काठमाडौ उपत्यका सँगै जोडिएको रमनिय उपत्यकाहरु मध्ये एक चितलाङ पनि हो । थानकोट गोदामबाट करिब १८ कि.मी ७९५० फिट अग्लो चन्द्रागिरी डाँडापार गरे पछि चितलाङ पुग्न सकिन्छ ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो रु
कुन सामग्री पुजा गर्ने
साथ कसोरी लाने हो रु
मानिसहरूका काँध चढी
कुन देवपुरीमा जाने हो रु
यो कबिताको श्रृजना लक्ष्मि प्रसाद देवकोटाले चितलाङको एउटा ढुङ्गेधारामा पानी खाएर सँगैको चौतारीमा विश्राम गरिरहेका बेला भारतबाट एकजना ब्यक्ति तिनचारजनाले बोक्न लगाई पशुपतिको दर्शन गर्न चितलाको बाटो हुदै काठमाडौँ उपत्यका आइरहेको देखेर यो कबिताको श्रृजना भएको हो ।
वि.सं. २०२२ सालमा त्रिभुवन राजमार्ग बन्नुअघि काठमाडौ उपत्यकाबाट तराई छिर्ने छोटोमध्ये एक हो । काठमाडौँ भीमफेदी आवतजावत गर्दा बीच बाटोमा अशोककालीन चैत्य रहेको हुदाँ नेपालभाषामा चत्यै भएको बाटो भन्दाभन्दै चैत्यलाङ बाट चितलाङ हुन गएको स्थानीय मिना श्रेष्ठले बताउनु भयो ।चितलाङ नाम मूलरुपमा चिलंचो चैत्यको कारण रहनगएको हो । जुन वडा नं. ३ हात्तीसार लाय्कू मूल वलामी वस्तीमा अवस्थीत छ । जहाँ पाटनबाट चितलाङ पुगेका कोछेमी, थछेँमी र हिछेँमी थरका तीन र खलक बलामी बस्दछन्। थछेँमीलाई काजी भनी राजकाजसम्बन्धी कार्य गर्ने, कोछेँमीलाई नाचगान र बाजा बजाउने गुरुकारुपमा र हिछेँमीलाई न्यायाधीसको नेतृत्व दिएको सूर्यमान बलामी बताउँछन् ।
चितलाङ चैत्यलाई मूल मानी उल्लेखीत बलामीको नेतृत्वमा यस क्षेत्रको जुनसुकै जात्रा, पर्वहरु सम्पन्न गर्ने परम्परा छ । चिलंचो चैत्यलाई परिक्रमा गरी मनाइने यहाँका जात्रा पर्वमा कार्तिक नाच, वाथप्याखँ, मङसीर पूर्णिमाका दिन महालक्ष्मी खटयात्रा, र बैशाख बुद्ध जयन्ती रहेका छन् । अशोककालीन चैत्यनेर रहेको तर हाल राष्ट्रिय संग्रहालयमा अवस्थित शिलापत्रमा नेपालभ्य लेखिएकाले नेपाल(नेवाल) जातिलाई नमस्कार भनि लिच्छवीकालमा नै नेपालमण्डलवासी प्रति भक्ति दर्शाएको प्रा. कमलप्रकाश मल्ले उल्लेख गर्नु भएको छ ।लिच्छवी तथा मल्लकालसम्म पनि चितलाङ वरिपरि काठमाडौ शहरमा पाइने प्रायः सबै ठाउँको नाम अङकित गरिउको सरस्वत, नारायण हिटी, भिमसेनस्थान आदि टोलका नाउँ छने ।
चितलाङवासीका लागि सर्वाधिकार पूज्य तान्त्रिक देवता चितलाङ भैरव स्थान हो ।प्रकृतिक सादा ढुङगा पूजिने भैरवलाई मसान भैरव पनि भनिन्छ ।जहाँ प्रत्येक वर्ष दशै, पूर्णिमा, गाइजात्रा र कार्तिक पूर्णिमा लगायतका पर्वमा विशेष मेला लाग्दछ । चितलाङबासीको लास जलाउने मसान समेत रहेका चितला भैरव तान्त्रिक परम्परा अनुसार राँगा, हाँस, कुखुरा, बोका बलि दिएर पूजा गर्ने परम्परा रहेको छ । नेपाल भाषामा चिलं पनि भनिने चितलाङको वडा नं. १ मा तामाङ, वडा नं. २ मा क्षेत्री, ब्राम्हण र वडा नं. ३ को मुख्य बजारमा वलामी नेवारको बस्ती छ भने वडा नं. ४,५,६,७ मा वलामी, श्रेष्ठ, कुस्ले, पोडे, खड्की, डमाई, गोपाली लगायत मिश्रीत जातजाति रहेका छ भने वडा नं. ८ र ९ मा गमाल, क्षेत्री ब्राम्हणको बसोबास रहेको छ ।२०५८ सालको जनगणानअनुसार ११३६ घरभित्र ६४४२ जनसंख्या रहेको छ । चितलाङमा मात्र पाइने गमाल नेवार गोपाली यहाँका आदिवासी हुन् ।
पाटनका राजाका वंशजलाई मल्लाकालमा झुक्याएर जाँड रक्सी र राँगाको मासु खुवाई देश छाडेर चितलाङ पसेका अंशुवर्मा र भृकुटीका वंशज बलामीका साँस्कृतिक नेतृत्व अझै कायम छ । चितलाङ अन्य नेवारी बस्ती जस्तो धार्मिक तथा साँस्कृतिक रुपले पनि सम्पन्न छ । यहाँ चितलाङ चैत्य र तलेजु, भिन्द्यो( असलदेवता भिमसेन), सातधारा सरस्वती, नारायणहिटी र भैरब मन्दिर गरी अनेक धार्मिक तथा साँस्कृतिक सम्पदा छन् । सिलु गोसाइँकुण्ड जाँदा लौरो चढाइने मन्दिर लौरी विनायक भनिएझै तराईका मधेसियाले यस ठाउँलाई लौरी नेपाल भन्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । सर्वप्रथम नेपाल भित्र्याइएको सवारीसाधन समेत चितलाङकै बाटोबाट बोकाएर ल्याइएको हो ।तराई बाट हात्ती, घोडा र चापाया ल्याउँदा यहाँ बास बस्ने परम्परा थियो । यही लौरी नेपाल अर्थात् मोटर बोकेर उपत्यकका पुर्याइएको बाटो फराकिलो बनाई थानकोट, चितलाङ हेटौडाँ मार्ग बनाउन २०१७ सालदेखि पहल भएको थियो । त्यो समयताका बाटोको विस्तार सँगै चितलाङको उज्यालो भविष्यको सपना देखेका त्रिभुवन राजपथ बन्न थाले । स्थानीयले अझ सम्मनि बुझन सकेको छैन कि, यस्तो गरीयो ।
पर्यटकीय दृष्टिकोणले समते राम्रो मानी केही समय अघि गाउँ पर्यटन प्रवद्र्धन मञ्चले यस ठाउँमा दुई दिन एक रातको फाम ट्रिपको आयोजना समेत गरिएको थियो । हाल यहाँ बाह्य भन्दा आन्तरिक पर्यटकहरुको ओइरो लागेको छ। बाख्राको चिज लगायत भुइस्याउ पनि उतिकै प्रख्यात हुदै गएको । चितलाङ जानको लागि हाईकिङ गर्न रुचाउनेहरुको लागि थानकोटबाट ३ घण्टा लाग्ने गर्दछ ।त्यै गाडी बाट जानको लागि करिब एक घण्टामा पुग्न सकिन्छ ।
photo: www.imagepasal.com
pc: ImagePasal.com