काठमाडौँ उपत्यका नजिकै ओझेलमा परेका पर्यटकीय स्थलहरुको उजागर गर्ने प्रयास भिजिट नेपाल टिभीको समुहले गरेका छौ । । नजिकको तिर्थ हेला, टाढाको तिर्थ मेला भनेजस्तै काठमाडौं उपत्यकाको अत्यन्त नजिकका रहेर पनि ओझेलमा परेको पर्यटकीयस्थ्ल हो दलचोकि।
हामी सातदोबाटो चक्रपथबाट करिब २२ किलोमिटर दूरीमा अवस्थित लतिपुरको दक्षिणी भेगमा अवस्थित दलचोकी को यात्राको लागि निस्कियौँ।
सातदोबाटो प्रवेश गरेदेखिनै यस बाटोमा पर्ने ऐतिहासक प्राचिन सम्पदाहरुले भरिपूर्ण सुनाकोठी, थेचो, चापागाउँकलाई नियाल्दै लेलेबाट देखिने दृश्यावलोकनमा रमाउँदै केही कच्चा केही पक्की बाटो हुदै हामी दलचोकि पुग्यौ ।
समशितोष्ण हावापानीको बाहुल्यता रहेको यस गाविसका पहाडमा हिउँदमा हिउँ समेत पर्ने गर्छ । यहाँ वर्ष ऋतुमा बंगालको खाडीबाट आएको मौसमी वायु यहाँको चिसो वायुसँग मिलि पानी पर्दछ । यहाँको सरदर तापक्रम गर्मीमा ३० डिग्री सम्म र जाडोमा ५ डिग्री सम्म पुग्ने गर्दछ ।हामी पुग्दा दलचोकी कुहिरोभित्र लुकामारी खेलिरहेको थियो ।
बाक्लो जंगल रहको यस गाविसमा कालिज, जुरेली, ढुकुर, लामपुच्छ्रे , कोइली, न्याउली लागयतका पक्षी आदि पाइन्छ । हरिया जंगलले ढपक्क ढाकिएको उच्च पहाडहरुको धनी दलचोकी गाविसबाट काठमाडयौ उपत्यकाको सुन्दर दृश्यावलोकन साथै यहाँ लालिगुरासले यहाँको जँगल नै धकमक्क देखिन्छ पशुपंक्षीको चिरविर चिरविर आवाज हाम्रो मन लोभ्यायो ।
दलचोकि गाविसम करिब एक वर्षदेखि होम स्टे सञ्चालन गरिरहेका रामप्रसाद तिमिल्सीनासँगको भेटले हामीलाई दलचोकीमा एक रात बस्न उत्साहियो यहाँबाट देखिएको सुर्यास्तको मनमोहक दृश्य पछि हामी होमस्टेमा रमाइलो गरेर बसेका नेपाली पाहुनाहरुसँग मिलेर माइलो गर्न तिर लाग्यौ । कोही बादलको तालमा ताल मिलाउन ब्यस्त थिए त कोही मादलको तालमा नाच्न ब्यस्त हुन थाल्यो ।
होमस्टेका फाइनान्स डाइरेक्टर रामप्रसाद तिमिल्सीना भने हामीलाई यहाँबाट देखिने दृश्यको बारेमा जानकारी दिदै भन्नु हुन्छ ।यहाँबाट रातको समय यदि मौसम सफा रहयो भने विरगन्ज रक्सोलको राम्रो दृश्य हेर्न सकिन्छ । केहि समय गित संगितमा रमाएपछि खाना खाएर सुत्न जाने समयमा विहानको सुर्योदय हेर्न रामप्रसाद तिमिल्सीना हामीलाई चादै उठ्न भन्दै हुनुहुन्थ्यो ।
चादैउठ्नुसहै सुर्योदय हेर्ने होभने । दलचोकि पुगेर हरियाली र काठमाडौँ उपत्यकाको रमाइलोकरिब २२४६ मिटरको उचाइबाट सुर्योदय, सुर्यास्त र चम्किलो हिमालहरुको समेत सुन्दरताले हामीलाई निकै आनन्दको अनुभूति भयो ।
। दलचोकि होमस्टेमा दुई रात तिन दिनको प्याकेजमा तपाई घुम्न सक्नुहुने छ । काठमाडौको कोलाहलबाट केहि समयकोलागि नजिकैको गन्तव्यको खोजिमा हुनुहुन्छमा तपाईकोलागि काठमाडौँ उपत्यकाबाट डेढघण्टामा नै पुग्ने सकिने यस दलचोकि होसस्टेमा अत्यन्तै उपयुक्त हुने छ । पहिलो दिन दलचोकि होमस्टे पुगेपछि नजिकै रहेको पाथिभरा माई र लोपोन्मुख थानापटि गुफा घुम्न सकिन्छ ।
दास्रो दिन हाइकिङ गर्दै चौघरेको गुम्बा हुदै भारदेउको गुप्तेश्वर महादेव पुगेर होमस्टे फर्किन सकिन्छ । त्यसतै तेस्रो दिन दलचोकि माई हुदै तिनपाने भञ्ज्याङको सन्चोकिमाइको दर्शन गरेर देबिचौर देउरालीको स्वर्गद्धारी मन्दिर गरेर दलचोकि होमस्टे फर्किन सकिन्छ । तिन रात चार दिन यस ठाउँमा सजिलै विताउन सकिन्छ । यहाँको चिसो हावाको स्पर्शको आनन्द र यहाबाट देखिने हिमालहरुको दृश्यले जोकोहिलाई अत्यन्तै रोमाञ्चक बनाउछ । आकाश उघ्रिएको बेला छयाड् हिमाल खुल्छ । अन्नपूर्ण, मनास्लु, गणेश, दोर्जे लाक्पा, लाड.टाड., गौरीशंकर लगायतका हिमशृड.खलाको मनोरम दृष्य देख्न सकिन्छ ।यो यात्राको लागि थप जानकारी लिन यहाँ सम्पर्क गर्न सक्नुहुने छ ।