कात्तिक शुक्ल प्रतिपदाको दिन नेवार समुदायले म्हःपूजा गने प्रचलन रहेको छ । परिवारमा मुलीले परिवारका सबै सदस्यको म्हः अर्थात शरीर पूजा गरी हाँस वा कुखुराको फुल, बारा, सुकेको सिँगो माछा र रक्सी तथा दही चिउरा सगुनका रुपमा दिने गरिन्छ । यो पर्वमा परिवारमा अन्नप्राशान संस्कार सकिएका बालबालिका देखि सबैले आ आफ्नो शरीरको पूजा गर्ने चलन छ । आफैंलाई चोखो बनाइ नयाँ बस्त्र लगाएर मण्डल अगाडि दिप अर्पण सहित पूजा गरेर ब्रम्ह पद प्राप्त गर्ने वैदिक ग्रन्थमा उल्लेख पाइन्छ ।
म्हः पूजा छुटै र बिशेष विधि अपनाएर गर्नुपर्ने मान्यता छ । म्हः पूजाले मानव जीवनलाई एकचित्त भई आउँदा दिनमा निरोगी भएर काम गर्न सकून भन्दै आत्म र शरीरको पूज ागर्न प्रेरित गर्ने विश्वास गरिन्छ । म्हः पूजा गर्दा सबैभन्दा पहिला पुजा गर्ने स्थानलाई पुछेर लिपेर चोखो बनाई परिवारका जति सदस्य छन्, त्यो सँगै थप दुई मण्ड वा मण्डल बनाइन्छ । जसलाई अष्टमण्डल जीवनको प्रतिकको रुपमा बनाइन्छ । मण्डलको बीचमा तेलको घेरा बनाउने, त्यसमाथी अक्षता, भटमास, लावा र कालो मासको घेरा बनाइन्छ । त्यही घेरा बाहिर फलफुल केरा, स्याउ, सुन्तला भोगटे, बिमिरो लगायतका फलफूलले सजाउने गरिन्छ । मण्डपको दायाँ बायाँ चामलको रोटीको दियो र यमराज बनाएर राख्ने गरिन्छ ।
म्हःपूजा पुजा विधिमा प्रयोग हुने सामाग्रीहरुको भावार्थ वस्तुहरको दर्शनज्ञान यस प्रकारका छन् ।
१) मण्डला ः पोताय्( सेतो ढुंगाको धूलोले) मण्डलल लेखन गरी ताय –लावा), आखे
(अक्षता, सिंगो चामल) हाकुमुस्या( कालो भट्मास), तफोस्वाँ(सयपत्रि), पूवा( नयाँ धान), चिकं मण्डलल(तेलको मण्डलल) र चिकं सिन्ह( तेलेको टिका) राखी मण्डल तयार गरिन्छ ।
२) लः मण्डलः –पानीको मण्डल)ले बिना प्राणी िजिवीत रहन नसक्ने तर त्यही पानीको अत्याधिक प्रवाह वा भूमरी (मण्डलल) मा परेमा जीन नष्ट हुन सक्ने ज्ञानको बोध गराउँदछ । तसर्थ मानव जीवनमा पानीको मण्डलले मध्यमा मार्गमा अग्रसर हुने ज्ञान प्रदान गर्दछ ।
३) च्याःहः दुगु पोताय मण्डल ः सर्घशील तर अमूल्य मनुष्य जीवनको भौतिक शरीरमा बसुन्धारादेवी लक्ष्मी पूजाका दिन लक्ष्मी देवीको रुपमा पूजा गरी सेकेपछि मैत्री, करुणा मुदिता र उपेक्षा भाव पैदा गरी परहीतको लाग बनाइउको एक वास्तुकलामा आधारित मन्त्र युक्त यन्त्र नै मण्डल हो ।
४) ताय्( लावा) मण्डलः ताय् मण्डलले हेतु प्रभाव अर्थात धानवबाट उत्पन्न नभएर नरम, कोमल र विलय भएर जान सक्ने अवस्थाको हुने हुँदा मानव मात्राको भौतिक शरीर नाशवान हो र भौतिक शरिर रहँदा नै सहि आचरण साथ अगाडि बढेर निर्वाणको लक्ष तर्फ उन्मूख हुनुपर्दछ भन्ने दर्शन प्रदान गर्दछ ।
५) पुवा मण्डलः नयाँ धान पूनर्जन्मको प्रतिक हो । जसले राम्रो काम गर्छ अर्को जन्ममा हेतु फलले राम्रो सफल सुखी जीवन मिल्छ भनेर देखाउने प्रतिकारात्मक वस्तुको रुपमा पूवा(नयाँ धान राखिन्छ । जसले धर्मको प्रतिकमा पनि लिने गरेको पाइन्छ ।
६) आखे मण्डलः सिंगो अक्षताको दर्शनले मानव जीवनमा शुद्धता तथा पूर्णता प्राप्त भै सर्व प्रकारको जगतको हीत गर्न उत्प्रेरणा दिने दर्शन ज्ञान प्रदान गर्नछ ।
७) चिंक मण्डलः तेलको मण्डलले शुक्ष्मताको ज्ञान प्रदान गर्दै सृढ रहन उत्प्रेरीत गर्दछ । जसको शुन्यता ज्ञानको समेत बोध गराउँदछ ।
८) खेलुईताः यसले अकुशल कर्मले अन्धकार हुने क्षणलाई कुशल धर्म तर्फ लगाउन अन्धकार (अज्ञानता)लाई हताई सधर्म तर्फ उन्मुख गराउने गर्दछ ।
९) ग्वयस्वाँः मखमलि फुल कहिल्यै नसुक्ने हुँदा यस फूलको दर्शन ज्ञानले अमर सन्देश दिई पुण्य फल प्राप्तिको हेतु फल दर्शन ज्ञान दिन्छ ।
१०) तःसि(विमरा) ः पुरुष( रागको प्रतिकारात्मक स्वरुपविमरा राखी रागबाट मुक्त हुने ज्ञान दिन्छ ।
११) ख्वःसिं(ओखर) ः विविध रोगबाट मुक्त हुने ओखरलाई हावा, हुरी , पानीले नष्ट गर्न नसक्ने हुँदा कठोर पर्दाको रुपमा बज्रसरि स्थिर हुने दर्शन ज्ञान दिन्छ ।
१२ स्यांगुलि(कटुस) ः स्यागुंलिले जस्तो सुकै कठीन र दुःखको अवस्थामा पनि धैर्यताका साथ आफ्नो जीवनलाई सबैको अगाडि हाँसि खुसि अगाडि बढ्ने प्रेरणा प्रदान गर्दछ ।
१३) तुफि हासा( कुचो ( नांग्लो) ः कुचोको पुजाले सम्पूर्ण पापलाई पुण्यले बढारेर नांग्लोमा सबै नराम्रो केलाएर फ्याक्न तुफि( हासाको पूजा गर्ने गरिन्छ । जुन मानव मात्रको दैनिक जीवनमा अत्याबश्यक सामाग्रीको रुपमा समेत रहेको छ ।
१४) पुष्प मण्लल ः पुष्प मण्डलले जसले ऋतु(समय) अनुसार अग्रसर हुने प्रेरण प्रदान गर्दछ । फूलको चीवन चक्र ऋतु अनुसार फूल्दै ओइलिने गर्दछ । तसर्थ पुष्प मण्डलले फूलको चीनव चक्र झै मानव शरीर पनि अनित्य हो भनेर बोध गारउने दर्शन ज्ञान दिन्छ ।
विभिन्न कारण वश यो समयमा घर परिवार बाट टाढा रहेको अवस्था पनि उसको नाममा मण्डल बनाएर पूजा गर्ने चलन परापूर्वकाल देखि नै चलिआएको छ। नेवार समुदायमा भाइटिकाको मण्डल टुटाउन नहुने धार्मिक विश्वास रहेको छ ।त्यसैले यस दिन दिदि बहिनीहरुले आफ्नो दाजु भाई घरमा नभएको भए पनि मण्डल बनाएर उहााँहरुको दीर्घायुको कामना गर्दै पूजा गर्ने प्रचलन रहेको छ । यसरी पूजा गर्दा ब्यक्ति स्वयम उपस्थित नभए पनि उसको नामको मण्डलामा पूजा गर्दा पूजाको फल उक्त ब्यक्तिलाई लाग्ने जनविश्वास पनि रहेको छ । मण्डल शब्द मण्ड र ल मिलेर बनेको छ । मण्डको अर्थ सुख अनुभूति गराउने सार हो भने ल को अर्थ शरीर हो । मानिसको अन्तिम लक्ष्य सुख प्राप्ति गर्नु नै हो । र त्यो सुख शरीरले अनुभूति गर्न सक्छ त्यसकारण मण्डल शब्दको अर्थ भनेको सुख प्राप्त गर्नु नै हो । म्हः पूजा, भाइटिकामा मात्रै नभई जन्मदिन लगायत विभिन्न सयमामा गुरुजु राजोपाध्यायले पूजाअजामा मण्डल बनाउने प्रचलन रहेको छ । यसरी जसको नाममा म्हः पूजा वा भाईटिका गर्ने होे त्यसैको नाममा मण्डल लेखिन्छ । हुन त उपत्यकाभित्र बनाइने मण्डलहरु भने एकै खालको छैन । ठाउँ अनुसार केहि फरक भने पाइन्छ । नेवा तजिलजि विशेषज्ञ राजेन्द्रमान बज्रचार्यका अनुसार मण्डला गोलो हुन्छ, बाौद्धले बनाउने विशेष गरी त्रिकोणात्मक, अष्टकदल लगायत आठ भाग छुटिएको हुन्छ । त्यस्ता मण्डला बनाउँदा हिन्दुहरुले छ देखि सात नौ र १२ घेरासम्म राख्ने गरेको देखिन्छ ।
म्ह पूजा र किजापूजा गर्दा बनाउने मण्डलाहरु हिन्दु धर्ममा सबैको एउटै हुँदैन । शैव धर्म मान्ने, तान्त्रिक पद्दती मान्नेहरुले बनाउने, बौद्ध धर्म मान्नेले बनाउने मण्डला फरक फरक देख्न सकिन्छ ।
बस्तुशास्त्रमा मण्डल हर्ने हो भने हरेक मन्दिर एउटा मण्डल हो । किनकि यो पनि एक निश्चित बास्तुशास्त्रमा बनेको छ । उपत्यकालगायतका नेपाल मण्डल भनेर चिनिएका ठाउँ ठाउँहरु म्ण्डलबाट बनेको छ । जस्तै काठमाडौं खड्गकार मण्डलामा, भक्तपुर श्रीयन्त्राकार मण्डलामा, पाटन चक्राकार मण्डलमा नगर बसेका इतिहास पाइन्छ ।
इतिहासका पाना पल्टाउने हो भने सम्पूर्ण नेपाल मण्डल नै ६४ वटा शिवलि)ग चारैतिर बसेर नेपाल मण्डल पनि मण्डल शैलीमा बनेको छ । जस्तै पुर्वमा कोसीदेखि पश्चिममा गण्डकीसम्म, उत्तरमा तिब्बतको सिमानादेखि दक्षिणमा बेतियासम्म चारैतिर घेरेर नेपाल मण्डल बनेको छ ।