Sindhuli Dumja Photo By : कल्पना महर्जन

ओेझेलमा परेका पर्यटकीय स्थलहरुको भ्रमण गरी त्यस ठाउँको उजागर गर्ने अभिप्रायले पत्रकारहरुको एक टोली सिन्धुलीको दुम्जा गाविस तिर प्रस्थान गयौं ।

काठमाडौँबाट ८३ कि.मी को दूरीमा सिन्धुली जिल्लाको पश्चिमोत्तरकोणमा काभ्रे, रामेछाप र सिन्धुलीको सङगमस्थ्लमा अवस्थित आदिलिङ्ग कुशेश्वर तीथस्थ्लको यात्राको लागि हामी काठमाडौँ बाट विहान करिब सात बजे प्रस्थान ग¥यौ । विहानै हिडेको कारण हामीले काठमाडौँको जामलाई भने झेल्नुपरेन । शहरको प्रदूषण र कोलाहललाई पछाडि पछाडि छोर्डै हाम्रो गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो । नागबेली बाटोहरु पार गर्दै करिब दश बजे हामी भकुण्डो बेसीमा पुगेर चिया र नास्ताको लागि गाडी रोकियो । चिया र नास्ता गरेर एकै छिनको विश्राम पछि हामी आफ्नो गन्तव्य तिर अघि बढ्यौं । हामीहरुमध्ये कोहि झ्यालबाट देखिने हरिया दृष्यहरु नियाल्न त कोहि राजनीतिक कुराकानीमा मस्त हुन थाल्यो । आफ्नै रफ्तारमा गइरहेको गाडि एकै चोटि डुम्जा गाविसमा पुगेर रोकियो । गाडीबाट ओर्लेर ५ मिनेटको हिडाइ पछि पवित्र तिर्थस्थल आदिलिङ्ग कुशेश्वर मन्दिर परिसरमा आइपुग्यौं ।

नेपालमा हिन्दू र बौद्ध तीर्थस्थल र देवालयहरुको कुनै पनि कमी छैन । सायद त्यसैले नेपालललाई मन्दिरै मन्दिरको देश पनि भन्ने गरिन्छ । सिन्धुली जिल्लामा पनि त्यस्ता तीर्थस्थलहरु र देवालयहरु प्रश्स्त छन् । सिन्धुली जिल्लाको पश्चिमोत्तरकोणमा काभ्रे, रामेछाप र सिन्धुलीको सङगमस्थ्ल राशेी खोलाको नामले प्रसिद्ध लीलावती ( पुण्यमाता ) र सुनकोसीको सङगममा रहेको दुर्गातीथ पनि एक प्रसिद्ध तीर्थ हो । यस तीर्थमा आदिलिङ्ग कुशेश्वर महादेवको प्रसिद्ध मन्दिर छ ।

तात्कालिन राजा जग मल्लका समयमा कुशेश्वरको वस्तुस्थितिबारे राजालाई जाहेर गरी उनले तत्कालीन राजा जग मल्लका समयमा कुशेश्वरको पूजाचलार्यँ बसेका थिए । शिवजीका नामा झाँगाझोलाीमा ५६० मुरी खेल गुठ राख्न लगाएका थिए । सो गुठी अहिले पनि रहेको छ । राजा हुने रोलमा भएका जग मल्ल कुशेश्वरका भक्त थिए । उनलाई कुशेश्व्रका प्रतापले राजा हुन पाउक्ोभन्ने विश्वास थियो । त्यसैले उनले कुशेश्वरलाई गहना पनि चढाएका थिए । गुठी संस्थान केन्द्रीय कार्यालयमाको रेकर्डमा यी ऐतिहासिक पक्ष उल्लेख भएको पाइन्छ । पहिले कुशेश्वरको मन्द्यिर भगवतीको जस्तो खुल्ला थियो । बीचमा तावको चदुवा र त्यसमुनि साँग्लामा रुद्राक्ष बेरिएक थिए । उक्त मन्दिर १०९० सालको भूकम्पले भात्किएपछि १९९६ सालमा निमार्ण गरिएको हो । मन्दिर पुननिमार्णका क्रममा तनहुँ जिल्लाको बालब्रह्माचारी गोपालदास बाबाले काठमाडौँसम्म आएर चन्दा उठाई सहयोग गरेका थिए ।

मन्दिर परिसरभित्र सरस्वती, हनुमान भैरव र कैलाश पनि रहेका छन् । मन्दिरको वरिपरि फलफूलका बगैचा पनि छन् । मन्दिरको पाििरपटि कौशिकी किनारको पहरामा विश्वमित्र ऋषिले तपस्या गरेको गुफा रहेको छ । जसलाइई विश्वमित्र गुफा पनि भनिन्छ । केहि समय अघि यस स्थानमा बाटो बनाउने क्रममा हाल यस गुफा पुरिएको अवस्थामा रहेको छ । यस आदिलिङ्ग कुशेश्वर तीर्थ स्थानको धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने स्थानीयहरु बताउँछन् ।

कुशेश्वर मन्दिरमा बालाचर्तुदशी र शिवरात्रीमा भव्य मेला लाग्दछ । टाढाटाढादेखि भक्तजनहरु यस मेलामा आइपुग्ने साथै भारतबाट काठमाण्डौंको पशुपति आइपुग्ने जोगी, महन्त साधुहरु शिवरात्रीको पशुपतिमा शिवरात्रीको पुजा सकाएर अन्तिममा आदिलिङ्ग कुशेश्वर महादेव आउने प्रचलन रहेको बताउँछन् ।

पुरातत्व विभाग, जिल्ला विकसा समिति सिन्धिुलीले पनि बेलाबेलामा कुशेश्वर महादेवस्थान परिसरको विकास लागि सहयोग गर्दैै आएको छ । दुम्जामा रहेको आदिलिङ्ग कुशेश्वर गुठीको खेतबाट उत्पादित अन्न बेलाबखत आउने सन्तमहन्त, मन्दिरका नियमित पुजारीको भोजनमा खर्च हुने गरेको छ ।

यस आदिलिङ्ग कुशेश्वर मन्दिरमा पुग्ने जो कोहिलाई पनि साच्चिकै ठूलै पवित्र तीर्थस्थलमा आइपुगेको आभास हुने छ ।
वीपी राजमार्गको निर्माणसँगै बनेपा, काठमाडौँ, भक्तपुर, सिन्धुली, जनकपुर लगायत भारत देखि भक्तजनहरु आउनेक्रम बढेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको बृद्धि हुने क्रम जारी रहेता पनि सम्बन्धित निकायले यहाँ पर्यटकहरुको लागि आवश्यक सेवा सुविधाहरु उपलब्ध गराउन सकिरहेको छैन । यस्ता

ऐतिहासिक र धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण यस स्थानको प्रचार प्रसारको साथै पूर्वाधार निर्माणमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।

साँखुको प्राचीनतालाई नियाल्दै नगरकोट प्रकृतिमा हराउन उत्कृष्त हाईकिड. रुट

टोखाको चाकु