काठमाण्डौ उपत्यका भित्र रहेका ढुङ्गेधाराहरु नेपालको एउटा विशिष्ट सास्कृति सम्पदा हुनुका साथै यिनीहरुको आफ्नै धार्मिक तथा सामाजिक महत्व र मान्याहरु छन् ।

तात्कालीन समयमा स्थायी रुपमा जनतालाई पानी ख्वाउने वन्दोवस्त गर्न ठाउँ ठाउँमा धाराहरु बनाउने तिनको रेखदेख गर्ने काम प्रणाली गोष्ठीको हुन्थ्यो। तर सबै ठाउँमा ढुङ्गेधाराहरु राख्न ज्यादै कठिन हुनाले धर्मभिरु मनिसहरुले लिच्छविकाल देखिनै जनसाधारणलाई पानी ख्वाउन ठाउँ ठाउँ जलद्रोणीहरु प्नि राख्दथे । उपत्यका भित्रमात्र होइन बाहिर पनि मानिसहरु आवत जावत गर्ने मुख्य मुख्य बाटोहरुमा यस्ता जलद्रोणीहरु राख्न थालेको देखिन्छ । लिच्छविकालको सम्भवत अंशुवर्मा र नरेन्द्रदेवको वीचको समायमा इशाको सातौ शताब्दी) ताका राखिएको टेवहाल संकटा मन्दिर निरको जलद्रोणी अझै काममा आइरहेको हामी देख्दछौ । अन्तरिम कालमा धेरै राम्रा राम्रा ढुङ्गेधाराहरु बनेका थिए। ती मध्ये ईस्वी सम्वत् ९८० को पाटन सुन्धारा, इस्वी सम्वत् ११६८ को साँखु बज्रयोगिनी ११७८ ताका राजा अमृत देवले निर्माण गर्न लगाएको ढुङ्गेधारा, ईस्वी सम्वत् ११७४(११७८ ताका राजा अमृतदेवले स्थापना गरेको पाटन टुँडीखेलको ढुङ्गेधारा र ११ औं शताब्ती राजा विजय कामदेवको समयको चकवा हिटी (टंगल, पाटन) आदिलाई लिन सकिन्छ ।

लिच्छविकालमा ढुङ्गेधारालाई ‘प्रणली’ भन्ने गरिन्थ्यो ।यो कुरा ईस्वी सम्वत् ६०३ को लेले शिवदेव र अंशुवर्माको समयको अभिलेखबाट थाहा पाईएको छ । मल्लकालमा लिच्छविकालीन प्रणालीलाइई ‘यिती’ वा ‘इति’ हुदै हिटी भन्न थाल्यो । नेपाल सम्वत् ५०८ को स्थिती मल्लको देउ पाटन जय वागेश्वरीको सुन्धाराको अभिलेखमा इति भनी सम्बोधन गरिएको छ। मल्लकालमा ढुङ्गेधाराको विकास चलम सिमामा पुगेको थियो । यसकालमा सबै भन्दा बढीसंख्यामा ढुङ्गेधाराहरु बनिए। तीन मल्ल राजाहरुले आ आफ्नो राज्यहरु श्रृगार्ने क्रममा दरबार भित्रमात्र सुन्धारा र ढुङ्गेधारा बनाएनन बल्की शहरका अन्य भागहरुमा पनि बनाएका थिए ।यसैे क्रममा वनेका ढुङ्गेधाराहरुमा हनुमान ढोका दरबार भित्र मोहनकाली चोकको ढुङ्गेधारा, पाटनको प्रसिद्ध सुन्दरी चोकको तुसा हिटी र भक्तपुरको थन्थु दरबार हिटी आदि प्रसिद्ध छन् । पाटनको ईस्वी सम्वत १४१५ मा निर्मित आल्को हिटी, मल्लकालको सुरु तिरको कुम्भेश्वरको कोन्तिहिटी तथा सोही ताकाको च्यासल हिटी आदि आज पनि यथावत नै चलिरहेका छन् । हालसम्म देखा परेका र संचालनमा आइरहेका ढुङ्गेधाराहरु मध्ये सबैभन्दा पुरानो पाटनका मंगाहिटी हुन् । ईस्वी सम्वत् ५७० तदनुसार छैटौं शताब्दीमा लिच्छवी राजा मानदेवको नाती भारविले निमार्ण गरेको यो ढुङ्गेधारा अझै पाटनको जनजीवनको एउटा अभिन्न अंग वनी रहेको छ । केही प्राचीन ढुङ्गेधाराहरुको वारेमा उल्लेख गरेका लिच्छवीकालीन अभिलेखहरुमा ईस्वी सम्वत  ५५० को हाडीगाउँको अभिलेखमा पनि राजा मानदेवका नाती भारविले निमार्ण गरेको ढुङ्गेधारा बारे उल्लेख गरिएको छ ।

हाँडीगाउउँमा गरिएको उत्खनन्बाट प्राप्त भएको ईस्वी सम्वत् ७५१ को प्रिय वर्मनले निमार्ण गरेको ढुङ्गेधारा भनी अंकित धाराको दुँडलाई लिन सकिन्छ । यसरी ईशाको छैठौ शताब्दीदेखि लिएर ईस्वी सम्वत्१८२८ मा अर्थात १९ औ शताब्दी निर्माण गरिएको धरोहरा मुनी रहेको सुन्धाराको निर्माणकाल सम्मलाई हेर्ने हो भने नेपालमा ढुङ्गेधारा निमार्ण गर्ने वास्तुकलाको परम्पराको इतिहास करिब पन्ध्र सय वर्ष लामो देखिन्छ । यसरी करिब पन्ध्र सयम वर्ष लामो परम्परा भएको ढुङ्गृेधारा काठमाडौ उपत्यका भित्र मात्र सयौको संख्यामा निमार्ण भएको पाइन्छ । जसमध्ये एक ठमेलमा रहेको गा हिटी पनि एक हो । यो हिटीको कहिले स्थापना भएको भन्ने तथ्य अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । तर यसको संरअचनहरुले भने लिच्छवीकालनी भएको दावा गरिरहेको आाभास हुन्छ । हाल भगवान बहालमा राखिएका दुई महिलाको मूर्ति गाःहिटी र भगवान बहालमा रहेको विक्रमशील महाविहारसँग सम्बन्धित भएको मानिन्छ ।मूर्तिका दुई महिलामध्ये एकले तत्कालीन समयमा भूकम्पले भत्किएको विक्रमशील महाविहार पुननिर्माण गरको र अर्कोले गाःही निर्माण गर्न लगाएको विश्वास छ। करिब २ रोपनी क्षेत्रफल ओगटेको गाःहिटीमा ४ वटा ढुङ्गेधारा छन् ।जसमा नियमित पानी आउँछ। इस धारामा आउने पानीको मुहान कहाँ हो, यस क्रंक्रितको जंगलभित्र कसरी पानी आइरहन्छ ।

खोजीकै विषय बनेको छ । यस गाःहिटीलाई कुन कुन समयमा कसले कति पटक जीर्णोद्धार गरियो सबै तथ्य पाइएको छैन। पछिल्लो समय २०४१ सालमा तत्कालीन वडा अध्यक्ष विश्वम्भरलाल प्रधान र २०५०र२०५१ सालमा तत्कालीन वडाअध्यक्ष वर्षाराम भण्डारीको नेतृत्वमा जीर्णोद्धार भएको थियो । २०४१ सालमा तत्कालन स्थानीय विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत करीब ७५ हजार रुपैयाँ खर्च गरेर जीर्णोद्धार गरिएको धारा त्यस लगत्तै परेको चट्याङले विगारेको थियो ।यसले पानीको निकास बन्द भएर धाराभित्र नै पानी जम्मा हुन थाल्यो । वि.सं. २०४९ सालमा स्थानीय निर्वाचन भएपछि वडा २९ बाट वडाअध्यक्ष निर्वाचित वर्षाराम भण्डारीले २०५० ०५१ सालमा करीब ३ लाख रुपैयाँको लागतमा पानी निकास खोलेर जीर्णेद्धार गरेको थियो । २०७२ सालको महा भूकम्पले क्षति पुगेको यस ऐतिहासिक पुरात्तात्वि सम्पदाको संरक्षण र पुन निमार्णमा स्थानीय र युवाले देखाएको सक्रियाता सरहानिय छ । यस पुन निमार्ण कार्य नमुना रुपमा प्रस्तुत हुन सकोस शुभकामना छ सबैलाई ।

pc: ImagePasal.com

दलचोकी नयाँ पर्यटकीय गन्तब्य छोटो दुरिको टे«किड. ट्रेल

एैतिहासिक तथा धार्मिक पर्यटकीय दृष्टिमा चाँगुनारायण