बिश्वको भौगोलिक अवस्थामा नेपाल सानो भएता पनि सामाजिक तथा साँस्कृतिक विविधताले भरिपूर्ण रहेको छ । यहाँ रहेका जनजाति र आदिवासी र विविध धर्मावलम्बी समुदायद्धारा मनाइने रीतिरिवाज, संस्कार र चाडपर्वहरुले गर्दा नेपालको पहिचान विश्वमाझ बहुभाषी र बहुसंस्कृतिबाट विशिष्ट स्वरुपको छ । विविध धर्म संस्कृति र जात्राहरुको बाहुल्य रहेको नेपाली समाजमा प्रत्येक दिनजसो राष्ट्रिय तथा स्थानीय रुपमा केही न केही चाडपर्व, उत्सव, महोत्सव, जात्रा भोजभतेर र गुठीपूजा भई नै रहेका हुन्छन् । रहस्यपूर्ण जीवित कला संस्कृतिको धरोहरको रुपमा रहेको विविधतालाई देख्दा विदेशी संस्कृतिप्रेमीहरु नेपाललाई मन्दिरै मन्दिर, कलै कला, चाडपर्व, साँस्कृति नाचगानको देश भनेर पुकार्ने गरेको पाइन्छ ।
साँस्कृतिक सम्पदा तथा हरेक जातजातिको जीवनशैली , भेषभूषा, संस्कार चाडपर्व भनेको कुनै पनि राष्ट्रको पहिचान र गौरवको विषय हो ।
नेपालको धरोहरको रुपमा रहेको प्राकृतिक र साँस्कृतिक सम्पदालाई मूर्त र अमूर्त रुपमा दुई भागमा विभाजन गरेको छ । मूर्त सम्पदा भनेको छुन र अनुभूती गर्न सकिने ठोस प्रकारका ऐतिहासिक विशाल हिमाल, मठ मन्दिर, चैत्य, गुम्बा, तालतलैया, आदि पर्दछन् । अमूर्त सम्पदामा रीतिरिवाज, चालचलन, नाचगान, धार्मिक चाडपर्व संस्कार र आस्था आदि छुन नसकिने तर भावनात्मक अनुभव गर्न सकिने वस्तुहरु पर्दछन् । नेपाल यी दुवै सम्पदाले सम्पन्न छ ।
नेपालीको रहनसहन जीवनशैली खानपिन र संस्कृतिका आधारमा मनाइने चाडपर्व मध्ये नेपाली महिलाहरुको महत्वपूर्ण चाड हरितालिका तीज र गौरा पर्व पनि हो । जुनसुकै धर्मावलम्बी भएप पनि आ आफ्नो परम्परा र रीतिरिवाज अनुसार व्रत बस्ने गरिन्छ । संसारभर नै स्त्री पुरुष दुवैले आ आफ्नो कुल धर्म रीतिस्थिति अनुसार व्रत पर्वलाई मनाइरहेका छन् । हजारौं हजार वर्ष देखि नै आफ्नो आस्था विश्वास र श्रद्धा राख्नु र नर नारीहरुले समान रुपमा समसामयिक व्रत पर्वहरुको परिचालन गर्दै धार्मिक सामाजिक र साँस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको पाइन्छ । सत्य युगमा पिता हिमालय तथा माता मेनकाको कोखबाट पार्वतीको जन्म भएको थियो । जन्मेर आफ्नो होस समालेदेखि नै पार्वतीले भगवान शिवलाई आफ्नो पति पाऊँ भनेर कामना गर्थिन् । एक दिन जंगलमा बालुवाको शिवलिङ्ग बनाएर ब्रत बस्ने तयारी गरे । तर जति प्रयास गरे पनि बालुवाको शिवलिङ्ग फुट्ने मात्र भयो । धरै प्रयासगरेर पनि नसके पछि अन्तत भगवान विष्णुको सहायताले बालुवाको शिवलिङ्ग बनाउन सफल भई निर्जल र निराहार व्रत गरकोे फलस्वरुप भगवान शिवलाई पतिको रुपमा पाउन सफल भएको उल्लेख छ । सोहि अनुसार तीजको धार्मिक महत्व रहेको छ । यसै मान्यताअनुरुप अविवाहित महिलाले सुयोग्य वर पाउन र विवाहित महिलाहरुले सौभाग्य र संमृद्धिका लागि वर्षको एक पटक भाद्र शुक्ल पक्ष तृतीयाका दिन तीजको व्रत बस्छन् ।
नेपालमा मात्र होइन संसारभरि छरिएर रहेका हिन्दू महिलाहरुले तिज मनाउँदै आएको पाइन्छ । भौतिक रुपमा यो पर्व रातो पहिण चुरापोते निधारमा रातो टीका र गरगहनाले सिंगारिएर प्रफुल्ल मनका साथ मनाएको पाइन्छ । भाद्र द्धितीयाको दिन दर खाने दिन देखि ऋषि पञ्चमीसम्म सम्पूर्ण समाज नै गुञ्जायमान हुन्छ । हिन्दू धर्मालम्बी महिलाहरु भगवान शिवलाई भक्ति भाव देखाउने साथै पतिभक्तिको कामना गर्दै समाजमा महिलप्रति हुने भेदभाव बुहार्टका कथाबेथासम्बन्धी गीत गाउने नाचगान गर्ने गरिन्छ । हरितालिका तिज पर्व हाम्रो नेपालमा मात्र होइन, भारतको उत्तर प्रदेश, विहार मध्यप्रदेश राजस्थान आदि ठाउँमा पनि मनाइरहेको पाइन्छ ।
गौरा पर्व
भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म ३ दिन मनाउने गौरा तीज दुवै शिव पार्वती सँगको सम्बन्धमा आधारित पर्व हो । तीज लगत्तै भाद्र कृष्ण पञ्चमीदेखि शुरु भएको गौरा पर्व अष्टमीको दिनसुदूरपश्चिमेली महिलाहरु फाग(प्रार्थना) गाउँदै मनाईन्छ । सुदूरपश्चिमाञ्चलको महाकाली अञ्चलको डडेल्धुरा, बैतडी, दार्चुला, सेती अञ्चलको बझाड., बाजुरा, अछाम, डोटी, कर्णालीको हुम्ला, जुम्ला, मुगु र कालीकोट देखि कुमाउ गढवाला, कन्याकुमारी सम्मका खसहरुले छुट्टै ढङ्गले मनाउँदै आएको पाइन्छ । तिज पर्वमा भारतको करवा चौथीसँग नजिकको सम्बन्ध राख्छ भने गौरा पर्व देशको प्रत्यक्ष प्रभावमा यहाँको हावापानी माटो सुहाउँदो विशुद्ध मातृसतात्मक पर्व हो । गौराको लागि पाँचवटा वनस्पति जस्तै कुश, काँस, सा(धानकोकाँचो बाला), तितैपाती र अपमार्ग(जडिबुटी) को गौरा(पार्वती) देवीको मुर्ति बनाई देवीलाई विरुडा(केराउ, गहुँ, मकै, गहत र गुराँसको बीउ) भिजाएर तुसाएको गेडागुडीको क्वाँटी बनाई चढाउने परम्परा रहेको छ । गौरा पर्वको दिन परम्परागत हुडका, छलिया, ढाल नाच, पर्छौ नाच, हुडका, देउडा र माड्.गल नाच नाच्ने परम्परा रहेको छ ।
तीज पर्वको सकारात्मक र नकारात्मक दुवै पक्षहरु छन् । नकारात्मक भन्दा सकारात्मक पक्षले नै प्रश्रय पाएको कारण यस पर्वलाई साँस्कृतिक पर्वको रुपमा मनाउँदै आइरहेको छ । तीज पर्वलाई परम्परा धान्ने र श्रीमानको दीर्घायु हुने विश्वासको आधारमा मात्र सीमित नराखेर यस पर्वमा गाइने गीतले सन्देश दिई समाजमा महिलाविरुद्ध हुने हत्या, हिंसा र दमन साथै बाल बिवहा विरुद्धको आवाज प्रस्तुत गरी यस्ता कार्यको अन्त्य गर्न जनचेतना फैलाउन सक्नुपर्दछ । यसका अलवा तीज पर्वलाइई महिलाहरुको मनोरञ्जनात्मक र स्वतन्त्रताको दिनको रुपमा मात्र नलिई समाजमा विस्तारै जरो गाड्दै गएको विकृतिहरुलाई हटाउनुपर्छ । महिनौदेखि दरको नाममा गरिने भोजभतेर र उत्सवको रुपमा बाँडिने सौभाग्यको सामानले समाजमा बसोवास गरिरहेका निर्धन र आयआर्जन कम भएका परिवारलायई पर्न गएको आर्थिक भारलाई कम गर्न सक्नुपर्दछ । पुरुषले अधिकार दिएन भनेर अवाज उठाउने बुलन्द हात तथा आवाजहरुलाई महँगा लुगा र गरगहनाले पछि पारिरहेको छ जसको कारणले महिलाको चेतनशलि व्यक्तित्व ओझेलमा पारेको छ । त्यसैले हामीले प्रयोग गरिरहको भड्कीलो पहिरन र फजुल खर्चलाई कटौति गरेर शिक्षा र स्वास्थ्यमा लगाई महिलाको चेतना समुन्नत नेपालको सम्बृद्धिको लागि महिलाहरुले अग्रणी भूमिका खेल्नसकौं । समयकाल परिस्थितिलार्य विचार गरि सद्भावपूर्ण तरिकाले ऐक्यवद्धता एवम् समावेशीको अवधारणा अनुरुप उत्साह उमङ्ग र हर्षका साथ जातीय भेदभाव तथा छुवाछुत उत्पीडनको उन्मूलन गर्दै सबै मिलेर आपसी सामाजिक सद्भावका साथ मनाउने परम्परा बसाल्दै लगी भाषा संसकृतिको एकता संरक्षण एवम् राष्ट्रिय अखण्डताको लागि एकता कायम राख्न बल पु¥याउनु पर्छ । त्यसै गरी नेपाली पहिचानलाई चिनाउने चाडपर्व धर्मसंस्कृति र उत्सवहरुले नेपालीलाई मात्र होइन, विदेशी पर्यटकलाई पनि त्यतिकै उत्साहित र आकर्षित गराउने भएकोले नेपाल आउने पर्यटकहरुको संख्यामा अभिवृद्धि गर्न मद्दत प¥ुयाउनेछ र पर्यटकको नेपाल बसाई अवधि लम्ब्याउन समेत मद्दत पुग्न जाने र विदेशी मुद्रा आर्जन गर्नमा समेत टेवा पुग्न जाने छ ।
pc: ImagePasal.com