NEPAL TRADITION Molasses making

ठेचोको खुवा, सानागाँउ को परालको सुकुल अनि लुभुको तानको कपडा भने झै टोखा चाकुको लागि प्रख्यात मानिन्छ ।

माघ महिनाको सम्झानाले नै चाकु तिलको लड्डु अनि तरुल अनि हरियो सागको स्वादले  मुखमा पानी आउन थाल्छ ।

१२ वटा महिना ४ वटा ऋतुहरु अनि १२ वटै मशान्त र १२ वटौ संक्रान्तिहरु, विक्रम संवतका महत्वपूर्ण गणकहरु हुन । वैशाखे संक्रान्तिबाट शुरु भएका वर्षहरुका दिनहरु क्रमश विभिन्न मसान्त र संक्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ । यी विभिन्न ऋतुहरुमा ऋतुअनुसारको खानेकुरा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । त्यस्तै माघ महिनामा खाने चाकु, तिलको लड्डु, तरुल अनि चम्सुर पालुँगो खाने प्रचलन रहेको छ ।

चाकुको लागि तोखा अत्यन्तै प्रसिद्ध ठाउँ हो । यहाँ बनाँएको चाकुले उपत्यका मात्र नभएर नेपाल भरिनै प्रसिद्धि कमाएको छ । माघ महिना आउनु अगावै टोखामा रहेको चाकु ब्यवसायीहरुलाई भ्याई नभ्याई हुन्छ । चाकु बनाउन सर्वप्रथम सख्खरलाई पानीमा उमालेर बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याइन्छ ।  त्यस पछि अलि सेलाएपछि एउटा खम्बामा झन्ड्याएको किलामा अडयाएर सरसर तानिन्छ । यसरी तान्दा चाकु मस्याइलो हुन्छ ।

पहिले माटो अथलमा सख्खर पानी फिट्ने गरिन्थ्यो । फिट्न गाह्रो हुने भएकोले किलामा झुन्डाएर तान्न थालिएको हो ।

चाकु जति तान्दै गयो, कालो सख्खर उति सुनौलो रंगमा परिणत हुदै जान्छ । तान्ने काम सकेपछि तौलेर आकार दिईन्छ । चारपाटे, गोलो, समान्य डल्लो आकारका चाकुमा नरिवल, काजु लगायत मिश्रण टाँसेर एक समूहले प्याकिड. गर्दै जान्छ । यसपछि बजारमा विक्रीको लागि चाकु प¥ुयाउने काम हुन्छ ।

सिन्धुली दुम्जा

नेपाली प्रस्तर कला