dr-bishwa-dawadi

नेपाली समाजमा विस्तारै हाईकिड. र ट्रेकिड. जस्ता छोटो र लामो दुरीको पदायात्रामा नेपाली युवालहरुको आकर्षण बढ्दो छ । काठमाडौं उपत्यका भित्रका छोटो दुरीको पदयात्रा जति आकाषर्ण बढ्दो छ त्यस्तै धेरै लामो दुरीको हिमाली भेगतिरको पदयात्रामा युवाहरु विस्तारै आकार्षण हुँदै जादा पदायात्राको तयारी भने त्यति भएको देखिदैन । अझ हिमाली क्षेत्रको पदयात्राको क्रममा आउने समस्याहरुको बारेमा जानरी नलिकन वा बिना तयारी जादाँ धेरै नेपाली युवाहरको मृत्युसम्म भएको तथ्यांक पाइन्छ । हिमाली भेगको पदयात्रा गर्दा कतिपय लाई लेक लाग्नु भनेको के हो भन्ने कुरा नबुझ्दा अझ धेरै समस्या आएको दखिन्छ । नेपाली समाजमा लेक लाग्यो । मान्छेलाई गाह्रो भयो वा लेक लागेकै कारण मृत्यु भएको कुराहरु सुनिन्छ । लेक लाग्नु अर्थात अंग्रेजिमा अल्टीट्युड सिक्नेस । यसलाई एकयूट माउन्टेन सिकनेस, हाइपोबेरोेपेथी, अकोस्टा डिजिज पनि भनिन्छ ।

लेक लाग्नुको कारण अक्सिजनको मात्रा नपुगेरै हो । हामी जति जनि उचाईमा गयो त्यति बोटबिरुवा कम पाइन्छ । बोट बिरुवा जति कम हुँदै जान्छन्, त्यति अक्सिजनको मात्रा कम हुन्छ । त्यसैले उचाईमा जाँदा शरिरलाई अक्सिजनको मात्रा पुग्दैन । अनि स्वासप्रश्वास बढ्नु टाउको दुख्नु, निंद्रा लाग्नु, शरिर कमजोर हुनु, होस गुमेजस्तो हुनु, हिड्दा रक्सि खाएर लागेको मान्छेको जास्तो चाल हुनु आदि लेक लाग्नुका लक्षण हुन् । राती निंद्रामै स्वासप्रश्वासमा समस्या भएर ब्यूझिनु पनि लेक लाग्नुको लक्षण हाहे । लेक लागेपछि ज्यानै जाने खतरा बढ्छ शरिरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै शरीको सबै अंगमा यसले असर गर्छ र बिरामीको केही घण्टामै मृत्युसम्म हुने गर्छ ।

क्रिश्चियनहरुको महान पर्व क्रिसमस

चथाः अर्थात गणेश चतुर्थीको पौराणिक कथा