विश्वको प्राचीन जात्रा हरसिद्धि जात्रा

हरेक वर्ष फागुन पूर्णिमाको दिन राजधानीको बसन्तपुरमा रंगीचंगी कपडाको छत्रझल्लर सहितको चिर गाडिएपछि होली पर्व शुरु हुन्छ । होली पर्व हागुन शुक्ल अष्टमी देखि पूर्णिमासम्म आठदिनसम्म मनाइन्छ । सम्पूर्ण नेपालीहरु होली मनाइरहको समयमा लिलितपुर जिल्लाको हरसिद्धि गाविसमा भने जात्राको तामझाम भइरहेको हुन्छ ।

गोादवरी जाने मुख्यसडक पछ्याउँदै जाँदा हामी पीपलको चौतारो तथा पोखरी भएको ठाउँमा पुग्दछौँ । त्यसपछि गुम्बदार ढोका हँुदै हामी गाउँ प्रवेश गर्दछौँ । यहाँ पाटी तथा चारतले हरसिद्धि देविको मन्दिर रहेको छ । यहाँ नारायणको मन्दिर, पाटी इनार पनि थप विशेषता हुन् । मुख्य सडक हुदै हामी दोस्रो चोकमा पुग्दछौ र यो चोक भवानी मन्दिरको पूर्व फर्केको छ। यहाँ दुई ठूला पाटी तथा प्रस्तर मूर्तिहरु सहितको पोखरी पनि रहेको छ । मुख्य सडकतिरै फर्कि माथिकै दिशातिर लाग्दा हामी तेस्रो चोकमा प्रवेश गर्दछौ । यहाँ गणेशको सानो मन्दिर( पाटीमा बनेको), अर्को पाटी तथा नारायणको मन्दिर पनि देख्दछौँ ।

Harsiddhi Jatra

सडक त्यसपश्चात साँगुरिन्छ र हल्का रुपमा मोडिएपछि उत्सवहरुमा नाचगानको लागि  प्रयोग हुने ठाउँ पुग्दछौ । गाउँको अन्तिम भागतिर उमाहा महेश्वरको सानो मन्दिर तथा लक्ष्मी नारायणको सानो मन्दिरले घेरेको छ । नेपालको चार सुप्रसिद्धि योगिनीहरुमध्ये एक हरसिद्धि मानिन्छ । यी देवीसित सम्बद्ध पूजा पद्धति नामक हस्तलिखित ग्रन्थमा यिनलाई योगिनीको रुपमा वर्णन गरिएको छ ।

नेपालमा यद्यपी हरसिद्धि देविसित सम्बद्ध स्थलहरु अनेकौ छन् । तथापी यी देवीका मन्दिरहरु ललितपुर र धुलिखेलमा दुईओटा प्रसिद्ध छन् । लोकोक्ति अनुसार धुलिखेलका हरसिद्धि ललितपुरबाटै लगेर त्याहाँ स्थापना गरिएका थिए । नगरप्रवेश गर्न छालाको जुत्ता, पेटी र झोला लान नपाइने हरसिद्धि भारत उज्जैनका राजा विक्रम सेनका समेत कुलदेवता मानिन्छ ।

Harsiddhi Jatra

उनै उज्जैनका राजाको शासन कालमा देवीलाई काठमाडौँ उपत्यकामा ल्याइएको थियो । सर्व प्रथम देविलाई काठमाडौको बानेश्वरमा मन्दिर बनेको र पछि हरसिद्धितिर हालको बस्ति रहेको यस ठाउँमा सारिएको बताइन्छ । हरसिद्धि ने.सं. ५७९ मा राजा अमर मल्लले ब्यवस्थित ढंगमा निर्माण गराएको बताइन्छ । तान्त्रिक पद्धतिअनुसार देविहरुको शक्ति ल्याएर जलदेश( हालको हसिद्धि) मा राखे। अनि तिनै शक्तिलाई देविका रुपमा उतारेर यस नृत्यको प्रचलन

चलाए । यस विश्वास अनुसार ब्रम्हाको शक्तिबाट ब्रम्हायणी, विष्णुको शक्तिबाट वैष्णवी र रुद्रको शक्तिबाट रुद्रायणी शक्ति तयार गरी यिनै त्रिशक्ति देविको आराधना गर्न यो नृत्य प्रचलनमा ल्याइएको हो यि त्रिशक्तिदेविका अतिरिक्त काठमाडौ उपत्यकामा रहेका अन्य शक्तिपिठहरुबाट प्रतिनिधि शक्तिहरु छनोट गरी एउटा गण नृत्यको विकाश गरियो । त्यहि गण्ृा नृत्य नै हरसिद्धि नृत्य भएको स्थानीय धनगोविन्द महर्जनले बताउनु भयो ।

Harsiddhi Jatra

एक दिन मनाउने यस जात्रामा पहिलो चरण विहानको समयमा नातेश्वर महादेवको स्थानमा हरिसिद्धि देवीको स्मरण गरी भक्तिपुर्वक बाध्य वादन (द्योग ल्हायगु) गरी हरसिद्धि मन्दिर अगाडि पुग्छन् । एकैछिनको मन्दिर अगादि पालैसित नाचेर मन्दिर माथि जान्छन् । त्यसपछि अदृश्य नाच सुरु हुन्छ । यस नाचमा बाजाहरु भुस्या, प्वङ्गा, डमोखि, ताँः बजाउ छन् । यसरी विविध तालमा बजा बजाउन सुरु हुन्छ यस समयमा अगाडिको डबलीमा कोहि पनि जान हुदैन किनकि यस समयमा स्वयम हरसिद्धि देवि नाच्ने जनविश्वास गरिन्छ । यस पश्चात तमनारिश्व महादेवको नाच सुरु हुन्छ ।

। यस समयमा निसन्ताले आफ्नो सन्तान प्राप्तिको लागि ब्रत बसि पूजा गर्न सन्तान प्राप्त हुने जनविश्वास अनुरुप यस समयमा पूजा गर्न विभिन्न ठाउँबाट ब्रतालुहरु आउने गर्छन् ।

यसै चरणमा राधाकृष्ण, ब्रम्हाजू(स्वस्थानी) अनुसार नवराज गंगा स्ना, तर्पण गरेको अवस्था, गजानन्द हरिहर महादेवको रुपमा आएर नवराजलाई अभिषेक दिएको, मञ्जुश्रीले फूचोमाजु, धिनाचो माजुको शक्ति प्राप्त गरेर काठमाडौ उपत्यकोको पानी बाहिर पठाएको दृष्य पनि यसै चरणमा हुन्छ भने अग्नि देव र महादेवको नाच सुरु हुन्छ । यस नाचमा अग्निदेवताको रुपमा भष्मासुरुलाई देखाइन्छ । महादेवले भष्मासुरलाई जस्लाई जे छोए नि भष्महुने बरदान दिएपछि महादेवलाई लखेटेको नृत्य हुन्छ । यसपछि विक्रामादित्यको नाच सुरु हुन्छ जसमा विक्रमादित्यले उज्जैन नगरको पराश्त गरेर चक्रवति राजा बनेको झलक दिइन्छ । चार दिशाको राजा र विक्रमादित्य राजा विचके युद्ध भाव झलक प्रस्तुत पछि खानाको लागि विश्राम हुन्छ । विश्राम पश्चात मध्यान्हके नाच सुसरु हुन्छ ।

मध्यान्हको समयमा डुन्डुबी राक्षसको रामचन्द्रले संघार गर्न नसकेपछि हरसिद्धि माईको पुकार र सहयोगले राक्षसको संघार गरेको दृष्य भावको साथै हनुमानले राम र सुग्रीवको मित्रता कायम गरेको नृत्य गरीन्छ ।यो समयमा हनुमान, राम र सुग्रीवले एउटै तालमा फरक फरक नृत्य प्रस्तुत गर्छन् । यस पश्चात करिब दुई घण्टाको विश्राम हुन्छ । दुर्र्ई घण्टाको विश्राम पछि रावणको संघारको नृत्य सुरु हुन्छ । यस नृत्यमा रावणको श्रीमति ताराले युद्धमा नजान र नर्गन गरेको विलापलाइ नकार्दै युद्धमा गएको दृष्य, रामचन्द्रले जति बाण प्रहार गरेतापनि रावणको संघार गर्न नसकेपछि सुग्रीवले हरिसिद्धि भवानीको मूल शक्ति महाकालीको खड्ग शक्ति प्राप्त गरेर रावणको संघार गर्न सफल भएको दृष्य भाव हेर्न पाउछ । यस नृत्य सकेपछि भागकल बलि आवहान गरिन्छ । यसरी रावणको संघार भएको खुशीयालीमा पशुबलि चढाउने र हरसिद्धि भवानिलाई चढाइन्छ । यस पछि बेताल भैरवको नाच सुरु हुन्छम यस नाचमा युद्धमा भएको लासहरुको साथै रगतहरुलाई पृथ्वीमा डबाएर पृथ्वीलाई शान्त पारेको अवस्थाको  दृष्यभाव देखाइन्छ। अन्तिममा सुग्रीवलाई राज्य हस्ताणतरण  गरेर जात्रा सकाइन्छ । नेपालको पशुपति, मच्छिन्द्रनाथलाई जस्तै हरसिद्धिलाई पनि ठूलो मान्यता दिएर जग्गा गुठी ब्यवस्था गरेको छ ।

Harsiddhi Jatra

राजा योग नरेन्द्र मल्लको पाल देखि योगेन्द्र मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, सिद्धिनरसिंह मल्ल, महेन्द्र मल्ल, रत्न मल्ल, वरदेव मल्ल लिच्वी राजा नरेन्द्र देव लगायतका राजाहरु हरसिद्धि देविको भक्तका रुपमा चिनिएका थिए । बार्षिक रुपमा नाच पनि नचाइने चलन भएको मा ने.सं. ५७९ मा राजा अमर मल्ले उपत्यकाभित्र नचाउने गरी १२ वर्षे प्रचलन चलाएपछि बीचमा खण्डित हुन गएको हरिसिद्धि नाच कायम हुन गएको देखिन्छ ।उनले नै बहुतले मन्दिर बनाउन लगाए । पछि फेरि नाचको प्रचलन हराये र अन्तमा राजा प्रताप मल्लले सन् १६५३ मा यसलाई स्थायी बनाए । १२ वर्षको जात्रामा यो नाच उपत्यकाका विभिन्न ठाउँहरु ल्लितपुरमा २५ ठाउँमा, पूर्वी दोलखा, धुलीखेल, पनौति, साँगा, भक्तपुर, पशुपति देवपाटन, काठमाडौ हनुमानढोका दरबार चोक, फर्पिङ पश्चिम किर्तिपुर, पाँगा, दक्षिणमा ठेचो, खोकना, ठैब लगायतका ठाउँहरुमा हरसिद्धि नाच देखाउने चलन थियो । यस जात्रा र नृत्यको लागि पहिले सरकारको तर्फबाट सहयोगहरु हुने गरेता पनि हाल सरकारको सहयोग बन्द भएपछि नाच बाहिर लगेर गर्न बन्द भएको छ । भाषा वंशावली, देवमाला वंशावली, गोपाल वंशावली, हरसिद्धि पुराण तथा वंशावलीमा उल्लेख अनुसार संसारको सबैभन्दा राम्रो भाव नृत्य भएको उल्लेख छ । हरसिद्धि देवी देशको रक्षार्थ, जलवृष्टि गरी सहकाल भित्र्याउने तथा समाजको कल्यान गर्ने दत्यहरुको अन्त्य गर्ने देवताको रुपमा पुजीन्छ र पुकार गरीन्छ । ने.संं. ७७३ तिरको कुरा हो राजा प्रताप मल्लले हरसिद्धि गणनृत्य हेर्दाहेर्दै मृत्युवरण गर्न पुगेपछि अनेकौँ अलौकिक आख्यान प्रख्यात बन्न पुगेको पाइन्छ। विशेष धन्यवाद ः धनगोविन्द महर्जनः हरसिद्धि वडा नं. ९ हरसिद्धि उच्च माविका भु.पू प्रधान अध्यापक तथा प्राचार्य ।

 

नेपाली प्रस्तर कला

अग्लो चन्द्रागिरी डाँडापारीको रमनिय चितलाङ उपत्यका