Naag Panchami festival Nepal

नागपूजाको परम्परा वैदिक कालदेखि नै चल्दै आइरहेको छ । अर्थववेद अनुसार काठका संहिता (५( ६)ले पितृ, सर्प, गन्धर्व, जल एवं औषधीहरुलाई पञ्चजन भनेका छन् । जबकि ऐतरेय ब्राम्हण(१३.७) ले देव, मनुष्य, गन्धर्व, सर्प एवं पितृलाई पञ्चजनको संज्ञा दिएका छन् । सूर्योपासनाको प्राचीन परम्पराबाट पनि सर्पपूजाको प्राचीनताको पुष्टि हुन्छ । ऋग्वेदमा सूर्य अहिको रुपमा वर्णित छ । सम्भवतः कालान्तारमा गई त्यही सूर्योपासना सर्पोपासनाको रुपमा विश्वव्याप्त हुन गयो । सर्व वैभवमय मातृत्वको प्रतीकका रुपमा पनि लिइन्छ । स्वयम महादेव स्वयमको मुखबाट नागपूजा देवताहरुको लागि पनि दुर्लभ भएको कुरा वर्णित छ । पार्वत्य इलाकाहरुमा नाग पञ्चमिको दिनमा भगवान रिखेश्वरको रुपमा शिवको पूजा गर्ने गरिन्छ । भारतको उत्तर प्रदेशको पार्वत क्षेत्रमा यो परम्परा अहिलेसम्म नै देख्न सकिन्छ । नेपालमा पनि त्रिभूवन राजपथको टिष्टुङ्ग भेकमा ऋषेश्वर महादेवको उपस्थितिलाई उर्पयुक्त तथ्यकै रुपमा लिइन्छ । भगवान शिव नागहरुद्धारा घेरिएर रहेको हुन्छ र तिनको शिरमा नागछत्र हुने गर्दछ । भगवान बासुदेवले नागराज बासुकीलाई स्वयम आफू नै मानेका छन् । यजुर्वेद र अथर्ववेदमा नाग सर्वरुपी प्राणीहरुको स्तुती गरी तिनीहरुको ठाउँ जलाशयहरुमा बताएका छन् । भगवान् गणेशको एक हातमा नागवाण धारण गरिएको पाइन्छ । श्री कृष्णका अग्रज श्री बलराम र श्री रामका अनुज श्री लक्ष्मणलाई शेषनागको अवतार मान्ने गरिन्छ । शेषनागले सम्पूर्ण पृथ्वीलाई थामिरहेको छ र भगवान् श्री बिष्णु क्षीर सागरमा शेषशैयामैं अवस्थित रहन्छ । सम्भवत यीनै कारणहरुले गर्दा पाक्यज्ञद्धारा भगवानले सर्प पूजाको विधिको प्रारम्भ गरे जसको फलस्वरुप नाग पूजा देवताहरुले समेत दुर्लभ भएको मान्ने गरिन्छ ।
जैनधर्मका २३ औं तीर्थङ्कर पाश्र्वनाथले एकपटक यज्ञमा जल्न लागेको एक सर्पयुग्मको रक्षा गरेका थिए । कालान्तरमा त्यही सर्पयुग्म धीरेन्द्र र पद्मावतीको नामले प्रख्यात भई तिनका प्रथम शिष्यहरु भए । त्यसै बेलादेखि नै जैन तीर्थङ्करहरुका आकृतिहरुको शिरमा सर्पाकार मुकुट बनाउने चलन चलेको बिश्वास गरिन्छ ।
पाण्डुपुत्र अर्जुनले नागकन्या उलूपीसित विवाह गरेको र रघुवंशमा नागकन्याहरुको विवाह नागजातिसित भएको कुरा उल्लेख गरिएको छ । विनिता पुत्र गरुडको आक्रमणबाट बच्नको लागि कौलमार्गी देवता मत्स्येन्द्रनाथको शरणमा पुगे । मत्स्येन्द्रनाथले आफ्नो घाँटीमा मालाको रुपमा लगाई गरुडको आक्रमणबाट रक्षा गरे । आज पनि मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागराजको माला देख्न सकिन्छ ।
वायु र विष्णुपुराणहरुको अध्ययनबाट दश नागराजहरुको बारेमा जानकारी प्राप्त हुन्छ । पुराणहरुको अतिरिक्त वाकाटक, गुप्तवंशीय र मथुराका अभिलेखहरुमा नागवंशीय शासकहरुको उल्लेख गरिएको पाइन्छ । मथुरामा पाइएका मुद्राहरुको आाधारमा केही नागहरु कुशानहरुका सामन्त भएको उल्लेख पाइन्छ । गुप्तवंशीय राजाहरुले नागराज गणपति नागसेनलाई परास्त गरेका थिए । चन्द्रगुप्त द्धितियले कुशान क्षेत्रपालहरुलाई परास्त गरी वाराणसीस्थित गङ्गा तटमा अश्वमेध यज्ञ गरेको थिए । पशुपति सूर्यघाटस्थित उत्तरप्राचिनकालीन सवंत् ४२७ को अभिलेखमा लिच्छवि राजा श्रीमानदेवकी रानी श्री भोगिनी भनी स्पष्टरुपले उल्लेख भएको पाइनु र सोही समयको श्रीमानङ्क अभिलेख अंकित मुद्राको पृष्ठभागमा श्रीभोगिनी लेख उत्कीर्ण गरिएको पाएबाट उपर्युक्त समयमा नेपालमा लिच्छव वि शासकहरुले नागहरुसित वैवाहिक सम्बन्ध जोडी आफ्नो राजनैतिक पकडलाई मजबूत तुल्याइएका थिए भन्ने जानकारी मिल्छ ।

नाग पुजाको प्रचारप्रसार विदेशहरुसम्म पुगेको थियो । अश्विनी कुमारहरु जस्तै रोमवासीहरुमा एसकुलपिपस देववैद्य मानिन्छ । यिनका हातका दण्ड दुईओटा सर्पहरुबाट आवेस्थित छन् । मिश्र निवासीहरु हार्मिस, बेबिलोनियाको बेल आदि सबै सर्पका प्रतीक मानएर तिनीहरुको त्यहाँ पूजा गरिन्छ । भनिन्छ कि अलेक्जेण्डर नागवंशीय थियो । इजरायलका राजा योथभले नापूजाको लागि एक मन्दिर निर्माण गरेका थिए । एशिया माइनरका प्राचीन मुद्राहरुमा सर्पका आकृतिहरु बनाइएका छन् । बाइबलको आरम्भमै आदम र ईववको आख्यनमा सृष्टि रचनाको समयमा एउटा सर्प रुखमा टाँसिराखेको देखाइएको छ । भारतवर्षमा जस्तै अमेरिकामा पनि नागवंशीहरु थिए श्रीमती नट्टलको अनुसार नागहरुको पूजा अमेरिकामा पनि हुन्थ्यो । मेक्सिकोका सबैभन्दा ठूलो मन्दिरका भित्ताहरुमा सर्पको चित्रारी पाइएको छ । त्यहाँ नागदेवताका मन्दिर पनि भएको किुरा तिनले उल्लेख गरेको छ ।
श्रावणशुक्ल पञ्चमीको दिन प्रत्येक वर्ष नागपूजा गरिन्छ । यो दिन नाग पुजागर्ने परम्परा कि प्रचलिन भयो भन्ने बारेमा पनि अनेकौ आख्यानहरु रहेका छन् । जस्तो वराहा पुराणअनुसार ब्रम्हाले नागहरुलाई श्राप एवं वर दुवै यही दिन दिएका थिए , जसको कारण यो दिन तिनीहरुको पूज ागर्ने परम्परा चलको थियो । यस बाहेक अर्को आख्यान अनुसार भविष्यपुरणमा वर्णित भए अनुसार आफ्नो आज्ञालाई पालना नगरको कारण नामाता कुद्रले आफ्नो छोराछोरी सबैलाई उपर्युक्त जनमेजयको नागसत्रमा जलेर मरुन भनेर श्राप दिएकी थिईन् । त्यसै दिनदेखि यो तिथि नागपञ्चमी भनिन लाग्यो जुन आज सम्म पनि चलिरहेको छ ।

उपत्यकामा नाग महिमालाई ठूलो सम्मानका साथ लिइन्छ। नग बासस्थानको आधारमा लिई बज्रयान बौद्ध परम्पराअनुसार १२ तीर्थ विकास भएका छन् । बरुण नागराजको बास सथन टेकु दोभान चिन्तामणी तीर्थ, तक्षक नागराजाको चाँगु पुण्य तीर्थ, , शान्ति तीर्थ कोटेश्वर, शड.कर तीर्थ शड.खमूल, ज्ञान तीर्थ , प्रमोद तीर्थ, सुलक्षण तीर्थ, मनोरथ तीर्थ र राजतीर्थ । नागपञ्चमीमा प्रत्येक वर्षझैँ उल्लिखत नागस्थलमा मात्र नभएर घरको मूलढोकामा नागको चित्र टाँसेर श्रद्धाभक्तिपूर्वक पूजा गरिन्छ । नेपाल मण्डल अर्थात काठमाडौं उपत्यका पानीको दहका रुपमा रहेको बेला यहाँ नागवंशको राज्य रहेको र उपत्यकाको पानी चोभार हासिकापबाट छ्ेदन गरी बाहिर पठाउँदा मञ्जुश्रीले नागवंशको सम्मानर्थ टौदह र ललितपुरको धापाखेलमा सुरक्षित गराएको आख्यान पाइन्छ । त्यस बाहेक पनि उपत्यकाको नाग पोखरी अनि भक्तपुरको सिद्धपोखरी पनि नागवंशीयबारे उल्लेखि महिमा जडित पोखरी मानिन्छ। नागपञ्चमीको पूजाबाट दुई मौलिक शिक्षाहरु हामीलाई प्राप्त हुन्छ विभूति पूजा र साम्य दृष्टि । कुनै पनि योनिमा उत्पन्न प्रतापी जीव विभूतिवान्को रुपमा लिइन्छ । भागवत्गीतको अध्ययनमा हाम्रा प्राचीन मनीषिहरुले विभूतिपूजाको आज्ञा दिएका छन् । विभूतिपूजाको अभिप्राय त्यस शरीरको पूजा नभई त्यस शरीरद्धारा परमात्माको अंशको जत्ति विकास भएको त्यसको पूजा हो । यही सिद्धान्त वासुकि आदि द्धादश नागहरुको पूजामा लागु हुन्छ । नागपञ्चमीको पूजाको चरित्रनायक विभूतिवान सर्प थियो । यसर्थ नागपूजा अन्ध परम्परा नभई विभूति पूजा हो भन्ने कुरा स्वीकार्न सकिन्छ ।

pc: ImagePasal.com

गठांमो पर्व

जनैपूर्णिमा र भ्यागुताको भोज