Thasi Jatra

विश्वमा नेपाल एक यस्तो देश हो जहाँ दिनहुँ कुनै न कुनै जिल्ला, सहर र कुनै गाउँमा कुनै न कुनै चाडपर्व, मेलापात र जात्राहरु भई नै रहेका हुन्छन् ।
कुनै पनि देशकोसंस्कृति, त्यसको जनजीवन र रहनसहनबारे त्यस देशमा मनाइने विभिन्न चाडपर्व, मेलापात,जात्रा तथा परम्पराहरुले उजागर गरेहको हुन्छ ।
जुन राष्ट्र, जाति र सुमुदायको संस्कृति धनी छ विकसित छ त्यस राष्ट्रमा यस प्रकारका सामाजिक, साँस्कृतिक एवं धार्मिक चाडपर्व, मेलापात, जात्रा र परम्पराहरु प्रशस्त मात्रामा हुने गर्दछन् । नेपालमा प्रत्येक नयाँ वर्षको आगमन सँग सँगै काठमाडौँ उपत्यकाका थुप्रै स्थानहरुमा जात्रापर्वहरुको सुरुवात हुन्छ । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु ठिमी, नगडे, बोडे, भक्तपुर, मच्छि गाउँ र टोखा जसमध्ये ललितपुरका विभिन्न गाविसहरुमा मनाइने जात्राहरु पनि हुन् ।

Thasi Jatra

एैतिहासिक, साँस्कृतिक तथा प्राचिन ललितपुरको गाउँहरुमध्ये एक ठसि अर्थात सिद्धिपुर गाविसमा पनि प्रत्येक वर्षको नयाँ वर्षको आगमन सँगै ऐतिहासिक पर्व जात्राको सुरु हुन्छ । चक्रपथ ग्वार्को बाट ३ कि.मी पूर्व र काठमाडण्डौ बाट करीब ७ क.मी दूरीमा रहेको पुरानो यस बस्तीमा चैत मसान्त ( चैत अन्तिम दिन ) बाट जात्रा शुरु भएर बैशाख ४ गते पाँच दिनसम्म जात्रा मनाइन्छ । समाजवाद लाई अंगालेर सहकार्यको भावनालाई अघि सारेर जात्रा पर्व जस्ता मौलिक साँस्कृतिक परम्परालाई सिंगो गाउँका सम्पूर्ण जनजातिहरुलाई समावेश गरी तिनीहरुसँग समन्वय गरी दर्शनधारी, देखि खड्गी पोडे, नेम्कुल, श्रेष्ठ र नापित समेतलाई सहभागि गराई विभिन्न प्रकारका गठीहरु स्थापना गरिएको देखिन्छ । जसले गर्दा यस गाउँको धार्मिक परम्परा चाडपर्व र जात्राहरु बडो धुमधामासँग मनोरञ्जन गरी हालसम्म पनि मनाउँदै आइरहेका छन् ।
बाइत……………………
ठसिमा रहेको मुख्य तीन देवता महाभैरव, बालकुमारी र गणेशका मन्दिर देवननि लाछी टोलमा रहेका छन् । जात्रा पर्व चलाउन विभिन्न गठीहरु रहेका छन् । जसको आ आफनै विशेषता र महत्व रहेको छ ।
दुवाः गुठी, द्योःगुठी, इलां गुठी, स्वाँ गुठी, हारखां द्योःगुठी, ग्वं सिँ गुठी, पताः मंकाः, मतः मंका, द्धारे गुठी र बौ गुठी ।
बैशाख १ गतेको मध्यान्हतिर विभिन्न बाजा गाजाहरु आइसकेपछि द्योः गुठीयाहरुद्धारा मन्दिरबाट उठाई रथमा –खतमा विराजमान गराइन्छ । दुवाः गुठीमा द्धारे र गुरुजुबसी विधिपूर्वक पूजाअजा गरिन्छ । यस समयमा रथको वरिपरि दियो बाल्नेहरुको भीड हुन्छ । २ गते खटलाई उठाएर घर दैलो मा लगी –देवननी, पिर्मे पिननि ) पूजा थापिन्छ । जात्राको चौथो दिन अर्थात ३ गते ३।४ बजेतिर पिननीमा द्धारेहरु सरकार पूजा भनेर पूजा सामान लिएर विभन्न बाजा गाजासहित लःस्वां चढाई सिन्दूर जात्रा गरी अतः (विचमा ) पूजा गरिन्छ ।
जात्राको अन्तिम दिन अर्थात बैशाख ४ गते गणेशबाट तःधननिको कुलो तर्नका लागि कुमार, कुमारी र भैरवसँग कर लिने प्रचलन छ र कर स्वरुप २ पाउ मिठाई दिइन्छ । पहिला पहिला इन्द्र बाजा, पञ्चेबाजा, नासी बाजाहरुलाई आधा दिने चलन थियो । हजिोअजा बाजाहरु बजाउन छाडेको बताइन्छ ।

Thasi Jatra
तःधंननिबाट उठाएर देवननिको –ताःफल) साझा घर अगाडि राखिन्छ । विभिन्न बाजागाजाहरु आइसकेपछि खतलाई उठाइन्छ । खत दौडाउने गरिन्छ । खतहरु बोक्न गुठियारहरुलाई जिम्मा लगायएको हुन्छ) देवननीको प्रांगनलार्य ३ पटक मन्दिर परिक्रममा गराइन्छ विसर्जन गर्नुअघि द्धारेद्धारा पूजा गरिन्छ । बिसर्जन गर्नुअघि गणेशको – तिप्वां) निग्लाको चिर २ मुठा बाल्नका लागि दिन चलन छ ।पूजा गरिसकेपछि कुमार, कुमारी, र भैरबलाई द्यौः छेँमा ( साझा घरमा ) लगिन्छ भने गणेशको खतलाई पाःलाको घरमा लगिन्छ । गुरुद्धारा पूजा गरी घर भित्र्याइन्छ । समयबजि दिइन्छ । खतलाई बिसर्जन गर्ने बेला खतको गजुरमा रहेको प्रसाद – फूल) दिने घुइचो लाग्ने गरिन्छ । उक्त प्रसाद लियो भने छोरा पाउँछ भन्ने धार्मिक विश्वास रहिआएकोछ ।
ठिमीको बालकुमारी जात्रा सुरु गर्नु अघि यहाँको मन्दिरमा आएर फूल लगेपछि मात्र ठिमीमा जात्रा सुरु हुन्छ भन्ने भनाइहरु यहाँका अंग्रजहरुबाट सुन्छि । यस विषयमा विभिन्न सत्यतथ्य कुराहरु पनि रहेको छ ।
ललितपुरको लगनखेलबाट करिब ६ कि.मी दक्षिण सातवटा दहले घेरिएको ऐतिहासिक ज्यापू समुदायको बाहुल्य भएको सुनाकोठी गाविसमा पनि प्रत्येक वर्षको नयाँ वर्षको आगमन सँगै जात्रा सुरु हुन्छ ।

Thasi Jatra
सुनाकोठी गाविसमा भृंगश्वर महादेव बालकुमारी, गणेश र कुमारीको खटजात्रा गरिन्छ ।
सुनाकोठीको जात्राकै दिनमा ऐतिहासिक नगर चापागाँउमा पनि वाराहीको खटजात्रा हुन्छ । रांगोमाथि चढेकी हातमा खड्ग र बज्र लिएकी वारााही स्वरुपाको पुरानो मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको छ ।पछि बनाइउको मूर्ति मात्रा हरेक वर्ष जात्रा प्रयोग गरिएको छ । मन्दिर भित्र सादा शिला पुजिन्छ ।
यस्ता चाडपर्वहरु देशको गौरव इज्जत र प्रतिष्ठाका प्रतिकहरु हुन् । यस्ता ऐतिहासिक परम्पराहरुको संरक्षण गर्दै समय सापेक्ष आफ्नो परम्परालाई निरन्तरता दिन सम्बन्धित पक्षहरुले आवश्यक पहलहरु सधै गरिरहन सकोस ।

मध्यपुर थिमी, ३२ खटको भब्य सिन्दूरे जात्रा

चम्पादेवी हाईकिड रुट