Nepali Prastar Kala

नेपाल विश्वको परम्परागत कला र संस्कृतिमा अग्रस्थानमा रहेको मुलुक मानिन्छ ।

मन्दिरै मन्रिको देश भनेर विदेश पर्यटकहरुले नेपाल र विशेष गरेर काठमाडौँको वर्णन गरेका छन् ।विदेशी कर्कवैट्रिक नामक विदेशीले उपत्यकामा घुम्दा मूर्तिको थुप्रो र मन्दिरको ताँती देखेर काठमाण्डौं उपत्यकामा मानिस भन्दा मूर्तिहरु र घर भन्दा मन्दिरहरु धेरै छन् । भन्ने ब्यक्त गरेका थिए । विभिन्न उद्देश्यले नेपाल भ्रमण गर्ने पर्यटकहरुले नेपाली कला र संस्कृतिको अध्ययन गर्न पनि उत्तिकै रुचाउने देखिन्छ ।

संसारमा त्यस्तो मुलुक कतै छैन, जसले आफ्नो परम्परागत वस्तुकला, चित्रकला र मूर्तिकलालाई सुरक्षित राख्न सकेको होस । करिब १५०० वर्ष अगाडि देखि नेपाल मन्दिर निमार्णमा प्रस्तरकला, धातुकार्य र काष्ठकलाको लागि प्रसिद्ध रहदै आएको छ ।खसगरी मल्ल कालको तेह्रौदेखि अठारौं शताब्दीसम्म काठमाण्डौंका नेवारहरुले देखाएको कौशलले नेपाली कलाकारिता क्षेत्रलाई विश्वमै चर्चित र समृद्ध बनाउन रहयोग पु¥याएको छ ।हिन्दूधर्म र आर्य मर्यादामा आधारित नेपाली समाजको स्थपना गर्न कटिबद्ध रहने लिच्छविहरुले नेपाली कलाको समूचित विकास गरे । यस बेलका केही मृण्मय र अत्याधिक प्रस्तर मूर्ति लिच्छविकालीन सभ्यताका महत्वपूर्ण स्रोत सामग्री हुन् । अनेक कलाकृति पृथ्वीको गर्भमा लुकिसके पनि प्राप्त मूर्तिहरुले प्राचीन नेपालमा प्रस्तर कलाको कारीगरीले धेरै प्रगति गरेको कुरा प्रस्ट पार्छन ।

लिच्छविपूर्वकाल( सम्भवत किराँतकाल ) तिरका भन्ने अनुमान गरिएका प्रस्तर मूर्तिहरुमा पशुपति मनिदरदेखि पूर्व बागमतिीको किनार आर्यधारमा सानो मन्दिर बनाइ सुरक्षित राखिएको विरुपाक्ष नामको पुरुष मूर्ति र साथैमा बसेको मूर्ति राष्ट्रिय संग्रहालय छाउनीमा प्रदर्शित मूर्तिहरुले लिच्छविकाल प्रारम्भतिरको मानिन्छ । यस मूर्तिहरुबाट त्यस बेलाको धर्म र संस्कार पहिरन तथा आभूषबारे महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भएको छ । लिच्छविकालका प्रस्तर मूर्तिहरुमा आर्य शैलीको उँचो नाक भएको लाम्चो अनुहार, पातला वस्त्र र प्रस्तरका गहना, लचिलो – हिड्न वा चलन लागेजस्तो ) कद, विशिष्ट र जटिल केश श्रृङ्गार ( खासगरी नारीहरुमा ) शिरमा उत्कृष्ट मुकुट, अनुपातमा मिलेको अङ्गहरु मुख्य विशेष्ता देखिन्छन् ।

यसबेलाका मूर्तिहरु धार्मिक महत्व्का छन् जो यस समयको प्रस्तर कृर्तिहरुको एउटा विशेष्ता हो । यस समयमा मूर्तिकारहरुले पालिसको प्रयोग गरेको विश्वास गरिन्छ ।यस बेला प्रस्तर पनि निलो कालो उत्कृष्ट किसिमको प्रयोग गरिएको छ । यसर्थ मूर्ति पालिस नगरे पनि चिल्लो र चम्किलो हुन्छ । शताब्दीयौं देखिको प्रस्तर मूर्तिहरु यथावत देख्न सकिन्छ ।प्रस्तरकला मध्यकालतिर आएर लिच्छवीकालमा जस्तो नीलो कालो रङको बलियो र चम्किलो देखिने गुण भएको प्रस्तरको खोजी गर्न छोडेको देखिन्छ ।

Ugrabhairab

बलौटे ढुङ्गा अझ धेरै हदसम्म फुस्रो देखिने ढुङ्गामा गरिएको कारीगरीले गर्दा मुर्तिहरु चम्काउनको लागि पहिले मूर्तिमा तोरिको तेल लागउने गरिन्थ्यो । जस्ले गर्दा मूर्तिमा प्राण भएको जस्तो चमक आउने अरनिको स्टोन कार्भिङका प्रोपाइटर धर्मराज शाक्यले बताउनु भयो । यस्तो खालका कार्यलाई महत्वको साथ सरकारले नहेरिदिँदा यो ब्यवसाय नै लोप हुने अवस्थामा पुगेको छ । हाल ललितपुरका १५, १६ घरधुरीका केही ब्यक्तिहरुमा मात्र यो ब्यवसाय सिमित हुन पुगेको शाक्यले गन्तब्य नेपाल लाई जानकारी दिनु भयो । यस समयमा धातुकलाको उन्नति बढि भएकालेले प्रस्तरजस्तो कठोर कुँदाइमा भद्दापन छ । लिच्छविकालको जस्तो लचतक र सजीवता यस समयको प्रस्तर कलामा देखिदैन ।यस समयको प्रस्तर मूर्तिकलाको मुख्य विशेषता कलामा धर्मको प्रभाव रहनु नै हो । यस समयमा हिन्दू बौद्ध दुवै धार्मिक सम्प्रदायका अनेक उपसम्प्रदायकहरु न्ेपालमा लोकप्रिय भएको पाइन्छ अनेक संस्कारको विकास सँगै मूतिकलाको विकास यष्स बेला भएको देखिन्छ ।गेर धार्मिक कृतिहरु जस्तै मानवमूर्ति ( सालिक) र पशुपंक्षीहरुका मूर्तिहरु पनि यस समयमा प्रशष्त निमार्ण भए ।यसरी मुर्ति निमार्णमा विविधता आयो ।धातुकलाको विकास भएकेले धातुकृतिको प्रभाव प्रस्तरमा पनि प¥योर धेरै सूक्षम अनेक हात र शिर भएका तान्त्रिक देवी देवताको मूर्ति पनि यस बेला नै निमार्ण हुन थाले । पशुपति गुहेश्वरी आथि तीर्थस्थलमा प्रार्थनाको मुद्रामा बसेका मल्लशासक, उनका परिवार र अन्य भक्तहरुका मूर्तिहरु रहेका छन् ।यस समयमा आएर मुखाकृतिबाट आर्यपन लोप हुँदै गएको सङ्केत पाउँछौं । मूर्तिको अुनुहारमा पहिलेभन्दा बढी गोलोपन अर्थात मङ्गोल अनुहार पाउनुको साथै सामान्यत मल्लकालका सबै कलाको विधाको विशेषताले देखाउछ । पहिलेका कृतिमा धोति, कटिबन्ध, उत्तरीय जनै आदीसीमित परिधान देखिन्छ भने मल्लकालमा सो बाहेक थप पहिरन, थुप्रै गहनाहरु देख्न सकिन्छ। करिब २००० वर्ष पहिले एक कृषकले फेला पारको विश्वस गरिने बुढानिलकण्ठ पनि प्राचीनकलाको ढुङ्गे मूर्तिकलाको सर्वोउत्कृष्ट नमूनाको रुप्मा रहेको छ । त्यस्तै पाटन दरबार क्षेत्रमा रहेको तीनतलले ढुङ्गाको मन्दिर प्रस्तर कलाको विचित्र नमूना मानिन्छ । कला र सुन्दरताका पारखीहरुलाई यो मन्दिरले पूर्ण सम्तुष्टि प्रदान गर्दछ । महाभारत र रामायणका महत्वपूर्ण घटनासाग सम्वन्धित चित्र समेत ढुङ्गामा खोपिएको यो मन्दिरको निमार्ण सोह«ौ सताब्दीमा सिद्धिनरसिंह मल्लद्धारा भएको देखिन्छ । यस्ता विशेषतहरुले कुनै पनि कृतिलाइ कुन समयको हो भनी छुट्याउन सहयोग त पुगेको छ नै साथै उस सयमको संस्कार धर्म आभूषण बारे पनि महत्वपूर्ण जनारी प्राप्त गर्न सजिलो भएको छ ।

विशेष धन्यबाद ः
धर्मराज शाक्य
प्रोपाइटर
अरनिको स्टोन कार्भिङ

pc: ImagePasal.com

टोखाको चाकु

विश्वको प्राचीन जात्रा हरसिद्धि जात्रा