Champadevi Hiking

नजिकको तिर्थ हेला, टाढाको तिर्थ मला भनेजस्तै काठमाडौं उपत्यकाको अत्यन्त नजिकका रहेर पनि ओझेलमा परेको पर्यटकीयस्थ्ल हो चम्पादेवी । किर्तिपुर पर्यटन विकास समतिको आयोजनामा भएको यस पदयात्रामा दैनिक पत्र पत्रिका, एफएम टेलिभिजनमा आबद्ध पत्रकार साथीहरु लगायत किर्तिपुरका स्थानीय पदयात्रा प्रेमीहरु आजको हाम्रो यात्राका सहयात्रीहरु हुन्।

किर्तिपुर नगरपालिकाको चाल्नाखेल बाट बिहान करिब आठ बजे हाम्रो पदयात्रा सुरु भयो । हामी विस्तारै चाल्नाखेल बाट चम्पादेवी तिर अघि बढ्दै गयौ । करिब ढेड घण्टाको हिडाई पछि हामी चम्पादेवी पाउँमा आएर चिया र नास्ताको लागि केहि समय रोकियौं । पदयात्रा आयोजकहरुले यस स्थानमा पदयात्रीहरुको लागि चिया र नास्ताको व्यवस्था गरिएको थियो ।

चम्पादेवी मन्दिरको रमणीय भिरालो घासेमैदानमा बसेर चिया र नास्ता लियौं । समुद्री सतहबाट २५०० मिटर उचाइमा काठमाडौंको दक्षिण भेकमा दक्षिण पश्चिम भएर रमणीय डाँडाका रुपमा यो अवस्थित छ ।
एकै छिनको विश्राम पछि हामी फेरी आफ्नो गन्तव्य तिर अघि बढ्यौं । काठमाडौ उपत्यकाबाट यति नजिकै रहेको यो पदयात्रा साँचिकै रोमाञ्चकारी थियो । यहाँ देखिने मनोरम दृष्यमा रमाउँदै यहाँ दृष्यहरुलाई हामी आ आफ्नो क्यामरामा कैद गर्दै हामी आफ्नो गन्तब्यतिर अघि बढिरहे ।

परापूर्वकालमा काठमाण्डौ उपत्यकका वस्ती योग्य हुनुपूर्व नै पार्वतीले एक दिन दुई घैला पानी बोकि ल्याई आराम गरेको स्थल भएकालेले यसको धार्मिक महत्व भएको जनविश्वास रही आएको छ । यसको पूर्वी भागमा कर्कोट नागराजको बासस्थान टौदह, दक्षिणमा सर्वकाली, दक्षिण, शेषनारायण, पश्चिममा भष्मासुर डाँडा र उत्तरपूर्वी भागमा बाघभैरव पर्दछ । महामञ्जुश्रीले तपस्या गरेको स्थ्लको रुपमा समेत लिइने भएका कारण नेवार समुदायमा यस स्थललाई ध्यानाचो भन्ने गरिन्छ ।
पुथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा शैन्य अखडा खडा गरेको स्थानसमेत रहेको यस चम्पादेवी डाँडाको उत्तरपूर्वी भाग बोसन गाउँको सिरानमा चम्पादेवी पाउ मन्दिर रहेको छ । यस स्थ्लबाट काठमाडाँै उपत्यका लगायत मकवानपुर, नुवाकोट तथा तराईका केही भूभाग र उत्तर( पूर्वी भागमा अवस्थित महत्वपूर्ण हिमशृङखलाहरु एकसाथ अवलोकन गर्न सकिन्छ । पछिल्लो समयमा काठमाडौँ उपत्यकाको पदयात्रा मार्गको रुपमा समेत यसको विकास हुन थालेपछि आन्तरिक तथा विदेशी पर्यटकको समेत यस क्षेत्रमा पदयात्राको लागि आउन थालेको किर्तिपुर पर्यटन विकास समितिका अध्यक्षले बताउनु भयो ।

यात्राको हिसाबले गाउँको सिरानमा अवस्थित चम्पादेवी पाउ मन्दिरसम्म गाडीको पुरानो बाटो रहेको र त्यहाँबाट करिब डेढ घण्टाको पैदल यात्रापुिछ पुग्न सकिने यो ठाउँबाट ०४७, ०४८ तिर काठमाडौँ उपत्यकामा पहिलो प्याराग्लाइडिङ परिक्षण समेत गरिएको थियो ।
चम्पादेवीको फेदीमा अवस्थित चम्पादेवी पाउ मन्दिरमा प्रत्येक वर्षको मार्ग शुक्ल चतुर्दशीमा यस आसपासका बासिन्दा दिवंगत पितृको सम्झनामा दियो बाली रातभर जाग्राम बस्ने प्रचलन परापूर्वकालदेी चल्दै आएको अध्यक्षले बताउनुभयो ।
धार्मिक रुपमा मात्र नभएर यो क्षेत्र प्राकृतिक सम्प्दाका दृष्टिबाट समेत उत्तिकै महत्वपूर्ण भएको यहाँका स्थानीयहरु बताउँछन् ।

यहाँ जटामसी, चिराइतो, वन लसुन, पाखन बेत, ठूलो ओखती, तरबारे, गानो काँडेपात्तजस्ता जडीबुटीका साथै विभिन्न प्रजातिका वनस्पतिहरु ओखर, चाँप, बाँस, कालीकाठ, सुनपाते, ओखर लप्सी जामुन, टिम्मुर आदि पाइन्छ ।
यस क्षेत्रमा बाघ, चितुवा, भालु, मृग, व्वाँसो, मलसाप्रो सेती बिरालो, बन विरालो खरायो सुगा काँडो भ्याकुर, जुरेली लामपुच्छ्रे लगायत चराचुरुङगी पनि पाइन्छ । यनिी विविधतायुक्त विभिन्न प्रकृतिपदत्त उपहारहरु रहेका कारण यस क्षेत्रलाई जिवविज्ञान तथा वनस्पति विज्ञानको खुला प्रयोगशालाका रुपमा समेत विकास गर्न सकिने देखिन्छ । महामञ्जुश्रीले तपस्या गरेको स्थलको रुपमा समेत लिइने ध्यानाचो पुग्दा करिब दिउँसो तिन बजिसकेको थियो । ध्यानाचोको अवलोकन र एकैछिनको विश्राम पछि तिन थुम्के हुँदै हामी फर्पिङ हुँदै हाम्रो गन्तव्य अब ओरालोतिर लागेको लाग्यो । ओकाली ओराली गर्दै हामी आफ्नो पदयात्रामा रमाइरहेका थियौ । आजको यस पदयात्रा हामीलाई निकै नै रोमाञ्चकारी लाग्यो ।

प्याराग्लाइडिङ, हाइकिङ रक क्लाइम्बिङ, माउन्टेन साइक्लिङ तथा फिल्म सुटिङजस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने भए पनि यो क्षेत्र प्रचार प्रसारको अभावमा हालसम्म पनि ओझेलमा परेको छ क। काठमाडौँ उपत्यका को यो मनारोम पदयात्राको प्रचार प्रसारमा सम्बन्धित निकायको समयमा नै ध्यानाकर्षण हुन अत्यन्तै जरुरी छ ।

सिद्धिपुरको जात्रा

मातातीर्थ राउण्ड एक दिन हाईकिड.