Bishankhu Narayan

काठमाडौँ उपत्यकाका प्रख्यात चार नारायणमध्ये एक विशंखु देवस्थल बाडेगाउँबाट गाडिमा मन्दिर सम्मै पुग्न सकिन्छ । सधै पाटन दरबारमा मात्र सिमित रहेको ललितपुर जिल्लाको पर्यटकीय गतिविधिहरु रिड.रोड पारीको रोमाञ्चकारी गन्तब्य बन्न सक्छ विशंखु नारायण । रिङ्गरोड ग्वर्को बाट ३ किमी पर रहेको लिच्छवीकालीन नेवारी बस्ती सिद्धिपुर पुग्न सकिन्छ । यो गाउँ परालको सामाग्री सुकुल लगायतका सामाग्रीको लागि प्रख्यात छ । हिजो आज यहाँ बनेका परालको सोफा, उपहारको सामाग्रीहरु अझ धेरै बजारमा माग बढेको छ । नेवारी जीवनशैलीको साथै परालबाट बनेका सामाग्रीहरुको अवलोकन गर्दै विष्णडोल हुँदै विशंखु नारायणको यात्रा गर्न सकिन्छ । यहाँ बाट उपत्यकाको रमणीय दृष्यको साथै हिमालको मनमोहक दृष्य देख्न सकिन्छ ।

Bishankhu Narayan

नेपाल भाषामा विशं भन्नाले विष्णु र खँु को अर्थ नदि हो । नदी छेउको विष्णु नै कालान्तरमा विशंखु नारायण भनिन थालिएको बताइन्छ ।
कलाको दृष्टिबाट खासै मानव निर्मित सिर्जना नभेटिने विशंखुमा चाँगु, शेषर इचंगुमा जस्तो राजोपाध्याय तान्त्रिक पाद्धतिमा आधारित नेवार ब्राम्हण बस्दैनन् । एउटा गुफा पाप धर्म छुट्याउने खोच र खुला रमणीय फाँट सहितको विशंखु नारायणबारे एउटा घतलाग्दो आख्यान जोडिएको छ । लोक आख्यानअनुसार शिवले भष्मासुरलाई हातले जसलाई छोए पनि खरानी हुने वरदान दिएछन् । मुर्ख भष्मासुरले परीक्षण गर्न महादेवलाई नै लखेट्न थालेछ ।
भष्मासुरले लखेट्दा महादेवले गोदामचौरको यही गुफामा लुकी बसेको जन विश्वास रहेको छ ।

Bishankhu Narayan

गुफामा लुकी बसेका महादेवलाई बचाउन विष्णुले भष्मासुरलाई भनेछन्, महादेव जस्तो बहुलाले पनि छुनासाथ भष्म हुने वरदान थियो होल त ?
बरु आफैंले आफ्नो टाउकोमा हात राखी हेर्नु नि, शाक्तिले मातले अन्धो भएका भष्मासुरले विचारै नगरी आफ्नो टाउकोमा आफैंले हात राख्दा भष्म भई खरानी हुन पुगेछ । त्यही भष्मासुरको खरानीबाट विशंखु नारायणको पहाड बनेको जन विश्वास रहेको छ । विशंखुको प्राचीनता प्रमाणीत गर्ने आख्यान र प्राकृतिक ढुंगाबाहेक केही पनि पुरातात्विक सम्पदा प्राप्त छैनन् । ललितपुरको गोडामचौर डाँडाको खोचमा रहेको विशंखु नारायण देवस्थ्ल प्रकृतिसँग नजिकिन हुन चाहने जो कोहिको लागि पनि प्रिय गन्तव्य हुन सक्छ । समयको परिवर्तन सँगै मान्छेहरुको कार्यशैलीमा पनि फरक आएको छ । सहरको ब्यस्त जीवन, काठमाडौँको प्रदूषण र कोलाहलबाट केहि क्षण भए पनि टाढा गएर प्रकृतिसँग रमाउन चाहने ब्यक्तिहरुमा हिजोआज हाईकिङ तथा साइक्लिङ गर्ने सँस्कार वृद्धि भएको छ ।

Bishankhu Narayan

सायद त्यसैले होला काठमाडौँ उपत्यकाहरुका नजिकै रहेका गाउँहरुमा हाईकिङको रुटहरु समेत बनेका छन् । केहि समय अघि बनेको धार्मिक एवं पर्यटनका लागि आकर्षक गन्तव्यका रुपमा रहेको विसंखुनारायण मन्दिर र लाँकुरी भञ्ज्याङ पुग्ने पदमार्ग बनेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको ऐतिहासिक पर्यटन पदमार्ग विसंखुनारायण मन्दिर र लाँकुरी भञ्ज्याङसम्म पुग्ने पदमार्ग हिउँदको समय सुरु हुनासाथ उल्लेख्य पर्यटक आवत जावत गर्ने गर्दछन् । विसंखुनारायण सामुदायिक वनबाट कोट गाउँ सामुदायिक सिस्नेपानी सामुदायिक वन र पात्लेछाप सामुदायिक वन हुँदै लाँकुरी भञ्ज्याङसम्मको पदयात्रा गर्न विदेशी तथा आन्ततरिक पर्यटक बर्सेनि आउने गर्छन् ।

कालिञ्चोक

मध्यपुर थिमी, ३२ खटको भब्य सिन्दूरे जात्रा