salinadi-swasthani-3

काठमाडौंबाट १७ किलोमिटर उत्तरपूर्वमा रहेको छ प्राचीन शहर साँखु । धार्मिक र ऐतिहासिक महत्व बोकेको साँखुलाई चन्द्रज्योति नगर अर्थात शंखरापुर पनि भनिन्छ । भनिन्छ, साँखुमा शंखदेव नामक राजाले शासन गरेका थिए । शंखदेव नै साँखुमा प्रथम राजा थिए । उनको नाममा साँखुको नाम रहन गएको हुनुपर्छ । राजा शंखरदेवले शंखरापुरमा शासन गरेको किंवदन्ति पाइए पनि शासन गरेको साल र ठोस आधारहरु छैनन् । शंखरापुर साँखु जे भनिएता पनि यस नगरलाई नेवारहरुले सक्व भन्दछन् । साँखु तिब्बत (भोट) मुनिको नगर हो । नेवारहरुले तिब्बत(भोट)लाई सँय्दे भन्दछन् । तिब्बत(भोट) अर्थात् सँय र मुनिको अर्थात क्वये नेपाल भाषाको शाब्दिक अर्थ हो ।

साँखुमा पहिले आठ ओटा ढोकाहरु रहेकोमा हाल आएर पाँच ओटा ढोकाहरु मात्र छन् । यी ढोकाहरु भिन्दा भिन्दै प्रयोजनका लागि निर्माण गरिएको हुन् ।उत्तर पश्चिम को ढोकालाई स्थानीय नेवारहरुले द्य ध्वाखा भन्दछन् । यो ढोकाबाट बज्रयोगीनी जात्रा गरिन्छ भने बज्रयोगिनीदेवीका मूर्तिहरु राखिएको खट प्रवेश गराएर बज्रयोगिनी जात्रा गरिन्छ । साथै जात्राको समापन पनि यसै ढोकाबाट गराउने प्रचलन रहेको छ। उत्तरपूर्वको ढोकालाई सी ध्वखा भनिन्छ । यस ढोकाबाट दाहा संस्कारका लागि शव यात्रा लगिन्छ । दक्षिण पश्चिम ढोकालाई भौ ध्वाखा अर्थात् बुहारी ढोका भनिन्छ । यो ढोकाँगै भगवतीको मन्दिर छ । यो ढाकाबाट दुलही भित्र्याइन्छ । साँखुका नव दुलाहाले विवहा गरेर ल्याइएको नव दुलहीलाई यस ढोकाबाट जन्तीसँगै प्रवेश गराइन्छ । दक्षिणपूर्वको ढोकालाई म्ह्याय्मचा अर्थात छोरी ध्वाखा भनिन्छ । यस ढोकाबाट छोरी(दुलही)लाई विदा दिएर प्रस्थान गराइन्छ । पूर्वको ढोका शालिनदी जाने ढोका हो । यस ढोकाबाट माघ महिनाभर शालिनदीमा बसिने ब्रत्तका माधवनारायण ललायत व्रतालुहरुको प्रवेश र प्रस्थान गराइन्छ । शालिनदीमा विभिन्न देवदेवी, घाट,पाटी, सत्तल, व्रतस्थल, यज्ञ स्थलका साथै महादेवको श्वेतरुप नर्मदेश्वर महादेव मन्दिर अखण्डज्योति, धुनी, चन्द्रावती र डोलेहरु अवशेष मानिने ढुङ्गाहरु छाप्रो आदि प्रत्यक्ष देख्न पाइन्छ । हाल यहाँ श्री स्वस्थानीदेवीको मन्दिर पनि निमार्ण भइसकेको छ । यहाँ हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म साँखुको मेला र माधव नारायण मेला इत्यदि नामले भब्य मेला लाग्द छ ।

उक्त मेला अवधिभर आफ्नो मनोकाड.क्षा पूरा हुने धार्मिक विश्वास लिई स्थानीइका साथै अन्यत्रबाट समेत आई सयौं व्रतालुहरु स्वस्थानी व्रतको अराध्येदेव श्री माधवनारायण परमेश्वरको पूजा प्रार्थना गरी स्वस्थानीको व्रत बसिन्छ । भने लाखौं श्रद्धालु भत्तजनहरु आफ्नो पाप मोचन हुने विश्वासका साथ शालिनदीमा आई नुहाई स्ना गरी पूजा प्रार्थना गर्नुका साथै व्रतालुहरु उपभोग्य वस्तु र नगदसमेत दान दिइन्छ ।


स्वस्थानी महात्मे श्रीस्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगत्सय सम्वादे अर्थात स्कन्द पुराणअन्तर्गतको केदार अखण्डको माघ महात्म्ये प्रसङ्गमा कुमारले अगस्तलाई सुनाएको सम्वादको रुपमा ब्यक्त गरिएको पाइन्छ भने स्वस्थानीयलाई देवीको रुपमा लिई अष्टाचुक दलेष्वमे मातृकास्थितास्थाता । खड्ग त्रिशूलचोध्र्वञ्च बामेच वरमत्पलमा । चर्तुभूजा त्रिनेत्रांच सर्वालंकार भूषिताम। सर्वण बाद्धिकाशोभा स्वस्थानीय परमेश्वर। स्वस्थानी परमेश्वर । स्वस्थानी व्रतमा अन्यत्र महादेवको पूजा गर्ने गरिए पनि यहाँ विष्णुलाइ बढि महत्व दिई स्वस्थानी व्रतका आरध्य देव माधव नारायणको पूजा प्रार्थना गर्ने गरिन्छ । यस सम्बन्धमा धर्मशास्त्रीहरुका अनुसार महादेव पति पाउने इच्छा लिएकी पार्वतीलाई विष्णुले स्वस्थानी व्रत अनुष्ठानको विधि सिकाई उनको उद्धार गरी दिएबाट विष्णुस्वरुपा आराध्यदेव श्री माधवनारायणको पूजा प्रार्थना गर्ने गरिन्छ । यस सम्बन्धमा धर्मशास्त्रीहरुका अनुसार महादेव पति पाउने इच्छा लिएकी पार्वतीलाई विष्णुले स्वस्थानी व्रत अनुष्ठानको विधि सिकाई उनको उद्धार गरी दिएबाट विष्णुस्वरुपा आराध्ये देव श्री माधव नारायणको पूजा प्रार्थना गरी स्वस्थानीको व्रत वस्ने गरिएको कुरामा विश्वस्त देखिन्छ । माधव नारायणको व्रत अवधि बाहेक बाहेकका दिनहरुमा साल्खा टोलस्थित ब्रह्मपुरमा मूल पूजारीको जिम्मा राखिन्छ र इच्छुक भक्तजनहरुका साथै मूलपूजारीबाट दैनिक नित्य पूजा पाठ गरिन्छ । व्रतारम्भको अघिल्लो दिन कजी व्रतालुहरु(अगुवाई) कोजिम्मा ब्रम्हपुरबाट शालिनदीको धलपुमा माधव नारायणको मूर्तिका साथ सम्पूर्ण पुरुष व्रतालुव्रत अवधिभर धुनिबाली भजन किर्तन गरी त्यहाँ बसिन्छ ।


हरेक दिन बिहान ३ ४ बजे शंख फुकी साँखु परिक्रमा गरी महिला व्रतालुहरुलाई शालिनदीमा भेला हुन सूचित गरी भेला भएपछि माधव नारायणको मूर्तिसँगै सम्पूर्ण व्रतालुहरु शालिनदीमा नुहाई दैनिक व्रत सम्पन्न नहुन्जेल भक्तजनहरुलाई पूजा प्रार्थनार्थ माधवनारायणको मूर्तिलाई व्रतस्थलमा रहेको आसनमा विराजमान गराई राखिन्छ । दैनिक व्रतकार्य सम्पन्न भएपश्चात हरेकदिन माधवनारायणको मूर्तिलाई कमरमा बोकी साल्खा टोलको आशनमा पुर्याइन्छ । त्यहाँबाट पुरुष व्रतालुहरुले धोति र फेटा बाँधी सहस्र धारा ससाना प्वालहरुमा छ्वालीराखेको धातु वा मातोका कलश बोकी साँखुको परिक्रमा गरिन्छ । उक्त कलशमा सहस्रधारा पानी खन्याइन्छ र सहस्रधारा पानी घुमाई जल छर्कने र थाप्ने गरी ज्योतिलिङ्गेश्वर मन्दिर सामुन्नेको बसाहामा अन्तिम नमस्कार गरी दैनिक कार्य सम्पन्न गरिन्छ । भने यो सँगै माधावनारायणको मूर्तिलाई टिन्छु एक प्रकारको बाजा बजाई शंख फुकी श्लोक भन्दै बम्हपुमा मूल पुजारीबाट पूजा गरे पश्चात कजीको धरमा भित्र्याई व्रत समापन गरिन्छ।

माघे संक्रान्ति

होलीका विभिन्न प्रसंगहरु