हरेक वर्ष असार १५ गतेको दिनलाई सम्झ्नु पर्दा सबैको आँखा अगाडि नाच्ने पहिलो दृष्य भनेको हिलो छ्यापाछ्याप गरेर रोपाइ गर्नु र दहीचिउरा खानु हो । मानो रोपेर मुरी फलाउने दिनका रुपमा यस दिन अधिकांश स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ ।
किसानको मनोबल उच्च राखी उनीहरुको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतको दिनलाइ लाई मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेका धानको उत्पादनलाई महत्व दिंदै सरकारले राष्ट्रिय धान दिवसको रपमा मनाउने गरेके छ । असार १५ लाई धान रोपाइँ र दही चिउरा खाने पर्वको रुपमा पनि लिने गरिन्छ । नेपालमा कतिपय साँस्कृति चाड पर्वहरु खाने कुराको माध्यम बाट परिचित छन् ।
असार १५गतेका दिनमा दही चिउरा खाने, साउन १५ मा खिर खाने, त्यतिमात्र होइन, जनै पूर्णिमाको दिन क्वाँटी, माघेसंक्रान्तिको दिन तरुल, घिउचाकु खाने, मंसिर पूर्णिमाको दिन योमरी खाने परम्परा रहिआएको छ ।
असार १५ का दिन खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनको रुपमा समेत लिने गरिन्छ
। वर्षामा हिलाम्य भएको शरीरमा उर्जा भर्ने पोषिलोे दही च्युरा खाने चलन रहेको विज्ञहरु बताउँछन् । यसै पनि गर्मी र बाफिलो मौसम, त्यसमा पनि दही चिउरा खाँदा शीतलता प्रदान पक्कै गर्छ नै । दहीमा कार्बोहाइडे«ट, चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले आलस्यपन कम गराउँछ । दहीमा शरीरको तापक्रम कम गराई राख्ने एक प्रकारको इन्जाईम हुन्छ । असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोश पनि प्रदान गर्छ । नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।जुन सुकै शुभकार्य जस्तै विवहा, ब्रतबन्ध, पास्नी, गुफा राख्दा, दशै, तिहार विदेश भ्रमण जस्ता महत्वपूर्ण काम गर्नु अघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थयकर्मी कहाँ जानु नपर्ने कथने छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेको बेलामा दहीच्यूरा खाएमा औषधिको काम गर्छ ।
नेपालीको जीवनशैली अहिले दिन प्रतिदिन रुपान्तरित भइरहेको छ । हप्ताको एकचोटि बिदा मनाउन घर बाहिर निस्कने संस्कारको विकास अहिले तीव्र रुपमा भइरहेको छ । विभिन्न कार्यक्रम बनाएर भ्रमणमा निस्कने अहिले फेशन जस्तै बनेको छ, जुन सकारात्मक पक्ष हो । अबको हाम्रो पहल भनेको यसरी निस्कने ब्यक्तिको लागि गन्तब्य स्वरुप हाम्रा गाउँगाउँ र बस्ती बस्तीमा प¥ुयाउन सक्नुपर्छ । आधुनिक प्रविधिमा मस्त रहने शहरीयाहरुलाई कम्तीमा पनि वर्षको एकदिन भए पनि हलो, कुटो, कोदालो समाएर रमाउने वातावरण तयार पारिनु पर्छ ।
प्राकृतिक रुपमा सुन्दर, विविधतायुक्त तथा सहयोगी स्वभावका जनजातिहरुको वस्ती भएका केही स्थानहरु ग्रामीण कृषि पर्यटन केन्द्रको रुपमा विकास हुन थालेका छन् । यसै परिप्रेक्ष्यमा ग्रामिण अर्थतन्त्रलाई सबल बनाउँदै रोजगारीका थप अवसरहरुको श्रृजना गरी गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले स्थानीय निकायहरुमा सम्भावित कृषि पर्यटन क्षेत्रको पहिचान गरी निजी तथा सहकारी संस्थाको सक्रिय सहगागितामा कृषि पर्यटन कार्यक्रम सँचालन गर्न लागिएको छ । यसै सिलसिलामा निजी क्षेत्रसँगको साझेदारीमा प्रतिस्पर्धामा आधारित अर्गानिक कृषि पर्यटन, अर्गानिक भिलेजर ःयमभचल न्चभभल त्यगच ख्ष्ििबनभ स्थापनाको लागि ५० प्रतिशत अनुदान कार्यक्रम कार्यन्वयन गर्नको लागि कृषि पर्यटन प्रवद्र्धन कार्यान्वयन कार्यविधि, २०७४ स्वीकृत गरी लागु गरिएको छ ।
ग्रामिण क्षेत्रमा प्रमुख रुपमा प्राकृतिक, दिगो तथा जैविक कृषिमा आधारित भइ ग्रामिण जीवन, कला, सँस्कृति तथा सम्पदाहरुको प्रवद्र्धन मार्फत स्थानीय समुदायलाइ आर्थिक एवं सामाजिक रुपमा लाभ प्रदान गराउन कृषि पर्यटनको नारा लिएको धेरै समय वितिसक्दा पनि सम्बन्धित किसानहरु भने यो कुराबाट अनविज्ञ छन् । त्यसैले कृषि पर्यटनको बारेमा जनतालाई सुसूचित गराई प्रवद्र्धन गर्न सक्नुपर्दछ । कृषि पेशालाई आम नेपालीले हेलाको दृष्टिले हेरिने पेशा भएको हुँदा आम युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न सकेको छैन । तसर्थः राज्यले कृषि पर्यटनको विकासमा यथोचित ध्यान दिन सकेको खण्डमा कृषि सबैको रोजाईको विषय बन्नुको साथै नेपालको समृद्धिका लागि कोशेढुङ्गा समेत साबित हुन्सक्छ ।