Sithi Nakha festival, Imagepasal.com

गृष्म ऋतु र वर्षा ऋतुको मध्यकालमा मनाइने यस पर्वले पानीप्रति अपनाएको नीति आफैमा निकै वैज्ञानिक तथा व्यावहारीक देखिन्छ । गृष्म ऋतु र वर्षा ऋतुको मध्यकालमा मनाइने यस पर्वले पानीप्रति अपनाएको नीति आफैमा निकै वैज्ञानिक तथा व्यावहारीक देखिन्छ । गृष्म ऋतुमा स्वाभाविक रुपमा मपानी कम हुने तथा हावाहुरीको कारण पानीको मुहान तथा पानी सङ्कलन थालोहरु फोहोर हुन्छन् र त्यसको उपयोगितामा कमी आउछ । वर्षा ऋतुसँगसँगै पानीको प्रवाहमा पुन जीवन्तता आउँछ र त्यसको जलभण्डारलाई पुन नवीकरण गरेको हुन्छ । यस्तो प्राकृतिक चक्रलार्य अनुसरण गर्दै यस पर्वले पानीको मुहान तथा सञ्चय स्थ्ललार्य सफा गरी नयाँ पानीका लागि योग्य वातावरण सिर्जन ागर्ने काम गर्दछ ।Sithi Nakha Festival, Imagepasal.com

वर्ष ऋतुले दिने पानीलाई दीर्घकालसम्मका लागि स्वच्छ रुपमा सञ्चय गरी उपयोगयाग्य बनाई राख्नका लागि सिििथ नख मनाउने क्रममा इनार, कुुवा, ढुङ्गेधारा निर्माण गर्दा नै त्यसको संरक्षणका लागि गुठीको व्यवस्थ ागर्ने चलन पनि रेको छ । सिथि नखको दिन ती पानी सञ्चय थलोहरुको सरसफाइको जिम्मेवारी पनि सवोही गुठीले नै निर्वाह गर्ने गरेको छ । इनारको सफाइ आफैमा निकै जोखिमयुक्त कार्य हो । त्इसको निवारणका लागि अपनाइने परम्परागत प्रविधि पनि निकै वैज्ञानिक देखिन्छ । गृष्मकालमा सामान्यताया इनारमा पर्याप्त पानी नहुने भएकोले त्यसको प्रयोग खासै हुँदैन त्यसले गर्दा त्यहाँ ग्यास जम्मा भएको हुन्छ । सरसफाइका लागि शुरुमै इनारभित्र पसेमा पस्नेहरु ती ग्यासको शिकार हुनसक्छन् भनेर पहिला इनारभित्र ठूलो खाली भाडो खसालिन्छ र खाली नै तानिन्छ त्इसमा ग्यास रहेको हुन्छ । इनार र ग्यास मुक्त भयो वा भएन भन्ने जाँच्नका लागि बत्ती बालेर इनार भित्र पसालिन्छ भने बत्ती निभने भने ग्यास छैन भन्ने बुझिन्छ । पानी मुहानको सरसफाइपछि पनि चार दिनसम्म त्यहाँ केहि गर्न पाइदैन ।

पाटनमा राजकुलो सफ गरेपछि त पालो बस्न जाने चलन सम्म पनि छ । पानकिो संरक्षण तथा सरसफाईमा मात्र सीमित नभएर सिथि नख विविध खाद्यानको संरक्षणप्रति पनि समर्पित रहेको छ । यसपर्वका दिन मास मुगीजस्ता विभिन्न छ प्रकारका खाद्यान्नको बारा तथा परिकार बनाएर खाने चलन रेको छ । यसको सम्बन्ध पनि पमानीमुहनको सरसफाइसाग नै रहेके ापाइन्छ । पानीको मुहानको सरसफाइमा संलग्न हुँदा चिसोसाग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने भएकोले चिसोले स्वास्थ्यमा आक्रमण नगरोस भन्ने उद्देक्श्यले मास, मुगी जस्ता गर्मी सिर्जन ागर्ने खादान्नहरु सेवन गरी शरीरलाई उर्जाशील बनाइन्छ ।

Sithi Nakha Festival, Imagepasal.com
वातावरणीय समस्याबाट आक्रान्त सिङ्गो विश्व्को एउटा सानो अंशका रुपमा रहेको नोपल पनि विविध वातावरणीय विकृतीबाट ग्रसिग रहेको वर्तमान सन्दर्भमा यिनीहरुको निराकरणका लागि तथाकथित आधुनिक वा बैदेशिक प्रविधिमा मात्र आश्रित रहने नवपरम्पराको स्थान नेपालको आफनै स्थानीय परम्प्रागत अभ्यासले पनि लिन सक्छन् भन्ने तथ्यको ज्वलन्त प्रमाण सिथि नख स्वयं रहेको छ । यस्ता वाताववरणमैत्री साँस्कृतिक अभ्यासहरु नेपाली परम्परामा प्रशस्त पाउन सकिन्छ । यिनीहरुको खोजी, अध्ययन, अनुसन्धान गर्नुका साथै प्रचारप्रसार गरी व्यापक प्रचलनमा ल्याउनु नेपालको वातावरण संरक्षणका लािग उपलब्धि मूलक हुने विश्वास गर्न सकिन्छ ।

इलामको नयाँ पदमार्ग "निशान पदमार्ग"

पुरुषोत्म मास महत्व