Sankhu

काठमाण्डौबाट १७ कि.मि. उत्तर पूर्वमा रहेको छ प्राचिन शहर साँखु । साँखुको धार्मिक र ऐतिहासिक महत्व छ । साँखुको प्राचिन नाम चन्द्रज्योति नगर हो अर्थात संखरापुर पनि भनिन्छ । भनिन्छ साँखुमा शंखदेव नामक राजाले शासन गरेका थिए ।

शंखदेव नै साँखुमा प्रथम राजा थिए । उनका नाममा साँखुकमा प्रथम राजा थिए । उनका नाममा साँखुको नाम शंखरापुरमा रहन गएको हुनु पर्छ । राजा शंखदेवले शंखरापुरमा शासन गरेको किबन्दति पाइए पनि शासन गरेको साल र ठोस आधारहरु छैन । शंखरापुर साँखु जे भनिएतापनि यस नगरलाई नेवारहरुले सक्व भन्दछन् ।

साँखु तिब्बत(भोट) मुनिको नगर हो । नेवारहरुले तिब्वत(भोट) लार्य सँय्दे भन्दछन् । तिब्वत(भोट) अर्थात सँय् र मुनिको अर्थाते क्वये नेपाल भाषाको शाब्दिक अर्थ हो । स्थानीय राधाकृष्ण श्रेष्ठका अनुसार साँखुमा पहिले आठ ओटा ढोकाहरु रहेकोमा हाल पाँच ओटा ढोकाहरु मात्र विद्यमान छन्।

यि ढोकाहरु भिन्ना भिन्नै प्रयोजनका लागि निमार्ण गरिएका हुन् । उत्तर पश्चिमको ढोकालाई स्थानीय नेवारहरुले द्य ध्वाखा भन्दछन् । यो ढोकाबाट बज्रयोगीनी जात्रा गरिन्छ भने बज्रयोगिनीदेवीका मूर्तिहरु राखिएको खट प्रवेश राएर बज्रयोगीनी जात्रा गरिन्छ भने जात्राको समाप्ति पनि यसै ढोकाबाट गराउने प्रचन रहेको छ । उत्तर पूर्वको ढोकालाई सी ध्वाखा भनिन्छ । यस ढोकाबाट दाहा संस्कारका लागि सव यात्रा लगिन्छ । दक्षिण पश्चिम ढोकालाई भौ ध्वाखा अर्थात बुहारी ढोका भनिन्छ । यो ढोकासँगै भगवतिको मन्दिर छ । यो ढोकाबा दुलही भित्र्याईन्छ । साँखुका नव दुलाहाले बिवहा गरेर ल्याईएको नव दुलहीयालई यस ढोकाबाट जन्ती सँगै प्रवेश गराईन्छ । दक्षिण पूर्वको ढोकालाई म्ह्याय्मचा अर्थात छोरी ध्वाखा भनिन्छ । यस ढोकाबाट छोरी(दुलही)लाई विदा दिएर प्रस्थान गराईन्छ । पूर्वको ढोका शालिनदी जाने ढोका हो । यस ढोकाबाट माध महिनाभर शालिनदीमा बसिने ब्रत्तका माधवनारायण लगायत ब्रतालुहरुको प्रवेश र प्रस्थान गराइन्छ । सालीनदीमा विभिन्न देवदेवी, घाट, पाटी, सत्तल, ब्रत स्थ, यज्ञ स्थलका साथै महादेवको स्वेतरुप नर्भदेश्वर महादेव मन्दिर अखण्ड ज्योति, धुनी, चन्द्रावती र डोलेहरुको अवशेष मानिने ढुङ्गाहरुर छाप्रो आदि प्रत्यक्ष देख्न पाइन्छ भने हाल श्री स्वस्थानी देवीको भन्य मन्दिर पनि निमार्ण भइसकेको छ । यहाँ हरेक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्लपूर्णिमासम्म साँखुको मेला, शालीनदी मेला स्वाथानी मेला र माधवनाराण मेला इत्यादि नामले भब्य मेला लाग्दछ ।

उक्त मेला अवधिभर आफ्नो मनोकाङक्षा पुरा हुने धार्मिक विश्वासलिई स्थानीइका साथै अन्यत्रबाट समते आई सयौ ब्रतालुहरु स्वस्थानी ब्रतको आराध्यदेव श्री माधवनारायण परमेश्वको पूजा प्रार्थना गरी स्वस्थानीको ब्रत बसिन्छ भने लाखौ श्रद्धालु भक्तजनहरु आफनो पापमोचन हुने र पुण्य आर्जन हुने विश्वास लिई शालीनदीमा आई नुहाई स्नान गरीपूजा प्रार्थन ागर्नुका साथै ब्रतालुहरुलाई उपभोग्य बस्तु र नगद समेत दान दिइन्छ । स्वस्थानी महात्म्ये श्रीस्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य सम्वादे अर्थात स्कन्द पुराण अन्तर्गतको केदार अखण्डको माघ महात्म्ये प्रसङ्गमा कुमारले अगस्तलाई सुनाएका सम्वादको रुपमा ब्यक्त गरिएको पाइन्छ भने स्वस्थानीलाई देवीको रुपमा लिई अष्टासुच दलेष्वमे मातृकास्थितास्थाता । खड्ग, त्रिशुलचोध्र्वञ्च बामेच वरमुत्पलमा ।। चर्तुभुजा त्रिनेत्रांच सर्वालंकार भूषिताम । सुवर्ण बाद्धिकाशोभा स्वस्थानी परमेश्ववर ।स्वस्थानी ब्रतमा अन्यत्र महादेवको पूजा गर्ने गरिएतापनि यहाँ विष्णुलाई बढी महत्व दिई स्वस्थानी ब्रतका आराध्य देव माधव नाराणयाको पूजा प्रार्थना गर्ने गरिन्छ ।यस सम्बन्धमा धर्मशास्त्रीहरुका अनुसार महादेव पति पाउने इच्छा लिएकी पार्वतीलाई विष्णुले स्वस्थानी ब्रत अनुष्ठाको विधि सिकाई उनको उद्धार गरी दिएबाट विष्णु स्वरुपा आराध्यदेव श्री माधव नारणको पूजा प्रार्थना गरी स्व्स्थानीको ब्रत बस्ने गरिएको कुरामा विश्वस्त देखिन्छ । माधव नाराणको ब्रत अवधि बाहेकका दिनहरुमा साल्खा टोलस्थित ब्रह्मपुरमा मूल पुजारीको जिम्मा राखिन्छ । र इच्छुक भक्तजनका साथै मुलपुजारीबाट दैनिक नित्य पूजा पाठ गरिन्छ । ब्रतारम्भको अघिल्लो दिन कजी( ब्रतालुहरुको अगुवाई ) कोजिम्मा ब्रम्हपुरबाट शालीनदीको धलपुमा माधव नारायणको मूर्तिका साथ सम्पूर्ण पुरुष ब्रतालुहरु ब्रत अवधिभर हरके रात धुनीबाली भजन किर्तन गरी त्याहा बसिन्छ ।

हरके दिन बिहान ३ ४ बजे शंख फुकि साँखु परिक्रमा गरी महिला ब्रतालुहरुलाई शालीनदीमा भेला सुन सुचित गरी भला भएपछि माधव नाराणको मूर्तिसँगै सम्पूर्ण ब्रतालुहरु शालीनदीमा नुहाई दैनिक ब्रत सम्पन्न नहुन्जेल भक्तजनहरुलाई पूजा प्रार्थनार्थ माधवनाराणको मूर्तिलाई ब्रतस्थलमा रहेको आसनमा विराजमान गरार्य राखिन्छ । दैनिक व्रत कार्य सम्पन्न भए पश्चात हरेकदिन माधव नारणको मूर्तिलार्य कमरमा बोकी साल्खा टोलको आशनमा पुयाइन्छ । त्याहाँबाट पुरुष ब्रतालुहरु धोति र फेटा बाँधि सहस्र धारा स साना प्वालहरुमा छ्वालीराखको धातु वा मातोका कलश बोकी साँखुको परिक्रमा गरिन्छ । उक्त कलशमा सहस्र धारा पानी खन्याइन्छ । र सहस्र धारा घुमाई जल छर्कने र थाप्ने गरी ज्योतिलिङ्गेश्वर महादेव मन्दिरको परिक्रमा पश्चात ज्योतिलिङ्गेश्वर मन्दिर सामुन्नेको बसाहामा अन्तिम नमस्कार गरी दैनिक कार्य सम्पन्न गरिन्छ । भने यो सँगै माधवनारणको मूर्तिलाई टिन्छु – एक प्रकारको बाजा बजाई शंख फुकि श्लोक भन्दै ब्रम्हपुमा मूल पूजारीबाट पूजा गरे पश्चात कजीको घरमा भित्र्याइन्छ ।

सिन्धुली दुम्जा