Bisket Jatra, Madhyapur Thimi

उपत्यकाको प्राचीन शहरहरु मध्ये मध्यपुर थिमीको आफ्नो छुटै पहिचान रहेको छ । मध्यकालको प्रारम्भिक समयताका यो थलोलाई थ्यंमी नामले पनि पुकारीन्थ्यो । गोपालवंशावलीमा यस कुराको प्रमाणीत गर्दछ । यो थलो उत्तरप्राचीनकालदेखि नै ज्यादै विकसित थिए । यस स्थानमा उत्तरप्राचीनकालका दुई वटा अभिलेखहरु पाइएका छन् । भने यो थलोसित जोडिएको नीलवाराहीमा उत्तरप्राचीनकालका आभीर राजा श्रीजिष्णुगुप्तकालीन एक अभिलेख पनि प्रतिष्ठापित छ । उत्तर प्राचीनकालको अनन्तर मध्यकालको प्रारम्भिक समयतिर अर्थात नेपाल सम्वत् ३४४ मा आर्य भगवती शतसहस्रहरुपा प्रज्ञापारमिता नामको प्रसिद्ध बौद्ध ग्रन्थ थ्यंमी नगदेशमै लेखिएको थियो जुन ग्रन्थ हिजोआज थंवहिल विक्रमशील महाविहारमा सुरक्षित छ । यी तथ्यहरुको प्राप्तिले थ्यंमी प्राचीनकालदेखि नै ज्यादै विकसित थलो भएको कुराको जानकारी मिल्छ । धार्मिक, सांस्कृतिक एवं कलाको क्षेत्रमा यस स्थानले ज्यादै विकास गरेको थियो । भिजिट नेपाल टिभीको चाडपर्व विधाको लागि ईतिहास विद् हरेराम जोशीसँगको कुराकानीमा आधारित यस थिमीका जात्राको बारेमा तपाईहरुलाई जानरकारी दिने जमर्को गरेका छौँ ।

येँ अर्थात काठमाण्डौँवासीलाई येँमी, बनेपावासीलाई भ्वमी , साँखुवासीलार्य सक्वमी भनिए झैँ ‘थि’ अथवा मध्यपुरवासीलाई थिमी नाउँबाट बुझदछौँ । नेपाल भाषामा औँठी वा गहनाको बिचमा राखिने एक विशेष प्रसाधनको मुंगालाई ‘थि’ भनिन्छ । त्यसैले काठमाण्डौँ ललितपुर र भक्तपुरको बिचमा अवस्थित पुरातात्विक नगरलाई थिमी भनिएको हो । लिच्छवीकालीन मध्यपुरनगर ने.सं. ६७० पछि मात्र अस्तित्वमा आाएको बताइएतापनि ने.संं. ६३३ मा राजा सुर्वण मल्ले नगर ब्यवस्थित गराएको ईतिहास पाउन सकन्छि ।

समुन्द्री सतहबाट ११२६ मी. उचाईमा रहेको काठमाडौँबाट १० कि.मी पूर्व तख्याखुसी (हनुमन्ते खोला) र उत्तरमा मनोहरा नदीले थिमीको सिमाना निर्धारण भएको छ । बालकुमारी, चपाचो, नगदेश, बोडे र लोहंकिलथली पाँच गाविसलाई निर्धारण गरिएको मध्यपुर नगरपालिकाको २०५६२(९(६ रोपनी अर्थात ११.४७ वर्ग कि.मी. छेत्रफलमा फैलिएको छ । ठिमीको बालकुमारी प्रवेश गर्नुअघि नेपाल सम्वत्का संस्थापक राष्ट्रिय बिभूति शंखधर साख्वाल चोग पुग्नुपर्दछ । जहाँ संखधरको पूर्णकदको सालिक र देश प्रवेश गर्ने ध्वाखा छ । मूलचोकबाट दधिकोटतर्फ लाग्दा तव्याखुसी –हनुमन्ते) नदीको किनारमा नै मध्यपुर देश रक्षार्थ स्थापित अष्टमातृकाका पीथमध्ये एक दक्षिण वाराही पीठ रहेको छ । यो पिठ ने.सं. ६३३ मा राजा सुवर्ण मल्लले देश व्यवस्थित गर्ने क्रममा स्थापित वाराही पीठ दुई भजन तथा भोजन गर्ने पाटी ने.सं. ९२५ अभिलेखसहित मन्दिर रहेको छ । ढुगे सिंहको पहरा मञ्जुश्रीको खड्ग, बर्जाचार्य पूजारी रहने यस पीठमा प्रत्येक वर्ष २ गते बालकुमारी जात्राको दिन विशेष पूजा हुने गर्दछ ।

अष्टमातृका पिठ बालकुमारी पीठलाई पीठको पनि महापीठ भन्ने गरिन्छ । मध्यपुर कलापरिषदका अध्यक्ष गणेश राम लाछी भन्नुहुन्छ सिद्धिपुर पाटन थसिगाउँकी एउटी छोरी विवाह गरी थिमी पुगेकी थिइन् । माइतीमा आफन्त कोही नभएको कारण निजले आफ्ना कुलदेवता लाई धान सुकाउने खलान बलामा प्रतिष्ठापित गराईन कालान्तरमा सबैले वला –धान सुकाउने खलान) मा स्थापित कुमारीलाई बालकुमारी भन्न थालिएको हो । यो आख्यान कहिलेको हो खुल्न सकेको छैन । तर, राजा यक्षमल्लको राज्यकाल ने.सं. ५३६ देखि ५४० भित्र यो मन्दिर तीनतल्ले धातुछाने आकृति लिइसकेको खुल्दछ । सादा ढुंगामात्र पूजिने बालकुमारीको प्रत्येक वर्ष बैशाख १ गते पञ्चवलिसहित विष्णु वीर, दक्षिण वाराही, हिचोद्यो(हरिसिद्धि), पिंथु गणेश, थासमा गणेश, दथु गणेश, वामुने गणेश, राज गणेश, पतसिको गणेशलगायत ३२ खटको भब्य सिन्दूरे जात्रा हुने गर्दछ । ३२ वटा देवी देवताका खटद्धारा देश परिक्रमा गराईने हुँदा प्रस्तुत जात्रालाई ३२ लक्ष्णलेयुक्त प्रसिद्ध जात्राको रुपमा पनि लिइन्छ । यो जात्रालाई नै थिमी जात्राको संज्ञादिइएको छ । यो जात्रामा सहभागी हुँदा मृत्यु वाजा सीबाजं बजाएर देवखट उठाइने विष्णुवीर वैष्णवी पीठ अष्टमातृका मध्ये एक हो । दुई गतेको दिन एका बिहानै नगदेशको गणेशलाई थिमीमा ल्याएपछि उपर्युक्त ३२ वटा देवी देवताको खटहरु पंक्तिबद्ध गराई जात्रा आरम्भ गरिन्छ । प्रस्तुत जात्रामा सिन्दूरको होली खेलिन्छ । यसले होली खेल्ने भनेको फागुमा मात्र नभई कुनै पनि समय भन्नुको तात्पर्य उत्सव, खुशियाली आदि आदि समय खेल्ने चलन पहिले देखि न ैरहेको यथार्थतातिर स्पस्टरुपले इङ्गित गरेको छ । अर्को, यो जात्रामा सम्मिलित भएका देवताहरुमध्ये भगवान् विष्णु नागमाथि आसिन रहेक छ । नागश्याका विष्णु मूर्तिहरु साधारणतया देखिएका छन् । तर नागासनमा रहेका विष्णु मूर्तिहरु ज्यादै न्यून छन् । जुन प्रस्तुत मूर्तिको विशेषताको रुपमा ग्रहण गर्न सकिन्छ । बैशाख १ गते आरम्भ हुने यो जात्रा बैशाख २ गतेको बेलुका सम्म रहन्छ । यो जात्रा समाप्त भएपछि यस थलोको केही उत्तरमा रहेको बोडेमा जिब्रो छेड्ने जात्राको आरम्भ हुन्छ ।

pc: ImagePasal.com

ललितपुरको विशंखु डाँडा पर्यटनको लागि नयाँ हाईकिड. रुट

सिद्धिपुरको जात्रा