langtang-trek-visit-nepal-tv-7

रसुवा जिल्लाको प्रदेश नं. ३ अन्तर्गत पर्ने उत्तरी भाग चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको राजधानीबाट नजिकको विकट हिमाली जिल्ला हो । भौगोलिक बनौट, हावापानी, वनजंगलको विविधताको धनी यस जिल्लाको आफ्नै पृथक ऐतिहासिक महत्व रहेका छ । यो छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग मितेरी गाँसेर बसेको पर्यटकीय जिल्ला हो । देशकै तेस्रो पदयात्रा गन्तब्यको रुपमा रहेको लाड.टाड. राष्ट्रिय निकुञ्ज रामसार क्षेत्रमा सूचीकृत गोसाईकुण्ड सिमसार क्षेत्र रहेको यस जिल्ला गौगोलिक जैविक साँस्कृतिक धार्मिक र पर्यावरणीय हिसावले धेरै धनी छ । यस जिल्लाको नामाकरण सम्बन्धमा स्थानीय तामाड. “र” भाषा र को अर्थ “भेडाच्याड.ग्रा” र “सोवा” को अर्थ “चराउने वा राख्ने ठाउँ” भन्ने हुन्छ । अर्थात प्रशस्त चरन क्षेत्र र भेडाच्याड.ग्रा पाइने ठाउँ भएकोल “रसोवा” भन्ने गरेको र स्थानीय बोलचालको भाषामा अप्रभंश भएर पछि रसुवा भन्न थालिएको विश्वास गरिन्छ ।

यस जिल्लाको सिन्धुपाल्चोक, पश्चिममा धादिडि., उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा नुवाकोट जिल्लासँग सिमाना जोडिएको छ । समुन्द्री सतहबाट ५००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने क्षेत्र यस प्रदेशमा पर्दछ । पर्वतारोहण र ट्रेकिड.को लागि महत्वपूर्ण मानिने यस क्षेत्रमा गणेश हिमाल, लाड.टाड. हिमाल, लाड.टाड. लिरुड., यालापिक, लाड.सिसा खर्क, साड.जेन खर्क लगायतका ५००० मिटरभन्दा माथि बाह्रै महिना हिउँ ढाकिरहने श्रृखलाहरु पर्दछन् ।

लाड.टाड. जिल्लाको अर्को चिनारी रेडपाण्डा(हाब्रे) हो । ४८०० मिटरसम्मको उचाईमा विशेषगरी लाडटाड. क्षेत्रमा पाइने यो जनावर नेपाल सरकारद्धारा संरक्षित जनावर हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले संरक्षित जनावरको सूचीमा राखेको आसामी बाँदर, खैरो ब्वाँसो, हिउँ चितुवा, कस्तुरी मृग, तब्बती थार त्यस्तै डाँफे मुनालजस्ता संरक्षित पंक्षीहरु यस जिल्लाका अन्य आकर्षण हुन् । यस क्षेत्रमा तिलहरी चरा, चाकाचुसक, वनचाहाँ, सुन गिद्ध, राज गिद्ध, जिवाहार महाचील, रणमत्त महाचील, नेपाल डिकुरे भ्याकुर लगायत विश्मै संकटापन्न तथा लोपोन्मुख अवस्थामा रहेका १२ प्रजातिका चराहरु पनि पाइन्छ ।

लाडा.टाड. राष्ट्रिय निकुञ्जको प्रमुख हिमालहरु लाड.टाड. लिरुड. (७२४३मि.) र हिमालचुली (७८६४मि.) ले निकुञ्जलाई थप सुन्दरता प्रदान गरेको छ । त्रिशूली र सुनकोसी यहाँबाट निस्केका प्रमुख नदीहरु हुन् हिमाली क्षेत्रमा भएर यहाँको भौगोलिक बनावट विकट भए तापनि यहँका उपत्यका, ताल र वनस्पतिले यस निकुञ्जको सुन्दरतामा सुगन्ध थप्ने काम गरेको छ । कात्तिक देखि फागुनसम्म यहाँ एकदम जाडो हुने गर्छ भने चैतदेखि जेठसम्म सुख्खा तर रमाइलो मौसम हुन्छ । असारदेखि भदौ महिना वर्षाले गर्दा यहाँका खोला र नदीहरुमा पानीको मात्रा धेरै बढ्ने हुनाले पर्यटन खासै सम्भव हुँदैन तर असोज र कात्तिक महिना फेरि रमाइलो मौसम हुन गई पर्यटन उद्योगलाई सहयोगी हुन्छ ।

भौगोलिक र मौसमी विविधता र विभन्न उचाइका पहाडहरुले गर्दा यहँ विविध किसिमका पारिस्थतिक प्रणालीहरु पान्छन् । यहाँ पाइने वनस्पति र वन्यजन्तुहरुको विविधता मध्येनपाली हिमाली क्षेत्रमा पाइने भध्येको अनौठो र निकै आकर्षक मानिन्छ । यहाँको तल्लो पहाडी क्षेत्रको उपोष्ण क्षेत्रमा मुख्य रुपले दक्षिणी भेगमा सालको वन पाइन्छ भने त्यसको माथितिर सल्ला, गुराँस र उत्तिसका वन पाइन्छन् । ३००० मिटरसम्मको उचाइमा गोब्रे सल्ला, ठिंग्रे सल्ला र नेपालभित्र पनि यहाँ मात्र पाइने बोग्रे सल्ला पाइन्छन् । यहाँ विभिन्न प्रजातिका गुराँसहरु जस्तै लालीगुराँस, कालो चिमाल, निलो चिमाल र चिनियाँ गुराँस( बुट्यानका रुपमा) पाइन्छन् । भोजपत्र, गोब्रे सल्ला, नीलो चिमाल, वृक्षरेखासम्मा पाइने प्रमुख रुखका प्रजातिहरु हुन् । धूपी र सुनपातने बुट्यानका रुपमा ४००० मिटरसम्म पाइन्छन् ।र त्यसभन्दा माथि लेकाली घाँसे मैदान पान्छन् ।यी लेकाली घासे मैदान यहाँ पाइने कस्तुरी, मृग र थारहरुका लागि प्रमुख चरन क्षेत्र हन् ।

यो क्षेत्र प्राकृतिक विविधतामा मात्रै धनी होइन, साँस्कृतिक रुपले पनि त्यतिकै महत्वपूर्ण छ । यहाँ प्रमुख रुपले तीन धरीका जातिहरु तामाड., चाल्मो र भोटियाको बसोबास भएको पाइन्छ । तामाड.हरु यहाँको तल्लो भूभागमा बस्ने पारस्परिक कृषक हुन् भने लाड.टाड. उपत्यकामा भोटियाहरु प्रमुख रुपले पाइन्छन् । हेलम्बू क्षेत्र यहँका शेर्पाहरुको प्रमुख बासस्थान हो तर यिनीहरुको संस्कृति र सभ्यता सोलुखुम्बुको शेर्पाहरु भन्दा फरक भएको पाइन्छ । यहाँ तिब्बती धर्मको ‘बोन पो’ तथा अन्य गुम्बाहरु छन् भने यो जिल्लामा हिन्दूधर्मको प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड ताल धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण ताल हो । त्यस्तै अन्य ताहरुमा पार्वतीकुण्ड, सुर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दुधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरु यस जिल्लामा पर्यटकीय र धार्मिक आस्थाका केन्द्र हुन् ।

दशैं नमाउने खोकना

दीपावलीका पाँच दिन