नेपालमा प्रचलित अनेकौं चाडपर्वहरुमध्ये घण्टाकर्ण (गठांमो) पर्व पनि एक रहेको छ । काठमाडौं उपत्यकामा मनाउने चार प्रमुख चतुर्दशीहरु बाला चतुर्दशी, शिवरात्री चतुर्र्दशी, पिचाश चतुर्दशी र कृष्ण चतुर्दशी हो । श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण अर्थात स्थानीय भाषामा गठांमो पर्व मनान्छ । यो दिन उपत्यकाको दोबाटो चौबाटोमा नर्कट, आरुको हाँगोलाई तीनखुट्टा त्रिपद सम्बर भैरवका रुपमा उठाई भूतप्रेत मन्छाएर मनाइन्छ । वर्षा ऋतु शुरु हुनुअघि नै अक्षय तृतीयाको दिन खेती कर्म राम्रो होस् भनी काष्ठमण्डपको भूतिसः अगाडिको भूतलाई अघाउन्जेल खुवाई पूजापश्चात् खेत खेतमा लाने र भूतले खेतको धेरै काम गरिदिनुका साथै उत्पादन राम्रो हुने जनविश्वास रहदै आएको छ । भूतलाई खेतमा लगेकै बेलादेखि धानको बेर्ना खेतमा छर्ने( प्वाचाः तयगु) तयारी गरिन्छ । देशै भरी असार १५ गते धान रोप्नुका साथै रोपारहरुलाई दही चिउरा खुवाइ विशेष पर्वको रुपमा मनाउने गरिएको भएता पनि काठमाण्डौं उपत्यकामा भने असार १५ का दिनलाई दहि चिउरा खाने पर्वको रुपमा केहि वर्ष देखि मात्र प्रचलनमा आएको हो ।
गठांमो पर्वलाई सिनाज्या व्यड.केगु अर्थात रोपाई समापन गर्ने दिनका रुपमा पनि लिइन्छ । रोपाई सकिएपछि घरबाहिरबाट ल्याइएका भूतात्ममालाई विधिव्त रुपमा घर बाहिर पठाउन सिनाज्या व्यड.केगु नाममा घर, टोल, आगँन लितपोत गनर्,े नुहाई चोखो भएर दोबाटो चौबाटोमा उठाईराखेको त्रिपद सम्बर भैरवमा वौं फ्याक्न लैजाने परम्परा रहेको छ । यद्यपि यो रोपाई नसक्नेले भने यस दिन वौं फ्याक्ने कार्य गरिदैन । वौ फ्याक्नको लागि माटोको दहिको भीगुटमा राँगाको काचो मासु, त्यसमाथि लसुन, छ्यापी, बौस्वाँ नाउँका फूल, बाटेको धूप, चिउरा छोकर,(चोकाबजी), काँचो अण्डासहित प्रेतात्मा गठांमो ठड्याएको ठाउँमा फ्याँक्न लगिन्छ । यसरी वौं फ्याक्नु अगाडि छ्वालीको राँको बालेर घरको कुना कुनाबाट प्रेतात्मालाई बाहि¥याउने चलन छ ।
नेपालका नेवार समाजमा गठांमोको बारेमा अनेकौ लोकआख्यानहरु प्रचलित रहेको छ ।
pc: ImagePasal.com