tihar-festival-nepal

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अथवा दीपावली सबैको घर आँगनमा आएको छ । कार्तिक त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल द्धितियासम्मका पाँच दिनलाई विशेषरुपमा मनाइन्छ ।

काग तिहार:

कागलाई अत्यन्त चतुर पक्षीका रुपमा लिइन्छ । काग सर्वभक्षी प्राणी हो । यसको पूजाआजा गरिनुमा विभिन्न कारणहरु रहेका छन् ।कागले कसैमाथि भेदभाव दृष्टि राख्दैन । हाम्रो देश कृषिप्रधान देश हो । यहाँ कागलाई बाली रक्षा गर्ने महत्वपूर्ण पक्षीका रुपमा लिइन्छ । हामी मानवले उद्देश्य प्राप्तिको लागि कागचेष्टालाई कहिल्यै पनि बिर्सनु हुन्न भन्ने शास्त्रमा कथन पनि छ ।

कुकुर तिहार:

कार्तिककृष्ण चतुर्दशीका दिनलाई कुकुर तिहारका रुपमा मनाइन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ । यो जनावर यमराजको अर्को प्रिय भक्त पनि हो । कुकुरलाई आज्ञापालक रक्षक मात्र नमानी अपराधीहरु पत्तालगाउन ठूलो सहयोगीको रुपमा पनि लिइन्छ । कुकुरको उत्पति सूर्यको कुलमा भएको त्रास्त्रीय कथन पाइन्छ। कुकुरले धर्मात्मा र पापी सजिलै चिन्दछ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । यसरी विविध पक्षसँग गाँसिएको कुकुरको महिमालाई जीवन्त राख्न कुकुर पूजा गरेर उसलाई मनपर्ने खाना खुवाई माला लगाइदिई सिँगार्ने गरिन्छ ।

गाई तिहार र लक्ष्मिीपूजा:

कुनै पनि धार्मिक कार्य गर्दा पहिला गोदान गर्ने परम्परा छ । जनैपूर्णिमाका दिन हातमा बाँडिएको रक्षासूत्रलाई औंसीको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि पनि गाईले रक्षा गर्ने र स्वर्गको बाटोमा पर्ने वैतरणी नदी तर्न सजिलो हुने धार्मिक विश्वास छ । कुनै पनि संस्कार गर्दा गाईको गोबरले लिपपोत गर्ने, गहँुतले पवित्र पार्ने गरिन्छ । गाईलाई पशुधनको रुपमा पनि लिइन्छ ।भने लक्ष्मी र गोमाताको रुपमा पनि आत्मसात् गरिन्छ । गोहत्यालाई महापाप मानिन्छ ।महाभारतमा गाईले नै विश्वरुप देखाएको प्रसंग पनि पाइन्छ ।गाईको सम्बन्ध यमराज र यमलोकसँग पनि गाँसिएको छ । यस दिन बिहानै गाईपूजा गरी गाई तिहार मनाउने र घर आँगन सबैतिर सफासुग्घर गरी पवित्र पारेर लक्ष्मीपूजाको विशेष तयारी गरिन्छ । लक्ष्मीलाई धनधान्यको देवी र ऐश्वर्यकी प्रतीकका रुपमा लिइन्छ । औंसीको अध्यारो रातलाई उज्यालो प्रकाशले अलोकित पार्दै लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र मानव मनमा रहेको अज्ञातरुपी अन्धकारलाई हटाएर प्रकाशमय ज्ञानलाई उजागर गर्नुपर्ने सन्देश निहित देखिन्छ । पौराणिक कालमा सम्पूर्ण देवीदेवता र असुरमाथि विजय प्राप्त गरी त्रिलोक सम्राट बन्न पुगेका बलिले आफुले प्रकट गरेका तीवटै –आकाश, पाताल, पृथ्वी) लोक वामन अवतारमा आएका बिष्णुलाई संकल्प गर्दै दान दिएको प्रसंग पनि भेटिन्छ ।
PC: imagepasal.com

गोरु तिहार:

गोरु कर्मयोगी किसानहरुका लागि अत्यन्तै आवश्यक जनावर भएकोले यसको विशेष महत्व रहेको छ । गोरु भ्गवान् शिवको बाहन पन िहो । द्धापरयुगमा नै इन्द्रले पानी नपारिदिएकोले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरु अत्यन्त चिन्तित हुन पुगेका थिए । यस अवस्थामा भगवान् श्री कृष्णले गोवद्र्धन पर्वतको पूजा गर्ने सल्लाह दिए । गोपालहरुले त्यसै गरे । फलस्वरुप वर्षा भयो । सबैअन्न र ऐवश्र्यबाट समृद्ध भए । यसरी गोरु तिहार पर्व गोद्र्धन पर्वतसँग जोडिएको छ । यी सबै तथ्यलाइई मनन गर्दा गोरु तिहारभित्र हिन्दू सामाजिक, सांस्कृतिक, प्राकृतिक र धार्मिक विविध पक्ष समाहित छ । यस तिथिको रात रमाइलोसँग नाचगान गर्दै र विभिन्न किसिमका पौराणिक कथाहरु वाचन गर्दै द्यौसी खेल्ने परम्परा रहेको छ । यसमा लोकजीवनको महत्वपूर्ण साँस्कृतिक सभ्यता लुकेको छ ।

भाईतिहार वा भाइटिका:

कार्तिक शुक्ल द्धितियाका दिन विशेष तयारीका साथ दाजुभाइलाई दिदी बहिनीहरुले विधिपूर्वक टिका लगाई हर्षोल्लासका साथ भाइतिहार मनाइन्छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्ना दाजु यमराजलाई विशेष मान सम्मानका साथ भाइपूजा गरेको प्रसंग जोडिएको छ । यमपञ्चकका पाँच दि नयमराजले यमुनाका घरमा बास गर्छन् भन्ने हिन्दू धार्मिक विश्वास रहेको छ । यस दिन दियो, कलश र गणेश को पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, टिका, कटुस आदिको प्रयोग गरी दाजुभाईको समृद्धि, आरोग्य र दीर्घायुको कामना गर्दै एक आपसमा स्नेह, श्रद्धा आस्था र विश्वासको आत्मीयता प्रकट गरिन्छ । यस पर्वभित्र विभिन्न पक्ष समाहित भएको देखिन्छ । आफ्ना दिदी बहिनीलाई दक्षिण, वस्त्र आदि दिइन्छ भने दाजुभाईलाई विभिन्न मसला रोटी लगायत अन्य वस्त्र दिई रमाइलोसँग मनाइने भाइतिहारको महिला उच्च रहेको छ । यस पर्वमा जीवन दर्शन, जीवन व्यवहार र जीवन सत्यको महत्वपूर्ण पक्ष भेटिन्छ ।
bhai-tika

pc: ImagePasal.com

लाड.टाड.को यात्रा छोटो सयमामा अदितिय अनुभूति

साहसिक पयदयात्राको लागि प्रख्यात रोल्वालिड. उपत्यका