नेपालीहरुको घर आगँनमा बडादशै प्रवेश गरेको छ । हिन्दूहरुको महान चाड बडादशै आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्म हर्षउल्लासका साथ मनाउने गरिन्छ । यो चाडमा शक्तिमाता दुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा नवरात्रीको नौदिनसम्म यो चाँडलाई मनाइन्छ । सम्पूर्ण नेपालीहरुको महान पर्व दशैलाई कसैले बडादशै, कतै दशहरा त कतै मोहनी नखःको रुपमा मनाउँदै आइरहेका छन् । नेपाली हिन्दू धर्मावलम्बीहरुको विख्यात पर्वको रुपमा मान्य दशैलाई नेपालभाषामा मोहनीको संज्ञा दिइएको छ ।
घटकलशको स्थापना पनि दशैको पहिलो दिन महत्वपूर्ण कार्य मानिन्छ । घटकलश स्थापना अर्थात घटस्थापना दशैंको पहिलो दिन हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवि देवता, सप्त सागर, सप्त द्धीप, सम्पूर्ण नदी एवं तीर्थहरु निहित छन् । कालिका पुराणमा पनि यस यथार्थताको पुष्टि गरेका छन् । नेपालका परिप्रेक्षमा घटकलश अष्ट मङ्गलका शुभ चिन्हहरुद्धारा समाहित छन् । यी सबै आधारहरुको कारण उयपर्युक्त दिन घटकलश स्थापना गरी त्यसमैं माथि वर्णित भएअनुसार सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी, नाला, सप्त सागर, सप्त द्धीप अािथ सबैलाई समाहित गरी दशैं पूजाको ठालनी गरिन्छन् । त्यसैले दशैंको अवसरमा आ आफ्नो आगमस्थित देवि भगवती जगदम्बाको पूजा गरिनु बाहेक अन्य देवी देवस्थलहरुमा गई देवी देवताहरुको पूजोपासनाको साथै दर्शन गर्न जानु आवश्यक नहुने यथार्थतातिर औंल्याएको स्पष्ट हुन्छ । नेपाली हिन्दूधर्मावलम्बीहरुको महान पर्व दशैलाई नेपालभाषामा मोहनीको संज्ञा दिनुलाई खास अर्थपूर्ण संज्ञाको रुपमा लिइन्छ । मोहनीको अर्थ हो मायाजाल फिंजाउने, विभ्रम पैदा गर्ने हो । दानवराज शुम्भ निशुम्भ भनौं या महिषासुर भनौं यिनीहरुलाई कसरी संहार गर्ने हेतुले मौकाको खोजीमा माता जगडम्बा भगवतीकोे कुमारी स्वरुपमा हिमालय पर्वतमा टहलीरहे । यसरी टहलीरहेको कुमारीको पुखाकृतमा मोहित भई मुर्खहरुले जगतजननीलाई नै विवहाको प्रस्ताव राख्न पुग्यो । यस प्रस्तावलाई अस्विकार गरि आफूसँग युद्ध गर्न र युद्धमा जितर लग्न सल्लाह दियो । प्रकृतिका प्राणीहरु माकुराहरुको जालोमा फसेर तिनीहरुले आफ्नो इहलीला समाप्त गरे अनुरुप ती दानवराजहरु म्हामायाको मोहनीको शिकार हुन पुगे । यसरी युद्धमा ति दानवहरुलाई मारेर देव एवं मानव जगतको उद्धार गरेको । यसरी साँचो अर्थमा दानवराजहरु मेहनी स्वरुपमा आफूतिर आकर्षित गरी कुमारीले तिनको बध गरेकी हुँदा त्यस पर्व उत्सवलाई मोहनीको संज्ञा दिइएको जनविश्वास रहेको छ ।
मोहनी भनै या दशैको पर्व नेपालमा १३औं शताब्दी ई. देखि प्रचलनमा रहेको निश्चितप्राय छ ।१४औं शताब्दी ई मा लिखित गोपालराज वंशावलीमा नवरात्रको रुपमा दशैको बारे उल्लेख भएको पाइएबाट उक्त कुरोको पुष्टि भएको छ । तर त्यसबेलामा वर्षभरी दशै नेपाली समाजमा कतिवटा मानिने चलन थियो, त्यसबारे निश्चितरुपले थाहा हुन सकेको छैन् । प्राचीन परम्परा अनुसार वर्षभरीमा चार ऋतुलाई मुख्य मानेर प्रत्येक ऋतुमा एक एक ओटा दशै प्रचलित थियो । देवि भागवतमा पनि चारवटा दशैको बारेमा उल्लेख भएको पाइन्छ ।
pc: ImagePasal.com