नेपालमा मनाइने चाडपर्वहरु मध्ये सबै भन्दा ठूलो पर्वको रुपमा वडा दशैलाई लिइन्छ । नेपालमा सबैजसो जातजातिले यो पर्व आ आफ्नै ढंगले मनाउने गरिन्छन् । प्रत्येक वर्ष शरदऋतुमा आश्विनशुक्ल प्रतिपदाबाट यो चाड शुभारम्भ हुन्छ । उक्त दिनदेखि कोजाग्रत पूर्णिमा सम्म हरेक दिन पूजापाठ एवं धार्मिक र सांस्कृतिक गतिविधिहरु संचालन हुन्छन् । यस चाडको महत्वपूर्ण पक्ष दुर्गाभवानीको विशेषप्रकारले पूजा र आरधाना गर्नु हो । यो चाडलाई देवता र दानवबीचको युद्ध एवं त्यस युद्धमा भएको देवतागणको विजयगाथामा आधारित पर्वको रुपमा लिइन्छ । यस पर्वलाई प्राचीनकालदेखि नै दुर्गाभवानीको आराधना गरी विजय प्राप्त गर्ने उद्देश्यले मनाउँदै आइरहेको छ । शास्त्रीइ सिद्धान्तले वर्षको चार पटक दशै मनाउने बताइएको छ । जसअनुसार हरेक वर्ष ग्रीष्म, शारदीय, शिशिर र वासन्तिक चार प्रमुख ऋतुहरुमा दशैँ चाड मनाइन्छ ।
आषाढशुक्ल प्रतिप्रदादेखि नवमीसम्म शरद नवरात्र, माघशुक्ल प्रतिपदादेखि नवमीसम्म वसन्त नवरात्र मनाइन्छ । यी प्रत्येक नवरात्रका आ आफ्नै विशेषताहरु छन् । यसरी शास्त्रमा चार नवरात्रहरुवारे उल्लेख भएतापनि नेपाली समाजमा आश्विन महिनामा मनाइने वडा दशैँ र चैत्र महिनामा मनाइने चैतदशैँ पर्वले मात्र महत्व पाउँदै आएको छ । यी दुईवटै दशैँमा शक्ति स्वरुपा माँ भवानी दुर्गाको विशेष पूजापाठ सात्विकी, राजसी र तामसी ती विधिद्धारा गरिने बताइएको छ । सात्विकी विधि अनुसार देवीलाई गरिने पूजामा जप र नैव्यद्यःको प्रधानता हुन्छ र त्यहाँ मासुको प्रयोग गरिन्दैन । राजसी पूजामा नैव्यद्यः लगायत मांस तथा पशुबलि चढाइन्छ । त्यस्तै तामसी पूजामा नैव्यद्यः, मांस लगायत मद्य (मदिरा) को समेत विशेष स्थान रहन्छ ।
बलि तीन प्रकारका विधिद्धारा दिइने कुरा तन्त्रविद श्री गजानन्द शर्मा (राजोपाध्याय) बताउनु हुन्छ । उहाँका अनुसार बलि ती प्रकारको पिधिद्धारा दिइन्छ । तान्त्रिक, समार्त तथा वैदिक । तान्त्रिक विधिले बलिदान गर्दा नर,(कानूनले वर्जित भएकोले अरु कुनै प्रतिक), महिष, सूकर, बोका, भेडा, सारस, परेवा तथा कुखुरा नै बलिदिान गरिन्छ ।
वडा दशैँ नजिकै गर्दा हरेक वर्ष जसो बलिको विषयला लिएर अनेकन प्रसंगहरु उठ्ने गरेको पाइन्छ । बलिको विषयमा धर्म शास्त्रके सुझाएको छ र हामीले मनाउँदे आएको संस्कारमा के हो भन्ने कुराको उजागर गर्ने उद्देश्यका साथ भिजिटनेपाल टिभी डटकमले तन्त्रविद श्री गजानन्द शर्मा(राजोपाध्याय)सँग गरिएको कुराकानी प्रस्तुत गरिएका छौं ।