनुभएको कुरा भन्दै जाँदा बीचमै भृङ्गीपत्नी जयाले वाक्इ पूरा गरिदिइन् । यस घटनाले पार्वती छक्क परेर सभा विसर्जन गरी महादेव भएका ठाउँमा गई हामी बीचको करा तेस्रो व्यक्ति जयाले कसरी थाहा पाइन् । भनी प्रश्न गर्नुभयो । पार्वतीको यस्तौ कुरा सुनी महादेवले ध्यान दृष्टिले हेर्नुभई सबै वृतान्त थाहा पाएर भृङ्गीलाई बोलाई गोपनीयता भङ्ग गरेकोले रिसाई पृथ्वीमा मानिस भएर बस्नु भनी श्राप दिनुभयो । महादेव वचन सुनी डरले कामेका भृङ्गीले माफी पाउन बिन्ती गरे । तुरुन्तै खुसी हुने स्वभावका भएका महादेवले श्राप मुक्तिको उपाए बताउँदै भन्नुभयो , पृथ्वीमा गई जहाँ करवीरको वन र सिद्धरस कुण्ड छ, त्यहाँ गई त्यो कुण्डको जलले विधिवत् स्नान , तर्पण गरी मेरो आराधना गर्नु सयवर्ष पछि श्रापमुक्त भएर फेरि तिमी यहाँ पहिले जस्तै द्धारपाल भई बस्न पाउनेछौ ।

त्यसपछि तत्काल कैलाश छोडेर यस ठाउँमा आएर षट्कर्म गर्दै वेद अध्इयनमा तत्पर भएर सबै प्राणीमा दया गर्दै कुण्डलिनी नामको तलाउमा स्नान गरी तीन किसिमको भक्तिले निश्चल भएर शिवजीको मन्त्र जप्दै पुर्ण १२ वर्ष भृङ्गीले बिताएपछि वैशाख पूर्णिमाको महारात्रिमा ज्योतिर्मय लिङ्गको रुपमा उत्पन्न हुनुभयो । दर्शन पाएर खुशी भएका भृङ्गीले शिवजीलाई परिक्रमा गरेर पूजा गरी स्तुति गदै. भन्न लागे । हे शान्तस्वरुपा शिवजी तपाईलाई मेरो नमस्कार । सम्पूर्ण प्राणस्का स्वामी भएका ज्योतिस्वरुप महालिङ्ग हजुरलाई बारम्बार नमस्कार ।
भृड्.ग्युवाच
ॐ नमः शिवाय शान्ताय भूतानं पतये नमः ।
ज्योतिरुपायय देवाय महालिङ्गाय वै नम ः ।।

यस प्रकार आश्लोकमा भृङ्गीले महादेवको स्तुति गरेर नउको स्तुति सुनी ज्योतिर्लिङ्गबाट प्रादुर्भाव भएर शिवजीले भन्नुभयो अब तिमी श्रापबाट मुक्त भयौं । पहिले झ भई द्धारपाल भएर बस यस कुण्डमा सिद्धिमय गङ्गाको दर्शन गरेर सिद्धरसले मेरो यो लिङ्गलाई स्नान गराऊ । यो रसले जसले मलाईइ एक पटक मात्रै पनि स्नान गराउँदछ, त्यो आफ्नो देहसहित विमानमा बसेर मेरो लोकमा जान पाउँदछ । जो पुण्ययात्माले मेरो यस लिङ्गलाई भक्तिभावपूर्वक पूजागर्दछ, त्यो पूर्व देहको पापबाट निश्य नै मुक्तहुन्छ । तर कलियुग लागेपछि यी सिद्धमयी गङ्गा गुप्त हुनेछिन् । त्यसबखत यस लिङ्ग स्वरुप मलाइई स्पर्श गर्नाले नै सिद्धि हुनेछन् ।
शिवजीको आज्ञाअनुसार सिद्धिरस फलफूलले भक्तिपुर्वक भृङ्गीले त्यस लिङ्गलाई पूजा गरे । साथै ऋषिमुनिहरु प्नि त्यहाँ आएर लिङ्गस्थानमा माटोद्धारा पीठिीका बनाएर नाना किसिमका फूल र जलले पूजा गरे । त्यल जलको स्पर्शद्धरा वेदी पाषाणस्वरुप भयो र लिङ्गको स्पर्शले ताम्रमुद्रा पनि सुवर्णमयी मुद्रा भयो । आ आफ्नो हातमा भएको तामाको औठी पनि सुनको भएको देखेर मुनिहरुले सिद्धलिङ्ग भनेर निश्चय गरे ।

अर्को कथा
ब्राम्हणको श्रापले सर्प भएका राजा नहुष अजिङ्गरको जीउ लिएर यसै ठाउँमा खसेका थिए । आठ हजार वर्ष पछि ती राजा यस स्थानको स्पर्शले केही ज्ञानी भए । महादेवको प्रसादले हजारै वर्ष बाँच्दछु भन्ने आशा लिएर त्यही बेरिएर बस्न थाले । त्यहाँ अजङ्गको सर्प देखेर खान आएको गरुडलाई देखेर भृङ्गीले गाली गर्दै भने हे मूर्ख गरुड । तैले त्यसलाई मार्न सक्दैनस् किनभने त्यसले महादेवालाई छोएर बसेको छ । महादेवको सबै प्राणीलाइई कसैले पनि मार्नसक्दैन । अझ हजार वर्ष त्यो यहाँ बस्दछ । कथंकदाचित बाहिर आयो भने मात्र तिमीले मार्न सक्दछौं । भृङ्गीको यो बचन सुनी गरुड बाहिर कुरि बसे । हजार वर्ष पुगेपछि भोकले पीडित भएर त्यो सर्प बाहिर निस्कियो । गरुडले देखेर मारिदिए । त्इस सर्पको शरीबाट दिव्य पुरुषरुप निस्किए । तिनलाई गाना, बजाना र नृत्यका साथ स्वागत गर्दै शिव गणले शिव लोक लगे । यो सिद्धिरसमा नुहाउने मानिस सिद्ध हुन्छ र कुन्डलिनीनमको तलाउमा स्नान गरेपछि सर्पको डरबाट मुक्त हुन्छ भन्ने जनविश्वास रहेको छ । बैशाख पूर्णिमाको दिन जो जसले यस लिङ्गको दर्शन गर्दछ त्यो व्यक्ति आजन्म गरेको पापबाट मुक्त हुन्छ भन्ने कुरामा सम्पूर्ण हिन्दूहरुको विश्वास रहेको छ ।

यस भृङ्गेश्वर मन्दिर प्रांगणमा १२ फिट अग्लो ढुंगे त्रिशूल ढुंगाकै बसाहा, चार पाँचवटा ढुंगे अभिलेख देख्न सकिन्छ । यो मन्दिर ने.सं. ५७३ मा राजा विष्णु मल्ले गुम्बज शैलीमा बनाउन लगाएको ईतिहास हामीले पाउँछौ । प्राचीन बस्तीको अवशेष रुपमा तीवटा ढुंगेधारा दुईवटा कुवा, छवटा इनार सुनाकोठीमा रहेको छ । नेपाल मण्डलअर्थात काठमाडौं उपत्यकाभित्र लिच्छवीकालमा भित्रयाइएका वैष्णीदेवी देवता, राम, कृष्ण, विष्णु, र शैव देवता पूजा गर्ने पूजारी एकजना पनि नरहेकोले दक्षिण भारत वा नेपालकै मिथिलाक्षेत्रबाट ल्याउने परम्परा छ । सोही परम्प्राअनुरुप भृङ्गेश्वर महादेवमा पनि मल्लकालमा दक्षिण भारतका भट्ट ब्राम्हण राखिएका छन् ।


PC: imagepasal.com

यस ललितपु हिन्दूसर्किटको पहिलो भागको यात्रा हामी यहि विश्राम लिने छौ । अर्को भागमा हामीले दक्षिण ललितपुरको सिद्धज्योतिर्लिङ्गको यात्रा गराउने हाम्रो प्रयास रहेने छ । धन्यवाद ।

मातृऔंसी एवं मातृ दिवस

ललितपुर हिन्दूसर्किट – भाग २