Sikali Gana Nirtya – Khokana

लगनखेलबाट पञ्चनन्दीश्वरको बाटो भई अघि लाग्दा बीच बाटोको नक्खुखोला तरेपछि एक डाँडाको स्वरुप अगाडि आउँछ जुन घरको भित्तामा बनाएको खोपा जस्तै लाग्दछ । त्यसैले यो डाँडोको माथि अवस्थित वस्तियुक्त स्थानलाई नेपालभाषामा ग्वाखचो अर्थात खोपाको सिन् भन्ने गरको हामी पाउँछौं । यो इलाकासित जोडिएको दुई वटा ग्रामहरु हुन् बुङ्गमती र ख्वना(खोकना) ।

Sikali Gana Nirtya - KhokanaPhoto Credit: Kalpana Maharjan

ख्वना अर्थात खोकना पूर्वतिरको बाटो पोखरी तथा कुण्ड हुँदै गाउँ प्रवेश गर्दछ । यहाँ बाट अघि जाँदा फराकिलो तथा सोली आकारको खुला ठाउँ भेट्छौ । जहाँ रुद्रायणीको तीनतले झिंगटीछाने पेगोडाशैलीको मन्दिर छ । मन्दिर परिसरमा तीन पाटी, चैत्य, महादेवको सानो मन्दिर तथा जलकुण्ड रहेको पाउँछौं । रुद्रायणी मन्दिरबाट बाटो डबली भएको ठाउँसम्म झर्दछ । यहाँ गणेश, मञ्जुश्रीको मन्दिर तथा केही पाटीहरु रहेका छन् ।

Sikali Gana Nirtya - KhokanaPhoto Credit: Laxmi shrestha

ख्वनाको(खोकना) अर्थ एक यस्तो आयुध (हतियार)को नाम हो जुन विशेषतः कालीक आयुधको रुपमा लिइन्छ । यो ग्रामको मुख्य आराध्यादेवी नै श्रीकाली रहेको छ । यी देवीको प्रमुख आयुध ख्वनाकै नामबाट यो ग्रामको नाम राखिनु आफैमा खा विशेषतायुक्त प्रतीत हुन्छ ।

Sikali Gana Nirtya - Khokana
Photo Credit: Laxmi

ललितपुर सहरलाई आठदिशाबाट घेरी संरक्षण प्रदान गरिराखेकी अष्टमातृका देवीहरु मध्येकी यिनी श्रीकाली देवी हुन् जसको अपभ्रंश भई यहाँको जनजिभ्रोमा यिनी सिकाली नामले प्रसिद्ध छ । ने.सं. ५६८ मा राजा अमर मल्लले सातसय घरसित बस्ती व्यवस्थापना गर्दा प्राचीन सिकाली पीठबाट ल्याई प्रतिष्ठापित गरी तान्त्रिक पद्धतिमा आधारित सिकाली नाच ताइन्छ ।

Sikali Gana Nirtya - Khokana
Photo Credit: Laxmi shrestha

प्रत्येक वर्ष आश्विन शुक्ल तृतीया र कार्तिक पूर्णिमाका दिन दुई पल्ट खोकनामा पाटन बुबहालका तान्त्रिक गुरुजु चैत्य राज बज्राचार्यद्धारा सिकाली गणनृत्य नचाउने परम्परा छ । भनिन्छ यो नृत्य ने.सं. १६५ देखि धीरजनरसिंह आजुले पुरानो अजिमास्थलमा नचाउने परम्पराको थालनी गरेका हुन् । दशैं तिहार नमनाउने खोकनावासीले टेकुबाट बजाएका आफ्ना पुर्खाको स्मरणमा अहिले पनि १२ वर्षको एकपल्ट पचली सिकाली थानमा गुठिया गणनृत्य गराउने र पूजा गर्ने परम्परा कायमै छ । जयपुर पनि भनिने खोकनाको इष्टदेवी सिकाली अजिमाँको मन्दिर १८७७ मा र १९०१ म राजा महदेन्द्रबाट जीर्णोद्धारा भएको खुल्दछ ।

Sikali Gana Nirtya - Khokana
Photo Credit: Laxmi

सिंगो देश दशैंको माहौलमा रमाउँदै गर्दा खोकनामा भने दशैंको कुनै रंग देखिदैन । न त जमरा नै राख्दछन् । सायद नेपालमण्डको एउटै मात्र थलो जहाँ दशैं मनाइदैन । देशभर दशैंको टीका लगार्य घर घरमा पारिवारिक व्यस्तता रहेको बेला यहाँसिकाली गणनृत्य जात्रा भइरहेको हुन्छ ।त्यसैले खोकनालाई दशैं नभएको देश पनि भनिन्छ ।


Photo Credit: Kalpana Maharjan

घटस्थापनाको दिन खोकनामा मचाः पूजा गरिन्छ । किराँती भषेमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको मन्दिरमा लगेर विशेष गोप्य पूजा गरिन्छ । उनीहरुले त्याहाँ चारदिनसम्म मन्दिरमा पूजा गर्छन । त्यस समयमा सो चौरमा मानिसँगै पशुपन्छीलाई समेत प्रवेश निषेध गरिन्छ ।
तृतीयाका दिन भने रुद्रायणी गुठीका सदस्यहरु दिनभरि व्रत बस्छन् । चौथो दिन प्रत्येक घरमा छ्यलाबु गरी भोज खाइन्छ । पञ्चमीका दिन खोकनामा मुख्य जात्रा हुन्छ । रुद्रायणी मन्दिरबाट देवतालई बाहिर निकालेर खटमा राखिन्छ । बिहान १२ बजेतिर खटमा राखिएका देवतालाई बोकेर सिकाली मन्दिमरा लगेर प्रतिस्थापन गरिन्छ ।

Sikali Gana Nirtya - Khokana
Photo Credit: Kalpana Maharjan

छैटौं दिन भने सिकाली मन्दिरमा रुद्रायणी देवगणहरुले नृत्य प्रस्तुत गर्ने गर्छ । गुठीका १४ जना आफूले निर्वाह गर्नुपर्ने देवताको भूमिकाको ख्वापाः (मुकुण्डो) र वस्त्र लगाएर मन्दिर परिसरमा उफ्रिएर नृत्य देखाउँछन् ।

सिकाली जात्राका बेला देखाइने नाचहरुको जिम्मा श्री रुद्रायणी गुठीमा रहेका हुन्छ । गुठीमा रहेका ४६ जना देवगण(गुठीयार)हरु बीच कार्य विभाजन गरिएको हुन्छ । सिकाली जात्र अन्तर्गत १४ देवीदेवता(रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायण, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ ४६ जना मध्ये १४ जना देवदेवीको भूमिकामा रहन्छन् ।

Sikali Gana Nirtya - KhokanaPhoto Credit: Laxmi shrestha

सबैदेवगणहरुलाई मन्दिर भित्र लगेर वीरभद्र, महाकालीका रुपमा तान्त्रिक विधिबाट मन्दिर बाहिर निकालिन्छ र सिकाली परिसरमा नचाइन् छ । सिकाली चौरबाट नाच्दै उनीहरुले गाउँ परिक्रमा गर्छन ।

सप्तमीका दिन राति क्वँलाछीमा नाच देखाइन्छ । अष्टमीमा रुद्रायणी मन्दिरमा मूर्ति र ख्वापाः(मुकुण्डो) पुन प्रतिस्थापन गरिन्छ । जात्राकै समय त्यहाँ आफन्तहरुलाई बोलाइन्छ र भोज गरिन्छ ।
विजया दशमीको दिन भने खोकनामा केही हुँदैन । उनीहरु कतै गएर टिका लगाउने र आशिर्वाद लिने गर्दैनन् । जात्रा सकाएर खोकनावासीको सो दिन आराम गर्ने गर्छन् ।

यो जात्राको समयमा अश्वमेघ यज्ञको समयमा दक्षप्रजापतिले भगवान महादेवलाई गरेको अपमान सहन नसकि सतिदेवी अग्नीकुण्डमा हामफालेपछि उत्पन्न भयावहको स्थिति उजागर जात्राको रुपमा लिइन्छ । जुन स्वस्थानी कथासँग सम्बन्धित छ ।
यो सिकाली गण नृत्य ने.सं. ६३३ मा राजा अमर मल्लले गुठि राखी शुरु गरको बताइन्छ । १२ वर्षको एक पल्ट सिकाली गण नृत्य काठमाडौं हनुमानढोका, पशुपति, बुड.गपति लगायतका ठाउँमा लैजाने परम्परा रहेको छ ।

दसैं र खड्गसिद्धिको महत्व

लाड.टाड.को यात्रा छोटो सयमामा अदितिय अनुभूति